---Advertisement---

’फेक’ फेसबुक ’आइडी’ बनाएर अश्लील भिडियो पोष्ट गर्ने एक यूवा पक्राउ

On: August 15, 2026 8:06 PM
Follow Us:

म्याग्दीकी एक युवतीको नाममा अश्लिल तस्विर÷भिडियो सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी पोष्ट गर्ने एक यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रेम सम्बन्धमा रहेको बेलामा खिचिएका भिडियो साम्रागीहरू सामाजिक सञ्जालमार्फत पोष्ट गरी मानसिक तनाव दिने गरेको पीडितले गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बागलुङको तमानखोला गाउँपालिका–२,स्थायी ठेगाना भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नौडाँडामा बस्दै आएका ३२ वर्षीय मनिष रसाइलीलाई पक्राउ गरिएको सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।

‘चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गरिएको पुष्टी भइको छ, थप अनुसन्धान भइरहेको छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो । रसाईलीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रकाशन तथा प्रसारण गर्न नहुने गोप्य फोटो तथा भिडियो फेक अकाउन्ट बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

रसाइलीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगर, कास्कीको समन्वयमा २०८३ साउन २८ गते साँझ करिब ६ बजे अन्नपूर्ण गाउँपालिका–२, नौडाँडाबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका रसाइलीलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Comment