---Advertisement---

आईफोनका लागि आफ्नै साथीको हत्या, बडिगाडका १७ वर्षीय किशोरको ज्यान गयो

On: July 26, 2026 10:08 AM
Follow Us:

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको आफ्नै साथीहरूले आइफोनको विषयमा भएको विवादपछि ह*त्या गरेको घटना सार्वजनिक भएको छ। २०८३ साल साउन १ गते राति लजिन थापा आफ्ना साथी अशिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले रातभर मदिरा सेवन गरी विद्यालयमै समय बिताएका थिए।

साउन २ गते बिहान करिब ४:०० बजे घर फर्किने क्रममा लजिनसँग रहेको आईफोन माग्ने विषयमा विवाद भएको बताइएको छ। विवाद चर्किएपछि उनका साथी रेम बहादुर बिक र ददी परियारले कुटपिट गरेका थिए। कुटपिटका कारण लजिनको घटनास्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाई संलग्न आरोपितहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।यो घटनाले सामान्य विवाद र मदिरा सेवनले समेत कति ठूलो अपराधिक घ*टना निम्त्याउन सक्छ भन्ने गम्भीर सन्देश दिएको छ

Leave a Comment