---Advertisement---

बाढीपीडितलाई रघुगंगाको २ लाख सहयोग

On: August 26, 2026 11:12 PM
Follow Us:

म्याग्दीको रघुगंगगा गाउँपालिकाले रसुवावाढी प्रभावितलाई सहयोग पुग्ने गरी २ लाख सहयोग गरेको छ । बुधबार बिहान आएको भीषण बाढीले रसुवा लगायतका क्षेत्रमा व्यापक क्षति पु¥याएपछि उद्वार र राहतमा सहयोग गर्ने उदेश्यले उक्त रकम सहयोग गरेको भएको गाउँपालिकाले जनाएको छ । रघुगंगाा गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा दुई लाख रपैयाँ रकम जम्मा गरेको छ । विपतमा राहत र उद्धारको लागि पालिकाको तर्फबाट दुई लाख रपैयाँ सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बेनीअनलाइनलाई बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले सरकारले विपद कोषमा सहयोगका लागि आब्हान गरेपछि सहयोगको घोषणा गरिएकाले उक्त सहयोग सरकारकै कोषमा जम्मा गरिने छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नुवाकोट र धादिङ क्षेत्रका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । राज्यको सम्पूर्ण शक्ति उद्धार तथा राहतमा जुटेको छ । म्याग्दीबाट रघुगंगाले पहिलो संस्थागत सहयोग गरेको छ ।

Leave a Comment