Wednesday, April 30, 2025
25.9 C
Beni
25.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 285

बेनीमा मादल बजाउने तालिम सुरु

0

म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ रहन समेत सहयोग पु¥याउने उहाँको भनाई थियो ।

कला संस्कृतिको संरक्षण स्वरुप नगरपालिकाले संचालन गरेको परम्परागत लोकबाजा मादल बजाउने तालिममा सक्रियता पूर्वक सिप सिक्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाई गाउँघरमा हुने रत्यौली, भजनकृतन लगायतमा मादल बजाउन सक्ने क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले महिलाहरुमा मादल बजाउन सिक्ने तिव्र इच्छा भएको र तालिम संचालनका लागि माग आएकाले नगरपालिका भित्रका महिला दिदीवहिनीहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत अधिकृत सातौँ अर्जुन सुवेदी र संचालन महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ र वविता सापकोटाको पनि उपस्थिति रहेको थियो ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समुह तथा महिलाले नेतृत्व गरेका संघ÷संस्थाहरुबाट गरि ६० जना सहभागी भएका छन । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ । सहभागीहरुलाई २० जनाका दरले तीन समुहमा विभाजन गरेर तालिम संचालन गरिने प्रशिक्षक पुनले बताउनुभयो ।

म्याग्दी क्याम्पसको प्रमुखमा श्रीधर सुवेदीको पदस्थापन

0

म्याग्दी जिल्लाकै पहिलो सामुदायिक क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा श्रीधर सुवेदीलाई चयन गरेर मंगलबार पदस्थापन गरिएको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाबाट चयन हुनुभएका सुवेदीलाई एक समारोहका बीच पदस्थापन गराइएको हो ।

पदस्थापनमा बोल्दै सुवेदीले आफ्नो तर्फबाट क्याम्पसलाई उच्च बिन्दुमा पु¥याउनका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा मेरो पहिलो घर भनेकै म्याग्दी क्याम्पस भएकाले यसको हित बिपरीत कुनै पनि कार्य नगर्ने र हुन पनि नदिने उहाँले जनाउनु भयो ।

२०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पस जिल्लाकै शैक्षिक धरोहर भएकाले पनि यस संस्थाको उन्नती र संस्थाले पाएका उपलब्धीहरुको रक्षा गर्दै थप प्रगति तर्फ लैजानु पर्ने जिम्मेवारी हरेकको उहाँको भनाई थियो । संस्थाले दिएको जिम्मेवारी पुरा गरेर सबैलाई समेट्दै अगाडी बढ्ने योजना रहेको उहाँको तर्क थियो ।

पदस्थापनमा म्याग्दी क्याम्पसका संरक्षक हरिकुमार श्रेष्ठले बिगतको तुलनामा म्याग्दी बहुमुखी क्याम्पसमा धेरै फेरबदल आएको र सुधार भएकोले पद लिने तर समय नदिने व्यवहार कसैले पनि गर्न नहुने बताउनुभयो । उहाँले क्याम्पस प्रमुख चयनमा प्रतिस्पर्धात्मक तबरले भएको छ र यहाँ संधै जसो यस्तै बिधिबाट हुने भएकाले अहिले छनौटको समयमा पछाडी पारेकाले औंला उठाउने मौका नपाउने गरी कार्य सम्पादन गर्न आग्रह गर्नुभएको थियो । म्याग्दी क्याम्पस क्युएए प्राप्त गरेको शैक्षिक संस्था भएकोले त्यसलाई नबिकरण गर्ने जिम्मेवारी पनि नयाँ प्रमुखको भएकाले तदारुकता साथ उक्त जिम्मेवारी पुरा गर्नका लागि सबैलाई समेटेर अगाडी बढ्न सुझाब दिनुभएको थियो ।

म्याग्दी क्याम्पसका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले क्वालिटि म्याग्दी क्याम्पसको मुख्य पाटो भएकोले अब आएका प्रमुखले पनि क्वालिटिलाई अझ राम्रो बनाउनु पर्ने तर्क गर्नुभयो । सञ्चालक समितिमा बायोडाटा बढाउन मात्रै हैन काम गर्न आउनु पर्छ–उहाँले भन्नुभयो । कतिपय साथीहरु क्याम्पस सञ्चालक समितिमा आफ्नो बायोडाटा बढाउन मात्रै आएको जस्तो पनि देखिन्छ त्यस्ता व्यक्तिहरु बाहिरै बस्दा क्याम्पसको हित हुन्छ ।

क्याम्पसका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले अहिले पछिल्लो समय विद्यार्थी संख्या कम हुँदै गएको अवस्थामा विद्यार्थी बढाउने र गुणस्तर पनि अझै मजबुत बनाउन तर्फ सोच्नु पर्ने तर्क गर्नुभयो । सबैले काम गर्छन् तर उत्कृष्ट को भन्ने सवाल हुन्छ त्यसैले प्रतिस्पर्धीहरु मध्ये सबै उत्कृष्ट नहुने भएकाले यसबारेमा पनि सोच्नु पर्छ । कुनै पनि मिटिङ भन्दा पहिला नै एजेन्डा तय हुनु पर्छ र मात्रै मिटिङमा मजबुत छलफल हुन्छ त्यसैले त्यसका बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाको अध्यक्षता, सञ्चालन नारायण सुवेदीको सञ्चालनमामा भएको पदस्थापन समारोहमा पब्लिक क्याम्पस प्रध्यापक संघका सभापति प्रेम जिसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकताः राष्ट्रपति

0

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

मंगलबार अपराह्न संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्।

राष्ट्रपति पौडेलले वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित समृद्ध नेपाल: सुखी नेपाली को राष्ट्रिय पूरा गर्न प्रतिबद्ध रहेको पनि जानकारी दिए।

उनले नेपाली जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको सुनाए।

राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताए।

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

0

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिएकी छन।

राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

म्याग्दीमा सकियो ट्राफिक सप्ताह

0

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा आयोजित ट्राफिक सप्ताहमा करिब २५ हजार सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि सप्ताहव्यापी अभियानको सोमबार सडक सुरक्षा सम्बन्धि नागरिक संवाद गरी औपचारिक समापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सचेतना कार्यक्रम अन्तरगत विभिन्न गतिविधिबाट २४ हजार ९ सय ५५ जना सर्वसाधारणहरु लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले बताए ।

ट्राफिक सप्ताह अन्तरगत २ सय ३० वटा कार्यक्रममा सचेतना ¥याली, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाल्डाखुल्डी पुर्ने, सवारी चालक र सहचालकलाई प्रशिक्षण, सिट क्षमता अनुगमन, शैक्षिक संस्थामा विद्यार्थीहरुलाई ट्राफिक नियमको प्रशिक्षण, स्ट्रिकर टाँस्ने, रक्तदान लगायतको सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।

सप्ताहको अन्तिम दिन बेनीबजारस्थित बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा सडक दुर्घटन न्यूनिकरणको लागि ट्राफिक सप्ताहले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसीले सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटना निम्तिन सक्ने अवस्थालाई मध्यनजर गरी छाडा पशुचौपायाको ब्यवस्थापन गरिएको र अतिक्रमित सार्वजनिक स्थानबाट समेत संरचना हटाउने लगायतका कार्यहरूलाई प्राथमिकता दिएको बताए ।

‘दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै देखिएकाले यसलाई घटाउन सबैजना सचेत बन्नुपर्छ,दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै देखिएकाले यसलाई घटाउन सबैजना सचेत बन्नुपर्छ’ मेयर केसीले भने ।

सोही अवसरमा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता खेमराज पाठक, स्रेस्तेदार भोलाराज रेग्मी, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोख्रेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सवारीसाधनका चालकले बजार क्षेत्रमा सडकमै खेल्ने, पदैलयात्रीका कारण हुने दुर्घटनामा समेत चालकलाई नै दोषी देखाउने, कुकुर नियन्त्रण नहुदाँ दुर्घटना बढेको लगायतका गुनासो गरिएको थियो ।

प्रकाश दुतराजको नयाँ गीत ‘करिम’ सार्वजनिक

0

मौलिक सिर्जनाहरूबाट स्रोता-दर्शकको मन जितिरहेका लोकप्रिय गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत ‘करिम’ सार्वजनिक भएको छ ।

नेपाली सांगितिक क्षेत्रमा एउटै स्वादका गीतबाट आजित भएका दर्शकश्रोतलाई नयाँ र फरक शैलीले गीत पस्किदै आएका गायक दुतराजले शोषण, दमन र चरम गरिबीको सामाना गदैं आएका बादी समुदायको कथाबस्तुमा केन्द्रित भएर ‘करिम’बोलको नयाँ गीत सोमबार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् ।

नेपालमा बादी समुदायका चेलीहरूको कथामा आधारित गीतमा राजनीतिक परिवर्तन भएपनि बादी समुदायको दैनिकी उस्तै रहेको देखाउने प्रयास गरिएको गायक दुतराजको भनाई छ ।

‘अहिले पनि यो समुदाय प्रयोग भइरहेको छ, परिवर्तनको अनुभुती गर्न पाएको छैन, नेपाली समाजमा दोस्रो दर्जाको नागरिक सरह बाँच्नु परेको छ’ दुतराजले बेनीअनलाइनसँग भने ।

बादी समुदायले बाध्यात्मक देहव्यापारमा लाग्नुपर्ने अवस्थालाई म्यूजिक भिडियोमा देखाइएको छ । यसभन्दा अगाडी रिमैको म्यूजिक भिडियोमा राउटेको कथा प्रस्तुत गरेका गायक दुतराजले यसपटक सुदुर पश्चिमकै बादी समुदायको कथा दुखदायीलाई म्यूजिक भिडियोमा देखाएका छन् ।

दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका अल्पसंख्यक बादी समुदायका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा लिएर आउने आशमा झुपडीमा बिताउनु परेको छ । गीतमा दुतराज र गायिका शान्तिश्रीको स्वर रहेको छ भने शब्द तथा संगीत पनि गायक स्वयंकै हो । अनिल के. मानन्धरको छायाँकन रहेको गीतमा नविन घर्ती मगरले निर्देशन गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका साधारण र हसिलो स्वभावका गायक दुतराजका हरेक सांगितिक कोशेली बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ। ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, ‘रिमै’ गीत करोड क्लवका गीत हुन् । समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ ।

कालरात्रि ब्यान्डको ‘निरमोही’ बजारमा

0

म्याग्दीको सदरमुकाम बेनीको कालरात्रि ब्यान्डले निरमोही म्यूजिक भिडियो बजारमा आएको छ । म्याग्दीमा साङ्गीतिक प्रस्तुति दिदैं आएको ब्यान्डले छिमेकी जिल्ला मुस्ताङमा छायांकन गरेको म्यूजिक भिडियो मायाँ, प्रेमसँग सम्बन्धित छ । दुई दशक अगाडी म्याग्दीको सदरमुकाम बेनीमा उदाएको कालरात्री ब्याण्डका मुख्य भोकलिष्ट सन्दिप श्रेष्ठले म्यूजिक भिडियोमार्फत ब्यान्डका शुभचिन्तक माँझ आएको बताए ।

‘म्याग्दीमा यूवापुस्ताको नजरमा परेको ब्यान्ड सक्रिय छ भन्ने सन्देश दिन सफल भएका छौ, यो गीतको प्रतिक्रिया राम्रो आएको छ’ श्रेष्ठले भने । म्याग्दीको सदरमुकाम बेनी बाहेक ग्रामिण क्षेत्र र पछिल्लो समय विभिन्न स्थानमा पुगेर कन्सर्ट समेत दिने गरेको छ । म्यूजिक भिडियोमा ब्यान्डका सदस्य जेनिश तामाङ, राजु खान,अनिष विश्वकर्मा रहेका छन् भने लिरिक्स लोकप्रिय गायक प्रकाश दुतराजको रहेको छ ।

 

म्याग्दी पूर्ण खोप सुनिश्चितताको दिगोपना जिल्ला घोषित

0

म्याग्दी जिल्ला गण्डकी प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।बच्चा जन्मिएको १६ महिनादेखि ५ वर्षमूनिका कुल ४ हजार ८ सय ६९ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरेपछि म्याग्दीलाई आज पूर्ण खोप सुनिश्चितताको दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाहरुले लगाउनुपर्ने कुल १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि म्याग्दीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।

जिल्लामा १५ महिना मुनिका १ हजार ५ सय ६७ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ वर्षमूनिका लक्षित उमेर समूहका सबै बालबालिकाहरुले पूर्ण खोपको मात्रा पूरा गरेका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको प्रमुख ठकुराठीको भनाई छ ।

बालबालिकाहरुले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘स्थानीय खोपको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक समारोहबीच म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको रुपमा घोषणा गरिएको हो ।

म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा कार्यक्रमको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले उद्घाटन गर्दै पूर्ण खोप सुनिश्चितता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता दिगोपनाको रुपमा घोषणा हुने जिल्लामा म्याग्दी पहिलो बनेको छ ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणाका लागि सहयोग पु¥याउने, पालिकाहरु, स्वास्थ्यचौकी, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । म्याग्दी जिल्लामा खोप लगाउन आनाकानी गर्नेलाई घरदैलोमै पुगेर पटकपटक सचेतनामुलक अभियान सहित कार्यक्रम गरी खोप अभियानमा जोड्ने गरिएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, स्वागत उपप्रमुख दिलकुमारी खत्री र सञ्चालन अनमी सुमित्रा थजालीले गरेको कार्यक्रममा म्याग्दीका स्थानीय तहका प्रमुख तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

 

म्याग्दी बहुमुखी क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना

0

विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक गराउन म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अन्तराष्ट्रिय कोष र म्याग्दीमा रहेका लायन्स क्लवको कुल १ करोड ६२ लाख सहयोगमा क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

विज्ञान प्रयोगशालाको लायन्स क्लब अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गदैं म्याग्दीको पुरानो क्याम्पसको शैक्षिक अभियानमा लायन्स जोडिन पाउँदा खुसी लागेको बताउँछन् । प्रयोगशालाका लागि लायन्स क्लव अन्तराष्ट्रिय कोषबाट १ करोड २२ लाख र म्याग्दीमा क्रियाशिल क्लवद्धारा ४० लाख सहयोग गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका लागि छुट्टै कक्ष निर्माण गरी फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए । प्रयोगशालामा आधुनिक माइक्रोस्कोप सहित नयाँ उपकरणहरु समेत राखिएकाले जिल्लाभित्र विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि समेत सहज हुने छ।

प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलाप समेत प्रभावकारी हुने भएकाले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी छात्राबृद्धि सहितका आर्कषक प्याकेजहरूमार्फत समेत विद्यार्थीलाई आर्कषित गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसीले हालसम्म लायन्स क्लबले म्याग्दी जिल्लामा विभित्र परियोजनामा १२ करोड रुपैया भन्दा धेरैको सहयोग गरेको बताए ।  विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी,सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । म्याग्दी क्याम्पसमा विभिन्न संकायमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् ।  लायन्स क्लवका प्रोजेक्ट चियरपर्सन सन्तोष रावलले प्रयोगशालाको नियमित प्रयोगसँगै भविस्यमा समेत थप सहयोग गरिने बताए ।

यसअगाडी लायन्स क्लबको आर्थिक सहयोगमा बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा चार करोडको दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालय समेत बनाइएको थियो । म्याग्दीमा सन् २००७ देखि लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।

क्यान्सरलाई जितेर ३० वर्षमै सगरमाथाको चुचुरोमा पुगे जोर्डन

0

फोक्सोको क्यान्सर जितेका जोर्डन क्षेत्रीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर ३० मिनेट जाँदा सगरमाथामा आरोहण गरेका हुन् । उनले १४ घण्टा लगाएर सगरमाथाको आरोहण गरेका जोर्डनका बुवा बेलायतबासी नेपाली एनआरएनए अभियन्ता योगेन क्षेत्रीले बताए।तस्बिर सौजन्यः एजीए एड्भेन्चर्स

जोर्डनलाई गेल्जे शेर्पा, एड्रियाना र फुडी शेर्पाले सगरमाथा चढ्न सहयोग गरेका थिए । जोर्डनलाई सानै उमेरमा फोक्सोको क्यान्सर भएको थियो। क्यान्सर लागेदेखि नै उनलाई एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास थियो। सोही आत्मविश्वासलेनै उनलाई आज उक्त सफलता हात परेको छ।

सगरमाथाको बेसक्याम्पबाट जोर्डनले भनेका थिए, ‘सानै उमेरमा कठिन रोगबाट जुन संघर्ष मैले गरेँ। त्यतिबेला हौसलाको खाँचो थियो। मेरो जस्तै जटिल रोग बाट गुज्रिरहेकालाई मेरो सगरमाथा आरोहण प्रेरणा बनोस्।’

‘छोरा जोर्डन छेत्रीको सगरमाथा आरोहण यात्रामा तपाईंहरुले दिनुभएको दयालु शब्द, प्रोत्साहन, शुभकामना र तपाईंको समर्थन हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । तपाइहरुले दिनुभयको शुभकामना सन्देश र आशिर्वादको लागि हामी कृतज्ञ छौं।’ जोर्डनका बुबा योगेन छेत्रीले भनेका छन् ।

error: Content is protected !!