---Advertisement---

म्याग्दीमा गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण, मतदाता नामावली समेत संकलन हुदै

On: July 23, 2026 10:30 PM
Follow Us:


जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियानलाई तिब्रता दिइएको छ। ज्येष्ठ नागरिक, अशक्त र असहायका साथै बैदेशिक रोजगारीमा गएका कारण प्रिन्ट भएर आएका परिचयपत्र वितरणमा स्थानीय तहसँग समन्वय गरी घुम्ती शिविरमा परिचयपत्र कार्ड वितरण तथा मतदाता नामावली समेत संकलन भइरहेको छ ।यसै क्रममा मालिका गाउँपालिका वडा नं ४ ओखरबोटमा २० थान परिचयपत्र र जिल्ला निर्वाचन कार्यालय म्याग्दीको टोलीद्वारा ४० मतदाता नामवली दर्ता गरिएको कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो ।


वडाभित्र ४ सय ९८ थान रहेकोमा अधिकांस बैदेशिक रोजगारी र जिल्ला बाहिर रहेकालाई जिल्ला प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ । सोही अवसरमा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमको नेतृत्वमा ४० जना नयाँ मतदाता नामावली दर्ता गरिएको छ । घुम्ती शिविरबाट ज्येष्ठ नागरिक, अशक्त र असहायलाई राहत मिलेको छ ।


नेपाल सरकारबाट उपलब्ध हुने सेवा तथा वित्तिय कारोबारका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेसँगै वृद्ध,वृद्धा, अशक्त र असहाय नागरिकले सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्यका लागि जिल्लाका ६ वटै स्थानीय तहको वडा तहमा पुगेको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो । परिचयपत्र लिनका ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुने पर्ने छ ।

Leave a Comment