भुटानको थिम्पुमा अयोजना हुने काभा महिला बिच भलिबलमा नेपालबाट म्याग्दीको पश्चिम म्याग्दीक्को मालिका गाउँपालिका–३ रुम औलकी कमला पुनको जोडी कोपिला रानाले प्रतिस्पर्धा गर्नुहुने छ । प्रतियोगिताका लागि भएको छनोट खेलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडी च्याम्पियन बनेको हो ।
यस जोडीले त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई हराएर छनोट यात्रा तय गरेको हो । यस्तै छनोट प्रतियोगिताका उपविजेता बनेको भावना र सुनिताको जोडीले पनि काभा बिच भलिबल खेल्ने अवसर पाउने नेपाल भलिबल सङ्घले जनाएको छ ।

पुनले बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा कप्तानीमा बिच भलिबल सहित हालसम्म तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता उपाधी जित्न सफल हुनुभएको थियो । विभागीय टोलीमा महिला खेलाडीमा उत्कृष्ट पुनले नेपालका लागि सार्क सहित विभिन्न खेलमा समेत लोभलाग्दो प्रर्दशन गर्न सफल हुनुभएको छ ।
बिस २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुनुहुन्छ । पिता स्व। चन्द्रहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिनुभएकी पुनले गाउँबाट भलिबल खेल्दै जिल्ला, क्षेत्र हुदै राष्ट्रिय टिममा पुग्नुभएको थियो ।













