---Advertisement---

तीन दिनको पोखरा बसाइँपछि काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

On: August 24, 2026 8:55 AM
Follow Us:

प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनको गण्डकी प्रदेशको बसाइँपछि आज काठमाडौं फर्किँदै छन्। शुक्रबार पोखरा गएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।

आइतबार मुस्ताङबाट फर्किका उनी पोखरामै बास बसेका थिए। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले आफूलाई पनि धेरै जानकारी नभएको बताए। उनका अनुसार प्रधानमन्त्री शाह आज (सोमबार) काठमाडौं फर्किने छन्।

प्रधानमन्त्री शाह काठमाडौंदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर फर्किएका हुन्। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका प्रधानमन्त्री शाह आइतबार पनि पोखराकै एक रिसोर्टमा बसेको जनाइएको छ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्किएका थिए।         

Leave a Comment