Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 469

गण्डकी प्रदेशमा भौतिक मन्त्रालय मार्फत तेह्सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ।  भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ।

मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाले पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिएका छन्।

सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि ८३ अर्ब ५२ करोड नौ लाख ७१ हजार लगानी भएकामा सडक स्तरोन्नतिमा रु साठी अर्ब ५९ करोड नौ लाख खर्च भएको निर्देशक बानियाले बताएका छन्।

‘प्रतिवर्ष दुई सय १७ किलोमिटरका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्,’ बानियाले भने ‘सडक दुुर्घटनामा कमी आएको, प्रत्यक्ष रोजगारी सिर्जना भएको, बसाइँ सराईमा कमी आएको, सहरबाट गाउँ फर्काउने अभियान सुरु भएको तथा पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ।’

चालुु आर्थिक वर्षमा मन्त्रालयका एक हजार चार सय ६४ वटा योजना रहेका छन्। एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिएका छन्।

सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ। चालुु आर्थिक वर्ष २०८०/८१ का लागि १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकोमा यही मङ्सिर १५ गतेसम्म ८ दशमलव ११ प्रतिशत अथवा रु ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो। यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ।

प्रदेश सरकारको कूल रु बीस अर्ब पूँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ। भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न ११ वटै जिल्लाका पूूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको बताएका हुन।

‘यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौँ। भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ,’ मन्त्रीले भने, ‘जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ। गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन।’

जलजलामा अपाङ्ग दिवस मनाइयो

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा आइतबार लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।
दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुुल नारा सहित छलफल कार्यक्रम गरेर दिवस मनाइएको हो ।

दिवसको मुुल नारामा केन्द्रित भएर अपाङ्गता भएका व्यक्तहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुुभयो । जिल्ला अपाङ्ग संघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका नागरिकको अधिकारका लागि भएको कानुुनी व्यवस्था, उपभोगको अवस्था, चुुनौति र सम्भावनाको विषयमा सहजिकरण गर्नुभएको थियो ।

उहाँले अपाङ्गता भएका नागरिकहरु आफ्नो अधिकार उपभोगमा अग्रसर र सचेत बन्नुुपर्ने बताउनुुभयो । गाउँपालिकाका उपाध्यक्ष आचार्यले अपाङ्गता भएका नागरिकहरुलाई घरमै पुुगेर परिचयपत्र वितरण गरिएको, आयआर्जन र सचेतनामुुलक कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका नागरिकहरुले कानुुनमा भएको अधिकार उपभोग गर्न नपाएको, यातायातमा छुटको सुविधा कार्यान्वयन नभएको, भौतिक पूूर्वाधार अपाङ्ग मैत्री नभएको, ज्ञान, सिप र क्षमताको उपभोग गर्न नपाएको, समाजमा विभेद भएको गुनासो गरेका थिए । कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी बिन्दु शर्माको सञ्चालन र राजस्व शाखा प्रमुख कृष्ण रिजालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले गाउँपालिकाले अपाङ्गता भएका नागरिकलाई सेवा सुविधामा प्राथमिकता दिएको बताउनुुभयो ।

बोलेरो दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते

म्याग्दीको बेनी नगरपालिका-६, डम्बराको निलढुंगामा बोलेरो जीप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएका छन्। मंगला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्वरको बोलेरो जीप सोमबार विहान दिउँसो दुर्घटना भएको हो ।

चुत्रेनी र डम्बराको सिमानामा पर्ने सडकखण्डमा खसेको जीपमा सवार यात्रुलाई उपचारका लागि बेनी अस्पतालमा लगिएको चुत्रेनीका स्थानीय यूवा प्रकाश बानियाँले बताए । दुर्घटनामा घाइते भएका मंगला–३ बस्ने २४ बर्षका इन्द्र तुलाचन, ४६ बर्षिय शेरबहादुर दमाई, ४६ बर्षिय कर्णबहादुर रोका, मंगला–४ का ६० बर्षिया मनकुमारी रोका, बेनपा–७ बस्ने ५२ बर्षिय प्रकाश बानियाँ र चालक कर्णबहादुर रोका रहेका छन्।

घाईतेको टाउको, खुट्टा र शरीरमा विभिन्न चोट लागेको छ । हाल घाईतेको अवस्थामा सामान्य रहेको बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए । उनका अनुसार एक्सरे सहितको थप रिर्पोट आएपछि आवश्यक परेमा थप उपचारका लागि रिफर गरिने समेत बताए । बेनी–दरबाङ सडकखण्डमा गुडिरहेको गाडी एक्कासी तल खेतमा पुगेको थियो । दुर्घटनाको थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य पुनहिल

म्याग्दी, मंसिर १८। हिमाल, पहाडी भूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुनु।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुस भएको कास्कीको पोखराका सुमन गिरिले बताए।

घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुग्छन्। घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ। म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिइ। उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ।

पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ। घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन्।

घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन्। विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुली ठकुरी पुनले बताइन्।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ’, होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भने, ‘केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ।’

पुुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० प्रवेश शुल्क तिर्नुपर्छ। अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष पुनहिल प्रवेश शुल्क सङ्कलन र पुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष रु ६३ लाखमा ठेक्का लगाएको छ।

त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन्। घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ। प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ।

घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ। नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ। बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ।

घोडेपानीबाट मोहरेडाडा, फुलबारी, करबाकेली, खोपारालगायत सहायक गन्तव्य जान सकिन्छ। घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्काउने सङ्ग्रहालयल पनि रहेको छ। हिँड्न नसक्ने पर्यटकका लागि घोडाको सुविधा छ।

देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक वित्तीय संस्था, आमा समूह र सहकारी संस्थाबाट घोडेपानी पुनहिलमा आउँछन्। सभा, सम्मेलन, तालिम, गोष्ठीका लागि पनि घोडेपानी रोजाइमा पर्न थालेको छ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समीक्षा कार्यक्रम आयोजना गरेको थियो।

गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुग्नुभएको थियो।

पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए। पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए।

मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुगेको पुनहिल घोडेपानी अवस्थित अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुर खड्काले बताए। सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूलो कार्यक्रम भएको पनि उनले बताए। रासस

ह्याम्पशायर अस्पतालमा कार्यरत म्याग्दीकी योमायाँ पूर्जा सम्मानित

बेलायतको ह्याम्पशायर अस्पतालमा कार्यरत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाकी योमायाँ पूर्जालाई सवोत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । अस्पतालको हेरचाह र सरसफाईको यूनिटमा कार्यरत पूर्जालाई बिरामी र आगन्तुकहरूको उच्चतम गुणस्तरर सेवाहरू गदैं बिरामीको वार्डलाई सुरक्षित वातावरण र संक्रमणबाट समेत मुक्त गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेको १३ वटा वार्डहरुमध्ये विशेषज्ञ हेरचाह बेबी यूनिटमा १ सय प्रतिशत नै सफलता प्राप्त गरेको, अन्य कर्मचारी बिरामी र आफन्तलाई मिठो ब्यवहार गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । सम्मानित भएपछि योमायाँले आफ्नो कामको मुल्यांकन भएकोमा उत्साहित भएको बताईन् ।‘मैले बिरामीलाई खुसी बनाएर पठाउँछु, आफ्नो जिम्मेबारीलाई सधै पूरा गरेपछि मात्रै फकिन्छु’ योमायाँले भनिन् ।

उनले अस्पतालमा आउने बिरामी र उनका आफन्त उपचार लिएर फर्किदा खुसी हुनु नै सबैभन्दा ठूलो सफलता भएको बताईन् ।अस्पतालमा चिकित्सको सेवासँगै सरसफाई र बिरामीको हेरचाह समेत ठूलो काम भएकाले सबैले आफ्नो जिम्मेबारी पूरा गरे बिरामीलाई सहज हुने बताईन् ।

सम्मानित हुने योमायाँका बारेमा ह्याम्पशायर अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा समेत योमायाँका बारेमा बालबालिकालाई सम्मान गर्ने, सधै मुस्कुराउँदै काम गर्ने र जिम्मेबारीमा हुदाँ आफ्नो काम र लक्ष्यलाई पहिलो प्राथमिकता दिने गरेको भन्दै प्रशंसा गरेको गरेको योमायाँकी देवर कमलबहादुर पूर्जाले बताए ।  ह्याम्पशायर बेलायतको एक प्रतिष्ठित अस्पताल हो ।

 

कुवेतमा अलपत्र हिराकुमारी घर फर्किइन

घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो ।

आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी कुवेतीको घरमा विगत पाँच महिनादेखि मानसिक र शारीरिक यातना भोगेकी थिइन् । उनी सोमबार विहान काठमाण्डौमा आइपुगेकी छन् ।

पीडित आफ्नै तलबबाट टिकट लिएर सोमबार विहान त्रिभुवन विमानस्थलबाट अमृतसार नेपालको सहयोगमा सेन्टरमा पुगेकी छन् । जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाललाई कुवेतीले दैनिक १८ घण्टासम्म काममा लगाएर यातना समेत दिएको गुनासो सहित सहयोगको याचना गरेको करिब दुईसातामा उद्धार भएको छ ।

५० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको कुवेतीको एक संस्थामा काम गर्ने भनी फ्रि भिसा र फ्रि टिकटमा लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा काम गर्न बाध्य बनाइएपछि बेनीअनलाइन, नागरिक दैनिकमार्फत उद्धारको याचना सार्वजनिक भएको थियो ।

पीडित चोखालको समाचार सार्वजनिक भएपछि कुवेती नागरिकको घरबाट कुवेती एजेन्टको अपिसमा राखि सोही ठाउँबाट घर पठाइएको हो । ‘मलाई कुवेतीको घरबाट एजेन्टको अपिसमा लगेपछि कुनै समस्या भएन, सबैको साथ र सहयोगले नेपाल फर्किन पाएको छु’ हिराकुमारीले बेनीअनलाइनलाई भनिन् ।

उनले नेपालमा फर्किएपछि निकै उत्साहित भएको र उद्धारमा सहयोग गर्नेलाई जिवनभर नविर्सिने बताईन् । उनले कुवेतीले करिब २५ दिनको तलब समेत नदिएको बताईन् ।

एक महिनाको तलबबाट एजेन्टले नेपाल फर्किने टिकट काटिदिएर बाँकी रहेको १७ हजार नेपाली दिएको चोखालको भनाई छ । भारतबाट दलालले कुवेतमा पठाएर एजेन्टले कुवेतीको घरमा बिक्री गर्ने गरिन्छ ।

पीडित हिराकुमारीको उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तराष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समेत लगातार सक्रियता देखाएका थिए । मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले घरेलु कामदार चोखालको उद्धारका लागि गरिएको प्रयास सफल भएको बताए।

उनले यो अभियानमा अलपत्र परेको खवरपछि नेपाली दुतावाससँग समेत समन्वयमा एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामाले समेत निरन्तर साथ दिएको बताए । यसैबीच पीडित चोखाललाई काठमाण्डौस्थित अमृतसार नेपालले त्रिभुवन विमानस्थलबाट उद्धार गरी थप सहयोग सहित घर पठाउने भएको छ । संस्थाकी सुपरभाइजर सुमित्रा बस्नेतले पीडितलाई आवश्यक सहयोग गरी सुरक्षित घर पठाउने बताईन्।

 

 

सज्जन बोहोराको ‘बन चरी’ सार्वजनिक (भिडियोसहित)

म्याग्दी जिल्लामा जन्म भइ अमेरिकालाई कर्मथलो बनाउँदै आएका युवा पुस्ताका मोडल, सर्जक तथा गायक सज्जन बोहोराले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । म्याग्देली गायिका कुमारी चेपाङसँग मिलेर बोहोराले ‘बन चरी’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका हुन् ।

लामो समयपछि गाउँमा फर्केका प्रेमीले आफ्नो प्रेमिका नभेटेपछिको छटपटीलाई गीतले बोलेको छ भने भिडियोलाई त्यही कथामा बुनिएको छ । बोहोरा स्वयंका शब्द संगीत रहेको गीतमा स्वर चेपाङ र बोहोराको नै रहेको छ । चेतन गोतामेले संगीत संयोजन गरेको गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने म्युजिक भिडियोमा बोहोरासँग जुनु एसडीले कम्मर मर्काएकी छिन् ।

बोहोराको आफ्नै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । अन्य सिर्जना जस्तै यो सिर्जनालाई पनि दर्शकले रुचाउनेमा बोहोरा आशावादी देखिएका छन् ।

१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो ।

गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम हुँदै १४ अक, टेवुल टेनिसमा ७ पदकका साथ ७ अंक तथा व्याडमिन्टनमा एक पदकका साथ एक अंक बटुल्दै कूल २२ अंक जोड्दै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६ अंकका साथ दोश्रो हुँदा न्यू ग्यालेक्सी १० अंकका साथ समग्रमा तेश्रो स्थान प्राप्त गरेको छ ।

पुनहिलमा चालु आवमा १२ हजारभन्दा बढी पर्यटक

चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिर १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए।

उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ।पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ।

घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन्।घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ’, होटल व्यवसायी गर्वुजाले भने।

त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन्। घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ।मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन्।

अपाङ्गता भएको व्यक्तिलाई निगमले छुट दिने

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई छुट दिने निर्णय गरेको छ। निगमले आजै देखी लागू हुने गरी  रातो, निलो र पहेलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

‘फस्र्ट कम फस्र्ट सर्भिस’ को आधारमा निगमले उक्त छुट दिने जनाएको छ।  निगमले उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने बताएको छ।