Wednesday, April 30, 2025
18.1 C
Beni
18.1 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 284

सिम-लाम्पाटा खण्ड कालोपत्रेको तयारी

0

पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी-दरबाङ सडक आयोजनाको दोस्रो सिम-लाम्पाटा खण्ड कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको सडक कालोपत्रेका लागि बेस विच्छाइएको छ । सडकखण्डको लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमा समेत संरचनाको काम भइरहेको ओमबृद्धका प्रतिनिधि डम्बर सापकोटाले बताए । उनका अनुसार सिमदेखि लाम्पाटासम्म कालोपत्रेका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको र लाम्पाटादेखि पानाबगरसम्मको संरचनाहरु बनाउने काम धमाधम भइरहेको बताए ।

सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गरिएको प्रतिनिधि सापकोटाको भनाई छ। अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ ।

पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा समेत अगाडी बढाइएकोछ । २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङको यात्रा सिम लाम्पाटा क्षेत्रमा कालोपत्रे भएपछि छोटिने छ ।

बेनी–दरवाङखण्डको लामा–समानान्तर जेभीले रु ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र गरी हस्तान्तरण गरिसकेको छ भने दोस्रो खण्ड पनि आगामी आवभित्र नै सकिने अवस्था छ तर तेस्रो खण्ड बिरुवा–क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको मंगला गाउँपालिका–२,रनबाङ नजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । उनका अनुसार सुस्त गतिका योजनाहरुलाई पूर्णता दिन निरन्तर दवावले समेत काम गरिरहेको बताए ।

 

मदन-आश्रित स्मृति दिवसको अवसरमा कालिपुल क्षेत्र सरसफाई

0

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ।

नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, पूर्वमन्त्री नरदेबी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा कालिपुलको प्रवेशद्धारदेखि बसपार्कसम्म सरसफाई गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष सुबेदीले प्रवेशद्धार क्षेत्रमा देखिएको समस्या समाधान तथा बसपार्क हुदै गन्तब्यमा जाने यात्रुलाई सकारात्मक सन्देश दिने गतिविधि, होटलका गुनासो सुधार हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा बेनीबजारका बारेमा नकारात्मक टिप्पणी भइरहेको भन्द सुधारका आवश्यकता भएका क्षेत्रमा तत्काल सुधार र अनावश्यक प्रचारप्रसार गर्नेलाई सचेत बनाउनुपर्ने बताइएको थियो ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

आज मदन-आश्रित स्मृति दिवस

0

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।मदन-आश्रित स्मृति दिवस, नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन्।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

बालमन्दिर माविको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

0

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । उनले आफू वडावासी भएको नाताले पनि आफ्नो वडामा सञ्चालित विद्यालयको चौतर्फी विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउँदै प्रदेश सरकारमार्फत शैक्षिक क्षेत्रको विकासमा जोड दिइने बताएकी छन् ।

आजका बालबालिका भोलिको देश विकासका लागि कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा हुने लगानी खेर नजाने भएकाले बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक लगानी गर्नुपर्ने प्रदेश सभा सदस्य गौचनको भनाइ छ ।

कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, म्याग्दी बहमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्रीधर सुवेदी, विद्यालयका पूर्व अध्यक्ष नेत्रबहादुर महत, पूर्व सदस्य माधवप्रसाद रेग्मी, चन्दादाता हिमबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र विद्यालयका शिक्षक सन्तोष सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको समग्र गतिविधि, आर्थिक तथा शैक्षिक अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र सहायक प्रधानाध्यापक गीता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य रामबहादुर खत्री र विद्यार्थी सृष्टि घर्तीले स्वागत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडानम्बर ८ बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, वडानम्बर ९ घतानका वडाध्यक्ष चक्रबहादुर केसी, विद्यालयका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठसहित अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले स्वागत गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू 

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम वुधबारबाट सुरु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सक्षम नागरिक तयार गर्ने, पालिको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित पालिका विभिन्न तालिम र आयआर्जन सम्बन्धी कार्यक्रमहरु संचालन गरेको बताउनुभयो र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले यस प्रशिक्षणले युवाहरुमा उद्यमशीलता विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

पालिका भित्रका करिब ४० जना युवाहरुलाई राष्ट्रिय युवा परिषद्का पूर्व अध्यक्ष विवेक त्रिपाठीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम गाउँपालिकाको सामाजिक विकास संयोजक वडा नं. २ का वडा अध्यक्ष ओम फगामीको अध्यक्षता शिक्षा अधिकृत गणेश बहादुर कटुवालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रथम भिरमुनी कप सुरू, ३१ टिम सहभागी

0

बेनी नगरपालिका-५ भिरमुनीमा भलिबल खेलमार्फत ग्रामिण खेलकुदको प्रर्वधन गर्ने उदेश्यले आयोजित प्रथम भिरमुनी कपको सुरु भएको छ । भिरमुनी यूवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मंगलबार वडा अध्यक्ष गोविन्द बानियाँले उद्घाटन गदैं यूवा क्लवले खेलकुदसँगै सामाजिक एवम् विकास निर्माण क्षेत्रमा समेत सघाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा आमा समुहको तर्फबाट राजकुमारी परियार, टोल सुधार पूर्व अध्यक्ष बीरबहादुर खत्री, पौलस्त्य माविका प्रअ प्रेम बानियाँ लगायतले भिरमुनी यूवा क्लवको रचनात्मक कार्यको प्रशंसा गर्नुभएको थियो । प्रतियोगिताको अवसरमा दिपेन्द्र बानियाँलाई नगद ५ हजार सहित सम्मान तथा पूर्व भलिबल खेलाडी, उदयमान खेलाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रको अध्यक्षता क्लव अध्यक्ष नविन खत्री, बरिष्ठ उपाध्यक्ष बिक्रम बानियाँको स्वागत र सञ्चालन सुस्मिता बानियाँले गर्नुभएको थियो ।प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ५१ हजार १११ र ३१ हजार १११, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गलेश्वर आर्दशको अध्यक्षमा थकाली

0

बेनी नगरपालिका-९,गलेश्वरमा रहेको गलेश्वर आर्दश आवासीय माविको ब्यवस्थापन समिति अध्यक्षमा मिमप्रसाद थकाली चयन भएका छन् । समितिको सदस्यहरूमा रविना भण्डारी खड्का,चिरञ्जीवि सुबेदी, पदेन सदस्य वडा अध्यक्ष एवम् नगर शिक्षा समिति संयोजक चक्रबहादुर केसी, सदस्य सचिव प्रिन्सिपल खगेन्द्र जिसी, शिक्षक प्रतिनिधि इन्द्र बरुवाल र बेनी नगर शिक्षा शाखाका कमलप्रसाद ढकाल सदस्य रहेका छन् ।

अभिभावक भेलालाई सम्बोधन गदैं नगर शिक्षा समितिका संयोजक केसीले नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागि बनाएका योजनाहरू कार्यान्वयन गर्न अनुरोध गरेका थिए । उनले संस्थागत र सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार, जनशक्तीको ब्यवस्थापन र ऐन अनुसार शिक्षक, कर्मचारीलाई सुविधामा समेत जोड दिएको बताएका छन् ।

 

भकिम्लीमा ट्याक्टर दुर्घटना हुदाँ ५ जना घाईते

0

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् । दाउरा लिएर आउँदै गरेका ग १ त ५९४२ को ट्याक्टर चिनाखेतको हाँडेखानीमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक कृष्ण किसान, रोहित पुन, लाल बहादुर छन्त्याल, विजय किसान र पवन पुन घाईते भएको स्थानीय यूवा दिपक पुनले जानकारी दिए ।

ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घाईतेको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको छ।घाइतेहरूको चारजनाको बेनी अस्पतालमा उपचार भइरहेको भने विजय किसानलाई थप उपचारका लागि बागलुङ अस्पतालमा रिफर गरिएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा ट्याक्टर दुर्घटना भएको देखेपछि स्थानीयले उद्धार गरी बेनी अस्पतालमा ल्याएका थिए।

लुलाङको कहालीलाग्दो भीरमा हनी हन्टिङ

0

म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङ खोरिया मतलाभीरमा भीरमौरीको घार देख्न सकिन्छ। आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा ६० बर्षिय मोतिप्रसाद पाइजाको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको सिकार गर्दै आएका छन्। तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह सिकार गर्दै आएका युवाले पुख्र्यौली पेसा र परम्परा ठान्छन्। अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएको टोलीले दिनभरी भीरमै मह काट्दै विताउँछन् ।

सिजनमा हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्ने मह शिकारीको दैनिकी जस्तै बनेको छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ। लुलाङका भीर पहरामा भीर माहुरी पाइन्छ। ठूलो भीरमा १ सयसम्म घार र सानोमा ४० घारसम्म निकाल्ने गरिएको छ ।

करिब ३५ बर्षदेखि भिरमहको शिकारमा ब्यस्त मोतिप्रसादले टोलीलाई म्याग्दीका विभिन्न ठाउँ र कास्कीमा समेत लगेर समेत मह काढ्ने गरेका छन् । मोतिप्रसादले लुलाङ बाहेक यसपटक मंगला गाउँपालिका–१ थाईवाङमा समेत पुगेर मह काढेका छन् ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने मोतिप्रसादको भनाई छ ।

झण्डै ५ सयदेखि १५ सय मिटरको उचाईका पहरामा पुगेर मह निकाल्ने गरेको टोलीका सदस्य सकप्रसाद पुनले बताए । बजारमा महको प्रतिलिटर २५ सय रुपैयाँमा बिक्री हुुन्छ। गाउँमै आएर मह लैजाने गरेका छन् । मोतिप्रसादको टोलीले ठूलो भीरमा १५ र सानोमा ९ जनाको जनशक्ति ब्यवस्थापन गर्ने गरिएको छ ।

‘भिरमौरीसँगै धेरै वर्ष खेलियो,‘यूवापुस्ताले सघाइरहेका छन् मैले अझै पेशालाई निरन्तरता दिएको छु’ मोतिप्रसादले भने । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा बृद्ध अवस्थामा पनि मोतिप्रसादले डोरीको सहायताले पुग्ने गरेको दृष्य हेर्न लायकको हुन्छ । मोतिप्रसादको टोलीे सिजनमा भीरमह खोज्दै धेरै ठाउँमा पुग्ने गरेको छ ।

ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीर महबाट हुने आम्दानीले घरखर्च चलाउन सहज हुने टोलीका सदस्य सकबहादुर पुनको भनाई छ । भीरमौरीको महत्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरुबाट जानकारी तथा संरक्षणका थप योजना बनाउने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

उनले धवलागिरीलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँको रुपमा चिनाउन आवश्यक तयारी गरिने बताए । म्याग्दीमा लुलाङ बाहेक गूर्जा, कुइनेमंगले,चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ।

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको सक्रियता आवश्यक

0

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

म्याग्दी विकास युनेस्को केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा रघुगंगा गाउँपालिका-२,भगवतीस्थित मुक्तिथाम माविमा आयोजित सामाजिक कुरीति बिरुद्धको अभियान कार्यक्रममा समुदायमा हुने हरेक गलत क्रियाकलाप विरुद्ध विद्यार्थीको अग्रसरता आवश्यकता रहेको बताइएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्घिक, हिंसा, बाल विवाह, दाईजो प्रथा, जातिय भेदभाव, मानव बेचविखन तथा ओसारपोसार लगायतका हानिकारक अभ्यासहरुको न्युनिकरणका अभियानहरु प्रभावकारी भइरहेको र यसलाई समुदायस्तरमा निरन्तरताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियान्ता मुक्ति ढुंगाना, दलित अभियान्ता याम किसान, म्याग्दी विकास युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीले सहजीकरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृत भण्डारीले समाजमा सामाजिक विभेद र हानिकारक सामाजिक मान्यताहरुलाई विस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ टेकबहादुर केसी, सञ्चालन म्याग्दी विकास युनेस्को केन्द्रका हरिकृष्ण आचार्यले गरेका थिए । यसैबीच धवलागिरी गाउँपालिकाको वडा नं ३ मुना र वडा नं ४ मुदी समेत कार्यक्रम गरिएको थियो ।

error: Content is protected !!