Thursday, May 1, 2025
17.7 C
Beni
17.7 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 280

बुद्ध-ज्ञानभित्रको शिक्षा र सन्देश

0

शेखर दाहाल

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।

पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ । चन्द्रमाले सूर्यका तीखा किरणहरू आफूले लिएर लोकमा शीतलता छरेझैँ दुःखमय संसारबाट उन्मुक्तिका लागि सिद्धार्थ गौतमको त्याग, धैर्य र चिन्तनले अहिंसा र शान्तिको मार्ग जन्मायो । त्यसैले पनि अन्धकाररूपी कष्टमय जगतको बोध, सत्मार्गको अनुसरण र पूर्णता प्राप्तिको ज्ञान दिने बुद्धको जन्म, ज्ञानको साक्षात्कार र महापरिनिर्वाणको त्रिवेणी पनि पूर्णिमा नै बन्न पुग्यो ।

बुद्धले प्राप्त गरेको ज्ञान ४ आर्यसत्यको ज्ञान हो । बुद्धका सम्पूर्ण उपदेशहरू र बौद्ध वाङ्मयको विशाल भण्डार नै ४ आर्यसत्यको व्याख्यामा केन्द्रित छ । बुद्धले ज्ञान गरेका ४ आर्यसत्य भनेका दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोध मार्ग हुन् अर्थात् १) संसार दुःखमय छ २) दुःखको कारण छ ३) दुःखलाई हटाउन सकिन्छ वा दुःखको निरोध हुन्छ र ४) दुख निरोधको मार्ग छ । सारा बौद्ध वाङ्मय दुःख निरोधको बाटो देखाउनमा नै केन्द्रित छन् ।

बुद्धले दुःख निरोधको मार्गमा पुग्नका लागि त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा जानुपर्ने व्याख्या गरे । त्यसैले पनि अहिले बुद्ध अनुयायी मात्र होइन, बौद्ध चैत्य र गुम्बाहरू अवलोकनका लागि गएका धेरैले भन्छौँ- बुद्धं शरणं गच्छामि । धम्मं शरणं गच्छामि । संघं शरणं गच्छामि ।

त्रिरत्नको अनुसरणको अर्थ बुद्धमार्गको अनुसरणका लागि भिक्षुत्व ग्रहण गरेर संघमा प्रवेश गर्नुपर्छ भन्ने मात्र होइन, साधारण मानिसले बाहिरै बसेर पनि बुद्ध धर्म र संघको अनुसरण गर्छ र जीवन सार्थकताको बाटो भेट्टाउन सक्छ भन्ने हो ।

त्रिरत्नभित्रको पहिलो शब्द बुद्ध हो । बुद्धको शाब्दिक अर्थ नै ज्ञान हो । ज्ञानले अज्ञानता नष्ट गर्छ । बुद्धले पनि ४ आर्यसत्यमा अज्ञान अर्थात् कुत्सित् ज्ञानलाई दुःखको जननी मानेका पाइन्छ । कुत्सित् ज्ञानले कुविचार पैदा गर्छ । कुविचार र कुभावनाले मनमा अनावश्यक तृष्णा पलाउँछ । अनावश्यक तृष्णाले लोभ र ईर्ष्यालाई बढाउँछ ।

जब मानिसका मनमा कुविचार, कुभावना, लोभ र इष्र्याले आश्रय पाउँछन्, तब मानिस दुराचार, शोषण, भ्रष्टाचार, हिंसा र अशान्तिको मार्गमा हिँड्न थाल्छ । यस्तो मानिसले आफूलाई त बिगार्छ नै, उसले घर, समाज र राष्ट्रलाई पनि असर पुर्‍याउँछ । तसर्थ, मानिस भएर जन्मिएपछि ज्ञान-मार्गलाई आत्मसात् गर्नुपर्छ । ‘बुद्धं शरणं गच्छामि’ले दिएको शिक्षा पनि यही हो ।

त्रिरत्नभित्रको दोस्रो शब्द धर्म हो । धर्मको अर्थ हुन्छ धारण गर्नु । मानिसले धारण गर्ने कुरा भनेको मानवीय कर्तव्य हो । सद्ज्ञानबाट नै मानवीय कर्तव्यको बोध हुने हो । मानवीय कर्तव्यको सम्यक् अनुपालनबाट नै जीवनको सार्थकता सिद्ध हुने हो । बुद्धद्वारा प्रतिपादित दुःख निरोध मार्ग वा आर्य अष्टाङ्गिक मार्गका ८ वटा मार्गमध्ये पहिलो मार्ग नै सम्यक् दृष्टि वा सम्यक् ज्ञान हो । सम्यक् ज्ञानको धारण गर्नु मानवको पहिलो कर्तव्य हो । सम्यक् ज्ञानले के राम्रो, के नराम्रो भन्ने ज्ञान गराउँछ ।

कुशल वा राम्रो कर्मको ज्ञानले लोभ, दोष र मोहको परित्याग हुुन्छ । यसबाट कुशल कर्मप्रतिको निश्चितता जन्मन्छ । तसर्थ, सम्यक् सङ्कल्पको धारण नै मानिसको दोस्रो धर्म हो । सत्सङ्कल्पले नै द्रोहबाट शान्ति र हिंसाबाट अहिंसामा पुुर्‍याउने हो ।

शान्ति र अहिंसाको मार्गमा हिँडेको मानिसले असत्य, छल र कटुुवचनलाई परित्याग गर्न सक्छ । सम्यक् वचनको धारण मानिसको तेस्रो धर्म हो ।

सत्यवचनको अनुपालक वा सत्यवादीको कर्म पनि सत्य नै हुुन्छ । मनुुष्यको सद्गति र दुुर्गतिको कारक तत्त्व पनि उसको कर्म नै हो । सत्कर्मवादीहरूले नै लोकमा सफलता प्राप्त गर्ने हो । अतः सम्यक् कर्म मानवले धारण गर्नुुपर्ने चौथो धर्म हो ।

सत्कर्मबाट मानिसको आजीविका सुुध्रिन्छ । मानिसले कुुनै न कुुनै जीविकाविना जीवन धारण गर्न सम्भव छैन । तर, मानिसको जीविका प्रकृतिको अनावश्यक दोहन र प्राणीहरूको हिंसा र शोषणमा केन्द्रित हुुनुुहुुँदैन । सम्यक् आजीविका मानिसको पाँचौँ धर्म हो । मानवका लागि धारण गर्नुुपर्ने छैटौँ धर्म सम्यक् व्यायाम हो ।

व्यायमको अर्थ असल प्रयत्न र उद्योग हो । सत्कर्मप्रतिको दृढता, इन्द्रिय निग्रह, चञ्चल चित्तको निवारण, परसेवा वा परोपकार गर्ने उद्योगको अनुुसरण जस्ता धर्महरू यसअन्तर्गत पर्छन् । यिनै धर्महरूको धारणका लागि हामी भन्ने गर्छौं- धम्मं शरणं गच्छामि !

त्रिरत्नभित्रको तेस्रो शब्द संघ हो । संघको अर्थ हो समुदाय । संघ शरणले बुद्ध संघ प्रवेश मात्र नबुुझाएर परसेवा वा समुुदाय सेवा भन्ने पनि बुुझाउँछ । बुुद्धको ज्ञान समूूहको अनुुसरण पनि संघ शरण नै हो । यसले आफ्नो अहंकार र ममत्वको परित्याग हुुन्छ । यसबाट वस्तु, व्यक्ति र पदार्थप्रतिको आसक्ति भाव हटेर एकाग्रता उत्पन्न हुुन्छ । यसलाई नै सम्यक् स्मृति भनिन्छ ।

सम्यक् स्मृति नै जीवनको सार्थकता वा जीवनमुक्ति (निर्वाण)को रूपमा रहेको समाधिको सहायक बन्छ । त्यसैले हामी ‘संघं शरणं गच्छामि’ भन्छौँ ।

बुद्धको जन्म हाम्रो लुम्बिनीमा भएको थियो । हामी बुद्धका सन्ततिहरू हौँ । अहिंसा र शान्ति मार्गको अनुसरण गर्नुपर्छ । सबैप्रति मैत्रीभाव र करुणा दृष्टि राख्नुपर्छ । लोकको हित, सुख र समृद्धिबाट नै आफ्नो पनि हित, सुख र समृद्धि हुन्छ । सत्ज्ञानले सत्कर्म सिकाउँछ । सत्कर्मबाट नै जीवन र जगत् वा लोकको समृद्धि र मुक्ति सम्भव छ । यो नै बुद्धको ज्ञानको सार हो । यही सार नै हाम्रो परम्परा र संस्कृति पनि हो ।

तर, हाम्रो देशको वर्तमान समाज परहितभन्दा स्वहित, परसेवाभन्दा आत्मसेवा, शान्तिभन्दा द्रोह, अहिंसाभन्दा हिंसा र पीडन एवं आफ्नो भौतिक उन्नतिलाई नै जीवनको उपलब्धि ठान्ने विकृतिबाट ग्रस्त हुँदै छ । विकृतिबाट जीवन र जगतको मुक्ति सम्भव छैन । सत्ज्ञान, सत्कर्म र लोकहितको संस्कृतिबाट विमुख नहोऔँ । बुद्धं शरणं गच्छामि ! धम्मं शरणं गच्छामि ! संघं शरणं गच्छामिले पनि यही सिकाउँछन् ।

बुद्धको सन्देश आजको विश्वमा झन् सान्दर्भिक

0

विश्व शान्तिको उद्गमस्थल नेपालमा बुद्धका आस्था, विश्वास र सान्दर्भिकताको महत्व झनै बढेको म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाली भूमिमा जन्मेका गौतम बुद्धले विश्वभर फैलाएको शान्ति र सहिष्णुताको मार्गमा हिँडेर नेपाली शान्ति, अहिसा र सद्भावका उदाहरण बन्नुपर्नेमा जोड दिइएको थियो ।

२५६८ औँ जन्मजयन्तीको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित वर्तमान विश्वपरिवेशमा बुद्धका सन्देशको सान्दर्भिकता विषयक वक्तृत्वकला प्रतियोगिताको अवसरमा सहभागी विद्यार्थीले अहिलेको समाज आदर्श, सिद्धान्त र सन्देशबाट विचलित भइरहेको अवस्थामा बुद्धका सन्देशको सान्दर्भिकता झनै बढेको बताएका थिए ।

प्रतियोगितामा प्रथम बिबिएस दोस्रो बर्षका सुसिल खत्री, द्धितिय बिबिएस प्रथम बर्षकी आरती परियार, तृतिय बिबिएस दोस्रो बर्षकी सुस्मिता शर्माको सहभागिता रहेको थियो । विजेतालाई क्याम्पस प्रमुख श्रीधर सुबेदी, निर्णायक मण्डलका संयोजक अर्जुन पौडेल, भोलानाथ घिमिरे, तारानाथ शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको अध्यक्षता क्याम्पस प्रमुख सुबेदी र सञ्चालन सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले गर्नुभएको थियो ।

म्याग्दी जेसीजको सप्ताह सुरू

0

यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको २६ औं स्थापना दिवसको अवसरमा बुधबारदेखि जेसिज सप्ताह सुरु भएको छ।

बेनी नगरपालिका–७ अवस्थित जेसिजको सचिवालयमा बेनी नगरपालिकाका प्रबक्ता एवम् सिनेटर रमेशकुमार श्रेष्ठको सप्ताहको उद्घाटन गदैं समाजका युवाहरुको एकता र सहकार्यसँगै हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने गरी जेसीज सप्ताहमा समावेश गरिएका कार्यक्रमहरुको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।  सोही अवसरमा पुर्व अध्यक्ष बिनय श्रेष्ठले रचनात्मक कार्यबाट युवाहरुलाई आर्कषित र क्षमतावान बनाउनुपर्नेमा जोड दिए ।

शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,बरिष्ठ कार्यकारीणि उपाध्यक्ष तथा जेसिज सप्ताहका मुल संयोजक दिनेश बिश्वकर्माको स्वागत कार्यक्रम संयोजक कोषाध्यक्ष बिनोद घर्ति क्षेत्रीले सञ्चालन गरेका थिए ।सोही अवसरमा अन्तर माबिस्तरिय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको म्याग्दी जेसीजका मिडिया म्यानेजर कपिल बानियाँले बताए ।

आज २५६८ औँ बुद्ध जयन्ती

0

आज बुद्ध जयन्ती अर्थात् बुद्ध पूर्णिमा। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जन्मजयन्ती हर्षोल्लासका साथ मनाइँदै छ। आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइने गरिन्छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।

म्याग्दीमा जैविक विविधता र आनुवंशिक स्रोत नासिँदै

0

जलवायु परिवर्तनका असर, वन डढेलो, अव्यवस्थित विकास तथा मानवीक क्रियाकलापका कारण म्याग्दीको जैविक विविधता तथा आनुवंशिक स्रोतहरु नासिँदै गएका छन् । । म्याग्दीमा विशेषगरी ताल, सिमसार र कालीगण्डकी क्षेत्रको जैविक विविधता, रैथाने बाली, पुतलीका प्रजाती र पक्षी सङ्कटमा पर्दै गएका वन तथा वातावरण संरक्षण क्षेत्रका जानकारहरूले बताएका छन् ।

संरक्षणकर्मी तिलक सिग्देलले शालग्राम शिला पाइने कालीगण्डकी नदी क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर तथा जैविक विविधता नासिँदै गएको बताए ।

यस्तै आनुवंशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९८ जातका रैथानेबाली लोप हुने अवस्थामा पुगेका छन् । एकदशक अघिसम्म यहाँका किसानले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

स्थानीय प्राकृतिक स्रोत, स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउविजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लामा रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका स्थानीय तहका कृषि प्राविधिकहरूले बताउने गरेका छन् ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले करिब एक दशकअघिदेखि यहाँ रहेका रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहन बाली, फलफूल, बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौलगायत धान, घैया, उवाका बाली तथा बीउ लोप हुँदै गएका बताए ।

अगुवा किसान चन्द्रबहादुर कार्कीले रैथाने प्रजाती लोप हुँदै गए पनि कृषिउपज संरक्षण र विकास गर्ने जिम्मा लिएका कृषि ज्ञान केन्द्रजस्ता निकायले संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्न नसकेको बताए । “आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि यहाँका किसानको घरका भित्तामा पाकेका फर्सी, काँक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन्”, उनले भने, “धान, गहुँ, मकैलगायत बालीका लागि बीउसमेत साँचेर राख्न छाडेका छन् तर यसतर्फ सरकारी निकायको ध्यान जान सकेको छैन ।”

सरकारले विशेष गरी घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रूपमा विस्तार गर्दै लैजाने योजना बनाएको छ तर भारतलगायत विभिन्न देशबाट ती वस्तुको आयात बर्सेनि बढ्दोक्रममा छ । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले स्वास्थ्यवद्र्धक मानिएका रैथाले बाली लोप हुँदा पनि संरक्षणको पहल नहुनु चिन्ता विषय भएको बताए । “यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै गएको छ, आयातित चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौँलगायतका खाद्यपदार्थसमेत प्रयोग हुन छाडेका छन् ।

अब स्थानीय किसानलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न जरूरी छ ।”
‘हाइब्रिड’ तथा उन्नत जातका बीउको प्रयोग बढ्दै गएकाले रैथाने बाली लोपहुँदै गएको उनको बुझाइ छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत रैथाने बालीलाई प्राथमिकता दिए पनि किसान रैथाने बाली संरक्षणतर्फ आकर्षित देखिएका छैनन् ।

“पछिल्लो समय मकै उसिनेर खाने प्रचलन बढ्दै छ तर नेपाली मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ ९मकै० गर्नुपर्ने अवस्था छ । सहरबजारमा कोदीको ढिडो खाने संस्कृति पनि मौलाउँदै छ तर गाउँघरमा त्यसको उत्पादन हुन छाडिसकेको अवस्था छ । यस विषयमा अब कसले चिन्ता गर्ने रु, उनले पश्न गरे ।

मालिका गाउँपालिका–६ का किसान भीमबहादुर सिउथानीले गाउँघरमा परिवारलाई आवश्यक पर्ने खाद्यसामाग्री मात्र उत्पादन गर्दा व्यावसायिक उत्पादनको प्रचलन हराउँदै गएकामा चिन्ता व्यक्त गरे । “ेअहिले रैथाने मानिएका कोदो, फापर, कागुनो, लट्टेजस्ता बाली धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यक पर्ने जतिमात्रै रोप्ने गरेका छन् । सरकारले रैथाने बाली बचाउन अनुदानको व्यवस्थासमेत गरेको तर त्यसबाट स्थानीय किसानले लाभ लिनसकेका छैनन् । यसतर्फ पनि सरकारको ध्यान जाओस्”, उनले भने ।

एकातिर रैथानी बाली लोप हुँदै छन् । अर्कोतिर बाढीपहिरो, अनियन्त्रित र जथाभावि नदी दोहनका कारण नदी तथा खोलाबाट जलचर प्राणी संकटमा छन् ।  डढेलो, बाढीपहिरो र मानवीय अतिक्रमणका कारण जैविक मार्ग नासिनुका साथै लोपोन्मुख प्रजाति र तीनको बासस्थानमा गम्भीर क्षति पुगेपछि उच्च लेकाली क्षेत्रको जैविक विविधतासमेत सङ्कटमा पर्दै गएको छ ।त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको सिरानमा रहेको बराह ताल, विमको वाइन्दाफाँटमा रहेको बराहताल, गाईखर्क ताल र भाले बास्ने तालको जैविक विविधता पनि नाश हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय तथा लोपोन्मुख प्रजातिका चरासमेत पाइने यी तालको वरपरको जङ्गली क्षेत्रमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भिडभाड बढेपछि यहाँका चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयवासीले बताएका छन् ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जैविक विविधतामा ह्रास आउनुका साथै प्राकृतिक प्रक्रिया असन्तुलित भई विभिन्न समस्या बढ्ने जोखिम रहेको बताए ।

राष्ट्रसङ्घको आह्वानमा, प्रत्येक वर्ष जैविक विविधतासम्बन्धी जनचेतना जगाउने उद्देश्यले, मे २२ तारिखलाई अन्तर्राािष्ट्रय जैविक विविधता दिवसका रूपमा मनाउने गरिन्छ । एक अध्ययनअनुसार, नेपालका ग्रामीण भेगका मानिसले एक हजार, चारसय ४३ प्रजातिका जडीबुटी प्रयोग गर्छन् । यसरी प्राकृतिक रूपमा नेपाल निकै धनी र अद्वितीय रहेको तथा अधिकांश नेपाली जनता कृषि र वनमा निर्भर रहेको तथ्यलाई ध्यानमा राखी, नेपाल सरकारले जैविक विविधता महासन्धिको उद्देश्य प्राप्तिका लागि प्रयास गर्दै आएको भए पनि त्यो प्रयास पर्याप्त नभएको सापकोटालगायत जानकारहरूको भनाइ छ । रासस

कान्तिपुर अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

0

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको छ।

जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको एकल इजलासले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

धनुषा अदालतको पक्राउ पुर्जीमा मंगलबार प्रहरीले सिरोहियालाई पक्राउ गरेर जनकपुरधाम पुर्‍याएको थियो। त्यसपछि प्रहरीले बुधबार बिहान प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।

अदालतमा उपस्थित गराउँदा प्रहरीले अनुसन्धानका लागि पाँचदिनको समय मागेको थियो। तर, अदालतले तीनदिनको मात्रै समय दिएको छ।

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

0

विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष योगिनी भीम सुवाल २५ सय ६८औँ बुद्ध जयन्तीका अवसरमा विश्व शान्तिको कामनासहित लुम्बिनीमा ती मूर्तिहरु प्रदर्शन गर्न लागिएको जानकारी दिए।

उनका अनुसार बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गरी मानवअधिकार हनन् तथा व्यक्ति–व्यक्तिबीचको मनमुटाव, लोभ, मोह, तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विश्व शान्ति पूजा गर्न लागिएको हो।

अध्यक्ष सुवालले समृद्ध विश्व समाज निर्माणका लागि शान्ति कायम गर्नुपर्नेमा जोड दिँदै यस्ता पूजामा वाचन गरिने मन्त्र र तन्त्रबाट उत्पन्न हुने कम्पनले सकारात्मक ऊर्जा ल्याउने विचार व्यक्त गरे।

शान्ति स्तम्भ स्थापना गर्ने कार्ययोजना रहेको सङ्घले विगत वर्षमा करिब २० राष्ट्रमा यस्तो प्रदर्शन तथा पूजा सम्पन्न गरेको जनाएको छ। विभिन्न मुलुकबाट धार्मिक गुरू तथा भक्तजन सहभागी हुने उक्त कार्यक्रममा विश्वका सबै मानव एवं समग्र प्राणीको कल्याणका लागि पूजा गरिनेछ।

करिब तीन दशकअगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ। विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चीन, श्रीलङ्का, भूटान, थाइल्यान्ड, म्यान्मा, मङ्गोलिया, कम्बोडिया र लाओसमा विशेष उत्सवका रुपमा बुद्ध जयन्ती मनाइन्छ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको अभिलेख पाइन्छ।

खुम्लियाको १ सय बर्ष पुरानो पिपलको चौतारी पुननिर्माण सुरू

0

म्याग्दीको मंगला गाउँपालिका-२,खुम्लियाको पुरानो बरपिपलको चौतारी पुनःनिर्माण तथा संरक्षण सुरू भएको छ । सिम-कुहुँ-टोड्के जोड्ने सडकखण्डको खुम्लियामा करिब १ सय बर्ष अगाडी निर्मित पिपलको चौतारी आवश्यक संरक्षणको अभावमा अलपत्र परेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएपछि चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर–पिपल रोपणको अभिायन सुरू भएको हो ।

स्वर्गीय मानबहादुर घर्ती मगरले निर्मित गरेको चौतारी जिर्ण भएको र पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको अवस्थामा खुम्लिया यूवा क्लवको सक्रियता र चौतारी निर्माताकर्ताको परिवारको सदस्यले पुननिर्माण सुरु गरेको क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए ।

उनका अनुसार चौतारी, बर र पिपल स्वर्गीय मानबहादुरको परिवारले  पुननिर्माण गर्ने र प्रतिक्षालय सहितका संरचनाहरु क्लवले बनाउने छ। गाउँका ७९ बर्षिया हरिबहादुर घर्ती मगरले तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित बनाइएको थियो ।

आफुँ जन्मिनुभन्दा २५ बर्ष अगाडी बनेको जानकारी समेत रहेको बताए । तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेका थिए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।

पर्यटक आकर्षणको केन्द्र बन्दै मुस्ताङको ढुम्बाताल (फोटोफिचर)

0

हिमालपारीको जिल्ला मुस्ताङ निकै सुन्दर, आकर्षक र मनमोहक छ । यहाँ मार्फा, जोमसोम, कागबेनी, प्रसिद्ध मुक्तिनाथ मन्दिर, लोमान्थाङ, बहुचर्चित कोरला नाका, दामोदरकुण्डलगायत मुस्ताङका प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यहरु हुन् । यहाँ प्राचीन गुफा, गुम्बा र तालहरु रहेका छन् । यसैमध्ये घरपझोङ गाउँपालिका–५, सम्लेगाउँमा पर्ने ढुम्बाताल पनि पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेको छ ।


ढुम्बाताल मुस्ताङ पुग्ने पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गर्दछ । निलगिरि हिमालको काखमा अवस्थित पर्यटकीय आकर्षणले भरिएको ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्दै गएको हो । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि २ किलोमिटरको दूरीमा पर्ने ढुम्बाताल दृष्य अवलोकन गर्नका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ । ढुम्बातालको उत्तरतर्फ निलगिरी हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा र पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ ।


परापूर्वकालदेखि नै ढुम्बातालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदको चिसो मौसममा समेत पर्यटकहरु ढुम्बाताल जाने गर्दछन् ।

तालको नजिकैबाट मनोरम प्राकृतिक दृष्यको आनन्द लिन सहज होस् भनेर बस्नको लागि आरामदायी बेञ्च तथा फोटोसेसन गर्ने कुर्सीहरू राखिएको छ । तिनै कुर्सीहरू तथा बेञ्चमा बसेर आनन्द लिँदै पर्यटकहरुले तालको पृष्ठभूमीमा फोटो र भिडियो खिचेर रमाउने गर्छन् ।


समुन्द्री सतहदेखि २८ सय ३० मिटरको उचाइमा रहेको ढुम्बाताल पवित्र बौद्ध तालको रुपमा पनि प्रसिद्ध मानिन्छ । ढुम्बातालको लम्बाई १५० मिटर र चौडाई १०० मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र ‘जेरी’को छायाङ्कन गरेपश्चात् नेपाली युवा पुस्ताहरुले यसलाई ‘जेरी ताल’को नामबाट पनि चिन्ने गरेका छन्भने तालमा अन्य स्वदेशी र विदेशी चलचित्रहरु पनि छायाङ्कन गरिएको छ ।


हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकहरुसँग अनुभव छ । ढुम्बाताल भ्रमणसँगै वरपरको दृश्यहरुको अवलोकन गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक ताराकुमारी पाण्डेले अनुभव सुनाउनुभयो ।


तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछाहरु समेत पालिएको छ । स्थानीयले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन माछा पाल्ने गर्दछन् । ती माछाहरु कसैले मार्न पाइँदैन र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था मिलाइएको छ । तालमा छाडिएका माछा पर्यटकहरुका लागि आकर्षण बन्ने गरेका छन् ।

ढुम्बातालसम्म पुग्नको लागि सडक र पदमार्ग बनाइएको छ । मुस्ताङको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुमध्ये अधिकांश ढुम्बातालको अवलोकन गर्न जाने गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।


गण्डकी प्रदेश सरकारले यसअघि प्रदेशभित्र रहेका विभिन्न १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचीमा समेत मुस्ताङको ढुम्बाताललाई समावेश गरेपछि यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा ढुम्बातालको संरक्षण र प्रवद्र्धन गर्नुका साथै तालसम्म पुग्ने सडक विस्तार, तालको वरिपरी घेराबार निर्माण तथा अन्य पर्यटकलक्षित संरचनाहरु निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।।

मालिकाको धुरीमा रु १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

0

म्याग्दीको प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिरमा यही जेठ १० गते परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनहरुको सुविधाका लागि करिव रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ।

समुद्र सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रशिद्ध धार्मिक स्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनहरुलाई खानेपानीको व्यवस्था गरिएको हो ।

कुइनेमंगले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत रु सात लाख ६५ हजार र रघुगंगा गाउँपालिकाको रु १० लाख गरी रु १७ लाख ६५ हजार र रु ३५ हजार बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पु¥याइएको शितल मालिका युवा क्लका निवर्तमान अध्यक्ष एवम् रघुगंगा गाउँपालिका ६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर दुरीमा रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पु¥याइएको हो । यस अघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनहरुले सास्ती व्यहोर्दै आउनुपरेको थियो ।

एक घण्टाको दुरीमा रहेका मूलहरुबाट पानी बोकेर भक्तजनहरु मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकोमा देउरालीमा पानी पुगेपछि भक्तजनहरुलाई सुविधा पुगेको छन्त्यालले बताउनुभयो । पानीको मुहान रहेको लिसेखर्कदेखि पानीको धारा राखिएको मालिका देउराली उकालो भूगोलमा दुई किलोमिटर दुरीमा पर्दछ ।

उकालो भएकोले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकोले एकहजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पु¥याउने योजना रहेको भएपनि ठाडै उकालो भएकोले पानी नचडेपछि देउरालीमा धारा राखिएको उहाँले बताउनुभयो ।

ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरुलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगंगा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो । यो समय पानीको श्रोत पर्याप्त नहुदा पानी अनावश्यक खेर नफालिदिनु हुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनहरुलाई अनुरोध गरेको छ ।

मालिकाको महिमा मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखि तीन हजार ती सय मिटरको उचाईमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ ।

जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चण्डी पुर्णीमा ,जेष्ठी पुर्णिमा, भाइटीका र बाला चर्तुदशिमा पुजाआजा सहित भव्य मेला लाग्ने गर्दछ ।

मालिकाको पुजाआजा ,दर्शन र भाकल गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विसं १९१० साल देखी पुजा हुँदै आएको मालिकामा वि सं १९६८ देखि मन्दीर निर्माण गरि विधिवत रुपमा पुजाआजा गरिदै आइरहेको मालिका गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय वुद्धिजीवि श्रीप्रसाद रोकाले बताउनुभयो ।

यहाँ पूजा तथा भाकल गर्नका लागि चण्डी पूर्णिमामा देशैभरीबाट भक्तजनहरु आउने गर्दछन् । मगर पुजारीहरुद्धारा गरिने मालिकामा धजामेजा सहित नरिवल तथा परेवा र बोकाको बलि दिइन्छ । मालिका म्याग्दीको ऐतिहासिक एवम् प्रमुख पर्यटकीय स्थल भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो ।

मालिकामा आउने भतmजनलाई लक्ष्यित पुुर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । यता मालिका गाउँपालिकाकाले पनि भतmजनलाई लक्ष्यित गरि गाउँपालिकाले गौरबको योजना अन्तर्गत वडा न.७ बिम र वडा नं ६ दुखु हुँदै मालिका जोड्ने सडक निर्माण गरेको छ ।

मालिका धुरीबाट सिस्ने,गुुर्जा,मानापाथी,धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे मनास्लु लगायत दर्जनबढी हिमश्रृखला,सुर्याेदय र जिल्ला तथा छिमेकी जिल्लाको बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

error: Content is protected !!