---Advertisement---

विश्वभर म्याग्देलीले दीप प्रज्ज्वलन गरी सम्झिए

On: August 4, 2026 7:43 PM
Follow Us:

विश्व प्रसिद्ध पर्वतारोही तथा कीर्तिमानी आरोही निर्मल पुर्जासहित हिमाल आरोहणका क्रममा दिवंगत भएका पर्वतारोहीहरूको सम्झनामा विश्वभर रहेका म्याग्देलीले दीप प्रज्ज्वलन,श्रद्धाञ्जली सभा तथा शोक सन्देश र समवेदना प्रकट गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिएर विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गरी हिमाल पर्यटनमा अग्रणी पूर्जाको निधनले सिंगो पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै अधुरो कामलाई राज्यका निकायले पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । मोना अन्तराष्ट्रियले म्याग्देलीको पहिचानलाई अपुरणीय क्षती भएको जनाएको छ । अध्यक्ष मिम पूर्जा, महासचिव सुवास राम्जालीद्धारा जारी शोक सन्देश जारी गरिएको छ ।

मोनाका विभिन्न देशमा रहेको राष्ट्रिय कार्यकारी समिति, अमेरिकामा रहेका म्याग्देली आवद्ध म्याग्दी समाज न्युर्गोक सहित विभिन्न संघसंस्थाले समेत दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा गरेको छ । स्व. पुर्जाको तस्बिर अगाडी मैनबत्ती बालेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदैं शोकमा समेत अनावश्यक टिकाटिप्पणी स्वीकार्य नहुने भन्दै विश्वभर पर्वतारोहणका क्षेत्रमा पूर्जाको योगदान सधै अमर हुने बताइएको थियो ।

Leave a Comment