Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 472

अन्नपूर्ण आधार शिविरको प्रर्वद्धनका लागि पदयात्रा (फोटो फिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ । समुन्द्री सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविरको अवस्था र आवश्यकता सहितका पूर्वाधार निर्माण गर्ने योजना सहितको उद्देश्य राखेर विज्ञहरुको टोली नारच्याङ हुँदै अन्नपूर्ण हिमालको प्रथम आरोही मौरीस हर्जोगको नामबाट निर्मित पदमार्गको प्रयोग गरि आधार शिविर पुगेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्ध बहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटीका पूर्व सदस्य सचिव रामहरी लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, पर्यटन व्यवसायी तेज गुरुङ, लगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका संचारकर्मी तथा स्थानीय अगुवाहरु सहितको २५ जनाको टोली हुमखोलादेखि दुई दिनको पैदलयात्रामा आधार शिविर पुगेर फर्किएको हो ।

मौरीज हर्जोग अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर बनाएको पदमार्गमा पर्यटक भित्र्याउन र पूर्वाधार निर्माणका लागि सुझाव लिन विज्ञहरु सहितको पदयात्रा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो।

“अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौ” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले भन्नुभयो “यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।”

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाईमा रहेको नारच्याङ पञ्चकुुण्ड ताल हुुदै आधार शिविर सम्म पैदलयात्रा गरिएको थियो । पैदलयात्राका क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, ईञ्जिनियर ईश्वर भण्डारी र राजस्व अधिकृत नविन भट्ट लगायत प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पुुर्वाधार र नक्साङकनका लागि सर्वेक्षण पनि गरेको छ ।

पदयात्रा टोलीमा सहभागी वित्त आयोगका अध्यक्ष पौडेल र सदस्य गुरुङले अन्नपूर्ण हिमाल आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दावीलाई तथ्य र तथ्याङ सहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताउनुभयो ।

पुर्व मुख्य सचिव सुवेदीले छोटो समयमा सहज रुपमा पुग्न सकिने अन्नपूर्ण आधार शिविर रमणीय र मनमोहक रहेको बताउनुभयो । पर्यटन विज्ञ कोइरालाले पदमार्गमा होटल, सञ्चार, सुरक्षा, खानेपानी, विद्युत, सरसफाईका पूर्वाधार बनाउन सुझाव दिनुभयो ।

झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालीको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको पुर्व मुख्य सचिव सुवेदीले बताउनुभयो ।

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोज आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाईमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने वडा सदस्य भिम शेरपुञ्जाले बताउनुभयो । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ । चिसोले पानी जमेको तालमाथी पदयात्रा टोलीमा सहभागीहरुले साहसिक यात्रा गरेका थिए ।

अटो रिक्सा तातोपानीको फापरखेत र गलेश्वरसम्म चल्न पाउने (भाडादर सहित)

म्याग्दीको बेनी नगरपालिका भित्र सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे र ढलान र केही कच्ची सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।

बिहिबार नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने पुल,फापरखेतको पहिरोसम्म, बेनपा–९ गलेश्वरको बेलिब्रिज,बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढुधेखोलासम्म नयाँ रुट तय गरिएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत यूवराज थापाले बताए ।   अटोरिक्सालाई कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी रुट बाहेक सञ्चालन गरेमा जरिवाना गरिने छ । थपिएका रुटमा नगरपालिकाबाट इजाजत लिएका अटो रिक्सा मात्रै सञ्चालन गरिने बताइएको छ । यात्रुले अटो रिक्सामा सवार गर्दा प्रतिकिलोमिटर साढे ७ रुपैयाँ भाडा समेत तोकिएको छ।

अटो रिक्साले कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई समेत मध्यनजर गरी नियमित अनुगमन तथा अटो रिक्साका चालकहरुलाई समेत सचेत बनाइने प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।  ‘अटो रिक्साले मनपरी भाडा लिएको गुनासो पनि छ,‘तोकिएको भाडादरमै गन्तब्यसम्म लैजानुहोला’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

गौरीधाम यातायात प्रालिद्धारा सञ्चालित अटो रिक्साका सञ्चालन विकास कुँवरले इजाजत दिइएको रुटको भाडादर पेट्रोलियम पदार्थको मुल्य अनुसार भाडादर समायोजन गर्न अनुरोध गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकासिँदा पनि प्रतिकिलोमिटर कायम गरिएको भाडादर कायमले खर्च धान्न पनि मुस्किल हुने बताए ।

उनले पेट्रोलबाट चल्ने भएकाले अटो रिक्साको भाडादर समयअनुकुल समायोजनका लागि अनुरोध गदैं नगरपालिकासँग सहकार्य गरी यात्रुलाई सुरक्षित र सहजरुपमै गन्तब्यमा पुर्याउने बताए ।

बैठकमा मेयर केसीले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि अनुसार कारवाही गर्ने बताए ।

उनले नगरपालिकाबाट अनुमति नलिएका अटोलाई नगर प्रहरीले नियन्त्रणमा लिएर जरिवाना समेत तिराउने बताए । बेनी नगरपालिकाभित्र १० वटा अटो रिक्सा सञ्चालनको अनुमति भएपनि हालसम्म ६ वटाको नम्बर कायम गरिएको छ भने ४ वटाको रुट कामय गरिने छ ।

आहा ! साइकलमा सरर गूर्जा बस्तीमा.. (फोटो फिचर)

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार विहान पोखराबाट यात्रा सुरू गरेका दीपक र कमला जिल्लाको अति विकट मानिने गूर्जामा बिहिबार दिउँसो गूर्जा पुगेका हुन् । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा पुग्न दीपक र कमलालाई ५ दिन लागेको छ ।

पोखराबाट पहिलो दिन मालढुंगा, दोस्रो दिन पश्चिम म्याग्दीको ताकम तेस्रो दिन लुलाङ, चौथो दिन देउराली र पाँचौ दिन गूर्जा पुगेको साइक्लिस्ट दीपक श्रेष्ठले बताए ।‘गूर्जा निकै सुन्दर बस्ती रहेछ, यहाँको मनमोहक दृष्यले यात्राको सबै थकान बिर्साइदिएको छ’ श्रेष्ठले भने । नेपालका पूराना, अनुभवी साइक्लिस्ट श्रेष्ठले लुलाङ हुँदै गुर्जासम्मको यात्रा अविस्मरणीय भएको बताए ।

सन् १९८५ देखि माउण्टेन साइकलमा यात्रा गरिरहेका दीपकले नेपालका ग्रामिण बस्तीको यात्रालाई निरन्तरता दिने बताए । ‘म्याग्दीको विकट बस्ती रहेछ, धेरै यात्रा गरेपछि निकै टाढाको बस्तीमा आइपुग्दा फरक अनुभुती भयो’ श्रेष्ठले भने ।

अनकन्टार भीर र वनजङ्गल पार गरेर मात्र गुर्जा पुग्दा बाटोमा बन्यजन्तु, चराचुरुङीको आवाजले यात्रा थप रमाइलो भएको उनले बताए ।उनले म्याग्दीको सदरमुकाम बेनीबाट लुलाङसम्म साइकलमा यात्रा गर्न निकै सहज रहेको बताए। लुलाङबाट देउरालीसम्मको उकालोमा बोक्नुपरेपनि स्थानीयले बनाएको पैदलमार्गले साइकलमा यात्रा गर्न पनि सहज भएको बताए ।

उकालो, ओरालो, जंगल, झरना र ग्रामिण बस्तीबाट साइकलमा यात्रा गर्दा स्थानीयबासीको न्यानो मायाँ पाएको समेत श्रेष्ठले बताए । नेपालका विभिन्न भूभागमा पुगेर किर्तिमानी कायम गरेका श्रेष्ठसँगै साइकल यात्रामा रहेकी मालिका गाउँपालिका वडा नं ३ रुम डाँडागाउँ पुख्यौली घर भई हाल काठमाण्डौमा बस्ने कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै आएको बताईन् ।

उनले पैदलमार्गको लुलाङदेखि गूर्जासम्मको कठिन यात्रा भएपनि प्राकृतिक सौन्दर्यताले मन लोभिएको बताईन् । आफ्नै जन्ँमभूमिको अति विकट बस्तीमा साइकलमा यात्रा गर्दा मिठो अनुभव भएको पुनको भनाई छ ।

यो माउन्टेन बाइक यात्राको नेतृत्व श्रेष्ठले गरेका छन् । गुर्जाबाट रुघाचौर हुदै ढोरपाटन पुगेर बुर्तिवाङ, गलकोट हुदै बागलुङ पुग्ने साइक्लिस्ट पुनले बताईन् ।यता सडक सञ्जालले समेत नछोएको गूर्जामा पहिलोपटक साइकलमा यात्रा गरी आएका श्रेष्ठ र पुनलाई स्थानीयले स्वागत तथा विदाई गर्ने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

उनले कठिनभू–भाग छिचोलेर गुर्जासम्मको यात्राको अनुभवलाई लिएर अन्य साइक्लिस्टलाई पनि आर्कषिन गर्ने गरी जटिल भुभाग मर्मत समेत गरिने बताए । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको केन्द्र मु्ना देखि एक दिनको पैदल यात्रा गर्नुपर्दछ । म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । म्याग्दी जिल्लाको अन्तिम मानव बस्ती गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ ।

खाडीबाट म्याग्देली चेलीको अपिल, दलालको प्रलोभनमा खाडी नआउनुहोला

श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो ।

श्रीमानको उपचार, घरायसी प्रयोजनका लागि वित्तिय संस्थाबाट लिएको कर्जा,छोराछोरीको शिक्षादीक्षालाई सहज हुने गरी श्रीमान गोविन्दलाई घर पठाएर भारतबाटै फ्रि भिसा र फ्रि टिकटमा कुवेत पुगेकी हिराकुमारीलाई कुवेती एजेन्डले एक कुवेतीको घरमा ८ सय कुवेती दिनारमा बेचेपछि पाँच महिनादेखि निरन्तर चर्को श्रम शोषणमा परेकी छन् ।

हिराकुमारीजस्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटकी २४ बर्षिया एक यूवतीलाई आफन्तले आर्कषक जागिरको प्रलोभनमा गएको भदौ ७ गते कुवेत पठाएपछि अहिलेसम्म ४ वटा कुवेतीको घरमा बिक्री भइसकेकी छन् ।कुवेतमा एजेन्डसँगै कुवेती नागरिकले घरेलु कामदारका रुपमा कम्तिमा ६ महिनासम्म काम गर्ने गरी खरिद गर्ने गर्दछन् । कुवेतमा बेनपा–९ घतान, मालिका–१ निस्कोट र मालिका–७ बिमका तीन घरेलु कामदारले उद्धारका लागि त्यहाँ रहेका म्याग्देलीसँग याचना गरेका छन् ।

घरपरिवारलाई छोडेर दलालको प्रलोभनमा घरेलु कामदारका रुपमा कुवेतीको घरमा काम र भाषा नजान्द १८ घण्टासम्म एउटै कोठामा राखेर साहुले दुःख दिने गरेकोे पीडित हिराकुमारीले बताईन् ।‘हरेक दिन मृत्युको मुखमा पुगेर फर्किनुपर्छ,‘अबैधबाटोबाट आउने महिलालाई कुवेत मृत्युको मार्ग जस्तै रहेछ’हिराकुमारीले भनिन् ।

उनले हरेक दिन मानसिक यातनाका बिच कठोर काम गर्नुपर्ने,काम,तलब र अन्य सेवासुविधाका बारेमा कुनै जानकारी नहुने बताईन्। ‘खाडीमा घरेलु कामदारलाई बजारमा सामान किनेजस्तै रहेछ, यहाँ काम गर्ने, खाने र सुत्ने निश्चित समय हुदैन’हिराकुमारीले भनिन् । उनले मालिक र उनका परिवारको दैनिक यातना सहन नसकेर आँखाबाट आँसु झर्ने गरेको बताइन् । महिलालाई दलालको प्रलोभनमा अबैध मार्गबाट कुवेत नआउन समेत अपिल गरेकी छन् ।

 

‘बिन्ती छ, कोही पनि अवैध बाटोबाट नआउनुहोला, यहाँ कमाउने भन्दा गुमाउने धेरै नेपाली भेटिन्छन्’ हिराकुमारीले अपिल गदैं भनिन् । उनीजस्तै निस्कोटकी २४ बर्षिया यूवतीले अहिलेसम्म राम्रोसँग खाना र दलालले भने अनुसार काम गर्न नपाएको गुनासो गरिन् । ‘दलालले आफुँ अनुकुल पैसा पाए बिक्री गर्छ, गैरकानुनी रूपमा आउँदा सजिलै फर्किन पनि मुस्किल हुने रहेछ’ उनले भनिन् ।

नेपालले कुवेतलगायत खाडीमा घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला नगरेपछि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् ।पछिल्लो समय गैरकानुनी बाटो हँुदै कुवेत पुगेका म्याग्देली महिला कामदारले सहयोगको अपिल गरेको मोना कुवेतका महासचिव बिमल पुन मगरले बताए । ‘भारत हुदै आउनेलाई उद्धारमा समस्या हुन्छ, कानुनी प्रक्रिया समेत नबुझ्दा धेरै दुख पाउनुपरेको छ’ महासचिव पुन मगरले भने ।

घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध आउने गरेपनि गैरकानुनी तरिकाबाट पुगेकालाई सहजै उद्धारमा समस्य हुने गरेको छ । अवैध बाटोबाट गएकाहरू सजिलै स्वदेश फर्किन नसक्ने र कानूनी कारबाहीको डरले मालिकबाट जतिसुकै धाकधम्की र यातना पाए पनि बँधुवा मजदुरको रूपमा बस्नुपर्ने अवस्था रहेको म्याग्देलीको भनाई छ ।

घरेलु कामदारको रुपमा कार्यरत महिलाहरू भागेर दुतावास गएमा मालिकले चोरी, कुटपिट जस्ता विभिन्न आरोप लगाएर प्रहरीलाई बुझाउने गरेकाले समेत समस्य हुने गरेको छ । यता मोना अन्तराष्ट्रियका कोषाध्यक्ष एवम् मोना कतारका निर्वतमान अध्यक्ष नरेन्द्र फगामीले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै नेपाल सरकारले २०७३ सालमा प्रतिबन्ध लगाएको बताए ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले रोक लगाइएको अवस्थामा गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा जाँदा अनेक समस्या झेल्नुपरेको बताए ।

‘दलालको आश्वासनबाट कहिल्यै पनि खाडी नजानु,‘घरेलु कामदारलाई जान सजिलो छ, फर्किन निकै समस्या हुन्छ’ फगामीले भने । विभिन्न खाडीमु्लुकमा म्याग्दीबाट गैरकानुनी तरिकाबाट पुगेकाको तथ्याङ्क नभएकाले समस्या सधै आउने गरेको बताए ।

विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारी पाउने थिए ।

पछिल्लो समय गैरकानुनी बाटो हँुदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारलाई घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध विभिन्न देशबाट आउने गरेको बताए ।

खाडीमुलुकमा ‘घरेलु कामदार राख्न सक्ने हैसियत नभएका परिवार÷रोजगारदाताले समेत धनी रोजगारदातामार्फत महिला बोलाउने गरेको र बषौंसम्म बन्धक बनाएर राख्ने गरेकाले अब खाडीमा महिलालाई घरको काम गर्न पठाउन नहुने सन्देश म्याग्दीका स्थानीय तहले समेत बस्ती–बस्तीमा पु¥याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए ।

उनले जिससमार्फत स्थानीय तहको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा राखिएको आप्रवासी स्रोत केन्द्रमार्फत सचेतनामुलक कार्यक्रमलाई समेत तिब्रता दिने बताए। ‘घरेलु कामदारका लागि खाडी पठाउनुभन्दा यही उद्यमशिलता तालिम दिनुपर्छ,‘खाडी घरेलु महिलाका लागि विष सेवन गरेजस्तै भएको छ’ जिसस प्रमुख थापाले भने । म्याग्दीमा आप्रवासी स्रोत केन्द्रमार्फत सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न सके गैरकानुनी रुपमा जाने महिलाको संख्या न्यूनिकरणमा सघाउने बताए ।

महिलालाई घरेलु कामदारको साटो खुला कम्पनीमा काम गर्न आवश्यक सीप सिकाएर पठाउन सकिने भएकाले घरेलु कामदारका रुपमा नारकिय जिवन बाँच्न बाध्य भएर फर्किएकाहरूलाई सचेतनामुलक अभियानमा जोड्न सकिने जिसस प्रमुख थापाको भनाई छ।

अन्तर्राष्ट्रिय श्रमसंगठनका अनुसार कामदारलाई आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम र बिदाको सुविधा सहित श्रमस्वीकृति भएका देशहरूलाई गन्तब्य बनाउनुपर्नेमा सरोकारवाला निकायले जोड दिने गरेका छन् । खाडी मुलुकमा नेपाली महिलाहरूलाई कम्पनीको काम भनेर घरायसी काममा पु¥याउने र यौन शोषण गर्ने जस्ता आपराधिक क्रियाकलापमा नेपाली दलालहरू नै सक्रिय रहेको पाइएको छ।

 

आध्यात्मिक गन्तव्य बन्दै बिम प्रभुचेलाधुरी

करिब वि.सं. १९७० सालतिर स्वर्गद्वारीधाम प्युठानका बालानन्द चैतन्य महाप्रभुका चेला (शिष्य) स्वामी कपिलानन्द गिरीजी मालिका गाउँपालिका वडा नं. ७ बिम अवस्थित प्रभुचेला धुरीमा आई स्वर्गद्वारी धार्मिक परम्परागत हवनकुण्ड कुटी संरचना निर्माण गरी उक्त कुटीलाई बासस्थानको रुपमा प्रयोग गरेका थिए र हवनकुण्डमा अग्नि हवन साधना गरेर बसेका थिए भन्ने अनुमान त्यस ठाउँमा अहिलेसम्म रहेको अवशेषहरुको आधारमा सहजै दाबी गर्न सकिन्छ भने अर्कोतर्फ वि.सं. २०७९ सालमा स्वर्गद्वारी धाम प्युठानबाट आएको विज्ञ साधु सन्तहरुको एक समूह आई उक्त स्थानको स्थलगत भ्रमण, अध्ययन र अवलोकन समेत गरेका थिए ।

त्यस स्थानमा ती साधु सन्तहरुले पाईला राख्नासाथ चैतन्य उर्जाको अनुभूति गरिहाले । त्यसपछि हवनकुण्डको छेवैमा रहेको बाँझवृक्षको फेदमा तपस्वीले ध्यान तपस्या गरेको र त्यस स्थान भन्दा पचास मिटर माथिल्लो स्थानमा सिद्धथान रहेको कुरा ठहर गर्नुभएको थियो ।

यसरी सम्बन्धित धामका सम्बन्धित विज्ञ एवम् व्यक्तित्वहरुले त्यस स्थानलाई तपोस्थलको रुपमा उद्घोष गरिदिएका थिए । यही कारण त्यस पावनभूमि तपोभूमिलाई मूलाधार बनाई दोस्रो खण्डमा विभिन्न मौलिक संरचनाहरु जस्तै गोलघर ध्यानाश्रम (मौन साधना ध्यानस्थल) एकल ध्यान साधना स्थल, सामुहिक ध्यान तथा प्रवचन स्थल, गुफा ध्यान स्थल, ट्री हाउस ध्यान स्थल, आवासीय स्थल, पुस्तकालय, संग्रहालय, फूलबारी आदि ईत्यादि निर्माण गरी त्यहाँ आउने पर्यटकहरुलाई मनग्ये सुविधाको व्यवस्थापन गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी तेस्रो खण्डमा नमूना वन, गौशाला वन र जडीबुटी वन रहने छ । यसमा साथै हाइकिङ यात्राका लागि अनुकूल स्थानहरुमा पदमार्ग निर्माण गरी त्यहाँ आउने पर्यटकहरुलाई प्राकृतिक अनुपम सुन्दर दृश्यहरुको दृश्यावलोकन गरी रम्ने, रमाउने र प्राकृति जीवन शैलीमा जिउन सिक्ने अनि सिकाउने प्रभुचेला धुरी ध्यानाश्रम समितिको भावी योजना रहेको छ ।

मानव सभ्यताको विकाससँगै अचेल मनुष्यहरु जति जति व्यस्तताको कुरा गर्छन् त्यतित्यति अस्तव्यस्त जीवन बाँचिरहेका छन् । असन्तुलित जीवन बाँचिरहेका छन् । जतिजति शिक्षित हुँदै गएका छन्, त्यतित्यति असभ्य एवम् अमानवीय जीवन बाँचिरहेका छन् ।

जतिजति आधुनिक सभ्यताको चर्चा गर्छन् त्यतित्यति अखाद्य खानपानमा लिप्त हुँदै बाँचिरहेका छन् । जसको फलस्वरुप मान्छेहरु बाहिरबाट जतिसुकै रंगिए पनि शरीरभित्र अनेकौं रोगहरु बोकेर हिँडिरहेका हुन्छन् । बाहिरबाट जतिसुकै महँगो गरगहना र लुगाफाटोले सजिए पनि मनभित्र अनेकौं पीडा बोकेर हिँडेका हुन्छन् ।

त्यसैले भौतिक रुपमा उन्नतिशील, प्रगतिशिल, समृद्ध र सफल जिन्दगी देखा परे पनि मानिसहरु भित्रभित्रै रोगी छन्, दुःखी छन्, उदास छन्, निराश छन्, खोक्रा छन् । उसले आफू स्वयंभित्रको आनन्द र सुन्दरतासम्म पुग्ने मार्गलाई रोज्ने चेष्टा गरेको छैन । आध्यात्मिक रहस्यलाई खोज्ने साहस गरेको छैन ।

यही कारण मनुष्यले अपार जिन्दगी पाएर पनि बेकार भएको छ । हिरा सरी जिन्दगी पाएर पनि किरा सरी जिन्दगी बाँचेको छ । यसकारण मनुष्यहरु भित्रभित्रै तड्पिरहेको छ, जलिरहेको छ र मनुष्यको अवचेतन मनले आध्यात्मिक बन्न उत्प्रेरित गरिरहेको छ । मनुष्यलाई उसको अन्तरात्माले ध्यान केन्द्रतिर धकेलिरहेको छ ।

म एउटा प्रासङ्गिक कुरा जोड्न चाहन्छु । जसरी बजारमा बेच्न राखिएका प्लाष्टिकका फूलहरुलाई झट्ट हेर्दा प्राकृतिक फूलहरु भन्दा कैयौं गुणा सुन्दर एवम् आकर्षक देखिन्छ र प्लाष्टिकको फुल देख्नेहरु मख्ख हुन्छन्, दंग पर्छन् तर यी दुई किसिमका फूलहरु आकाश जमिनको फरक छ ।

प्राकृतिक फूलहरुलाई हेर्दा प्लाष्टिकको फूल जस्तो सुन्दर आकर्षक नदेखे पनि यस फूलसँग सुगन्ध छ, रस छ, यस फूलसँग उर्जा छ किनकी यस फूलसँग जीवन छ । प्लाष्टिक फूलसँग आकर्षक छ, चमक छ तर यस फूसँग वास्तविक जीवन छैन ।

यसैले यति धेरै सुन्दर भएर पनि प्लाष्टिकको फूल मुर्दा छ । यसर्थ अचेल एक दुनियाँले मूर्दा फूल बेचिरहेको छ र अर्को दुनियाँले मूर्दा मूल खरिद गरिरहेको छ । यस्तैमा धोखाको खेल चलिरहेको छ ।

धोखा खाइरहेको छ । त्यसरी नै हामी बाँचेको जीवन पनि प्लाष्टिक फूल जस्तो निरस छ, फिका छ, मूर्दा छ। यसकारण हामीले बाँचेको जीवनबाट आनन्द रस आउन पाएको छैन । प्रेमको सुगन्ध फैलिन पाएका छैन साथै ज्ञानका फल फलित हुन पाएको छैन किनकी हामी बाँचेको जीवन पनि मूर्दा छ ।

मनुष्यभित्र पूर्ण जीवन छ, सुन्दर जीवन छ । मनुष्यभित्र आनन्दको रस छ, प्रेम र करुणाको सुगन्ध अन्तरनिहित छ, तर बीज जस्तो अंकुरित हुन पाएको छैन, असंख्य हाँगाबिंगासँग हराभरा हुन पाएको छैन । फूलले जस्तो आफ्नो सुन्दरता आफ्नो सुगन्ध प्रकट गर्ने सौभाग्य मनुष्यले पाएको छैन । मनुष्यले पनि एकदिन त्यो सौभाग्य अवश्य पाउनेछ, त्यो सौभाग्यको ढोकासम्म लैजाने मार्ग नै अध्यात्म हो ।

यसर्थ समयको यस मागलाई हामीले हृदयंगम गर्दै बिम प्रभुचेलाधुरीलाई आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास प्रवद्र्धन गर्ने दृढ अठोट लिएका छौं । आध्यात्मिक पर्यटकको एउटा प्रमुख पक्ष शारीरिक तन्दुरुस्तीसँगै मानसिक एवम् आध्यात्मिक स्वास्थ्यको महत्वलाई गहन रुपले अनुभूत गरुन् भन्ने उद्देश्य हो । आध्यात्मिक पर्यटनको समयमा गतिविधिहरु व्यापकरुपमा अन्य यात्रा भन्दा भिन्न हुन्छन् ।

प्रायः ध्यान, योग, प्रार्थना, समारोहहरु र आध्यात्मिक साधु, सन्त, गुरुहरुसँग अन्तरक्रियाहरु समावेश हुन्छन्, धेरै पर्यटकहरुले आन्तरिक शान्ति खोज्ने, स्पष्टता प्राप्त गर्ने वा दैनिक जीवनको हलचलबाट अलग हुने उद्देश्यले यी यात्राहरु सुरु गर्छन् । आध्यात्मिक पर्यटनको वृद्धिले मानसिकता र समग्र कल्याणमा टेवा पुग्ने र बढ्दो विश्वव्यापी चासोलाँई झल्काउँछ । पर्यटकहरुले प्रायः समृद्ध आध्यात्मिक इतिहास पवित्र स्थलहरु वा धार्मिक महत्वका केन्द्रहरु भएका शक्तिपीठ खोजेका हुन्छन् ।

यी गन्तव्यहरुमा प्राचीन मठ मन्दिरहरु तीर्थस्थलहरु तथा प्राकृतिक परिदृश्यहरु पनि समावेश हुन सक्छन् । जुन आध्यात्मिक रुपमा चार्ज भएको हुनाले त्यसबाट शारीरिक एवम् मानसिक रुपमा प्रत्यक्ष अप्रत्यक्ष फाइदाहरु पुग्नेछ ।

बैदेशिक रोजगारीमा जाँदै हुुनुहुन्छ ? एकपटक आप्रवासी स्रोत केन्द्रमा पुग्नुहोस्

म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी कारवाहीका लागि सहज भएको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने क्रममा दलालबाट ठगिएका, अलपत्र परेका र सम्पर्कविहिन भएकाको खोजीकार्यमा आप्रवासी स्रोत केन्द्रले काम गरिरहेको छ ।

गएको असार महिनादेखि जिल्लाका सबै स्थानीय तहको आर्थिक ब्यवस्थापनमा जिल्ला समन्वय समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा रहेको केन्द्रले ११ सय २७ जना पुरुष र ७ सय ६१ जना महिला गरी ११ सय ८८ जनालाई सूचना तथा परार्मश दिएको केन्द्रकी सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलले बताइन् ।

‘बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्नेमा केन्द्रित छौ,‘सिमित स्रोतसाधन भएपनि उपलब्ध सेवा दिन निरन्तर खटिएका छौ’ पौडेलले भनिन् । उनका अनुसार हालसम्म केन्द्रबाट घरेलु कामदारका रुपमा कुवेतमा फसेका २ जना महिला र भारतमा हराइरहेका एक पुरुषको उद्धार तथा खोजीकार्य भइरहेको छ ।

सिपमुलक तालिममा ३० जनालाई सिफारिस गरिएको छ । मृत्यु, अंगभंग तथा स्वास्थ्य सम्बन्धि समस्या भएका २ जनाको बिमा सम्बन्धि सहजीकरण समेत अन्तिम चरणमा पुगेको केन्द्रका अर्का सहजकर्ता खगेन्द्र थापा मगरले बताए । केन्द्रले साउदी अरवमा मृत्यु भएका एक म्याग्देलीको शब ल्याइएको र आर्थिक सहायताका लागि समेत पहल गरेको बताए । केन्द्रमा हालसम्म ११ जनाले दलालका कारण ठगिएको गुनासो गरेका छन् ।

ठगिएकाहरूमध्ये २ जनाको ५ लाख २७ हजार पीडितलाई फिर्ता भएको छ । राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुलेका तर पछि सम्पर्कविहीन हुँदा दलालको चंगुलमा परेकाहरू अहिले केन्द्रमा उजुरी लिएर आउने गरेका छन् । प्रमाण नभएकै कारण दलाल तथा कम्पनीबाट ठगिएकाहरूले सम्बन्धित निकायमा गएर मुद्दा दिन समस्या भइरहेकाले पैसा दिएको प्रमाण सुरक्षित राख्न समेत केन्द्रका कर्मचारीले पीडितलाई अनुरोध गर्ने गरेका छन् ।

मेनपावर कम्पनीका एजेन्टलाई दिएको रकम दिएको प्रमाण तथा कागजपत्र सहित उजुरी दिएमा कानुनी प्रक्रिया अगाडी बढाउन सजिलो हुने केन्द्रले जनाएको छ।जिल्ला समन्वय समितिमार्फत म्याग्दीका सबै स्थानीय तहले केन्द्रका कर्मचारीको तलबसुविधा उपलब्ध गराउने गरेपनि प्रयाप्त संरचना र उपकरणको अभावका कारण कर्मचारीलाई केन्द्र सञ्चालन गर्न समस्या भइरहेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लाका सबै स्थानीय तहमा वैदेशिक रोजगारीमा जाने चाहने र त्यहाँ पुगेपछि भोग्नुपर्ने समस्या र चुनौतीहरूका बारेमा जानकारी गराउन सकिने बताए ।

‘केन्द्रलाई अझै प्रभावकारी बनाउन आवश्यक छ, संरचनाको अभाव भएकाले अहिले प्रशासनको बाहिरी कक्षमा राखिएको छ’ जिसस प्रमुख थापाले भने ।उनले म्याग्दीबाट वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या समाधानका लागि समुदायस्तरमा समेत कानुनी सहायता प्रदान गरिने बताए ।

वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेकालाई सहायता दिने र न जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि विदेशमा काम गर्दा र फर्कंदासमेत आइपर्ने समस्या सहित सूचनामुलक जानकारी दिने गरिएको छ। जिल्लाका स्थानीय तहले रोजगार शाखाबाट श्रम स्वीकृति लिन, पुनः स्वीकृतिका लागि अनलाइन आवेदन लिन थालेकाले त्यहाँ आएका समस्यालाई समेत केन्द्रमा पठाउने गरिएको छ।

खाडीमा फसेका म्याग्देली चेली

वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेतमा घरेलु कामदारका रुपमा पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,घतानकी हिराकुमारी चोखालले उद्धारका लागि अनेक प्रयास हुदाँ समेत सफल हुन सकेको छैन ।

 

म्याग्दीकै मालिका गाउँपालिका–१ निस्कोटकी सुमित्रा दर्जी र बिमका एक महिलालाई समेत आर्कषक जागिरको प्रलोभनमा पारी घरेलु कामदारका रुपमा कुवेत पुगेपछि अहिले अवस्था दयनीय रहेको छ । नेपाल र भारत हुदै अवैधानिक रुपमा कुवेत मात्रै नभई खाडी मुलुकमा घरेलु कामदारका रुपमा पुगेका महिलाहरूले श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको छ ।

दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने वाध्यता, कतिपय यौन शोषणमा परेकाले अनिच्छुक गर्भ लिएर घर फर्किने बाध्य छन् । विमानस्थलमा सेटिङ मिलाएर खाडी मुलुक लैजान नपाएका घरेलु कामदारलाई तस्करहरूले भारतीय सीमानाका हुँदै गन्तव्य मुलुक पु¥याउँछन् ।

कुवेतमा अलपत्र परेका तीन म्याग्देली महिलालाई नेपाली दुतावासबाट उद्धारमा समेत चासो देखाइएको छैन । घरेलु कामदारका रुपमा जाने महिलाहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने र स्मार्ट मोबाइल चलाउन नजान्नेहरू समेत छन्। घरको चरम गरिबी, ऋणले थिचेपछि बाध्य भएर ज्यानको बाजी राखी दलालमार्फत घरमा काम गर्न जान बाध्य भएका महिला पटक–पटक नेपाली एजेन्डबाटै बेचिने गरेको समेत पाइन्छ ।

म्याग्दीबाट घरेलु कामदारका लागि खाडीमुलुक गएका महिलाको आधिकारिक तथ्याङ्क नभएपनि अन्य जिल्लाको तुलनामा म्याग्दीबाट श्रमस्वीकृत लिएर र भारतीय बाटो हुदै जानेको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

अबैध बाटोबाट घरेलु कामदारका रूपमा गएकालाई एजेन्डले बिक्री गरेपछि चरम यातना दिने गरिएकालाई उद्धारमा निकै समस्या हुने गरेको छ । भारत हुँदै अवैध रूपमा कतार, ओमन, कुवेत,इराक जोर्डन, दुबई, साउदी अरब, लेबनान लगायतका देशमा म्याग्दीबाट समेत महिला पुगेका छन् ।

घरेलु कामदारको रुपमा अबैध बाटोबाट जाँदा ज्यानकै जोखिम हुने अवस्थाका बारेमा म्याग्दीमा स्थानीय तह, सरोकारवाला निकायले समेत प्रचारप्रसार सहितका सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न नसक्दा हरेक बर्ष घरेलु कामदारका रुपमा पुगेका म्याग्देली चेलीको याचना विभिन्न माध्यमबाट सार्वजनिक हुने गरेको छ ।

म्याग्दीका स्थानीय तहले हरेक वडामा बैदेशिक रोजगारीमा गएकाहरूको तथ्याङ्क संकलन तथा घरेलु कामदारका रुपमा अबैध जान रोक्न जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार तथा सचेतनामुलक कार्यक्रमको प्रयास गरेपनि अझै प्रभावकारी हुन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोतकेन्द्रमा प्रयाप्त संरचना र उपकरण समेत छैन् । त्यस्तै प्रवासमा अलपत्र परेकाहरूले समेत आफूलाई पर्ने समस्या र समस्या परेमा सम्पर्क गर्ने स्थानबारे पनि अझै प्रयाप्त जानकारी पाएका छैनन् । खाडीमुलुकमा जाने नेपाली महिलाको सुरक्षा र अवैधमार्गबाट जाने कार्य रोक्न कानुनी संयन्त्र नहुँदा घरेलु कामदार अझ असुरक्षित भएका छन ।

सरकारले घरेलु कामदारको रोजगारी र पूर्ण सुरक्षाको ग्यारेन्टी हुने गरी श्रम सम्झौता गरी अबैध बाटोबाट जाने कार्यलाई बन्द गर्नुपर्छ । अवैधानिक रुपमा गएको भए पनि तिनको उद्धार गर्न र अवैधानिक रुपमा जानेलाई शून्यमा झार्न स्थानीयस्तरमै सूचना संकलन र सचेतनामुलक कार्यक्रम बस्तीबस्तीसम्म पु¥याउनुपर्छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोना राष्ट्रिय कार्यकारी समितिमार्फत अहिलेसम्म भएका काम निकै प्रशंसनीय छ ।

अब पनि मोनाले समस्यामा परेकालाई आकस्मिक उद्धार सहितका कार्यमा सरकारी संयन्त्रसँष्न जिक भएर काम गर्नुपर्छ । विभिन्न किसिमका तालिम, गोष्ठीमा हरेक बर्ष बजेट विनियोजन गर्ने म्याग्दीका स्थानीय तहले बैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी सचेतनामुलक कार्यहरू सञ्चालन गर्नुपर्छ । अवैधानिक रुपमा विदेशमा कार्यरत नेपालीको समस्यामा परेमा अनेक बाहना देखाउँदै पन्छिने प्रबृत्ती त्याग्नुपर्छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

श्रीमान दुईबर्षदेखि बेपत्ता, श्रीमतिले अस्पतालको शैयाबाट गरिन् सहयोगको याचना

म्याग्दीको धवलागिरी गाउँपालिका-१,गुर्जा सिता भुषाल विकले उपचारको लागि सहयोगको याचना गरेकी छन् । रगतको संक्रमण फैलिएपछि मृगौला, कलेजोमा खराबी तथा जन्डिसबाट पीडित सिता बेनी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

 

श्रीमान ढकबहादुर विक श्रीमती, छोराछोरी छोडेर विगत २ बर्षदेखि सम्पर्कविहिन भएपछि बेनीबजारको एक होटल काम गदैं आएकी सिता अचानक बिरामी भएपछि बेनी अस्पतालमा भर्ना भएकी छन् ।

‘श्रीमानले छोडेर भागे, अहिले छोराछोरीको बिचल्ली भएको छ,थप उपचारका लागि आर्थिक पनि छैन’ सिताले भनिन् । उनले छोराछोरीका लागि पनि बाँच्नुपर्ने भएकाले उपचारमा सहयोगको अपिल समेत गरिन् । श्रीमान बेपत्ता भएपछि छोराछोरीको जन्मदर्ता समेत हुन सकेको छैन ।

बेनी अस्पतालको बेडमा जीवनमरणको अबस्थामा रहेकी सितालाई तत्काल थप उपचारका लागि रिफर गर्नुपर्ने अवस्था रहेको मेडिकल अधिकृत डा.गोविन्द पोख्रेलले बताए ।‘

उहाँको अवस्था जटिल छ, रगतको संक्रमणले भित्र असर गरिसकेको छ,‘आर्थिक अवस्था अत्यन्त नाजुक रहेछ,निशुल्क बाहेक पनि अन्य खर्च जुटाउनुपर्ने अवस्था छ’डा.पोख्रेलले भने ।पीडित सिताको स्वास्थ्य अवस्था सुधार हुन धेरै समय लाग्ने भनेकाले रकम जुटाउनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

पीडित सिताकी आफन्त पममायाँ विकले देवरले छोडेर भागेपछि नियमित उपचारमा सहयोग गर्नेहरु समेत नभएको बताईन् ।‘छोरछोरीका लागि पनि उनी बाँच्नुपर्छ, सानो सहयोगले उपचारमा सहयोग पुग्छ’ पममायाँले भनिन् ।

विहान बेलुकी हातमुख जोड्न समेत धौधौ भएकी सिताको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संस्थाका चिकित्सक सल्लाहकार डा. गोविन्द पोख्रेलमार्फत ५ हजार सहयोग गरेको छ भने थप सहयोग अभियानमा समेत सघाउने प्रतिबद्धता जनाएको छ ।

यसअगाडी गतबर्षको चैत्र महिनामा ३४ वर्षीया सिताको नागरिकता, विवाह दर्ता र तीन सन्तानको जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयसम्म पुग्न इन्सेकले जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल तथा धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालमार्फत ५ हजार हस्तान्तरण गरेको थियो । ग्स्वडाअध्यक्ष छन्त्यालले बेपत्ता श्रीमानको खोजीकार्य भइरहेको बताए ।

श्रीमान बेपत्ता भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–१,गुर्जा सिता भुषाल विकले उपचारको लागि सहयोगको याचना गरेकी छन् । सहयोगका लागि ९८६६०३३४०० (पममायाँ विक) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

अमेरिका जान बराहालाई बली : एउटै गाउँबाट १७३ जना अमेरिका

गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा भन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ ।

यसरी बली दिएर पूजा गर्नुको उद्धेश्य रोग व्याधी भगाउन वा सहकाल निम्त्याउनु भने होइन । यहाँका युवाहरु अमेरिका जान सकुँ भन्ने कामना गर्दै हरेक हप्ताको मंगलवार बराहालाई बली सहित पूजा गर्ने गर्दछन् । चार सय २२ घरधुरी र १९ सय ९४ जनसंख्या रहेको यस गाउँका एक सय ७३ जना युवाहरु गैरकानुनी बाटो (तल्लो बाटो) हुँदै अमेरिका छिरिसकेका छन् भने गाउँमा रहेका युवाहरु पनि जाने तरखरमा छन् ।

यो यथार्थता हो म्याग्दीको मालिका गाउँपालिका १ निस्कोट गाउँको । यहाँका युवाहरुको अमेरिका पुग्ने सपना पुरा गरिदिने विश्वास र आस्थाको केन्द्र बनेको छ यहाँको बराहा माईको थान । यहाँ भाकल गरेर हिड्ने हो भने अमेरिका पुगिन्छ भन्ने विश्वास यहाँका स्थानीयमा छ ।

२०७० सालयता यहाँका एक सय ७३ जना युवाहरु रु ५५ लाखदेखि रु ७७ लाख खर्च गरेर तल्लोबाट महिनौं लगाएर अमेरिका पुगिसकेका निस्कोट माध्यमिक विद्यालय निस्कोटका प्रधानाध्यापक बुद्धि पुनले बताउनुभयो ।

निस्कोटकी ८३ वर्षिया मंगली विक (सुनार) का कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिना पछि अमेरिका पुगेको ९ वर्ष भयो । त्यसयता यहाँका अरु एक सय ७२ जना युवाहरु ऋणधन गरेर जती दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै, एजेण्टले मागे जति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन् । घरबाट हिंडेको १७ महिना पछि भाइ अमेरिका पुगेपछि मंगलीका राहिला छोरा गोविन सुनार पनि रु ६५ लाख एजेण्टलाई बुझाएर चार महिना हिडेंर अमेरिका पुग्नुभएको मंगली सुनारले बताउनुभयो ।

“मेरा पाँच भाइ छोराहरुमध्ये दुई भाइ अमेरिका पुगिसकेका छन्,अरु दुई भाइ पनि जाने तरखरमा छन्” मंगलीले भन्नुभयो “बराहा माईको पूजा र भाकल गरेर बसेका छन्,ढिलो चाँडो हिड्लान् ।”
मंगलीका मात्रै होइन,यहाँका प्रायः सबै घरहरुबाट एक जनादेखि चारजना सम्म विदेश गएका छन् । अरु मुलुकमा गएकाहरु पनि धमाधम गाउँ फर्किएर अमेरिका जाने तयारीमा जुटेका स्थानीय युवा ज्ञानेस पुन मगरले बताउनुभयो ।
यस गाउँका अधिकांश युवाहरुमा अमेरिका छिर्ने सपना बढ्दै छ । गाउँका अधिांश युवाहरु वैदेशिक रोजगारीमा देश बाहिर छन् । युवा गाउँमा विरलै भेटिन्छन् । यहाँ भेटिने प्रायः युवाहरु पनि अमेरिका जाने तर्खरमा छन् । स्थानीय होमस्टे संचालिका रामकुमारी पुनका अनुसार अमेरिका जान हिडेका गाउँका युवाहरु मध्ये दुई जना बाहेक अरु सबै अमेरिका पुगिसकेका छन् ।

आफ्नै गाउँका साथी संगाती र घरका दाजु वा भाइ अमेरिकामा सेटल भएपछि गाउँमा बचेका युवाहरुलाई पनि अमेरिका पुगेपछि कानुनी वा अन्य कारणले फर्किनु पर्दैन भन्ने आत्मबल बढेकाले सयकडा दुई रुपैयाँ ब्याज तिर्ने गरी ऋण खोजेर भए पनि यहाँका युवाहरुले अमेरिका नगइनछोड्ने अठोट गरेका पुनले बताउनुभयो ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका सात वडाहरुमध्ये सवैभन्दा बढी वडा नं १ निस्कोटका युवाहरु नै अमेरिका पुगेका स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ ।

मालिका गाउँपालिका वडा नं १ निस्कोटका वडासदस्य दिलकुमार पुनका अनुसार गाउँमा गैरकानुनी बाटो हुँदै अमेरिका जाने लहर नै चलेको छ । गाउँका युवाहरु अमेरिका जान थालेपछि गाउँ युवा विहीन हुँदै गएको छ । यहाँका प्रत्येक घरमा उमेर ढल्केका,विद्यालय उमेरका बालबालिका र बृद्धबृद्धाहरु मात्र देखिन्छन् ।

निस्कोट गाउँको विचमा निस्कोट माध्यमिक विद्यालय छ । विद्यालयमा पुग नपुग दुई सय जना विद्यार्थीहरु छन् । कक्षा ८ देखि माथि एउटा कक्षामा बढीमा १० जना भन्दामात्र विद्यार्थी अध्ययन गर्छन् ।

अमेरिका गएका घरका परिवार काठमाण्डौं,पोखरा,बेनी लगाएतका सहरमा बसाइँ सरेका छन् । गरिखाने उमेरका व्यक्तिहरु सहर पसेपछि गाउमा बृद्धबृद्धा मात्र भेटिन्छन् । गाउँमा रहेको विद्यालयमा तराइका जिल्लाहरुबाट आएका शिक्षकहरुले पढाइरहेका छन् । “गाउँका पढेलेखेका युवाहरु विदेश गएपछि बाहिरबाट करारमा ल्याइएका शिक्षकहरुले पढाइरहनुभएको छ” स्थानीय देवबहादुर पुनले भन्नुभयो ।

मंगलवार गाउँको शिरानमा रहेको बराहा माई थानमा अमेरिका जान सकूँ भनेर भाकल गर्न आउने युवाहरु गाउँ छोडेर हिंडे भने गाउँ युवा विहीन हुने उहाँले बताउनुभयो । “अमेरिका मोहले जिउँदा जन्ती र मर्दा मलामी पनि गाउँमा नहुने भए” पुनले भन्नुभयो “जति दुःख हुन्छ हामीलाई नै होओस्,हाम्रा छोरा नातिहरुको अमेरिका जाने सपना बराहा माईले पुरा गरिदिउन्,उनीहरुलाई कुनै दुःख नहोओस् ।”

 

पूर्वाधार बनेपछि बेलढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी, मंसिर १३ । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो ।

बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए ।

उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो ।

समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताए । यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे«, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले म्याग्दीकोे भकिम्ली र बागलुङको ओखले हुँदै दैनिकरुपमा सयौँ जना बेलढुङ्गाको भ्रमणमा पुग्ने गरेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए । उनले भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृतरुपमा विकास र प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको बताए ।

‘पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्कने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ’, उनले भने ।

हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एक सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँकारुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ । यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ ।

आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट सङ्कलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ ।