---Advertisement---

विपन्न दम्पतीको घरमा युवाले पुऱ्याए दशैंको खुसी

On: October 8, 2026 10:48 PM
Follow Us:

बेनी नगरपालिका–६ छापका बृद्ध नरबहादुर महत दम्पतीलाई चाडपर्वमा गाउँलेको घरमा जस्तो सहज छैन। दैनिक गुजारा चलाउनै कठिन अवस्थामा रहेका दम्पत्तीलाई यसपटक गाउँका युवाले दशैं खर्च तथा उपचारका लागि सहयोग जुटाइदिएका छन् । आर्थिक रूपमा विपन्न नरबहादुर महत र उनकी श्रीमतीलाई दशैंमा खाना, औषधि उपचार तथा अन्य अत्यावश्यक खर्चका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले ६२ हजार रुपैयाँ सहयोग गरेका हुन्।


छापा घर भई हाल दक्षिण कोरियामा रहेका रविन खत्री र सुजन खत्रीको पहलमा स्वदेश तथा विदेशमा रहेका १७ जनाले संकलित ६२ हजार रुपैयाँ स्थानीय अगुवा लालबहादुर खत्री र छापा युवा क्लबका अध्यक्ष पुस्कल खत्रीले महत दम्पतीलाई गरेका थिए ।


दशैंमा विपन्न भएकै कारण मिठोमसिनो खानेकुरा र आवश्यक सामग्रीका लागि उक्त सहयोग संकलन गरी हस्तान्तरण गरिएको छाप यूवा क्लवका अध्यक्ष खत्रीले बताए ।

‘गाउँकै विपन्नमा पर्नुहुन्छ, सबैले मायाँ गर्छन्, यसपटकको दशैं यूवाहरुको सहयोगले मनाउनुहुन्छ, उहाँलाई अन्य समयमा पनि घर खर्च चलाउन सजिलो हुन्छ’ क्लव अध्यक्ष खत्रीले भने । उनका अनुसार चाडपर्वको खर्चसँगै कठिन समयमा सहयोगले राहत मिलेको छ । चाडपर्वको खुसी सम्पन्न परिवारमा मात्र सीमित नहोस्, अभावमा रहेका परिवारको घरमा पनि चुल्हो बलोस् भन्ने मानवीय भावनाले सहयोग गरेको हस्तान्तरण कार्यक्रममा सहभागि स्थानीय लालबहादुर खत्रीको भनाई छ ।


उक्त अभियानमा सहयोग गर्नेमा सुजन केसी (कल्यान छापा) ५ हजार, रविन केसी ५ हजार, भागवान केसी ३ हजार, रमेश बानियाँ ५ हजार, सीमा केसी (छापा) ३ हजार, सुजन केसी (छापा डाडाबारी)० ५ हजार, कृष्ण घिमिरे (खबरा) २ हजार ५ सय, रोमन बानियाँ (छापा) २ हजार, पूजन कार्की (छापा) ५ हजार, नवीन केसी (रेवल माझखेत) २ हजार ५ सय रुपैयाँ छन्।


त्यसैगरी विक्रम केसी (छापा) २ हजार, रञ्जन केसी (छापा) ३ हजार, किसान जीसी ६ हजार, लक्ष्मण केसी (डाडाबारी, छापा)३ हजार ५ सय, सन्दीप केसी ५ हजार, सुनिल केसी (रानिवासे, छापा) २ हजार र बिराज केसी (पङ्गालीथर, मरुवा) २ हजार ५ सय रुपैयाँ सहयोग गरेको छापा यूवा क्लवले जनाएको छ ।

Leave a Comment