---Advertisement---

दीर्घरोगसँग संघर्षरत महिलाले पाइन् नागरिकता, थामिएनन् खुसीका आँसु

On: July 29, 2026 9:08 AM
Follow Us:

हरिकृष्ण गौतम
जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले हातमा नागरिकताको प्रमाणपत्र दिए लगत्तै मालिका गाउँपालिकाकी ३८ बर्षिया एक महिलालाइ भक्कानिएर रोइन् । धेरैबेरसम्म उनले आँसु थाम्न सकिनन्। छोरीको लामो पीडा, संघर्ष र अपमानको साक्षी बनेकी जन्मदिने आमाको ढाडस र बल पाएपछि मात्र आँसु रोकेकी महिलाले आफ्नो दुःखद् अवस्थाबारे खुलेर कुरा गरिन् ।

बाल्यकालमै प्रलोभन र यौन शोषणको शिकार बनेकी उनीबाट जन्मिएका चार सन्तानले बुबाको परिचय विनै हुर्काएको पीडा मात्रै पोखिनन् लामो समयदेखि दीर्घरोगबाट पीडित भएको बताइन् । छोरीको आँसु रोकेकी आमा यनदेवी परियारले नागरिकताविहीन अवस्थामा आर्थिक,सामाजिक पीडाका साथै अनेक अभाव र अपमान बोकेर हिड्नुपरेको पीडा खोलिन् ।

Advertisement

प्रजिअ आचार्यको कार्यकक्ष पीडित महिलाले नागरिकता पाएपछि अब रोग, भोगसँग लड्न र छोराछोरीले समेत आफ्नो परिचय पाएको बताइन्। ‘नागरिकता नभएका कारण छोराछोरीको जन्मदर्तादेखि नागरिकता बनाउने अधिकारसम्म खोसिएको थियो,कोखबाट जन्मिएपनि परिचय दिन सकेको थिइन्,अब बाँकी अधुरा काम पूरा गर्छु’उनले भनिन् ।

नागरिकताको अभावमा नेपाल सरकारले दिर्घरोगीलाई उपलब्ध गराउने सुविधबाट समेत बन्चित भएको उनको भनाई छ । ‘गरिबलाई नागरिकता चाहिन्छ भन्ने मैले भोगेको पीडाबाट छर्लङ हुन्छ,माइतीको साहरामा जीवन विताए, अहिले दिर्घरोगसँग संघर्ष गरिरहेको छु’ पीडितले भनिन् । उनले आफ्नो रोगका बारेमा खुलेर समाजमा बताउन नसक्ने छोराछोरीले आफ्नो नाम, पहिचान र सम्मानका साथ बाँच्न अवस्था नागरिकता पाएको भन्दै जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिलाई समेत धन्यवाद दिइन् ।

नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा आउँदा समेत पीडितलाई स्थानीय जनप्रतिनिधिले यातायातमा लाग्ने भाडा हालेर पठाएका थिए । तीन वर्षअघि स्वास्थ्य परीक्षणका क्रममा एचआईभी संक्रमण भएको पुष्टि भएपछि उपचार र नियमित औषधिका लागि गाउँपालिकाबाट सहयोग गरेको छ । उनका सन्तानको पर

सन्तानका बुबा गाउँमै भएपनि समाजबाट हुने बहिस्कारको त्रासले परिचय समेत खुलाउन नसकेको पीडित महिलाले बिलौना छ । उनले गरिबी, जातिय, लैङ्गिक शोषणसँगै तीनबर्षदेखि दिर्घरोगका कारण पीडादायी जीवन बाँच्न बाध्य धेरै महिलाहरूका लागि काम गर्ने बताइन् ।

पीडितकी आमाले गाउँमा सहयोग माग्दा छोरीको पीडालाई मजाक बनाउने,उल्टै प्रलोभनमा पार्नेका आफन्तले दोष लगाउने र विभिन्न बाहनामा पन्छिने गरेकाले छोरीका लागि निरन्तर संघर्ष गरेको बताइन् । ‘छोरीका लागि रोगले भन्दा नागरिकता नपाउँदाको पीडा थियो, अब नागरिकताको समस्या समाधान भयो, रोगसँग लड्न आत्मबल बढ्ने छ’ यनदेवीले भनिन् ।

प्रजिअ आचार्यले बाबुको पहिचान नखुलेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता पाउने कानुनी व्यवस्था अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराएको बताए । लामो कानुनी प्रक्रिया, आवश्यक प्रमाण र निरन्तरको प्रयासपछि पीडितलाई नागरिकता दिएको प्रजिअ आचार्यको भनाई छ ।

‘उहाँ जटिल रोगसँग पनि लडिरहनुभएको रहेछ, अब चार सन्तानको जन्मदर्तासँगै नागरिकता प्राप्तीको बाटो पनि खुलेको छ’ प्रजिअ आचार्यले भने । उच्च शिक्षा, रोजगारी, बैंकिङ सेवासहित राज्यले दिएका अन्य अधिकारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै जिल्लामा नागरिकताविहिन नागरिकको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरी उपलब्ध गराउने गरेको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए ।

उनका नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज रहेको बताए । म्याग्दीमा आमाको नाम, अंगिकृत नागरिकता समेत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता लिन योग्ग नागरिकको कानुनी प्रक्रिया पूरा भएको अवस्थामा वडातहबाटैका कानुनी प्रक्रिया पूरा गरी आउन समेत अनुरोध गरेको छ ।

बेनी साप्ताहिक समाचारपत्रबाट साभार गरिएको स्टोरी

Leave a Comment