---Advertisement---

पाँच प्रदेशको नेतृत्व टुंगियो, गण्डकी र मधेशमा थप परामर्श गर्ने एमाले–नेकपा सहमति

On: July 25, 2026 10:28 PM
Follow Us:

प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायत समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ।

शनिबार जारी गरिएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको छ।

सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने निर्णय गरेका छन्।

सत्ता साझेदारीअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेतृत्व गर्ने सहमति भएको छ।

यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

दुई दलले प्रदेशस्तरमा राजनीतिक सहकार्यलाई संस्थागत गर्दै स्थिर सरकार निर्माण, सुशासन प्रवर्द्धन र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Leave a Comment