Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 437

‘बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्छ’

म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी प्रक्रियामा सघाउने गरेको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने क्रममा दलालबाट ठगिएका, अलपत्र परेका र सम्पर्कविहिन भएकाको खोजीकार्यमा आप्रवासी स्रोत केन्द्रले काम गरिरहेको छ ।

गएको असार महिनादेखि जिल्लाका सबै स्थानीय तहको आर्थिक ब्यवस्थापनमा जिल्ला समन्वय समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा रहेको छ । यसको समन्वय र अनुगमन जिल्ला समन्वय समितिले गर्ने गरेको प्रमुख राजकुमार थापाले बताए । उनले केन्द्रमार्फत समुदायस्तरमा समेत अभियान सञ्चालन गरिने बताए । केन्द्रका गतिविधि सहित भावि योजनाका बारेमा जिसस प्रमुख थापासँग बेनी अनलाइनसँग गरेको कुराकानी ।

म्याग्दीमा सञ्चालित आप्रवासी स्रोत केन्द्र भनेको के हो ?
आप्रवासी स्रोत केन्द्र भनेको वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरुलाई वैदेशिक रोजगारीलाइ सुरक्षित बनाउन सघाउने स्थल हो । यसले जान चाहेका व्यक्ति लाइ निःशुल्क सुचना परामर्श उपलब्ध गराउने, विदेशमा काम लाग्ने खालको सीप तालिमहरुको बारेमा जानकारी दिने र सहभागीताको सहजीकरण गर्ने साथै वैदेशिक रोजगारीका कारण स्वदेश वा विदेशमा समस्यामा परेकाहरुलाई न्यायका निमित्त निशुल्क सहजीकरण गर्दछ। समग्रमा समस्या पर्न नदिन सुचना परामर्श गर्ने र यदि समस्यामा परेको खण्डमा हाम्रा नागरिकहरुलाई त्यसबाट समाधान निकाल्न सहजीकरण गर्ने संस्था नै आप्रवासी स्रोत केन्द्र हो ।

म्याग्दीमाआप्रवासी स्रोत केन्द्र (एमआरसी)बाट हालसम्म के कस्ता कामभएका छन ?
म्याग्दी मा हालसम्म करिब २ हजार जनालाइ सुचना र परामर्श दिएको छौ।यो अवधीमा विदेश जान्छु भनेर ठगिएका करिब २२ जना युवाहरु पीडा लिएर आउनुभएको छ । त्यसमा हाम्रा साथीहरुले काम गरिरहनुभएको छ । विदेशमा अलपत्र परेका समस्यामा परेका ३ जनालाइ स्वदेश ल्याउने काममा सहजीकरण भएको छ ।

३० जनालाई सिप मुलक तालिममा सिफारिस, ३ जनाको उद्धारको केशमा सहजीकरण, ठगिका ११ केशमा दुई वटामा सफलता प्राप्त गरी ५ लाख २७ हजार रकम फिर्ता भएको छ भने मृत्यु र अंगभंग तथा स्वास्थ्य सम्बन्धि २ जनाको समस्यामा सहजीकरण र साउदीबाट १ शब ल्याइएको र आर्थिक सहायताका लागि पहल भइरहेको छ ।विभिन्न संस्था र निकायको सहजीकरणमा मार्फत ५ लाख २७ हजार रकम पीडितहरुलाई सहजीकरण मार्फत उपलब्ध गराएको छ ।

विदेशमा फसेकालाई आप्रवासी स्रोत केन्द्र (एमआरसी)ले कसरी उद्धार गर्छ ?
वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा अलपत्र परेकाहरु लाइ वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग, विदेशस्थित नेपाली दुतावास नियोग तथा सामी कार्यक्रम अन्तरगतको पिएनसिसी भन्ने संस्था लगायत संग समन्वय गरी काम गछौ । सहकारी सयन्त्रबाटै काम गदौ बेलाबेलामा गैरसरकारी संस्थासँग समेत समन्वयमा हामीले सेवा दिने गरेका छौ ।

वैदेशिक रोजगारीमा जानेहरूसँग जति सूचना र जानकारी हुनुपर्ने हो त्यो नभएको पनि पाइन्छ, ग्रामिण क्षेत्रमा सचेतनामुलकअभियानको आवश्यकता देख्नुहुन्न?
हाम्रो युवा पिढी छिटो विदेश जाने मुडमा छ । उसलाइ छिटो जानु छ तर त्यसको बारे जानकारी नलिने सुचना दिदा मतलब नराख्ने अनि समष्या परेपछि कहाँ गयर के गर्ने भन्नेमा न त व्यक्ति सुचित छ । न त परिवार सुचित छ । म्याग्दीमा अझ बढी जनजाति समुदाय तथा शिक्षाको लेभल कम भका व्यक्ति र परिवार हरुमा सुरक्षित वैदेशिक रोजगारी को अभियान नै चलाउनुपर्छ भनेर हामीले प्रदेश सरकार र सामी कार्यक्रमको सहयोग एवं समन्वय तथा स्थानीय तहको लागत सहभागितामा जिससको पहलमा यो कार्यको सुरुवात गरेका हौ।

आप्रवासी स्रोत केन्द्र (एमआरसी)ले सूचना र परामर्शमात्रै दिन्छ की वैदेशिक रोजगारीसँगजोडिएका अन्य सीप तालिमहरुमा पनि सघाउँछ ?
वैदेशिक रोजगारीका कारण ज्यान गुमाएको हरुको परिवारले पाउनुपर्ने रकम बारे धेरै अनविज्ञ रहेको पाइयो । विदेशको बीमा स्वदेशको बीमा बैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायता को सहजीकरण गर्छ। अरु थप पुनस्र्थापना पुन एकीकरणको काम चै स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले गर्ने हो ।

वैदेशिक रोजगारीको क्रममाज्यानगुमाएकाका परिवारलाई दिर्घकालिन कार्यक्रमहरुका लागि एमआरसीले काम गर्छ कि गदैन ?
वैदेशिक रोजगारमा ठगी ठुलो समस्या छ। यसमा जानेहरुले प्रमाण बनाउँदैनन्। त्यो मुख्य कुरा हो । लेनदेनको प्रमाण खुल्ने काजगात भयमा ठगीको केस सहजै अगाडी बढाउन सकिन्छ भने अन्य अवस्था रहेछ भने ती प्रमाणहरु जुटाउन दुइ पक्षहरुको छलफल गराउने लगायतका कार्यहरुमा  सहयोग गर्छ।

म्याग्दीबाट बैदेशिक रोजगारीमाजाने क्रममा धेरैको पैसा फसेको देखिन्छ, यस्तो अवस्थामा पीडितले कस्ता प्रमाणहरु ल्याएमा दलालबाट पैसाफिर्ताको प्रक्रिया सहज हुन्छ ?
जुनरुपको भौतिक पुर्वाधार व्यवस्थापन गरिनुपर्ने हो त्यसमा केही ढिलाइ भएकै हो । सम्बन्धित कार्यालयहरु सग समन्वय गरिराखेका छौ। छिटै यो अवस्था अन्त्यहुनेमा आशावादी छु।

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउँदा वित्तिकै सेवादिने गरी केन्द्र स्थापना गरिएपनि स्रोत साधनको अभाव र अझै ब्यवस्थित नभए जस्तो देखिन्छ, बजेटको अभाव भएर हो ?
मनोसामाजिक समस्या अहिले प्रमुख समस्या को रुपमा देखिएको छ । मानसिक स्वास्थ्य आधारभुत स्वास्थ्य अन्तरगत पर्छ। त्यसको कार्य स्थानीय पालिकाहरुबाट अगाडी बढाउनुपर्छ भन्ने विषयमा छलफल जारी छ । आप्रवासी स्रोतकेन्द्र सोझै मनोपरामर्श गर्दैन तर यससम्बन्धी सेवा दिनेहरु सग समन्वय को काम चै गर्छ ।

कहिले काहीँ वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वंम र परिवारका सदस्य पनि मानसिक तनावमा पर्ने खालका समस्याहरू पनि छन् । यस्तो अवस्थामा पनि मनोपरामर्शसँग सम्बन्धित सुविधा केन्द्रबाट पाइन्छ ?
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभियान वस्तीवस्तीमा लैजाने विषयमा हाम्रो प्रयास जारी छ । हामी शुरुवाती चरणमा छौ। यो क्षेत्रमा जनशक्ति र स्रोत साधन समेत अझ बढाउनु पर्नेछ । त्यो दिशामा स्थानीय र प्रदेश सरकार सग मेरो निरन्तर समन्वय जारी छ । हामीले बागलुङमा रहेका मनोपरामर्शदातासँग समेत समन्वय गरी अहिले सेवा दिइरहेका छौ ।

जनशक्ती र पूर्वाधारको सुविधा भएमा हामीले सेवा विस्तार गर्नेछौ । स्थानीय तहलाई यस कार्यमा जोडेर भविस्यमा थप सेवा विस्तार गछौ । हामीले समुदायस्तरमै पुगेर बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने, समस्यामा परेकालाई उद्धारका पहल तथा विदेशमा जाँदा महिलाले ध्यान दिनुपर्ने विषयमा समेत बढी केन्द्रित भएर सेवा दिने प्रयासमा छौ ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीयतहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि विद्यार्थी, समुदायका विभिन्न निकायबाटपनि सचेतनामुल ककार्यक्रम सञ्चालन गर्न सकिन्छ, एमआरसीको योजना के क छ ?
वैदेशिक रोजगार लाइ सुरक्षित बनाउन सबै पक्षको सहयोग र तत्परता जरुरी छ । पहिलो जाने व्यक्ति नै म कहाँ जादैछु के काम गर्न जाने? त्यो काम गर्न सक्छु की सक्दिन? त्यसको वैधानिक प्रक्रिया के हो ? समस्या पर्न नदिन के गर्ने? र समस्या परेमा कहाँ जाने भन्ने कुराको जानकारी हुनु जरुरी छ । साथै यसमा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय लगायत सबैको समन्वय र पहल जरुरी छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना तिर लाग्नुपर्ने एकातिर जरुरी छ भने अर्को तर्फ स्थानीय सरकार सञ्चालन ऐनले नै स्थानीय सरकारको काम अन्तरगत यो विषय परेकाले उहाँ हरु को सक्रियता अझै जरुरी छ ।समन्वय गर्ने कार्यमा जिसस सदैव तयार र तत्पर छ।

अन्त्यमा वैदेशिक रोजगारलाई सुरक्षितबनाउन सरोकारवालानिकाय, समुदायस्तरबाट के कस्ता सहयोगको अपेक्षा गर्नुहुन्छ ?
स्वदेशमा रोजगारीको अवसर सिर्जना तिर लाग्नुपर्ने एकातिर जरुरी छ भने अर्को तर्फ स्थानीय सरकार सञ्चालन ऐनले नै स्थानीय सरकारको काम अन्तरगत यो विषय परेकाले उहाँहरु को सक्रियता अझै जरुरी छ ।समन्वय गर्ने कार्यमा जिसस सदैव तयार र तत्पर छ । म्याग्दीबाट बैदेशिक रोजगारी र अन्य कारणले समस्यामा पर्नुभएकालाई केन्द्रमार्फत सेवा लिन समेत अनुरोध गर्दछु ।

जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी, २२ पुस । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले गति लिएको छ ।

सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ । सरकारी तबरबाट राहुघाट निर्माण शुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए । निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो ।

९० प्रतिशत सुरुङ निर्माण

राहुघाट जलविद्युत् आयोजनाको छ किलोमिटर २ सय मिटर सुरुङमध्ये अब पाँच किलोमिटर ६३३ मिटर सुरुङ निर्माण सकिएको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । अब ५६७ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी रहेको राहुघाट जलविद्युत् आयोजनाको आयोजना व्यवस्थापक राज विष्टले बताए । “अबको दुई महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य सहित काम भैरहेको छ,” उनले भने, “बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिएका छौ ।”

सुरुङबाट आउने पानीलाई रघुगङ्गागाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युत्गृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटरमध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।

बाँध र विद्युत्गृहको प्रगति आधाभन्दा बढी

बाँध, विद्युत्गृह निर्माणको काम पचास प्रतिशत भन्दा बढी सकिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधिन बाँधमा यसै महिनाभित्र खोला फर्काउने तयारी गरिएको छ । सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजना व्यवस्थापक विष्टले बताए । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विद्युत्गृहदेखि पानी बाहिर फाल्ने नहर बनाउन लागिएको छ ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

६५ प्रतिशत भौतिक प्रगति

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको जानकारी गराए । “अबको १५ महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणलाई तिब्रता दिएका छौ,” उनले भने ।

यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यसवर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युत्गृह निर्माणले निरन्तरता पाउँदा प्रगति सन्तोषजनक रहेको उनको भनाइ छ ।” घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।

उतारचढाव व्यहोरेको आयोजना

चौध वर्षअघि निर्माण प्रक्रीया थालिएको राहुघाट जलविद्युत् आयोजनाले विभिन्न आरोह अवरोह र उतारचढाव ब्यहोरेको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण सुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो तर २०७४ मङ्सिरमा छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन । ४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो ।

कोरोना महामारी र विपद्का कारण सिभिल ठेकेदारले लक्ष्य अनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ । पुरानो ठेकेदारले आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । सिभिल ठेकेदार २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

नदीजन्य निर्माण सामग्रीको अभाव

विपद् र कोरोना (भाइरस) को महामारीका कारण निर्माणमा ढिलाइ भएको राहुघाट जलविद्युत् आयोजनालाई कार्ययोजनाअनुसार निर्माण सम्पन्न गराउन नदीजन्य निर्माण सामग्रीको अभाव प्रमुख चुनौती देखिएको छ । सर्वोच्च अदालतको २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा गण्डकी प्रदेशका कालीगण्डकी नदी आसपासका जिल्लाहरुमा नदीजन्य निर्माण सामग्रीको अभावका कारण विकास आयोजना प्रभावित भएका छन् ।

कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउदा निर्माण प्रभावित बनेको जयप्रकाश एसोसियट्सको राहुघाट जलविद्युत् आयोजना व्यवस्थापक हरिस अग्रवालले बताए । “ठेक्का सम्झौताका क्रममा कालीगण्डकी नदीको सामग्री प्रयोग गर्ने उल्लेख छ । तर अदालतको आदेशका कारण तीन वर्षदेखि कालीगण्डकी नदीबाट सामग्री निकाल्न पाएका छैनौ,” उनले भने, “यस वर्ष हामीलाई पचास हजार घनमिटर नदीजन्य कच्चा पदार्थ आवश्यक छ । गिटी, बालुवा र ढुङ्गा नपाउँदा सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम प्रभावित हुन थालेको छ ।”

बेनी नगरपालिका क्षेत्रमा कालीगण्डकी बाहेकको बगरबाट १० हजार घनमिटर मात्र व्यवस्थापन गरिएको छ । म्याग्दी, राहुघाट र अन्य बगरबाट नदीजन्य बस्तुको आपुर्ति गराउन पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले हालै आयोजना निरीक्षण गरेर नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज बनाउन स्थानीय तह र प्रशासनसँग सहजीकरण गरेका छन् ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।

विकटमा विकास गतिविधि बढ्यो

जलविद्युत् आयोजना भित्रिएसँगै म्याग्दीको राहुघाट नदी आसपासका छ वटा वडामा विकास गतिबिधी बढेको छ । ऊर्जा खोलामा परिणत हुन थालेको राहुघाटको पानीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगङ्गागाउँपालिका–७ का बासिन्दा धु्रबकुमार पाइजाले बताए।

“राहुघाट नदी आसपासका पिप्ले, दग्नाम, दर्मीजा, झिँ, पाखापानी र कुइनेमंगलेका छ वटा वडाका करिब एघार हजार नागरिकको दैनिकी र जीवनयापनमा जलविद्युत् आयोजनाले नसोचेको परिवर्तन ल्याएको छ,” उनले भने, “राहुघाटमा निर्माणाधीन जलबिद्युत आयोजना, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अक्करे अजिङ्गरको भिरमा मार्ग खोलेर मौवाफाँटदेखि कुइनेको छहरीसम्म करिब २० किलोमिटर सडक निर्माण गरेपछि पूरै दिनको यात्रा चार घण्टामा छोटिनुका साथै ढुवानीमा सहज भएको छ ।”

जलविम्याग्दी, २२ पुस । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो ।

जलविद्युत् आयोजनाहरुले पहुँचमार्गमा बनाएको चार वटा बेलिब्रिजबाट स्थानीयबासीहरुले पनि लाभ लिएका छन् । प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तरराष्ट्रिय बजार खोजी हुन थालेपछि जलविद्युत् आयोजनाले गति लिन थालेका हुन् । जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसपासका बस्तीमा अन्य विकास गतिबिधिले तिब्रता, आयआर्जन र रोजगारीको अवसर सिर्जना भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । जलविद्युत् आयोजनासँगै भित्रिएको सम्भावनालाई अवसरमा रुपान्तरण गरी स्थानीयबासीको जीवनस्तर सुधार गर्न जोड दिएको उनको भनाइ छ ।

एघार आयोजना निर्माणाधीन

राहुघाट आयोजनासँगै म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण शुरु भएपछि भित्रिएका तीन वटा आयोजना सञ्चालनमा आइसकेका छन् । थप छ वटा निर्माणको अन्तिम चरणमा छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

कूल ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणको क्रममा छन् । राससद्युत् आयोजनाहरुले पहुँचमार्गमा बनाएको चार वटा बेलिब्रिजबाट स्थानीयबासीहरुले पनि लाभ लिएका छन् । प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तरराष्ट्रिय बजार खोजी हुन थालेपछि जलविद्युत् आयोजनाले गति लिन थालेका हुन् । जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसपासका बस्तीमा अन्य विकास गतिबिधिले तिब्रता, आयआर्जन र रोजगारीको अवसर सिर्जना भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । जलविद्युत् आयोजनासँगै भित्रिएको सम्भावनालाई अवसरमा रुपान्तरण गरी स्थानीयबासीको जीवनस्तर सुधार गर्न जोड दिएको उनको भनाइ छ ।

एघार आयोजना निर्माणाधीन

राहुघाट आयोजनासँगै म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण शुरु भएपछि भित्रिएका तीन वटा आयोजना सञ्चालनमा आइसकेका छन् । थप छ वटा निर्माणको अन्तिम चरणमा छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

कूल ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणको क्रममा छन् । रासस

करेसाबारीको तरकारी दिवा खाजामा

म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिए ।

“स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उनले भने, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छौँ । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।” बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् ।

करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताए ।

शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताए । उनका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताए । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।

रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् । रासस

भकिम्लीको एउटै गाउँमा डेढ करोडको सुन्तला उत्पादन

म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली राखु गाउँकी मनकुमारी पुनले यस वर्ष ९ लाखको सुन्तला उत्पादन गरिन् । विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गदै आएकी पुनले सुन्तलाले सुन्तलाको फल बाहेक बिरुवा बेचेर रहरलाग्दो गर्न सफल भएकी छन् ।

अगुवा कृषक पुनले सिजनमा आफ्नो र स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर अघिल्लो बर्ष आफै बिक्री गर्ने गरेकोमा यसबर्ष बाहिरी जिल्लाबाट आएका ब्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरिन् ।

सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यसबर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले बताए । राखुका कृषकले न्युनतम ३० हजारदेखि ९ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् ।

विगतमा सुन्तला बिक्री गरेर गाउँमा १ करोडभन्दा बढी भित्राउने गरेका कृषकले यसबर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजक समेत रहेका पुनले बताए ।

उनले राखुका कृषकबाट सुन्तला खरिद गरी काठमाण्ठौका ब्यापारीलाई बिक्री गर्ने गरेका छन् । ‘उत्पादन घटेपनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआगनमै लाखौं कमाएका छन्’ पुनले भने ।

राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाण्डौ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा ब्यापारीले प्रतिस्पर्धा गर्दा किसानले मुल्य समेत पाएको बताए ।

राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमति राना, थप बहादुर पुन,जसबहादुर घर्ती मगर लगायते ७ लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने ४ लाखभन्दा धेरै सुन्तला फलाउने कृषकको संख्या हरेक बर्ष बढ्दै गएको छ ।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यसबर्ष नयाँ बिरुवा थपेका छन् ।

सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै रोपिएको वडा अध्यक्ष पदम पुनले बताए । हरेक वर्ष नयाँ विरुवा वितरण, कृषि ज्ञान केन्द्र सहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको बताए ।

सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट आउन थालेपछि सडक समेत ब्यवस्थित बनाइएको छ।

अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआगन समेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुन्छ ।

पश्चिम म्याग्दीका महिलामा फुटबलप्रति बढ्दो आकर्षण

म्याग्दीको मालिका गाउँपालिका ६ की रोशनी पुन केवि एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिनुहुन्छ ।
पुन जस्तै २० देखि ३० बर्ष हाराहारीको उमेरका महिलाहरु विहान र बेलुकीको फुर्सदको समय फुटबल खेल्ने गर्नुहुन्छ । भौगोलिक विकटता भएपनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको क्रेज दिनप्रतिदिन बढ्दो क्रममा छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौं करविर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताउनुभयो ।

दरबाङ स्थित पुरानो जनप्रिय खेल मैदान युवा पुस्ताको लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाहरुको लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा विहान र बेलुकी फुटबल खेल्ने महिला र पुरुषहरुको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताउनुभयो ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिका देखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उहाँको भनाइरहेको छ ।

त्यसै गरी मालिका,मंगला र धवलागिरि गाउँपालिकाका महिलाहरु पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । “शहरका महिलाहरु जीम जाने,मर्निङ वाक गर्ने गर्दछन् भने हामी गाउँका महिलाहरु कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौं” मालिका गाउँपालिका २ की ललिता विकले भन्नुभयो ।

हिउँदका ६ महिना जिल्लाका ग्रामीण भेगहरु मेला र पर्वमय हुने गर्दछन् । विद्यालय,युवा क्लव,आमा समूह,स्थानीय निकाय लगाएत विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने यस्ता मेला र पर्वहरुमा स्थानीय महिलाहरुको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वहरुको अवसरमा यहाँका महिलाहरु पनि विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै प्रतिष्पर्धा गर्ने गरेका धवलागिरि गाउँपालिकाका अगुवा युवा नगेन्द्र मल्लले बताउनुभयो ।

“दरबाङको केवि एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो” उहाँले भन्नुभयो “फुटबलप्रति महिलाहरुको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ । यस्तै प्रतियोगिताहरु पश्चिम म्याग्दीका अरु ठाउँहरुमा पनि हुने गरेका छन् । ती ठाउँहरुमा पनि फुटबलप्रेमी महिलाहरुको संख्या बाख्लो देखिन्छ ।”

जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल र भलिबलप्रति म्याग्दीका ग्रामीण महिलाहरु निकै आकर्षित भएका बताउनुभयो । “घरको कामबाट फुर्सद निकालेर महिलाहरु मैदानसम्म आइ फुटबल खेल्ने गरेका छन्” उहाँले भन्नुभयो “यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर फाल्तुकामहरुमा ध्यान पनि जाँदैन ।”

फुटबल भन्दा फुटसल सजिलो

यहाँका महिलाहरुले फुटबल भन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । “फुटबल पहिलाबाटै खेल्दै आएको हो । तर,हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ” फुटबल खेलाडी मनिका रोकाले भन्नुभयो “फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्। फुटबलमा ११ खेलाडी उत्रन्छन्। फुटसलमा ५ खेलाडी भिड्छन् । फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ । फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ । त्यसैले हामीलाई यही सजिलो हुन्छ ।”

फुटसल बल कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार छैन । फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ ।

आलुमा देखियो डढुवा रोग

म्याग्दीमा आलु खेतीमा डढुवा रोगको प्रकोप देखिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो । डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कार्तिक महिनामा लगाईएको आलुमा पुस महिनामै डढुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यवसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका,मालिका र रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकहरुले बताएका छन् ।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो । चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगंगा गाउँपालिका ६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डढुवाको संक्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनुभयो

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकहरुको भनाइरहेको छ । म्याग्दीमा व्यवसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बिउँ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग भएको कृषि प्राविधक वानियाँले बताउनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लाहरुमा पनि वर्षेनी यो रोगको प्रकोप बढीरहेको छ भने तराइका जिल्लामा महामारीको रुपमा फैली सकेको छ ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । अनुकुलन वातावरण पाईरहेमा थोप्लाहरुको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ ।

ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने उहाँ बताउनुहुन्छ ।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीहरु मध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाती नेपालमा पाईएका छन् । यस रोगको अनुकुल विकासको लागि बायुमण्डलको सापेक्षिक आद्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाई छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बिउँलाई भिजाएर छाँयामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर २–३ रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिने बित्तिकै कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोटहरु तुरुन्तै हटाइ दिने सुझाव कृषि विशेषज्ञहरुको रहेको छ ।

लोपोन्मुख मारुनी नाचको संरक्षणमा दरवाङबासी

दरबाङमा अवस्थित के।वि एकेडेमीको १९ औं स्थापना दिवस तथा सातौं करिवीर मेमोरियल फुटसल प्रतियोगिताको समापनको अवसरमा स्थानीय मगर समुदायका अगुवाहरुले प्रस्तुत गरेको लोपोन्मुख मारुनी नाचको प्रदर्शन गरेका छन् ।

पुसको चिसोको पर्वाह नगर्दै साँझपखको समयमा दर्शक श्रोताहरुले खचाखच भरिएको विद्यालय प्राङ्गणमा सवैले निकै उत्साहका साथ सो नाच अवलोकन गरेका थिए ।

पश्चिम म्याग्दीका मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने मारुनी नाचलाई अहिलेको पुस्ताले पनि नभुलोस् भन्नका लागि स्थानीय अगुवाहरुले बेलाबेलामा यो नाँच देखाउँदै आएका छन् ।

समुदायका विभिन्न शुभकार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ । मगर समुदायको बसोबास रहेका पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा यो नाच प्रचलित छ । राम, सरस्वतीको आराधना गरेर गीत गाउने तथा मारुनी नचाउने गरिन्छ ।

पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ ।मगर समुदायमा यो नाच परम्परागत समयदेखि नै नचाइदै आएको र पछिल्लो पुस्ताले यसलाई जीवितै राख्न समय समयमा नचाउने गरिएको छ ।

मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे र छदेखि १० जनासम्म गायक हुन्छन् । गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गारपटार गरी महिलाको कपडा एवम् गहना लगाइदिइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन् ।

पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ । मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।

पछिल्लो समयमा युवा पुस्ता यसको संरक्षणमा लागेका छन् । संरक्षणसँगै गाउँमा पुगेका अतिथिलाई मारुनी नाचबाटै स्वागत गर्ने चलनसमेत बढ्दै गएको छ । मगर समुदायमा निकै लोकप्रिय मानिएको मारुनी नाच संरक्षणका लागि आफूहरु लागिपरेको जनप्रिय टोल विकास समितिका अध्यक्ष समेत रहनुभएका के।वि एकेडेमीका संचालक निर्देशक हिराबहादुर पुनले बताउनुभयो । जनप्रिय टोल विकास समूहले उक्त नाँच प्रदर्शन गरेको थियो ।

यस नाचमा पुरुषलाई चोलिया, कण्ठीया, टिकीया, सारी, फरिया, घलेकजस्ता परम्परागत भेषभूषाले सिँगारेर मारुनी तयार गरिन्छ । मारुनीसँगै नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । मारुनी नाचको गीत गाउने मुखियालाई रौरा भनिन्छ ।

मारुनी नाचको गीतमा ख्याली, मझौटे, झुमरी, डाँडी, रम्भायण, कृष्ण चरित्रलगायतका गीतहरू फरक–फरक लय र भाखामा गाउने गरिन्छ । ख्याली गीत रमाइलो गर्ने खालको गीत हो । यो गीतमा माया पिरतीका कुरा, राजामहाराजका गाथा, देवी देउताका कुरा, स्थान विशेषका कुरालाई जोडेर गाउने प्रचलन रहेको ७९ वर्षिय डकवहादुर पाइजा मगरले बताउनुभयो ।

मारुनी नाच नाच्ने घरको मुखियालाई गीत र नाचबाटै आशिष् दिने चलन छ । घरको मुखियाको जयजयकार गर्दै भलो चिताउँदै गीतका माध्यमबाट रमाइलो पारामा आशिक दिने परम्परा रहेको उहाँले बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा

‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन आज (शनिवार) म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र सहसचिवमा रामु रिजाललाई चयन गरेको छ ।
यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, पुष्पा गौतम, लोकानाथ उपाध्याय, विष्णु थापा, नारायणप्रसाद पौडेल र गोविन्द आचार्य चयन भएका छन् । 
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सम्बन्ध सबैसँग रहेको भएकाले यो सम्मानित पेशा तथा व्यवसाय भएको बताए।
उनले म्याग्दी जिल्लाभर कुल २ सय ५६ वटा विद्यालयहरु सञ्चालनमा रहेको ती विद्यालयहरुमा ३३ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै पुस्तक व्यवसायी महासंघले प्रकाशित सबै पाठ्यपुस्तकहरु सहज र व्यवस्थित तरिकाले बिक्री वितरणको वातावरण मिलाउनुपर्ने बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले विगतमा १७ पटकसम्म पुगेर पाठ्यपुस्तकहरु ल्याएर वितरण गरिएको स्मरण गराउँदै अहिले एकैपटकमा सबै सेट पुस्तकहरु ल्याएर समयमा नै विद्यालय र विद्यार्थीहरुलाई उपलब्ध गराइएको बताए ।
महासंघ प्रदेशको पहलमा पुस्तक व्यवसायीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै गण्डकी प्रदेशमा व्यवसायी हितकोष स्थापना गरिएको जानकारी दिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अहिलेको अवस्थामा देश सङ्घीयतामा गएको भए पनि अझै उद्योगमैत्री वातावरण बन्न नसकेको बताउँदै जिल्लाको शैक्षिक क्षेत्रको विकासमा पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण रहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जिल्लामा सञ्चालित सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पु¥याउने कार्यमा महासंघसँग समन्वय र सहकार्य गरिएको बताए । उनले  पछिल्लो समय म्याग्दीमा विद्यार्थीहरुको सङ्ख्या घट्दै गैरहेको समेत बताएका थिए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष ठाकुरप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुन, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल र कपडा तथा फेन्सी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष रामप्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारणसभा तथा अधिवेशनमा महासंघका निवर्तमान सचिव नारायण शर्मा र कोषाध्यक्ष ध्रुवराज सुवेदीले क्रमशः प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष नवराज पौडेलको अध्यक्षता, सचिव शर्माको सञ्चालन र उपाध्यक्ष भीमबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

‘छोरी भेट्न शनिबार नै काठमाण्डौ जाने तयारीमा थिइन् बनसाँगो गर्बुजा’

म्याग्दीको मालिका गाउँपालिका-७,बिम बिबोटकी ८५ वर्षीया बनसाँगो गर्बुजा शनिबार विहान छोरी भेट्न काठमाण्डौ हिड्ने तयारीमा थिइन् । जेठी छोरीसँगै कान्छी छोरीलाई भेट्न काठमाण्डौ जाने गरी कपडा र अन्य सामान मिलाउन ब्यस्त थिइन् ।

शुक्रबार नै जाने योजना भएपनि बृद्धा गर्बुजाले शुक्रबारको दिन लामो यात्रा गर्दा अशुभ हुने बताएपछि रोकिएको थियो । बृद्धा गर्बुजाका छोरा खोलामा ढुंगा फोड्न र बुहारी घाँस काट्न गएकी थिईन् । छोरा खोलामै बसेर काम गर्ने भएपनि आमा काठमाण्डौ जादै गरेको जानकारी थियो ।

नातिनातिनासँगै घरमा रहेकी गर्बुजाको परिवारका सदस्यले काठमाण्डौमा ९ बजे जाने गरी जिपका चालकसँग पनि कुरा समेत गरेका थिए । सबै तयारी गरी बसेकी बृद्धा गर्बुजाको घरमा बिमवाङका टेकप्रसाद रोका टुप्लुक्क आए । मानसिक सन्तु्लन गुमेको अवस्थामा बरबराउँदै आएका टेकप्रसादले जथाभाबी गाली गरेको स्थानीयले समेत सुनेका थिए ।

अभियुक्त टेकप्रसादले जथाभावी बोल्दै कुटपिटको धक्की दिन थालेपछि बृद्धा बनसांगाले नातिनातिनीलाई घरभित्रको खाटमुनी लुकाईन् । केही बेरमा अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्न थालेपछि बृद्धा ढलिन् ।

अपराधिक मानसिकताका टेकप्रसादले ढुंगा र दाउराले लगातार प्रहार गर्न थालेपछि ८ वर्षीया नातिनी प्रियंका गर्बुजा र स्थानीय अमृता जुग्जाली अभियुक्त माथि जाइ लागे ।

टेकप्रसादको प्रहारबाट घटनास्थलमा गम्भीर घाईते अवस्थामा भेटिएकी प्रियंका र घाईते अवस्थामा अमृताको उद्धार गरिएको थियो । धारिलो ढुंगा र दाउरा प्रहार गरी भोगेका अभियुक्तले गाउँमा पार्किङमा राखेको ट्याक्सी समेत तोडफोड गरेका छन् ।

‘मेरो घरमा विहान सात बजे आएका थिए,विश्वडाँडाको पुरस्कार थाप्न आएको भन्दै थिए, अलमलमा परेजस्तो गर्थे’स्थानीय रुपलाल पुनले भने ।अभियुक्तले करिब सवा ७ बजे मेरो घरबाट तलतिर लागेका थिए ।

विश्वडाँडा कहाँ छ ? भन्ने प्रश्नमा रुपलाललाई यही कता पुरस्कारका लागि बोर्ड टाँसेको भन्दै तल तिर गएका टेकप्रसादले साढे ८ बजेको बिचमा घटना घटाएको देखिन्छ । घटनास्थलको अवस्था हेर्दा बृद्धाले नातिनातिनालाई लुकाउन खोजेजस्तो देखिएको स्थानीयको भनाई छ ।

नातिनीले हजुरआमालाई दाउराले हानेको देखेपछि प्रतिकार गर्दा उनलाई समेत चोट लागेको प्रहरीको प्रारम्भीक अनुमान छ । बृद्ध र केटाकेटी भएको मौकामा आक्रमण गरेकाले मानवीय क्षती भएको प्रहरीको भनाई छ ।

शनिबार विहान अभियुक्तले बाटोमा भेटेका पुरुषहरुसँग प्रतिवाद गर्न नसकेपछि तल गाउँ तिर लागेको देखिन्छ । टेकप्रसाद आमाबुबासँग नबसी एक्लै बस्छन् ।

बिलबाङमा अत्याधिक मदिरा सेवन गरी झगडा गर्ने गरेकाले उनीसँग बालबालिका त्रसित हुने र स्थानीयले समेत असुरक्षित महसुस गर्ने गरेका थिए ।

यता मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले घटनाको खबरले मर्माहत बनाएको बताए । उनले ज्यान गुमाउनु दुबैजनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गदैं पोखरामा उपचारार्थ घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बेनी नगरले जित्यो नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड

बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरूको सहभागीतामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो ।

९ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्धितिय र ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । प्रतियोगितामा बिजेतालाई क्रमश २० ह जार, १५ हजार र १० हजार नगद शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अन्तरगत समुह खेलमा भलिबलमा छात्रतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्धितीय, छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिकाद्धितीय भए ।

त्यस्तै कबड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्धितीय तथा छात्रातर्फ मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्धितीय स्थान हात पारेका थिए । जिल्लास्तरीय प्रतियोगितामा स्वर्ण पदक विजेता नवलपूरमा हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

पालिका र जिल्लास्तरीय खेलमा उत्कृष्ट खेलाडीलाई आवश्यक प्रोत्साहन सहित तालिम लगायतको सुविधा आवश्यक रहेको बताएका छन् । हरेक बर्ष स्थानीय तह र जिल्लास्तर हुदै प्रदेशमा समेत राम्रो खेल देखाउन सफल खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउने गरिएपनि आवश्यक पहल नहुदाँ खेलाडीले विद्यालयस्तरबाट प्राप्त सहयोगबाटै खेलमा सहभागी हुने गरेका छन् ।