Thursday, May 1, 2025
17.3 C
Beni
17.3 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 282

धवलागिरी गाउँपालिका समाज काठमाण्डौको अध्यक्षमा लिलबहादुर पुन

0

म्याग्दीको धवलागिरी गाउँपालिकाबाट काठमाण्डौमा बसोबास गर्नेहरूको साझा संस्था धवलागिरी गाउँपालिका समाजको चौथो वार्षिक साधारणसभाबाट मराङका लिलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमसहित आयोजित साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष–यामलाल सुवेदी–ताकम, महिला उपाध्यक्ष–चन्द्रमति घर्ति–मुदी, सचिव–मेजरमान छन्त्याल–गुर्जाखानी,सहसचिव–तेजिन्द्र भण्डारी–मच्छिम, कोषाध्यक्ष–खडकबहादुर थापा–धारापानी,सहकोषाध्यक्ष–ताराप्रकाश पाण्डे रहेका छन् ।

 

त्यसैगरी सदस्यहरुमा तुलप्रसाद छन्त्याल–मल्कबाङ,बलबहादुर घर्ति–सिबाङ,सारा केसी–मराङ,तेजिन्द्र थापा–धारापानी,झकबहादुर पुर्जा–लम्सुङ, भिममाया बुढा–दर,ओमदेवी पुन–मुना,पदम पुर्जा–खोरिया,तिर्थ छन्त्याल–मलम्पार, दिर्घबहादुर पुन–मराङ र ज्ञानबहादुर बुढा–खिबाङ रहेका छन्। समाजका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षता भएको साधारणसभाको उद्घाटन गदैं प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जन्मभूमिमा हुने हरेक गतिविधिमा स्वदेश तथा विदेशमा रहनुभएकाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

‘म्याग्दीमा इमान्दारीपूर्वक काम गर्ने गरी अहिले लागि परेको छु,’ मैले विकासका केही काम गरेको छु, अझै केही योजना बनाएको छ’ सांसद गर्बुजाले भने । धवलागिरी गाऊपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पश्चिम क्षेत्रको विकासका लागि बजेटको अभाव भएको बताए । सोही अवसरमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन लगायतको उपस्थिती रहेको थियो ।

९० वर्ष माथिका जेष्ठ नागरिक हरु जमुना श्रेष्ठ–फलियागाऊ, भिमदेवी पाण्डे–फलियागऊ,मनबुजा चोचाङी–मराङ,जङदेवी छन्त्याल–मल्कबाङ,श्यामबहादुर थापा–धारापानी,रेवति भण्डारी–फलियागाऊलाई सम्मान पत्र प्रदान गरिएको थियो । साधारणसभामा रिद्दबहादुर छन्त्याल–गुर्जा,रेशम भण्डारी–फलियागाऊ,तेजिन्द्र थापा–धारापानी, डा,राजन सुवेदी–ताकम,थमबहादुर तिलिजा–मुदी,बगर,ईन्द्रबहादुर जुग्जाली–मराङ, धनकुमारी गौचन–मुदी, स्व नारायण सिह (मरणोपरान्त) को तर्फबाट धर्मपत्नी गंगादेवी सिह, सिवाङ र तुलप्रसाद छन्त्याल–मल्कबाङ रहेका थिए ।

साधारणसभामा सचिव यामलाल सुवेदीबाट संचालन गरिएको सो सभामा अध्यक्ष लिलबहादुर पुनले संस्थको कार्यप्रगति विवरण र कोषाध्यक्ष खडक थापाले आय–व्यय विवरण प्रस्तुत गरेको सो कार्यक्रममा लोक गायक खडग गर्बुजा र राम रसाईलीले लोकगी प्रस्तुत गर्नु भएको थियो भने बाल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

सिटिजन्स बैंकले बेनी अस्पताललाई दुई थान यूरोगार्ड सहयोग

0

म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले बेनी अस्पताललाई दुई थान यूरोगार्ड सहयोग गरेको छ । आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई शुद्ध खानेपानी वितरणका लागि शाखा प्रबन्धक सुमित सुबेदीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अञ्जु थापालाई हस्तान्तरण गरे ।

अस्पतालका प्रत्येक यूनिटमा चेकजाँचका लागि आउने बिरामीलाई सहज हुने गरी ३४ हजार बराबरको सहयोग गरिएको शाखा प्रबन्धक सुबेदीले बताए । बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक सुबेदीको भनाई थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुबेदी, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए। कार्यक्रममा मनोचिकित्सक डा। अनुषा मानन्धर, अस्पतालकी सुचना अधिकारी खेमकुमारी पन्तको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक सुबेदी, स्वागत कर्मचारी अजित जिसी र सञ्चालन सहायक प्रबन्धक आनन्द पौडेलले गरेका थिए ।

म्याग्दीमा ८ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

0

जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले  बजेटको व्यवस्था गरेसँगै ८ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

संघीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका ६ वटा वडाका २ हजार ५ सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको बताए।

‘आयोजनाको लागत ४८ करोड  अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन,’ उनले भने, ‘गत फागुनमा अर्थ मन्त्रालयले ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन थालिएको हो।’

उपभोक्ताले ब्यहोर्नुपर्ने समग्र लागतको १० प्रतिशत बजेट आयोजना प्रभावित बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेका छन्। खानेपानी मन्त्रालयले डिपिआर स्वीकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गर्न सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले प्रक्रियागत काम थालेको हो।

कार्यालयका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले बहृत् घोप्टेखोला आयोजनाका लागि आह्वान गरिएको ठेक्कामा परेका छवटा कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको र चालु आवभित्रै सम्झौता गरिने जानकारी दिए।

बेनी– ५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो।

आयोजनामार्फत २ हजार ५३ घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताए। चालु आर्थिक वर्षमा घोप्टेखोला खानेपानी आयोजनाका लागि दुई करोड बजेट विनियोजन भएको छ।

ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले जानकारी दिए।

म्याग्दीका कृषकले लगाएर एक करोड बढीको आलुको बिउ

0

म्याग्दीका कृषकहरुले यय वर्ष झण्डै नौ सय रोपनी क्षेत्रफलमा एक करोड भन्दा बढी मुल्य पर्ने वर्षे आलुको बिउ रोपेका छन् ।समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्तर्गत खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम मार्फत म्याग्दी जिल्ला भित्रका १३ वटा कृषक समूहले एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ रुपियाँ मुल्यको आलुको विउ खरिद गरेर लगाएका हुन् ।

१३ वटा कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगंगा गाउँपालिका, धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको ८ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक नवराज भुषालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यस वर्ष वर्षे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनौट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूह मात्रै आएका थिए । ज्ञान केन्द्रले आलु प्रवद्र्धन कार्यक्रम अन्तरगतको खायन आलु उत्पादन प्रवद्र्धन अन्तरगत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘जिल्लाको आलुको उत्पादकत्वको हिसाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रिकटन आलु उत्पादन हुने देखिन्छ ।’ आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्र फल हो र प्रति हेक्टर म्याग्दीमा १७ मेट्रिकटन उत्पादन हुने देखिन्छ । आलुको बोटको हाल सम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग किराको समस्या भएन भने यस वर्ष करिब आठ सय मेट्रिकटन सम्म आलु उत्पादन हुने हामीले अनुमान गरेका छौं–बाँस्कोटाले भन्नुभयो ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम, धवलागिरी गाउँपालिका–४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ को खिबाङ, रघुगंगा गाउँपालिका–६ ठाडाखानीलगायतको क्षेत्रमा यस वर्ष वर्षे आलु लगाइएको छ । त्यस्तै बेनी नगरपालिका–३ को भुकभुके, मंगला गाउँपालिका–२ हिदी लगायतको क्षेत्रमा पनि आलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लागि अनुदान वितरण गरिएको कार्याय प्रमुख बाँस्कोटाको भनाई छ ।

यस पटक २५ प्रतिशत कृषकको र ७५ प्रतिशत अनुदान गरी प्रति रोपनी ११ हजार पाँच सय ५३ रुपियाँ बराबरको बीउ खरिद गरेर आलु खेती गरिएको हो । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशतमा कृषकले आफ्नो २५ प्रतिशत थप गरेर कुल एक करोड ३ लाख ७४ हजार पाँच सय ९४ रुपियाँ मूल्य बराबरको आलुको बिउ खरिद गरेर खेती गरिएको ज्ञान केन्द्रको भनाई छ ।

पहिलो दिनको खेलमा रिभरसाइड र नगरपालिका बिजयी

0

म्याग्दीको बेनीमा शुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिनमा रिभरसाइट बगरफाँट र बेनी नगरपालिकाले बिजयी शुरुआत गरेका छन् । चार टीमको सहभागिता रहेको राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको पहिलो खेलमा म्याग्दी क्रिकेट क्लबलाई पराजित गर्दै रिभरसाइड बगरफाँटले दुई अंक हासिल गरेको छ । त्यस्तै अर्को खेलमा रत्नेचौर क्रिकेट समूहलाई पराजिट गर्दै बेनी नगरपालिकाले पनि आफ्नो पोल्टामा दुई अंक जोडेको छ ।

रिभरसाइड बगरफाँटले पहिला ब्याटीङ गर्दै क्याप्टेन रितीक थापाको ४२ र आयुश रोकाको ५१ रनको मद्धतले १५३ रन बनाएको थियो । १५४ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको म्याग्दी क्रिकेट क्लबले निर्धारीत ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । बलिङ तर्फ पनि चार ओभरमा ३० रन खर्चेर १ विकेट लिनुका साथै एक जनालाई रनआउट गर्न सफल हुनुभएका रितिक थापालाई प्लेयर अफ द म्याच घोषित गरीएको थियो ।

त्यस्तै दोश्रो खेलमा रत्नेचौर क्रिकेट समूहलाई डिएलएस मेथडमा पराजित गर्दै बेनी नगरपालिका बिजयी भएको छ । पहिला ब्याटीङ गरेको नगरपालिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

जवाफी ब्याटीङमा उत्रेको रत्नेचौर क्रिकेट समुहले ५ ओभरमा ३ विकेट गुमाएर २७ रन बनाउँदा खेल वर्षाले रोकीए पछि डिएलएस मेथडबाट नतिजा सुनाइएको थियो । उक्त समयमा रत्नेचौर क्रिकेट समुहले ३५ रन बनाउनु पर्ने भए पनि २७ रन बनाएकोले बेनी नगरपालिका ७ रनले बिजयी भएको जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले जानकारी दिनुभयो ।

अब तेश्रो खेल आगामी १०गते बिहीबार बुद्धजयन्तीको दिनमा हुने छ । राउण्ड रोबिनका आधारमा हुने खेलको शिर्ष दुई टिम फाइनल खेल्नेछन् । जेठ १० र ११ गते दुई दुई खेल हुने र १२ गते फाइनल खेल हुने जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो ।

दीक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

0

घरमा झुण्डिएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दीक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजीसमेत गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

बुधबार बेलुकी मृत भेटिएको भन्दै परिवारका सदस्यले उनको शव अस्पताल ल्याएका थिए । माइती पक्षले भने हत्या गरिएको भन्दै जाहेरी दिएपछि प्रहरीेले शंकास्पद दोषीलाई पक्राउ गरेको छ । ढीला समयसम्म पोष्टमार्टम नभएपछि स्थानीय आक्रोशित थिए । मृतकको पोष्टमार्टमका लागि विज्ञ चिकित्सक चाहिने भन्दै अस्पतालले ढिला गरेको थियो ।
धौलागिरि अस्पतालमा फरेन्सी विज्ञ ल्याएर शनिबार पोष्टमार्टम गरिएको छ ।

उक्त पोष्टमार्टमको रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने बताएको छ । घटनाबारे परस्पर विरोधी धारणाहरु आइरहे पनि वास्तविकता खुल्न भने अझै केही समय लाग्ने प्रहरी अधिकारीहरुको भनाइ छ । अनुसन्धानको क्रममा भएकोले यसै भन्न नमिल्ने उनीहरुले बताए ।
मृतक किशोरीको माइती भने बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको गलुवा हो ।

उनको मृत्युलाई रहस्यमय भन्दै उचित छानविन गरी दोषीलाई कारवाही गर्न क्षेत्री समाज बागलुङले माग गरेको छ ।
गलुवाका देवेन्द्र भण्डारी र सावित्री भण्डारीकी छोरी दीक्षा बिद्यामन्दिर माविमा पढ्दै थिइन् । समाजले घटनाको सत्यतथ्य नलुकी बाहिर आउने वातावरण बनाउन सबैलाई आग्रह गरेको छ । अध्यक्ष रुद्रबहादुर महतले हस्ताक्षर गरेको विज्ञप्तिमा यथार्थ छानविन र अनुसन्धान हुनुपर्नेमा पनि जोड दिएको छ ।

पिपलबोटमा गाँजाका २ सय बोट फँडानी

0

म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ पिपलबोटमा खेतबारीमा रहेको गाँजा फँडानी गरेर नष्ट गरिएको छ । समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रबनानि हरि बहादुर थापाको नेतृत्वमा गएको टोलीले २ सय वटा गाँजाका बोट फँडानी गरेको जनाएको छ ।

स्थानीय यूवा तथा बाहिरबाट आउनेबाट गाँजाको प्रयोग हुन सक्ने भन्दै समुदायको पहलका खोजीखोजी नष्ट गरिएको प्रहरीले जनाएको छ । संकलित गाँजाका बोट वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षत्री, आमा समूह तथा स्थानिय बासिहरुको रोहवरमा नष्ट गरेको थियो । समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीको सहरबजार बाहेक ग्रामिण क्षेत्रमा समेत लागु पर्दाथ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको हिरासतमा र प्रहरीको निगरानीमा रहेका लागु औषधका प्रयोगकर्तामध्ये करिब ८० प्रतिशतले गाँजाको सेवनबाटै शरीरका विभिन्न भागबाट प्रयोग गर्ने सिरिन्जको खोजी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ । म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ। नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ। एक गाँजा, अर्को अफिम । दुबै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ। लागुऔषधको प्रयोग र ओसार पसारले समाजमा विभिन्न खाले अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ ।

 

‘खेल्छ गण्डकी’ मार्फत म्याग्दीमा महिला भलिबल प्रशिक्षण

0

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, म्याग्दी जिल्ला भलिबल संघको ब्यवस्थापन र जिल्ला खेलकुद विकास समिति म्याग्दीको संयोजनमा १२ दिने प्रशिक्षणको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

सदस्य सचिव शर्माले खेलकुद विधामा प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न जिल्लामा प्रशिक्षण सुरू गरिएको बताए । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीपलाई खेलमार्फत नतिजा निकाल्ने, नयाँनयाँ प्रतिभा खोजी गरी अवसर दिने, खेलवृत्तमा गण्डकी प्रदेशको गौरव बढाउने खेलाडी तयार पार्ने सदस्य सचिव शर्माको भनाई थियो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेल भलिबलमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने र राष्ट्रिय टोलीमा धेरै खेलाडीको प्रतिनिधित्व हुने गरी महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए ।

प्रशिक्षणमा ८ जिल्लाका ३० महिला खेलाडीको सहभागिता रहेको छ । प्रशिक्षक तेजेन्द्र बानियाँ, मलिन रोका, ब्यवस्थापनमा कुमार किसान र राजिन पुरी रहेका छन् । उद्घाटन कार्यक्रम जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाको अध्यक्षता र महासचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो। प्रश्क्षिण कार्यक्रम आगामी जेठ १३ गते सम्म सञ्चालन हुने छ।

ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट २ सयभन्दा बढी लाभान्वित

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार (आज) सम्पन्न निःशुल्क आँखा शिविरमा २ सय १५ जना लाभान्वित भएका छन् ।

ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो ।

शिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको क्लवका अध्यक्ष धु्रव थापाले जानकारी दिनुभयो । शिविरले स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता र बालबालिका तथा वयस्क सबै उमेर समूहले आँखा उपचारको अवसर पाएको उहाँको भनाइरहेको छ।

शिविरले आँखाको समस्या भएका बालबालिकादेखि वृद्ध वृद्धासम्म लाभान्वित भएको स्थानीय युवा दानेन्द्र थापा क्षेत्रीले बताउनुभयो । लेखसाइड युवा क्लवले केवल मनोरञ्जनात्मक कार्यक्रमहरु मात्र नभइ रचनात्मक र सेवामूलक कार्यक्रमहरु पनि गर्दै आएको र रक्तदान कार्यक्रम पनि आयोजना गर्न लागिएको थापाको भनाइरहेको छ ।

क्लवका उपाध्यक्ष नारायण शर्माका अनुसार आँखा शिविरमा ज्यामरुककोटको गौश्वारा,सानालेख,तमाने,भकुण्डे,फापरखेत र खवरा क्षेत्रबाट समेत विरामीहरु आएका थिए । लेखसाइड युवा क्लवले हरेक वर्ष महाशिवरात्री पर्वको अवसरमा विविध कार्यक्रम सहित मेला पनि आयोजना गर्दै आएको छ । स्थानीय युवाहरुले देश विदेशमा रहेका सानालेखवासीहरुबाट सहयोग जुटाएर संचालन गर्ने गरिएको सो मेला खेल र मनोरञ्जनको संगम बन्ने गरेको छ ।

लोपोन्मुख संस्कृतिको संरक्षण,खेलप्रतिभाहरुको पहिचान,सामाजिक योगदानको मूल्याङ्कन गर्ने उद्धेश्यले हरेक वर्ष महाशिवरात्री पर्वको अवसर पारेर मेला आयोजना गर्ने गरिएको लेखसाइड युथ क्लवका उपाध्यक्ष नारायण शर्माले बताउनुभयो ।

२०७५ सालमा बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५ सय अनुदान र बाँकी रकम देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट सहयोग जुटाएर क्लवमा आबद्ध युवाहरुले साढे ६ लाख रुपैयाँ खर्चगरी सामुदायिक भवन निर्माण र २ लाख भन्दा बढीको लागतमा खेलमैदान निर्माण गरेका थिए ।

गाउँको विकास र युवाहरुको अभियानलाई देश विदेशमा रहेका सानालेखबासीहरुले पनि मन खोलेर सहयोग गर्ने गरेका दानेन्द्र थापाले बताउनुभयो । शनिवार सम्पन्न आँखा शिविरका लागि बागलुङ जीपपार्क स्थित नवदुर्गा हार्डवेयरका संचालक विमल सुवेदी र गणेश भण्डारीको विशेष सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।

म्याग्दी भलिबल संघको १० दिने प्रशिक्षण सकियो, खेलाडीमा थपियो उत्साह

0

नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् ाशनिबार समापन गरिएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलाडीको प्रतिभा पहिचान र अवसरका लागि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

‘भलिबल क्षेत्रमा म्याग्दीले फड्को मारेको छ, विद्यालयस्तरबाटै हुने प्रशिक्षणले प्रतिभाको पहिचान र अवसरका लागि सहज भएको छ’ सदस्य सचिव शर्माले भन्नुभयो । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले ‘खेल्छ गण्डकी’ मार्फत विपन्न परिवारभित्र रहेका खेल प्रतिभाको समेत खोजी भइरहेको बताउनुभयो ।

‘खेलकुद अविरल बगिरहने नदी जस्तै हो, यो पवित्र अभियानमा अब सबैको साथ र सहयोग आवश्यक छ’ सदस्य सचिव शर्माले भन्नु्भयो । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले प्रशिक्षणलाई अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माको भनाई छ ।

प्रशिक्षणमा कक्षा १०, एसइई दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका वर्षमूनिका पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले प्रशिक्षणमा सिकेको सीपलाई नियमित खेल अभ्यासमा प्रयोग गर्न सुझाव दिनुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले संघको नियमित तालिका अनुसार नै प्रशिक्षण गरिएको बताउनुभयो । म्याग्दीमा मावि तहबाटै खेलाडीको पहिचान, प्रतियोगिता सहितका गतिविधिमा संघले प्राथमिकता दिएको अध्यक्ष बानियाँको भनाई छ ।

प्रशिक्षणमा नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियार, तेजेन्द्र बानियाँ, मलिन रोका, कुमार किसान, राजिन पुरीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

error: Content is protected !!