---Advertisement---

रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक

On: August 26, 2026 10:21 PM
Follow Us:

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने जानकारी प्रवक्ता खरेलले सामाजिक सञ्जालमार्फत दिएका छन्।

बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन र पीडितहरूलाई तत्काल राहत एवं पुनः स्थापनाको व्यवस्था मिलाउन सबै राजनीतिक दलहरूसँग साझा रणनीति निर्माणका विषयमा छलफल हुने जनाइएको छ।

Leave a Comment