---Advertisement---

प्रधानमन्त्री बालेन्द्र शाहको यात्राले बढायो पहिरोग्रस्त सडक सुधारको आशा

On: August 22, 2026 8:12 PM
Follow Us:

निजी भ्रमणका क्रममा परिवारका सदस्यसहित शनिबार सडकमार्ग हुदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार आफैं सवारीसाधन चलाएर बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुग्नुभएपछि बाढीपहिरोग्रस्त सडक सुधार हुनेमा म्याग्दीबासी आशावादी बनेका छन् ।

उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बेनी–जोमसोम खण्डको म्याग्दीखण्डको करिब २५ किलोमिटर सडक बाढीपहिरोको जोखिममा रहेको अवस्थामा प्रधानमन्त्रीले सडकमार्गबाटै यात्रा गरेपछि सुधारका लागि पनि अग्रसर हुने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–२,भुरूङ तातोपानीका स्थानीय ज्ञानबहादुर राना मगरले बताउनुभयो । ‘आफैं गाडी चलाएर आउनुभएको देखियो, अब सडकको सुधार पनि हुन्छ’ मगरले भन्नुभयो ।


सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी र अन्नपूर्ण–३ दानाको सुकेबगर, रुप्से झरना, वडा नं ६ महभीर सहित करिब आधादर्जन स्थान बाढीपहिरोको उच्च जोखिममा रहेको छ । जोखिमयुक्त बाढीपहिरो क्षेत्रमा दीर्घकालीन सुधार र सुरक्षित यातायातका लागि आवश्यक पहलका लागि यसपटक प्रधानमन्त्रीको निजी भ्रमणले समेत ध्यान तानेको छ । विहान पोखराबाट मुस्ताङका लागि प्रस्थान गर्नुभन्दा अगाडी सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध थियो ।

शनिबार विहान ९ बजेमात्रै सडक खुलेको थियो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरूङ तातोपानीस्थितहोटेल ‘न्याचुरल स्प्रिङ’ मा करिब एक घण्टाको विश्राम गर्नुभएका प्रधानमन्त्री शाहले सडकमा पर्यटक, स्थानीय बासिन्दा तथा कोरला नाकाबाट हुने सामान ढुवानी प्रभावित भएको आफैले देख्नुभएकाले समस्या समाधानका लागि समेत थप सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।


‘आफै सवारीसाधन चलाउनुभएकाले धेरै समस्या आफैंले देख्नुभएको छ, अब सडकमा सुधारका लागि उहाँले सक्रियता देखाए दिर्घकालिन समाधानका लागि सहज हुन्छ’ अध्यक्ष श्रेष्ठले बेनीअनलाइनलाई भन्नुभयो । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकक आयोजना विसं २०७४ देखि निर्माण गरिएपनि बाढीपहिरोका कारण म्याग्दीखण्डमा बर्षेनी मानवीय क्षती समेत हुने गरेको छ ।

बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा साना ठुला पहिरा छन् । चिनसँगको सिमाना कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न २ सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । प्रधानमन्त्रीले सडकमार्गबाटै यात्रा गरी सडकको वास्तविक अवस्था देखेकाले अब जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन सुधार र सुरक्षित यातायातका लागि आवश्यक पहल हुने अपेक्षा मुस्ताङबासीको समेत छ ।

Leave a Comment