अविरल वर्षासँगै निम्तिएको बाढीपहिरो र नदी कटानका कारण म्याग्दीमा विस्थापित भएकालाई आपतकालिन राहत स्वरुप म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ३ लाख ३८ हजार २ सय ८६ रुपैयाँ सहयोग गरेको छ । मोना अन्तराष्ट्रि«य कार्यकारी समितिले जिल्ला प्रशासनमार्फत म्याग्दीका बाढीपहिरो प्रभावित तथा विपद्जन्य गतिविधिमा सघाउने गरी उक्त सहयोग मोना दक्षिण कोरियाका उपाध्यक्ष गणेश बोगटीले सचिवालयका प्रमुख सुनिल सुबेदीलाई हस्तान्तरण गरेका छन् ।
मोना दक्षिण कोरियाका उपाध्यक्ष बोगटीले म्याग्दी जिल्लामा विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोना आइसीमार्फत सहयोग गरिएको बताउनुभयो । उक्त सहयोगबाट जिल्ला प्रशासन कार्यालय, म्याग्दीसँग आवश्यक समन्वय गरी तत्कालको आवश्यकतालाई प्राथमिकतामा राख्दै लत्ताकपडा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्रीसहित बिपद्जन्य कार्यमा खर्च हुने छ ।
‘प्राकृतिक विपत्तीमा परेकालाई प्रवासीले सहयोगले केही राहत हुने अपेक्षा गरेका छौ,आगामी दिनमा पनि सक्ने सहयोगमा सहकार्य गर्नेछौ’अध्यक्ष अध्यक्ष दिनेश कार्कीले भन्नुभयो । अध्यक्ष कार्कीले मोनामार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा आकस्मिक सहयोगले राहत मिलेको विश्वास ब्यक्त गर्नुभयो।
मोनाले संकलित सम्पूर्ण सहयोग रकम तथा राहत सामग्री जिल्ला प्रशासन कार्यालय, म्याग्दी तथा सम्बन्धित स्थानीय निकायसँगको समन्वयमा वास्तविक पीडित तथा प्रभावित परिवारसम्म पारदर्शी र प्रभावकारी रूपमा पु¥याउने तथा सहयोगको विवरण सम्बन्धित सबै पक्षलाई जानकारी गराउने महासचिव सुवास राम्जालीले जानकारी दिनुभयो ।











