Friday, June 27, 2025
22 C
Beni
22 C
Beni
Friday, June 27, 2025
Home Blog Page 474

जलजलाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विद्याज्योती माविलाई

पर्वतको जलजला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मावि मल्लाजले हात पारेको छ । शनिवार सम्पन्न भएको प्रतियोगितामा २४ अंक प्राप्त गर्दै विद्याज्योतीले प्रथम स्थान हासिल ग¥यो । त्यस्तै २० अंक प्राप्त गर्दै जनकल्याण मावि जलजला ८ द्धितीय र ६ अंक सहित सालिजा मावि जलजला ६ ले तृतीय स्थान प्राप्त ग¥यो ।

प्रथम,द्धितीय र तृतीय हुने विद्यालय र विजेता खेलाडीहरुलाई पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,पालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री,वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्य लगायतले पुरस्कार,प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।

प्रथम हुने विद्याज्याीले १३ स्वर्ण,९ रजत र २ कास्य पदक,द्धितीय हुने जनकल्याण माविले ११ स्वर्ण,३ रजत र ६ कास्य र तृतीय हुने शालिजा माविले २ स्वर्ण,३ रजत र १ कास्य पदक जितेको पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ३ वटा आधारभूत गरी १५ विद्यालयका तीनसय विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा एथलेटिक्स,कबड्डी, र भलिबल विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक इभेन्ट,बिधागत र समग्र प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल,प्रमणपत्र र नगद पुरस्कार वितरण गरिएको छ ।

भलिबलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः छ हजार,चारहजार पाँचसय र तीनहजार,कबड्डीमा प्रथम,द्धितीय र तृतीय हुनेलाई चारहजार पाँचसय,तीनहजार र एकहजार पाँचसय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीलाई व्यक्तिगत एकहजार दुईसय देखि दुई हजार रुपियाँ सम्म पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विहिवार जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको थियो ।

बेनी-गलेश्वर सडकखण्डमा कालोपत्रेको काम सुरु

म्याग्दीमा बषौंदेखि विकास निर्माण अलपत्र पार्ने निर्माण ब्यवसायीलाई चुनौती दिदैं मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम–कोरला सडकखण्डअन्तर्गत बेनी-गलेश्वर खण्डको जिम्मा लिएका निर्माण ब्यवसायीले गतिलो उदाहरण दिएका छन् । गएको वर्ष माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रेको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

बेनी-गलेश्वर सडकखण्डमा कालोपत्रे गर्न आजदेखि प्राइम कोट हाल्न सुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिनुभयो ।

प्राइम कोट हालेको २४ घण्टापछि ट्याक कोट हालेर गिट्टी हाल्ने र लगत्तै फस्टकोट राखेर मेसिनले पेल्ने उहाँले बताउनुभयो । त्यसपछि सेकेन्ड कोट अलकत्र छरेर मसिनो गिट्टी हालेर पेलेपछि कालोपत्रेको काम सकिनेछ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दुरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मंगलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दुरी रहेको यो सडकखण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुने गर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण भएर हिमालपारीको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको छ ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मितिभन्दा अगावै योजना सम्पन्न गर्न काम थालेदेखि नै निर्माणलाई तिव्रता दिएको बताउनुभयो । योजनाको ठेक्का लिने र काम नगर्ने प्रवृत्ति मौलाइरहेका समयमा बेनी गलेश्वर सडक खण्डमा भएको निर्माण कार्यलाई म्याग्दीवासीहरुले प्रशंसा गरेका छन् ।

उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनोट भएका १२ उद्यमीको नाम सार्वजनिक गरिएको थियो । उनीहरुले उपकरण खरिदमा कूल लागतको ५० प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका-३ भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक रुपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गर्नुभएको छ । बेनी-४ की घलेले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गर्नुभएको छ । कराँते, भलिबलको रेफ्रि तथा खेलाडीसमेत रहेकी घलेले विद्यालयका छात्रालाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिनुहुन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर, जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगर प्रमुख केसीले चालु आवदेखि पशुपालक कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिँदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभए पनि अन्य स्रोतमार्फत उद्यमीलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताउनुभयो ।

प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी-८ को सिर्जना मः म रेष्टुरेन्ट एण्ड होटल, मालिका-७ को विषम कृषि तथा पशुपक्षी फार्म, मालिका-३ को विशाल टेलरिङ सेन्टर, बेनपा-७ को समतारा फर्निचर उद्योग, बेनपा-६ को विनय फर्निचर उद्योग, बेनपा-५ को संस्कार एण्ड एसीका कुखुरापालन फार्म, बेनपा-८ को मगर टेलरिङ सेन्टर, बेनपा-८ को रेनु टेलरिङ सेन्टर, बेनपा-८ को अस्मिता टेलरिङ सेन्टर, बेनपा-७ को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनोट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । रासस  

कोरलाबाट सहजै पुगिन्छ कैलाश मानसरोवर

हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिन्छ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीका लागि आर्थिक कारोबारका लागि चीनको (नेचुङ–लिजी) खुलेसँगै नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ।

आर्थिक कारोबारका लागि नेचुङ–लिजी नाका खुलेपनि नेपालतर्फ भौतिक पूर्वाधार सहित सहज आवतजावतको वातावरण बनाउन सकेमा कोरला नाका हुदै कैलाश, मानसरोबरमा नेपालका अन्य नाकाबाट भन्दा सहज, छोटो अवधीमै पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए। ‘कोरला नाका धार्मिक पर्यटनका लागि पनि हब बन्छ,‘यहाँबाट कैलाश तथा मानसरोवर जान निकै सहज छ’ अध्यक्ष विष्टले भने।

उनका अनुसार पोखरा र काठमाण्डौबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै उपल्लो मुस्ताङ आएर कोराला नाका हुदै सवारीसाधनको प्रयोग गरी माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जान सकिने बताए।‘सस्तो खर्चमा सहजै पुग्न सकिन्छ,अहिले नै आवतजावतको प्रवन्ध नभएपनि धार्मिक पर्यटकलाई नाका खुल्ला भए नेपालका अन्य नाकाबाट भन्दा यहाँबाट सजिलै जान सकिन्छ’अध्यक्ष विष्टले भने।

मुस्ताङीलाई आर्थिक कारोबारका लागि चिनियाँ पक्षले नाकामा सहज प्रवेश दिएसँगै नेपाली भूभागमा भौतिक संरचना तयार गरी धार्मिक गन्तब्यका लागि समेत कोराला नाकालाई प्रयोग गर्न सकिने अध्यक्ष विष्टको भनाई छ।चिनियाँ अधिकारीले उपल्लो मुस्ताङका जनप्रतिनिधिहरूसँग माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जानका लागि समेत नाका खुल्ला गर्ने संकेत बेला–बेलामा गर्ने गरेका छन् ।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् । मुस्ताङको बाटो हुदै कैलाश मानसरोवर जान काठमाण्डौबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुदै मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ। हवाईमार्ग हुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दुरी पार गरेपछि लोमन्थाङ हुदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ।

नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताए ।उनका अनुसार तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन समेत आधुनिक भएकाले यात्रा निकै सहज हुने बताए।जोमसोमबाट उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जालमा पुगेकाहरू एक रात लोमान्थाङमा विताएर अर्कोदिन विहानै करिब आधाघण्टाको यात्रापछि मुस्ताङ र तिब्वतको नाकामा पुग्न पनि सकिन्छ।

अहिले भारतीय मार्ग हुदै जाँदा एउटै धार्मिक पर्यटकले २ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने भएकाले धार्मिक पर्यटकलाई समेत सहज हुने गरी नाका सञ्चालनको वातावरण बनाउन लोमन्थाङ गाउँपालिका–५,का वडा अध्यक्ष डुकके विष्टले अनुरोध गरे।यता मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचनले मुस्ताङबासीको समृद्धिका लागि कैलाश मानसरोवरसम्मको यात्रा नेचुङबाट सहज बनाउँदा कोसेढुंगा सावित हुने भएकाले नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

‘धार्मिक पर्यटकलाई कम खर्चमा मुस्ताङको रुट प्रयोगमा प्रोत्साहन गर्नुपर्छ,नाकामा संरचना बनाउन निरन्तर दवाव दिइरहेका छौ’ प्रतिनिधिसभा सदस्य गौचनले भने। हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ।कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ।हालै प्रधानमन्त्री पुष्पकमल दाहालले चिनको भ्रमणको क्रममा कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकन गरेपछि नेपाली नाकाबाट सहजै धार्मिक पर्यटक आवतजावतका लागि पूर्वाधार विस्तारमा प्राथमिकता दिने बताएका थिए।

कुवेतमा फसेकी हिराकुमारीको छोराछोरीलाई जन्मदिनको अवसरमा सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक ब्यवसायीले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले कुवेतमा एजेन्डमार्फत भारत हुदै गैरकानुनी रुपमा कुवेतीको घरमा बेचिएकी चोखालको छोरी पूर्णिमा चोखाल र पुरन चोखाललाई १० हजार बराबरको शैक्षिक र खाद्यान्न साम्रागी सहयोग गर्नुभएको हो ।

शु्क्रबार विहान पीडित चोखालको घरमै पुगेर बेनी नगरपालिका वडा नं ८ न्यूरोड निवासी एवम् नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका गौतमले पूर्णिमा र पुरनलाई उच्च शिक्षासम्म प्रत्येक बर्ष आवश्यक पर्ने स्टेशनरी साम्रागी समेत सहयोगको घोषणा समेत गर्नुभयो ।

‘कुवेतमा समस्यामा परेको समाचारले भाबुक भएको थिए,जन्मदिन यो परिवारसँग मनाउन पाएको छुु’ ब्यवसायी गौतमले भन्नु्भयो ।

उहाँले घरायसी समस्याका कारण बाध्य भएर रोजगारको खोजीमा कुवेतमा पुगेर मालिकबाट चरम यातना भोगिरहेकी हिराकुमारीको परिवारको अवस्था देखेर भाबुक भएको बताउनुभयो । ‘मैले हरेक बर्ष स्टेशनरी साम्रागी सहयोग गर्नेछु, जन्मदिनको अवसरमा यहाँ आएर सहयोग गर्न पाउँदा खसुी लागेको छ’ गौतमले भन्नु्भयो ।

घरको चरम आर्थिक अवस्था, जटिल रोगबाट ग्रसित श्रीमान र छोराछोरीको शिक्षादिक्षाका लागि बैदेशिक रोजगारीमा पुगेर अलपत्र परेकी हिराकुमारीको छिटो उद्धारका लागि समेत अपिल समेत गर्नुभएको छ ।

जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो । जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन गदैं स्थानीय यूवा चिरञ्जीवि सुबेदीले अति आवश्यकता रहेको घरमा पुगेर जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोही अवसरमा पूर्णिमा र पुरनका बुबा गोविन्दबहादुर चोखालले उपचारमा खर्च र वित्तिय संस्थामा ऋण तिर्न श्रीमती विदेश गएपनि कुवेतीले शाररीक तथा मानसिक यातना दिएको गुनासो गदैं उद्धारका लागि एजेन्डले आर्थिक मागेको बताउनुभयो ।

सुख्खा पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ । पहिरोको कारण बिहिबार दिउँसोदेखि सडक अवरुद्ध छ । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने सडकखण्डमा खसेको सुख्खा पहिरो दुईदिनसम्म पन्छाउन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

सुख्खा पहिरो पन्छाउन पूर्वाधार कार्यालय म्याग्दीले सानो बकेट भएको जेसिभी (डोजर)ले पहिरो हटाउन नसक्दा यात्रुले बैकल्किप मार्गबाट जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । पहिरोका कारण साना सवारीसाधन र यात्रुहरु पखेर हुदै गन्तब्यतर्फ लागेपनि ठूला सवारीसाधनमा यात्रा गरेका यात्रु र मालबाहक सवारीसाधन अलपत्र परेको त्यहाँ रहेका हेमन्त बानियाँले बताए ।

‘पहिरो हटाउन स्काभेटर प्रयोग गर्न अनुरोध गरेका थियौं,‘सानो मेसिनका कारण दुईदिनसम्म सडक अवरुद्ध छ’ बानियाँले भने । फापरखेतमा बर्षात र हिउँदको समयमा खस्ने पहिरोले सधैँ जोखिम हुने गरेको छ।

उक्त सडक खण्ड अन्तरगतको सबैभन्दा जोखिम र प्रमुख समस्या पहिरो बनेको हो। करिब दुई दशक वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको अवस्थामा अहिले हिउँदमा समेत सुख्खा पहिरोले बाटो नै अवरुद्ध हुन थालेपछि समस्या भएको तातोपानीका ब्यवसायी कुमार केसीले बताए ।

फाँपरखेतमा माथिल्लो क्षेत्रमा चर्किएको र नयाँ पहिरो देखिएपछि ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको भनाई छ । करिब २ सय मिटर सडक पहिरोग्रस्त छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्या समाधानका लागि पखेर हुदै बेलिब्रिजको काम यर्सै आर्थिकबर्ष भित्र सकिने बताए। उनले बैकल्पिक मार्गमा आवश्यक पर्ने बेलिब्रिजका लागि मन्त्रालयले तयार गरिरहेको बताए । भूगर्वविद् र प्राविधिकको टोलीले समेत फापरखेतबाट आवतजावत निकै जोखिम रहेको बताएको छ ।

बेनीका डम्मरबहादुर घिमिरे म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान

म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे दुई दशकदेखि ब्यवसाय सञ्चालन गरिरहेका बेनी नगरपालिका-२ खबराका डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुपमा सम्मान गरेको हो ।

ब्यवसायी घिमिरेले संगमचोकमा लभ्लिहिल टे«डर्समार्फत कारोबार गर्ने गरेका छन् । बि.स २०५८ सालदेखि सदरमुकाम बेनीमा होलसेल ब्यवसाय गरिरहेका घिमिरे निरन्तर ब्यवसायसँगै विभिन्न वर्तमान अवस्थामा विभिन्न चुनौतीका बाबजुत पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।उनले म्याग्दीमा ब्यवसाय गरिरहेकालाई कर शिक्षा सहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताए ।

 

‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा रहेका पर्वतका क्षेत्रीको मृत्यु

रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए । हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ ।

धनबहादुरका छिमेकी कुलबहादुर के.सी.ले आफूलाई सुन्नमा आए अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा, एक जना घुम्नका लागि दुई जना कोठामा रहेको बताए । खाना खाने बेलामा टिफिन बक्समा खाने किन नहालेको भन्ने विषयमा धनबहादुरमाथि आक्रमण भएको उनको भनाइ छ ।

‘हामीलाई प्राप्त भएको खबर अनुसार खाना खाने बेलामा टिफिन बक्समा खाना किन नहालेको भन्दै लोकेन्द्रले धनबहादुरमाथि आक्रमण गरेको भन्ने छ । शरीरका विभिन्न भागमा छ पटक प्रहार गरेको र अत्यधिक मात्रामा रगत बगेको थाहा पाएका छौँ’, उनले भने, ‘उपचारको लागि पोर्चुगलको राम्रो अस्पतालमा भर्ना गरेको भए पनि उहाँ बाँच्नुभएन । आक्रमण गरेको मान्छेलाई त्यहाँको प्रहरीले पक्राउ गरेर राखेको छ ।’ घटनाको बारेमा शुक्रवार बिहान मात्रै परिवारलाई जानकारी गराइएको र उनीहरूलाई सम्हाल्न नै मुस्किल परिरहेको के.सी.ले जानकारी दिए ।

खौलाका वडाध्यक्ष तेजप्रसाद शर्माका अनुसार धनबहादुरको घर खौला स्थित खौलालाँकुरी माध्यमिक विद्यालयको नजिकै हो । उनी करिब डेढ वर्ष अगाडि घरबाट क्रोएसिया पुगेका थिए । त्यहाँबाट करिब छ महिना अगाडि पोर्चुगल पुगेका थिए । सामान्य परिवारका क्षेत्रीका तीन छोरा र एक छोरी गरेर चार जना सन्तान छन् । क्षेत्रीको घरको आर्थिक अवस्था सङ्कटपूर्ण रहेको पनि वडाध्यक्ष शर्मा बताउँछन् ।

घटनाका बारेमा फेसबुकमा राखेका बास्तोलाले परदेशमा एक नेपालीले अर्को नेपालीमाथि गर्ने आपराधिक कार्यले दुवै परिवारको बरबादी हुनुका साथै नेपालीको बेइज्जत हुने बताएका छन् । उनले विदेश रहेका नेपालीहरूलाई सुझाव दिँदै सङ्गत गर्दा वा कोठामा बस्दा चिने जानेको मान्छेसँग बस्नुपर्ने भन्दै खराब आचरण भएको व्यक्तिसँग टाढै रहन भनेका छन्। पोर्चुगलमा नेपालीले नेपालीलाई नै छुरा हानेर हत्या गरेको यो दोस्रो घटना भएको पनि उनले उल्लेख गरेका छन् ।

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।

पाँचदिनदेखि सम्पर्कविहीन भएका उनीहरु तीनदिनदेखि भोकभोकै परेका थिए। बीचमा संचार सम्पर्क टुट्दा दुइजना नेपाली सहयोगी र दुइजना विदेशी पर्यटक गरि चारजना समस्यामा परेका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीस्थित घारगुम्बा माथिको खोँचबाट ती पर्यटक र नेपाली सहयोगीलाई सकुशल उद्धार गरेको प्रहरीले बताएको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार इटालियन नागरिक वर्ष ४५ की एरिआना रेजिस र स्वीटजरल्याण्डका ४५ वर्षि मार्काे गाजोला र नेपाली गाइडहरु पेम्बा शेर्पा र नांखा शेर्पालाई उद्धार गरिएको हो। ‘तीनदिनदेखि उनीहरु भोकै रहेछन्। डोल्पाबाट मुस्ताङ आउँदै गर्दा उनीहरुले बाटो बिराएछन,’ पाण्डेले भने, ‘बीचमा टेलिफोन सम्पर्क पनि टुटेछ। त्यसले गर्दा समस्यामा परेछन्।’ खानेकुरा नपाउँदा बरफ खानुपरेको पनि उनीहरुले प्रहरीलाई जानकारी दिएका थिए।

बीचमा सम्पर्कविहीन भएका उनीहरु मध्ये गाइड पेम्बा शेर्पाले बोकेको मोवाइलको लोकेसन पत्ता लागेपछि पदयात्रा कम्पनिमार्फत खोजीमा गएको हेलिकप्टर र प्रहरीलाई उनीहरुलाई उद्धार गरेको डिएसपी पाण्डेले जानकारी दिए। अल्टिच्यूड हेलिकप्टरमा खटिएको टोलीले उनीहरुलाई फेला पारेर पोखरा पठाएको डिएसपी पाण्डेले जानकारी दिए । ‘पोखरा पुगेपछि उनीहरुको अवस्था सामान्य भएको थाहा पाएका छौं,’ पाण्डेले भने। पाँचदिनसम्म सम्पर्कविहीन भएका पर्यटक र नेपाली गाइड शारिरिक रुपमा कमजोर बनेको उनले बताए।

म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो

गलेश्वर (म्याग्दी), ८ मङ्सिर । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याए । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याए ।

पौडेल र सेनमात्रै होइन स्थानीय जातका धानखेती गरेका म्याग्दीका धेरै किसान यस वर्ष उत्पादन वृद्धि भएकामा खुसी छन् । यहाँका किसानले लगाएका गौरिया, गुडुरा, आँगा, ताकुमारे, जौधानलगायत सात थरी रैथाने धानको उत्पादन वृद्धि भएको किसानको भनाइ छ ।

रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उत्पादन नभएपछि किसानले बजारबाट उन्नत जातका बीउ किनेर लगाउँदै आएकामा पछिल्ला तीन वर्षयता स्थानीय जातका धानखेतीमा यहाँका किसानको आकर्षण बढेको हो ।

हाइब्रिड (उन्नत) जातका बीउको प्रयोग बढ्दै गएपछि स्थानीय तहले रैथाने बाली संरक्षण र प्रवद्र्धनमा किसानलाई प्रोत्साहित गर्न थालेपछि आकर्षण बढेको मङ्गला–५ छिसवाङका टेकबहादुर पुनले बताए । उनका अनुसार यहाँका अधिकांश किसानले रैथाने धान खेती गरेका छन् । यसअघि किसानले उन्नत जातको बीउ प्रयोग गर्न थालेपछि स्थानीय जातका बाली लोप हुँदै गएको थियो ।

“गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली लोप हुँदै जान थालेपछि यी बालीहरुको संरक्षण गर्नुपर्छ भन्ने लागेर २० मुरे फाँटमा गौरिया र जेठोबुढो धान रोपेका थियौँ”, छिरबाङका कृषक दमन पुनले भने । उत्पादन थोरै भए पनि पोषिलो र स्वादिष्ट हुने, धान र चामल महँगो मूल्यमा बिक्री हुने, पराल पर्ने भएकाले तीन वर्षदेखि स्थानीय जातको बीउ प्रयोग गर्दै आएको उनले बताए ।

उन्नत बाली थोरै जग्गामा खेती गरे पनि धेरै उत्पादन हुने, रैथाने बाली पाँचरसात मुरी फल्ने जग्गामा उन्नत ३०र३५ मुरी फल्ने हुँदा जिल्लाका धेरै किसान उन्नत जातको धान बढी लगाउने गरेका छन् । जिल्लामा उन्नत जातका नयाँनयाँ बीउ आउन थालेपछि रैथाने जातका धान लगाउनेको सङ्ख्या कम हुन थालेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग र किराको सङ्क्रमण बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएको मङ्गला–२ रणबाङका हरिकृष्ण पौडेलले बताए । बजारमा उन्नत जातका बीउ आउन थालेपछि रैथाने बीउ किसानले बिस्तारै लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

“रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग गरेका छौँ”, पौडेलले भने, “धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ ।” उनका अनुसार उत्पादनमा कमी, बढ्दो जनसङ्ख्या, जग्गा घट्दोलगायत कारणले किसानले धेरै फल्ने जातका धानखेती गर्न थालेका हुन् ।

रैथाने धानका लागि गाई, भैँसीको मल प्रयोग गर्ने र नयाँ जातमा युरिया मलको भरमा उत्पादन हुने भएकाले खेती गर्न सहज हुने गरेको कृषक बताउँछन् । उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यका लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नेको सङ्ख्या कम हुँदै गएको छ । रैथाने बालीमा प्रोटिन, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पाइने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

धानमात्रै होइन म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका मङ्गला–५ का वडा सदस्य भूमिसरा बूढाथोकीले बताए ।

करिब एक दशकअघिदेखि जिल्लाका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायत धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

आयातित बीउबिजनको प्रयोग गर्नेक्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

म्याग्दीमा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धानखेती हुने केन्द्रले जनाएको छ । गौरीया, गुडुरा जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ ।