---Advertisement---

म्याग्दीका क्रियसन रोकालाई जिताउन भोटिङ अभियान

On: July 26, 2026 10:13 AM
Follow Us:

रियालिटी शो ’द भ्वाइस नेपाल’ सिजन ५ को लाइभ सो प्रस्तुती मार्फत भोटिङ राउण्डमा पुग्नुभएका म्याग्दीको मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई भोटिङ राउण्डमा जिताउन भोटिङको अपिल गरिएको छ ।

मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गरी जिताउन अभियान सुरु गरिएको छ । ब्लाईण्ड अडिसन ‘यो दाजुको मिरमिरे आँखा’ बोलको गीत गाएर चारै जना कोचहरुको कुर्सी घुमाउन सफल हुनुभएका रोकाले लाइभ सोमा लगातार उत्कृष्ट प्रस्तुतीमार्फत कोचहरुको मन जित्नुभएको थियो । लाईभ प्रस्तुतीलाई चारै जना कोचहरुले तारिफ गरेका छन् ।


व्याटल हुँदै लाइभ सोमा समेत उत्कृष्ट प्रस्तुतीका कारण रोकालाई उपाधिका लागि सजिलो भएकाले भोटिङबाट स्वदेश तथा विदेशमा अभियान सञ्चालन गरिएको गायक एवम् मंगला माविका शिक्षक करण कँडेलले बताउनुभयो ।

गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउने गरी अभियानमा जुटेको शिक्षक कँडेलको भनाई छ। रोका कोट वाङदेन शेर्पाको टिममा रहनुभएको छ । विगतमा म्याग्दीमा हुने विभिन्न प्रतियोगितामा समेत सहभागि भएर आफ्नो कला प्रस्तुत गर्नुभएका रोकालाई यसपटक विजेता बनाउनका लागि समेत अनुरोध गरिएको छ ।

Leave a Comment