---Advertisement---

क्रियसन रोकालाई जिताउन सबैतिर अभियान

On: July 29, 2026 9:34 AM
Follow Us:

रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ को लाइभ सो प्रस्तुती मार्फत भोटिङ राउण्डमा पुगेका म्याग्दीको मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई भोटिङ राउण्डमा जिताउन भोटिङको अभियानलाई तिब्रता दिइएको छ। मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गरी जिताउन अभियान सुरु गरिएको छ ।

ब्लाईण्ड अडिसन ‘यो दाजुको मिरमिरे आँखा’ बोलको गीत गाएर चारै जना कोचहरुको कुर्सी घुमाउन सफल हुनुभएका रोकाले लाइभ सोमा लगातार उत्कृष्ट प्रस्तुतीमार्फत कोचहरुको मन जितेका रोकालाई यूरोपमा भोटिङ सहित आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । मोना अन्तराष्ट्रि«यका अध्यक्ष मिम पूर्जाले बाल प्रतिभाको पहिचानका लागि रु ५० हजार नगद सहयोग गर्नुभएको छ भने स्वदेश तथा विदेशमा भोटिङ अभियान जारी छ ।


लाईभ प्रस्तुतीलाई चारै जना कोचहरुले तारिफ गरेपछि चर्चामा रहेका बाल प्रतिभा रोकाले व्याटल हुँदै लाइभ सोमा समेत उत्कृष्ट प्रस्तुतीका कारण रोकालाई उपाधिका लागि सजिलो भएकाले भोटिङबाट स्वदेश तथा विदेशमा अभियान सञ्चालन गरिएपछि यसपटक समेत गायन र भोटिङबाट सघाउने अपेक्षा गरिएको छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोग गर्न मंगला माविमा प्रधानध्यापक गमबहादुर खत्रीले अनुरोध गदैं म्याग्देली पहिचान स्थापित गर्ने समय आएको बताए । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।

Leave a Comment