---Advertisement---

बाढीपहिरो पीडितलाई रास्वपा म्याग्दीको सहयोग

On: August 2, 2026 9:58 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ । गत साता बेनी नगरपालिका–३, भकिम्ली र धवलागिरी गाउँपालिका–७ धारापानीका पीडित परिवारलाई ६० हजार आर्थिक सहयोग गरेको हो ।

¥यापिड एक्सन टिमको अगुवाईमा चिनाखेतको खोल्सामा आएको बाढीमा ज्यान गुमाउनुभएका लालविर छन्त्यालको परिवारलाई २५ हजार, चिनाखेत आमा समुह ५ हजार, दुधेखोलाका खड्कबहादुर रोकालाई ५ हजार, नविन थापा ५ हजार, भुमी थापा ५ हजार, दुधेखोलामा आमा समुहको भाडाकुँडा खरिदका लागि ५ हजार र ताकम धारापानीका लक्ष्मण थापालाई १० हजार सहयोग गरिएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो।


सहयोग हस्तान्तरण कार्यक्रममा रास्वपाका जिल्ला नेताहरु स्थलगत रुपमा बस्तीमा पुगेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा जिल्लामा बाढीपहिरोबाट प्रभावितलाई राहत तथा पुर्नस्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानार्कण सहित हातेमालो गर्ने सभापति रोकाको भनाई छ । जिल्लामा विपद्सँग लड्न सबै सरोकारवाला निकायसँग हातेमालो गर्ने जनाएको छ ।

Leave a Comment