---Advertisement---

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा,राजपत्रमा सूचना प्रकाशन

On: October 8, 2026 9:31 PM
Follow Us:

बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिकोले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेपछि नेपाल सरकारले म्याग्दीसहित बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न गाउँँलाई विपत् संकटग्रस्त घोषणा गरेको हो ।

म्याग्दीका ६ स्थानीय तहसहित २० पालिकालाई तीन महिनाका लागि विपत् संकटग्रस्त घोषणा गरिएको छ। म्याग्दीसहित केही जिल्लाका पूरै पालिका परेका छन् भने केही जिल्लामा भने जोखिम मानिएका पालिकाका केही वडालाई मात्र संकटग्रस्त घोषणा गरिएको छ ।


बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार म्याग्दी, बाग्लुङ, पर्वत, पर्वत गोरखा र पूर्वी नवलपरासीका पालिका तथा वडालाई संकग्रस्त घोषणा गरिएको छ । विपत् जोखिम न्यूनीकरण ऐन व्यवस्थापन ऐन, २०७४ को दफा ३२ मा गम्भीर प्रकृतिको विपत् उत्पन्न भएका संकटग्रस्त घोषणा गर्न सकिने उल्लेख छ।


यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा विपद् संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।


उक्त प्रस्ताव लगत्तै म्याग्दीका प्रतिनिधिसभा सदस्य एवम् मन्त्री महावीर पुनले घोषणाकालागि सक्रियता देखाउनुभएको थियो ।म्याग्दीमा विपद्मा परी ९ जनाको ज्यान गएको छ । सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई पहिलोपटक विपद् संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको हो ।

पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङबाट १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ ।

फोटो क्याप्सन
म्याग्दीमा यसपटकको पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ ।

Leave a Comment