हरिकृष्ण गौतम
म्याग्दीका सुजन छन्त्याल मृत्युका विषयमा अनुसन्धान गर्न दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखा नगरपालिका–९ गोंगबुमा अचेत अवस्थामा भेटिएर उपचारको क्रममा मृत्यु भएको धवलागिरी गाउँपालिका–५, मलम्पारका ३३ वर्षीय छन्त्याल अचेत अवस्थामा भेटिएको स्थानमा राखिएको सिसी टिभी फुटेजमा देखिएका दुई यूवालाई नियन्त्रणमा लिइएपनि प्रहरीले विवरण सार्वजनिक गरेको छैन ।
मृतक छन्त्यालको पोस्टमार्टम रिपोर्टमा टाउकोमा रगत जमेर देखिएपछि घटनाका बारेमा थप अनुसन्धानका लागि काठमाण्डौमा रहेका म्याग्देलीले समेत दबाबमुलक कार्यक्रम सुरु गरेका छन् । मृतक छन्त्यालको शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पोष्टमार्टममा संलग्न अस्पतालका डाक्टरकाअनुसार उनको टाउकोमा सानो घाउ समेत देखिएकाले प्राकृतिक मृत्यु नभएको आफन्तको भनाई छ ।
शरीरको अन्य भागमा चोटपटक नदेखिएपनि टाउ सुन्निएको र रगत जमेको अवस्थालाई चिकित्सकले समेत प्राकृतिक मृत्यु भन्न नसक्ने अवस्था बताएपछि सिसीटिभी फुटेज संकलनको क्रममा दुई यूवाको भूमिका संकास्पद देखिएको थियो ।
मृतक छन्त्याल आइतबार बिहान ३ बजेपछि साथीहरूबाट सम्पर्कविहिन भएका थिए । मृतक छन्त्याल संघ कास्कीका अध्यक्ष समेत थिए ।












