---Advertisement---

‘निम्स दाइ’ जन्मिएको जन्मघरलाई संग्रालय बनाउन पहल गरिने

On: August 3, 2026 8:29 AM
Follow Us:

हरिकृष्ण गौतम
विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना तितरमा रहेको जन्मघरलाई संग्रहालयको रुपमा विकास गर्न पहल गरिने भएको छ । आरोही पूर्जा जन्मिएको घरमा बाल्यकालदेखि हिमाल आरोहणमका अभिलेख नीजि प्रयोग सामग्रीदेखि हिमाल आरोहणमा प्रयोग गरिएको उपकरणलाई सुरक्षित गरी संग्रहालय बनाउन आवश्यक पहल गर्ने वडा अध्यक्ष रमेश पूर्जाले बेनीअनलाइनलाई बताउनुभयो ।


‘हिमालको प्यारो हुनुभयो, अब हामीले भावी पुस्तालाई चिनाउने गरी भग्नावसेस को रुपमा रहेको घरलाई संग्रालय बनाउनुपर्छ’ अध्यक्ष पूर्जाले भन्नुभयो । बेनी–जोमसोम सडकखण्डबाट नजिकै रहेको घरलाई संग्रालय बनाएर पर्यटकलाई अवलोकन गर्न मिल्ने बनाउने तथा निम्स स्मारक वा अन्य कुनै योजना बनाउन समेत परिवारका सदस्यसँग समेत समन्वय गरिने छ ।


एकपटक साहसिक आरोही पूर्जा जन्मिएको घरमा आरोहीसहित सम्पूर्ण सदस्यहरूलाई आउने वातावरण बनाउनुपर्ने बताउँदै यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समेत पहल गर्नुपर्नेमा जोड दिइएको छ । आरोही टोली लिएर अन्नपूर्ण हिमाल आरोहणकै क्रममा घरसम्म आएर आफ्नो जन्मघरलाई प्रयोगमा ल्याउने घोषणा समेत गरेको स्थानीयबासीले स्मरण गरेका छन् ।

जन्मघरलाई संग्रालय बनाउन आवश्यक जग्गा रहेको छ भने आसपासका क्षेत्रमा समेत पूर्जा परिवारकै जग्गाहरु भएकाले आवश्यकता अनुसारको संरचना समेत बनाउन सकिने अवस्था छ ।


सडक नजिकै माईला दाई जितबहादुरको छाप्रोसहितको जग्गालाई समेत पूर्जाको सम्झनामा आवश्यकता अनुसार प्रयोग गर्न सकिने आफनतले बताएका छन्। दाना तितरमा जन्मिएर बाल्यकाल चितवनमा बिताउनुभएका पूर्जा परिवारका चारजनै दाईहरुको जन्म दानामा भएको थियो ।


सिंगो विश्वको गौरव र लाखौँको भरोसालाई हिउँको चिहानभित्र सदाका लागि लुकाइदिएको बताउँदै गाउँमा रहेको जन्मघरलाई निम्सको चिनोको रुपमा रहेको घरलाई जिवित राख्नुपर्ने ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो ।

‘दुर्गम गाउँमा जन्मिएर संसारमा चिनिए, हिमालकै काखमा सदाका लागि निदाएपनि हामीले भावी पुस्ताले सम्झिने गरी काम गर्नेछौ’ प्रअ नेपालीले भन्नुभयो । ‘अहिलेसम्मको सम्झनालाई संगालेर जीवित राख्न सम्भव भएसम्मको पहलमा सहभागि हुने छु,एउटा भरोसा टुटेको छ,भावी पुस्ताको प्रेरणा टुट्न दिने छैनौ’ प्रअ नेपालीले भन्नुभयो ।


पाकिस्तानको काराकोरम पर्वत लामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएपछि अहिले गाउँ सुनसान छ । विश्वभर हिमाल चिनाउने हिमालको नायक अस्ताएसँगै अपुरणीय क्षती भएको छ । हिमालबाट जीवितै फर्किनेमा ढुक्क रहेको अवस्थामा अन्ततः जीवितै फर्किने आश हिउँमै बिलाएको भन्दै गाउँले भाबुक छन् ।

Leave a Comment