प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । भक्तजनहरूले प्रयोग गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१,रानिपौवा क्षेत्रको बाटो प्रयोग नगरी झारकोट हुँदै परिवारसहित मुक्तिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले राति ८ बजे मन्दिरमा रहेर पूजाअर्चना गरीराति ८ः४५ बजे मन्दिरबाट फर्किनुभएको थियो।
मन्दिरमा प्रवेश गर्नुभएका प्रधानमन्त्री शाहलाई मुलपुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गरेपछि झारकोटकै बाटोबाट फर्किनुभएको मन्दिर ब्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुषालले बताउनुभयो ।
कार्यालय प्रमुख भुषालले भन्नुभयो,‘‘प्रधानमन्त्री ज्यू परिवारसँगै आउनुभएको थियो, पूजा गरी फर्किनुभयो, आइतबार विहान आउने सूचना पाएका थियौं।’’ प्रधानमन्त्री शाहले पूज मात्रै गरेर फर्किनुभएको र त्यहाँ कोहीसँग संवाद समेत नभएको जनाइएको छ । समुन्द्रि सतहदेखि ३ हजार ६१० मिटरको उचाईमा अवस्थित मन्दिर परिसरमा प्रवेश गरेसँगै धार्मिक पर्यटनसँगै मुक्तिनाथ मन्दिरका समस्याहरु समेत समाधानमा सहज हुने अपेक्षा समितिले गरेको छ ।











