---Advertisement---

कांग्रेस म्याग्दीका पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन

On: September 23, 2026 9:48 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीको बुधबार भएको पालिकास्तरीय अधिवेशनबाट रघुगंगा बाहेक पाँच पालिकामा सर्वसम्मतिले नयाँ नेतृत्व चयन भएको छ।


अधिवेशनबाट बेनी नगरपालिकाको नगर सभापतिमा चक्र केसी, मंगला गाउँपालिका गोपाल भट्टचन, मालिका गाउँपालिका राजु जुग्जाली, धवलागिरी गाउँपालिका प्रेमप्रसाद पुन र अन्नपूर्ण गाउँपालिका कृष्णप्रसाद बरुवाल निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले बेनीअनलाइनलाई जानकारी दिए । रघुगंगा गाउँपालिकामा तीनजनाको उम्मेदवार परेकाले नेतृत्व चयन बाँकी रहेको छ ।


नवनिर्वाचित पालिका सभापतिमा धवलागिरीका पुन गाउँपालिका अध्यक्ष, बेनी नगरपालिकाका सभापति केसी वडा नं ९ का वडा अध्यक्ष एवम् शिक्षा तथा सामाजिक विकास समितिका सभापति हुन भने मंगलाका नेता एवम् निर्माण ब्यवसायी हुन भने मालिकाका पालिका सभापति स्थानीय यूवा नेता हुन् ।

अन्नपूर्ण गापाका सभापति बरुवालले अघिल्लो कार्यकालका सभापतिले राजिनामा दिएपछि बरुवाले समालेका थिए । उनले रिक्त रहेको सभापति सम्हालेकाले यसपटक बरुवाललाई स्थानीयले साथ दिएका थिए ।


नवनिर्वाचित पालिका सभापतिले आफ्नो क्षेत्रमा पार्टीलाई पहिलो संगठन बनाएर आगामी कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने प्रतिबद्धता जनाएका थिए ।

पार्टीको साङ्गठनिक सुदृढीकरण, चुनावी रणनीति र भ्रातृ संस्थाहरूको परिचालनसहितका कार्यहरुसहित कार्यतालिका अनुसार नै अगाडि बढ्ने बेनी नगरका नवनिर्वाचित सभापति केसीको भनाई छ । १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत म्याग्दीका ४५ वडा अधिवेशन सम्पन्न भएको छ भने अब जिल्ला अधिवेशनसहित महाधिवेशन प्रतिनिध चयनको कार्य रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।

Leave a Comment