---Advertisement---

किनेको भैँसीसहित खोला तर्ने क्रममा बगेर बेपत्ता झिँका एक यूवाको खोजीकार्य जारी

On: August 4, 2026 10:52 AM
Follow Us:

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६स्थित एकराते छहरा खोलामा बेपत्ता भएका यूवाको खोजीकार्य जारी रहेको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा झिँका अन्दाजी ३५ वर्षीय भिमबहादुर घर्ती र ३६ वर्षीय देवेन्द्र मैलिया खोला तर्ने क्रममा घर्ती भैसीसहित बेपत्ता भएपनि हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो ।


घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरु गरिए पनि उनको अवस्था पत्ता नलागेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाई छ । मंगलबार विहानदेखि पुनः खोजी भइरहेको छ । अस्थायी प्रहरी बिट चिमखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीय मिलेर खोजी सोमबार राती अँध्यारोका कारण स्थगित गरिएको थियो। आज विहानदेखि खोजीका लागि सशस्त्र प्रहरी बलको १५ सदस्यीय टोली पनि परिचालन गरिएको छ।


*यस अगाडीको समाचारमा मृतकको ठेगाना अन्यथ भएकाले सच्चाइएको छ ।

Leave a Comment