Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 471

थकाली जातिलाई आफ्नो भाषा र संस्कार लोप हुने चिन्ता

थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र अनिवार्य गर्नुपर्ने कार्यहरुमा समेत चासो कम हुदै गएको बताइएको थियो ।

थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरू भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनले परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनपर्ने समय आएको बताउनुभयो ।

उहाँले थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जर्गेनामा यूवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोेन्द्रमान भट्टचन, अध्यक्ष नरेश कुमार तुलाचनले थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता थकाली सेवा समाज नेपालका अध्यक्ष गजेन्द्र तुलाचन, स्वागत केन्द्रिय सदस्य शंकर शेरचन, थकाली सेवा समाज वेनीका उपाध्यक्ष सुन्दरमान शेरचनले मन्तब्य र सञ्चालन थकाली अनुसन्धान केन्द्रकी सचिव शुसिला शेरचनले गर्नुभएको थियो ।

तालिमको अवसरमा अनुसन्धान केन्द्रबाट प्रकाशित थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई पुस्तक समेत विमोचन गरिएको थियो ।

थकाली जातिमा छोप्ने विवाह, मागी विवाह, प्रेम विवाह गरेपनि खिमीच्हुव गरेमात्र विवाहले मान्यता प्राप्त हुने थकाली यूवा नेपालका सचिव दिलिप गौचनले बताउनुभयो । १५ दिनसम्म थकाली जातिको संस्कार, खिमीच्हुव तथा तोरन्ल क्होईमा केन्द्रित भएर तालिम दिइने थकाली सेवा समाज नेपालले जनाएको छ।

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य बजेट कार्यान्वयन कार्ययोजना

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुुङ्गे पुुल सम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्देछ् ।

मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समिक्षा कार्यक्रम चालुु आर्थिक वर्षमा ८० प्रतिशत पुुजिगत बजेट खर्च हुुने गरि योजना कार्यान्वयन गर्ने कार्यायोजना बनाउदै शनिबार म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा सम्पन्न भएको प्रवत्ता टिकाराम पौडेलले जानकारी दिनुुभयो ।

मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, प्रदेशको योजना तथा नीति आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, अर्थ सचिव बलराम रिजाल र मुुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यमुुना प्रधान सहित मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको सहभागितामा कार्यक्रम भएको थियो ।

मन्त्रालयका सचिव पण्डितले मंसिर मसान्त सम्म १०, पुुषमा १५, माघमा २२, फागुनमा ३३, चैतमा ४५, बैशाखमा ५५, जेठमा ७० र असारमा ८० प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने गरि योजना कार्यान्वयनको कार्ययोजना बनाइएको जानकारी दिनुुभयो ।

“चालुु आर्थिक वर्ष २०८०÷८१ का लागि रु. १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट बिनियोजन भएकोमा मंसिर १५ गतेसम्म ८.११ प्रतिशत अथवा रु. ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ,” उहाँले भन्नुुभयो “मन्त्रालयका एक हजार ४६४ वटा योजनाहरु मध्य ११६ वटाको ठेक्का सम्झौता, २८१ वटाको बोलपत्र आव्हान, ४०८ वटाको लागत अनुुमान तयार र बहुुबर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता भएको छ ।”

सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुबर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा कुुल बिनियोजन भएको मध्य ५८ प्रतिशत मात्र बजेट खर्च गरेको मन्त्रालयले १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप ३०० किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले निर्वाचन, दुुई पटक भएको सरकार परिवर्तन तथा अन्तर मन्त्रालय समन्वय अभावमा गत आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक नरहेको बताउनुुभयो । उहाँले यसपाली लक्ष्य अनुुसार बजेट र योजना कार्यान्वयन गर्न सम्भव रहेको दावी गर्नुुभयो ।

“यसवर्ष योजनाको संख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौ । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ,” उहाँले भन्नुुभयो “जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिबिधि सह्य हुुदैन् ।”

बजेट खर्च बढाउने दबावमा कामको गुुणस्तरमा भने सम्झौता नगर्न निर्देशन दिनुुभयो । कार्यक्रमको उद्घाटन गर्नुुहुुदै मुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खर्च नगर्ने आग्रह परिणाम आउने काममा केन्द्रित हुुन मन्त्रालय र मातहतका कार्यालय प्रमुुखहरुलाई निर्देशन दिनुुभएको थियो ।

आर्थिक मामिला मन्त्री आलेले प्रदेशले प्राथमिकता दिएका योजनालाई बजेट अभाव हुुन र प्रक्रीयागत झञ्जट हटाउन सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुुभयो । कार्यक्रममा मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयका प्रमुुखहरुले चालुु आर्थिक वर्षको मंसिर १५ गतेसम्म रु. ५६ करोड ८४ लाख ८६ हजार ८६ हजार ३४९ राजस्व संकलन भएको जानकारी गराइएको थियो ।

पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाले प्रदेश सरकार स्थापना भएको छ वर्षको अवधिमा कुल एक हजार ३०२ सडक स्तरोन्नती र ८१ वटा सडक पुुल निर्माण भएको जानकारी दिनुुभयो । रु. साठी अरब ५९ करोड नौ लाख खर्च गरेर ५९९ किलोमिटर सडक ग्राभेल, ६६८ किलोमिटर सडक कालोपत्र गरेको निर्देशक बानियाले बताउनुुभयो ।

कार्यक्रममा सहभागि मन्त्रालय मातहतका कार्यालय प्रमुुखहरुले जनशक्तिको अभाव, समयमा बजेटको रकमान्तर नहुुने, सार्वजनिक खरिद ऐन र वन ऐन विकास आयोजना मैत्री नहुुनुु योजना कार्यान्वयनका चुुनौती रहेका बताएका थिए ।

दिपक माविमा प्राईम कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम

प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं १० पात्लेखेतको दिपक माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत आयोजित कार्यक्रममा शिक्षक र विद्यार्थी सहित ४५ जनाको सहभागिता रहेको थियो ।

बैंकका शाखा प्रवन्धक मुरारी रिजालले विद्यार्थीको फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास गर्न वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको बताए । कार्यक्रममा प्राईम बैंकका बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा जानकारी गराइएको थियो ।

बैंकका शाखा प्रबन्धक रिजाल र कर्मचारी शिबप्रसाद सुबेदीले सहजीकरण गरेका थिए ।  विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमले वित्तिय पहुँच र शिक्षालाई सहज बनाउने विद्यालयका प्रधानाध्यापक बिष्णु ढुंगानाले बताए ।

उनले आगामी दिनमा पनि सहयोग गर्न समेत बैंकलाई अनुरोध गरे । बैंकले यसअगाडी विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सहित सहयोग समेत गरेको थियो भने ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरण गर्ने गरेको छ ।

कुहुँ स्वास्थ्यचौकीद्धारा जग्गादातालाई र उपकरण सहयोग गर्नेलाई सम्मान

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ स्वास्थ्य चौकीको भवनका लागि जग्गादान गर्ने एक दम्पत्ती सहित सहयोगदातालाई सम्मान गरिएको छ । जिर्ण रहेको स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर सहित सुविधासम्पन्न भवन बनाउन स्वर्गीय छोरा कृष्णबहादुर थापाको स्मृतिमा तीन रोपनी जग्गादान गर्ने स्थानीय समाजसेवी डम्मरबहादुर थापा र श्रीमती नन्दकली थापालाई सम्मान गरिएको हो ।

कु्हुँ स्वास्थ्य चौकीले आयोजना गरेको सम्मान कार्यक्रममा कुल ८ लाख बराबरको सहयोग गर्ने थापा दम्पत्तीलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, बिशिष्ट अतिथि मंगला गाँउपालिका अध्यक्ष सतप्रसाद रोकाले दोसल्ला र कदर पत्र सहित सम्मान गर्नुभयो ।

सोही अवसरमा स्वास्थ्य चौकीलाई उपकरण सहयोग गर्ने निर्वतमान वडा अध्यक्ष डेकबहादुर राम्जाली, हरियाली आमा समुह,नारायण पुन,सुरेश पुन, धनलाल रोका लगायतलाई समेत सम्मान गरिएको थियो ।  सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस उपप्रमुख खत्रीले जिर्ण अवस्थामा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई समुदायको सक्रियता र पहलमा सुविधासम्पन्न भबन बनाउन सफल भएको बताउनुभयो ।

त्यस्तै बिशिष्ट अतिथि गाउँपालिका अध्यक्ष रोकाले वडास्तरमै स्वास्थ्यको सहज पहुँचका लागि समुदायको सहयोग अतुलनीय रहेको बताउनुभयो । आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे ।

सोही अवसरमा दिपशिखा माविका प्रअ डा. नन्दबहादुर खत्री, पुर्णमायाँ शेरपुञ्जा,गौमति रोकाले मन्तब्य राख्नुभएको थियो। स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष एकजित रोकाले स्वास्थ्यचौकीलाई समयअनुकुल स्तरोन्नती गरी सहज स्वास्थ्य सेवा प्रवाह गर्न सहयोगदाताबाट भविस्यमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सहयोगदाता सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत अनमी भविसरा रोका र सञ्चालन स्वास्थ्यचौकी प्रमुख मायाँकुमारी अधिकारीले गर्नुभएको थियो ।

अन्नपूर्ण हिमालको ‘रोयल्टी’मा गाउँपालिकाको दाबी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेस गरिएको जानकारी दिए। ‘म्याग्दीको अन्नपूर्ण– ४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ,’ उनले भने, ‘यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेस गरिएको हो।’

गत वर्षको वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच समूहका ५४ जनाले रु. एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ। शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाललगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए।

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो। हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै ०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो।

१३ वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालीन जिल्ला विकास समितिको सभाले रोयल्टी माग गरे पनि सम्बोधन भएको थिएन। पछिल्लोपटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीको टोलीले स्थलगत अध्ययन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

उनका अनुसार आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, सरकारका पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटनविद् रामहरि न्यौपाने, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा र पत्रकारसहितको टोली नारच्याङ हुँदै चार हजार तीन सय पाँच मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगेर बिहीबार फर्किएको छ।

‘राज्य पुनर्संरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिसअनुसार यो गाउँपालिकाको नामकरण अन्नपूर्ण हिमालबाट भएको थियो,’ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले भने, ‘राज्यका निकायबाट प्राप्त तथ्यांकको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ। हामीले प्रयोग गरेका तथ्यांकमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ।’

आयोगका सदस्य गुरुङले अन्नपूर्ण आरोहणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दाबीलाई तथ्य र तथ्यांकसहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताए।

गायक सुरज श्रेष्ठको गीत ‘बेनी बजारमा’ सार्वजनिक

गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन्।सुरजको स्वरका लागि दीपक शर्माले रचना गरेको गीतमा दीपक आफैँले संगीत दिएका छन्।

 

गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवं पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुश्माको शताब्दी घरलाई राखिएको छ। कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले अभिनय गरेका छन्।

भिडियोलाई अनिल के. मानन्धरले छायांकन तथा मनोज कार्कीले सम्पादन गरेका छन्। ०६० सालदेखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो।संगीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डिजे सन्तोषलगायतको संगीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुइयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ कि, लाग्दैन निद्रालगायतका गीतहरू चर्चित छन्।

 

मानव बेचबिखनको तारो गाउँका युवती

गाउँका युवती मानव बेचबिखनका दलालको तारो हुने गरेका छन्। आर्थिक रूपमा कमजोर भएको मौका छोपी सजिलै प्रलोभनमा पारी फकाउन सकिने भएकाले पनि यस्तो भएको सरोकारवालाको भनाइ छ।

मानव बेचबिखनमा महिलालाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतस्थित दिल्लीमा पुर्‍याउँदै आएकी एक महिलालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंसिर १४ गते पक्राउ गरेको थियो। पक्राउ परेकी ती महिला बाँके वैजनाथ–८ स्थायी घर भएकी ३९ वर्षीया मुना ठकुरी हुन्।

पहाडी जिल्ला सुर्खेत, दैलेखलगायत विभिन्न ठाउँबाट महिलालाई भारतमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभनमा पारी नयाँ दिल्लीस्थित यौन गतिविधि केन्द्रमा बेचेको आरोपमा ठकुरीलाई ब्युरोबाट खटिएको टोलीले नेपालगन्जबाट पक्राउ गरेको हो।

पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ।ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेका छन्।

‘ग्रामीण क्षेत्रका आर्थिक अवस्थाले विपन्न, कम पढेलेखेका र एकल महिलालाई टार्गेट बनाउने गरेको पाइएको छ,’ उनले भने, ‘ठकुरीले भारतको नयाँदिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिकासहित दुईजना युवतीलाई बेचबिखन गरेको खुल्न आएको छ। पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा समेत यौन गतिविधिका लागि पठाउने गरेको पाइएको हो।’

नेपालबाट रोजगारीका क्रममा भारत पुर्‍याएका महिला भागेर हिँड्दासमेत पुनः समातेर सोही गतिविधिमा लगाउने गरेको उनले बताए। त्यस्तै ब्युरोबाट ठकुरी मात्रै नभई हालै वेश्यावृत्तिमा लगाएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्।

विभिन्न प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाई वेश्यावृत्तिमा लगाएको आरोपमा संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेल पक्राउ परेका हुन्। उनी पनि मंसिर १० गते ब्युरोद्वारा पक्राउ परेको पंगेनीले जानकार गराए।

पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पंगेनीले जानकारी गराए।रातोपुलस्थित पौडेलसमेतले सञ्चालन गरेको नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टरमा काम गर्ने युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले तीनजनाको उद्धार गरेको थियो।त्यसरी उद्धार भएका युवतीमध्ये दुईजना नाबालिग रहेको ब्युरोले जानकारी दिएको छ।

‘दलालले मसाज सेन्टरमा युवतीलाई शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको पाइएको छ,’ उनले भने, ‘युवतीले नमानेको खण्डमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको छ। त्यति मात्र नभई पुरुषहरूसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित राख्ने गरेका हुन्छन्।’

त्यसैगरी युवतीहरू दलालले भनेअनुसारको नमान्दा सामाजिक सञ्जालमार्फत आफन्तलाई फोटो र भिडिया पठाइदिने भनी डरत्रास समेत दिने गरेको उनले बताए।

दलालहरूले आर्थिक अवस्था कमजोर भएका र हेर्दा सुन्दर देखिनुको साथै ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई फसाउन विभिन्न जाल बिछाएका हुन्छन्। त्यस्ता युवतीहरूको कमजोरी पक्षलाई दलालीले केन्द्रबिन्दु पारेका हुन्छन्। दलालले आकर्षक सेवासुविधा देखाउँदै गरिब समुदायका युवतीलाई मसाज मात्र नभई विभिन्न कार्यमा लगाउँदै आएका ब्युरोका प्रहरी उपरीक्षक पंगेनीले बताए।

उनका अनुसार मानव बेचबिखन हुनमा पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती शोषण, घरेलु काम, मानव अंग किड्नी झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्य गरिन्छ।

अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको प्रहरी उपरीक्षक पंगेनीले जानकारी गराए।

हाल समाजमा फस्टाउँदो गतिमा रहेका अवैध संगठित अपराध लागु औषध, हातहतियारमध्ये प्रमुख मानव बेचबिखन रहेको पंगेनीले बताए। ‘मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ,’ उनले भने, ‘दलालहरूले श्रम तथा यौन शोषणजस्ता कार्यमा जबर्जस्ती संलग्न गराउँछन्। उनीहरूलाई गलत कार्यमा लगाइन्छ।’

उनले थपे, ‘महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र आफ्नो मनोरञ्जनका सामान खरिद गरेझैं युवती राख्ने र विभिन्न शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृत्ति फेरिँदै आएको छ।’

स्वदेशमा अशिक्षा र रोजगारीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएको पंगेनीले बताए।घरमा पति र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका वा घरेलु हिंसामा परेका महिला बेचिने अर्को कारण रहेको ब्युरोका अधिकारीले खुलाए।

‘हिंसामा परेका मानिस सधैं अवसरको खोजीमा हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने चाडै त्यस्ता दलालको पन्जामा पर्छन्। जसले गर्दा मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी हुँदैन। मानव बेचबिखनमा लिंगको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिने गरेका छन्।’

उनका अनुसार पीडितलाई पहिलेजस्तो वेश्यालयमै पुर्‍याउनुपर्छ भन्ने छैन। डान्स बार, क्याबिन रेस्टुरेन्टलगायतमा पनि बेचिन्छन्। विवाह गरेको नाटक गरी विदेश पुर्‍याउने पनि गरिन्छ। विद्यालयदेखि नै बालबालिकालाई यसबारे शिक्षित गराउनुपर्छ। पाठ्यपुस्तकमा समावेश गरी आफू कसरी बच्ने र अरूलाई कसरी बचाउने भन्ने कुरा उल्लेख गराउन जरुरी रहेको ब्युरोको सुझाव रहेको छ।

‘रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरबारे जानकारी गराउनुका साथै व्यक्तिगत तवरबाट आफू सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने, यसैगरी ग्रामीण क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलोजस्ता कार्यक्रम गर्ने,’ ब्युरोका प्रहरी उपरीक्षक पंगेनीले बताए । nagariknews.com

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्ता छन् कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले  शुक्रवार सूचना जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गर्न सक्ने छन्। यस्तै पुष १ गते चुनाव चिह्न प्रदान गरिनेछ भने पुष १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोहि दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।

पुष २० गते देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम रहेको छ भने माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।

नोभेम्बरमा १ लाख बढी पर्यटक नेपाल भित्रिए, लक्ष्य नजिक पुग्यो सरकार

सन् २०२३ को नोभेम्बर महिनामा  १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या हवाई मार्गबाट आएको पर्यटकको संख्या हो।

नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ। नोभेम्बर महिनाकोसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३ सय ८ पुगेको छ। उक्त सरकारी लक्ष्य भेट्न अब ८० हजार पर्यटकको मात्र खाँचो देखिएको छ।  यस वर्षको अन्तिम महिना डिसेम्बरमा सो संख्यामा पर्यटक नेपाल भित्रिए सन् २०३२ मा सरकारले १० लाख पर्यटक भित्राउने संख्यात्मक लक्ष्य पुरा हुनेछ।

पर्यटन बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेले सन् २०३३ मा १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य सहजै पुरा हुने बताए। नागरिकसँगको कुराकानी गर्दै निर्देशक तथा प्रवक्ता लामिछानेले भने, ‘डिसेम्बर महिनामा  लाखको हाराहारीमा पर्यटन भित्रिन्छ भन्नेमा हामी ढुक्क छौ’ उनले थपे, ‘सरकारले १० लाख पर्यटक भित्राउने लक्ष्य ढुक्कसँग पुरा हुन्छ।’ उनले नेपालमा भित्रिएका पर्यटकहरूको संख्या उत्साहजनक मान्नुपर्ने बताए।

यस्तै अघिल्लो महिना अक्टोबरमा हालसम्मकै धेरै संख्यामा पर्यटक नेपाल भित्रिएका थिए। गएको अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो।

जमेर चट्टान भएको पञ्चकुण्ड तालमाथि मान्छेहरुको लर्को

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आधार क्षेत्रमा अवस्थित हिमताल जमेर चट्टानझैं भएको छ । समुन्द्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटक जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन् ।

अन्नपूर्ण हिमालको आधार क्षेत्रको प्रमुख आर्कषकको केन्द्र मानिने पञ्चकुण्ड ताल पाँच भागमा बनेको करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल कडा चट्टानजस्तै जमेपछि आन्तरिक तथा बाह्य पर्यटक तालको मध्यभागसम्म पुगेर रमाउने गर्दछन् ।

चिसो बढेसँगै तालभित्र रमाउनका लागि समेत पर्यटक त्यहाँ पुग्ने गर्दछन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ ।

अत्यधिक चिसोले अन्नपुर्ण आधार क्षेत्रमा पर्ने साना ताल, बगिरहेको झरना र खोलाहरू जम्न थालेका छन्। चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ,भविस्यमा खेल पर्यटनको सम्भावना समेत छ’ सुबेदीले भने । करिब २० हजार बर्गकिलोमिटर अनुमान गरिएको तालकोपानी जमेर समथर बनेको अवस्थामा खेलपर्यटनसँग समेत जोड्न सकिने बताए ।

निलो देखिने ताल जमेको अवस्थामा झनै सुन्दर देखिने गरेको छ । नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) हिमालबाट हिउँ पग्लेर ताल बनेको छ। तालको माथिल्लो क्षेत्र हुदै अन्नपूर्ण हिमालको आरोहणका लागि जाने क्याम्प १ तर्फ जाने बाटो तथा आसपासका क्षेत्रमा भने हिमपात भएको छैन।

अत्याधिक चिासोका कारण ताल जमेपनि पदैलमार्ग हुदै बेसक्याम्प सम्म पुगेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्ध बहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटीका पूर्व सदस्य सचिव रामहरी लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, नारच्याङका व्यवसायी तेज गुरुङ, लगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका संचारकर्मी तथा स्थानीय अगुवाहरु सहितको २५ जनाको टोली हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाईमा रहेको नारच्याङ पञ्चकुुण्ड ताल हुुदै आधार शिविर सम्म पैदलयात्रा गरेका थिए ।

पैदलयात्राका क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, ईञ्जिनियर ईश्वर भण्डारी र राजस्व अधिकृत नविन भट्ट लगायत प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पुुर्वाधार र नक्साङकनका लागि सर्वेक्षण पनि गरेको छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ। अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा आर्कषक यही पञ्चकुण्ड ताल मानिन्छ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुन्छ।आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्। चालु आवमा सामुदायिक लज सहितका अन्य संरचना बनाउने तयारी समेत भइरहेको छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रचेका थिए।, मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। तस्वीर सौजन्य अमृत विश्वकर्मा