---Advertisement---

धवलागिरी गाउँपालिको घुम्ती शिविरबाट ६ सय भन्दा बढी लाभान्वित

On: August 15, 2026 10:41 PM
Follow Us:

बसाइँसराइ रोक्न म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६ सयभन्दा बढी सर्वसाधारणलाई विभिन्न स्थानमा सेवा उपलब्ध गराएको छ ।

विभिन्न कारणले गाउँपालिकाबाट सदरमुकाम बेनी, पोखरा, काठमाण्डौ लगायतका देशका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणले सरकारी सेवा लिन झन्झट भएकै कारण बसाइँसराइ गर्ने र सेवा लिनकै लागि हजारौं खर्चिएर गाउँसम्म पुग्नुपर्ने भएपछि सहजताका लागि घरदैलामै पुगेर सेवा दिने नीति अनुसार घुम्नी शिविर सञ्चालन गरिएको थियो ।


शिविरमा काठमाडौँ, पोखरा र बेनीमा ६ सय ९ जना लाभान्वित भएको गाउँपालिकाका प्रबक्ता एवम् वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो ।

‘घुम्ती शिविरको क्रममा अस्पताल र घरदैलोमा समेत पुगेर सेवा दिइएको थियो, उहाँहरुलाई सबै सेवा बसेकै ठाउँमा दिदाँ स्थायी बसाइँसराइ समेत रोकिएको छ’ प्रबक्ता रोकाले भन्नुभयो ।

काठमाडौँमा साउन २४ गते १००, पोखरामा साउन २७ र २८ गते ३५०, बेनीमा २९ र ३० गते सञ्चालन भएको शिविरबाट १५९ जनालाई सेवा उपलब्ध गराएको वडा नं ७ का अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । ‘गाउँ गएर सेवा लिन नसक्ने धेरै हुनुहुन्छ, हामीले दिएको सेवाबाट निकै उत्साहित हुनुहुन्छ’ वडा अध्यक्ष रोकाले भन्नुभयो ।


सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर बजार झरेका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धन्यवाद दिनुभएको छ। शिविरबाट ज्येष्ठ नागरिक, अशक्त, बिरामीलाई सहज भएको छ ।

जिल्लाको सदरमुकामबाट समेत बाढीपहिरोका कारण समेत गाउँसम्म जान नसक्ने अवस्थामा जनप्रतिनिधिले सेवाप्रवाह गर्न जिल्ला बाहिरसम्म पुग्नु नागरिकप्रतिको चासो रहेको ताकमका यूवा प्रकाश सुबेदीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पुन, उपाध्यक्ष रेशम पुनमगरसहित साथै सातवटै वडाका अध्यक्ष र सचिवहरूले शिविरमा सहभागि थिए । धवलागिरी गाउँपालिकाको घुम्ती शिविरलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले समेत शनिबार राष्ट्रि«य परिचयपत्र वितरणमा सहजीकरण गरिएको थियो ।

Leave a Comment