Friday, June 27, 2025
22.3 C
Beni
22.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 480

भाइटिकाको दिन मालिकाधुरीमा ५ सयभन्दा बढी भक्तजनले पूजा गरे

भिरालो पहाडको टुप्पोमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीमा भाइटिकाको दिन करिब ५ सयभन्दा बढीले पूजाआजा गरेका छन् ।

मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानमा अवस्थित त्रिदेवी मालिका, कालिका र जालपाको पूजआजा गर्न बिम, पाखापानी, दरबाङ, कुहुँ लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु मन्दिरमा पुगेको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । ‘एकाविहान धेरै घुईचो थियो, दर्शन गरी भाइटिका मनाउन भक्तजनहरु गन्तब्यतर्फ लागेका छन्’ अध्यक्ष गर्बुजाले भने ।

उनका अनुसार मन्दिरमा भक्तजनले चढाएको ४६ हजार ५७० रुपैयाँ भेटी संकलन भएको छ । त्यस्तै पाखापानीका कर्णबहादुर पुनले मन्दिरमा कृतिम दियो माला हस्तान्तरण गरेका छन् ।

विशेष गरी भक्तजनहरु मालिका मन्दिरमा भाकल गर्न र पुरा भएपछि बोका तथा परेवा लिएर भाकल फर्काउन जाने गर्दछन् । हरेक वर्ष बैशाख शुक्लपूर्णिमा, जेष्ठी पूर्णिमा र कार्तिक शुक्लपूर्णिमाको दिन पारेर मालिका मन्दिरमा पुजाआजा गर्न जाने गर्दछन् ।

समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको किम्बदन्ती छ ।

कालिका र जालपाकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालपाको रूपमा पुजिन्छ। सन् १९६६ सालदेखि नियमित रुपमा पुजाआजा हुँदै आएको मालिका मन्दिरमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुग्ने गर्दछन् । मालिका–६, दरबाङस्थित दुखुका तीर्थबहादुर रोकाले २०२५ सालमा मालिका मन्दिर बनाइदिएका थिए ।

मन्दिरको छेउमा रहेको ढुङ्गा अर्थात् शिलाको चुचुरो छ । मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला समेत अवलोकन गर्न सकिन्छ । मन्दिर आसपासबाट हिमालभन्दा अग्लो मान्छे देखिन्छ ।

 

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए। सो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने छन्। दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो।

प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ।

मन्त्रिपरिषद्को हिजोको बैठकले ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो।

केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ।

कोसेपानीको सिरेटोलाइ तताए कलाकारले

कोसेपानीको सिरेटोलाइ तताए कलाकारलसाँझको करिब ६ बजेको थियो । सयौँ दर्शकका नजर स्टेज तिर नै सोझिएका थिए । जब कार्यक्रम सञ्चालकले जोडतोडका साथ कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरे तब साँझको सिरेटोलाई हुटिङले जित्यो । रहुघाट र कालीगन्डकीको सिरेटोलाई चिर्दै चर्चित नृत्याङ्गना रबिना भण्डारीले सागितिक साँझको ढोका खोलिन । आफ्नो आकर्षक नृत्य मार्फत उनले चिसिएको माहौललाई जुरुक्क पारिन ।

पातलो शरीर मन्द मुस्कान दिइरहने पछिल्लो समयका व्यस्त तथा सुपर हिट गायक, सर्जक रवि कार्कीले सबैलाई ढोगेर आशीर्वाद लिँदै स्टेज चढे । आफू यही टाउको सन्तान भएको र सागितिक क्षेत्रमा पाइला चाल्न सुरु गरेको भन्दै सबैको माया आशीर्वादको अपेक्षा गरेको छ भन्दै रे रे साइँलो गीतबाट सॉगितीक प्रस्तुतिको ढोका खोले । उनले जाम सुस्तै गीत गॉउदा नाचेर साथ दिनेहरूले प्राणै भन्दा प्यारो छ म जन्मेको गाउँ, घुम्ती घुम्ती रोड गाउँदा सम्म कार्कीसँगै गॉउदै नाच्दै साथ दिए ।

सिरेटोको चिसो जति जति बढ्दै थियो त्यति नै माहौल सङ्गीतमय बन्दै गयो । सागितिक प्रस्तुतिकै लागी कोसेपानी सम्म आइपुगेकी अग्रज सर्जक, लोक तथा दोहोरी गायिका माया गुरुङले आफ्नो नयाँ आउने मौलिक गीत सुर्ती कॉचोपातको

सालैजो, पञ्चेबाजा लगायत घुम्ती घुम्ती रोड सम्म गाएर दर्शकसँगै नाचेर भरपुर मनोरञ्जन प्रदान गरिन । गुरुङ सँगै आएकी अर्की गायिका अनिता पन्तले समेत आफ्नो सागितिक प्रस्तुति दिइन । राती ९ बजे सम्म चलेको कार्यक्रममा लाइभ दोहोरी समेत गाइएको थियो ।

कार्यक्रम मार्फत मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगी, ग्राउन्ड निर्माणका लागी जग्गा दाता लगायत कलाकारहरू र पत्रकारलाई समेत मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । आफ्नो कला मार्फत आफ्नो जन्मस्थान सहित जिल्लालाई विश्वभर चिनाउन विशेष योगदान गरेको भन्दै गायक कार्कीलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरू अन्जु चोखाल, सोमीया परियार, सुदिपा चोखाल, अस्मी चोखाल, रितु बानियाँ, सक्रिया खत्री, सृजना परियार, शिवानी थापा, विशाल मल्ल, समीक्षा विश्वकर्मा, विनीता विक, स्वस्तिका विकले आफ्नो नृत्य पेस गरे । एन्जल एन्ड ग्रुपले लाइभ गायन प्रस्तुति दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालित खुल्ला नृत्य प्रतियोगिताको उपाधि प्रतीक्षा किसानले जितिन भने प्रतिज्ञा किसान पहिलो रनर अप र सिप्सन शर्मा सेकेन्ड रनर अप रहे । सांस्कृतिक संयोजक विशाल थापाले सहजिकरण गरेको कार्यक्रमको समापन वडा न ९ का वडाध्यक्ष चक्र केसीले समापन गरेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–९ कोसेपानी स्थित कोसेपानी युवा क्लबले दीपावलीको अवसरमा जिल्लामै पहिलो पटक आयोजना गरेको प्रथम वडाध्यक्ष कप-२०८० तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार सॉझ विभिन्न कलाकारहरूले प्रस्तुति दिएका हुन । कार्यक्रममा सञ्चालित वडा स्तरीय भलिबल, वडा स्तरीय प्रौढ भलिबलको फाइनल खेल आज सम्पन्न हुदैछ ।

तस्वीरमा बेनीमा मनाइयो नेपाल संवत ११४४

नेपाल संवत ११४४ को अवसरमा मंगलबार म्याग्दीको सदरमु्काम बेनीमा विविधि कार्यक्रम गरी मनाइएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेपाल भाषा मंकाः खल म्याग्दीले बेनीबजारमा विभिन्न जाजातिको धार्मिक भेषभुषा सहित सांस्कृतिक पहिरनसहित ¥याली निकालेको थियो ।

नेपाल भाषा मंकाः खल म्याग्दीको सभाहलमा आयोजित औपचारिक कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गरेका थिए । हेर्नुहोस् तस्वीरमा

बेनीमा मनाइयो नेपाल संवत् ११४४ (फोटो फिचर)

नेपाल संवत ११४४ को अवसरमा मंगलबार म्याग्दीको सदरमु्काम बेनीमा विविधि कार्यक्रम गरी मनाइएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेपाल भाषा मंकाः खल म्याग्दीले बेनीबजारमा विभिन्न जाजातिको धार्मिक भेषभुषा सहित सांस्कृतिक पहिरनसहित ¥याली निकालेको थियो ।

नेपाल भाषा मंकाः खल म्याग्दीको सभाहलमा आयोजित औपचारिक कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेवारी जाति आफ्नो संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजाको पुस्ता हस्तान्तरणमा अन्य जातिको तुलनामा अगाडी रहेको बताए ।

उनले आधुनिकताको लहरमा आफ्नो जातिय पहिचान गुम्न नदिन नेवारी समुदायबाट भइरहेको प्रयासको प्रशंसा समेत गरेका थिए ।नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका मन्त्री जुग्जालीले नेपाल संवर्त नेवार समुदायको मात्रै नभई राष्ट्रिय संवत् भएकाले अव सरकारी सरकारी कागजपत्रमा समेत प्रयोगमा आउने बताए ।

मन्त्री जुग्जालीले म्याग्दी जिल्लाको विकासमा साझा धारणा र एजेण्डा बनाएर सबै राजनीतिक दलहरू सक्रिय हुनुपर्ने बताए। सोही अवसरमा संविधानसभाका सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगरले समेत मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसरमा नेवार समुदायको तर्फबाट गतबर्षको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयबाट गुञ्जन श्रेष्ठ, संस्थागत विद्यालयबाट स्वीकृति श्रेष्ठ र आवास श्रेष्ठलाई नगद, कदरपत्रले सम्मान गरिएको थियो भने म्याग्दीभित्रका नेवार समुदायबाट विभिन्न समयमा चिकित्साशास्त्रमा स्नातक र स्नातकोत्तर गरेका २७ जनालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।

कार्यक्रममा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सदस्यद्धय हरिबहादुर भण्डारी, बिमला गौचन, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायत वडा अध्यक्ष, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । राष्टिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरि नेपाल संवतको सुरुवात गरेका थिए।

नेपाल देशको नामबाट राखिएकाले यो संवतलाई नेपालकै मौलिक संवतको रुपमा मनाइन्छ। जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए। आज साँझ नेवार समुदायमा म्हः पूजा गर्नेछन्।

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले म्हःपूजा पर्व मनाउने गर्दछन्। म्याग्दीमा बेनी नगरपालिका वडा नं ७ र ८ मा नेवार समुदायको बाहुल्यता रहेको छ भने जिल्लाका विभिन्न बस्तीमा समेत नेवार समुदायको पातलो बसोबास रहेको छ । कार्यक्रमको अध्यक्षता मंकाः खलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, स्वागत कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ र सञ्चालन सहसचिव सृजना श्रेष्ठले गरेकी थिईन् ।

मलेसियाको अस्पतालमा छटपटाइरहेका म्याग्दीका छन्त्याल सहयोगको पखाईमा

अचानक बिरामी भएपछि मलेसियाको अस्पतालमा भर्ना भएका एक म्याग्देली सहयोगको पर्खाइमा छन् । रोजगारको सिलसिलामा मलेसियामा पुगेका रघुगंगा गाउँपालिका-८, का २६ बर्षिय दिपक छन्त्याल १६ दिनदेखि अस्पतालको बेडमा छटपटाइरहेका छन् । एक्कासी शरीरका विभिन्न अंगमा समस्या देखिएपछिसरकारी अम्पाङ्ग अस्पतालमा भर्ना भएका छन्त्यालको अवस्था जटिल छ ।

आइसियूमा अक्सिजनको सहायतामा उपचार भइरहेको छन्त्यालको उपचार तथा थप उद्धार हुन सकेको छैन् । कम्पनीमा कार्यरत साथीहरुको सहयोगमा अस्पतालसम्म पुगेका छन्त्यालको उपचार तथा परिवारसँगको सम्पर्क सहित उद्धारको आवश्यकता रहेको छ।

अचानक विरामी भएपछि अस्पतालमा भर्ना भएका छन्त्यालको मुटु र मृगौलामा खरावी भएको भन्दै परीक्षण गरिएको छ भने अक्सिजनको सहायतामा उपचार भइरहेको मोना मलेसियाका अध्यक्ष पूर्ण रोका मगरले बताए । ‘अबस्था जटिल छ, अहिले उपचारसहित उद्धारको आवश्यकता छ, अस्पतालमा बिल बढ्दै गएको छ, चिकित्सकले अहिले नै भन्न सकिने अवस्था छैन भन्छन्’ अध्यक्ष रोकाले भने ।

उनले उपचारार्थ छन्त्याल सामान्य बोल्ने अवस्थामा रहेको बताउँदै तत्काल प्रयाप्त सहयोग सहित उपचारमा सघाउनुपर्ने बताए। बिरामी भएर अस्पतालमा भर्ना भएको जानकारीपछि मलेसियाको जोहोर बारु सेनाईबाट ३८० किलोमिटरको यात्रा पछि अस्पतालमा पुगेका अध्यक्ष रोकाका अनुसार मुटु र मृगौलाको परीक्षण भइरहेको छ ।

सरकारी अस्पतालको उपचार खर्च आर्थिक सहयोग जुटाएर मात्रै सम्भव नहुने भएकाले कम्पनी र नेपाली दुताबासमार्फत समेत पहल भइरहेको बताए ।

मलेसियामा रहेका नेपाली संघसंस्थालाई समेत छन्त्यालको उपचारमा सघाउन अनुरोध गरिएको छ । छन्त्यालको स्वास्थ्य अवस्थाका बारेमा नेपाली दुतावासको समेत ध्यानाकर्षण गराइएको बताउँदै जीवमरणको दोसाधमा रहेकोले एनआरएनए सहितका संघसंस्थालाई समेत उनको जीवन रक्षामा विशेष ध्यान दिन म्याग्देलीले माग गरेका छन् ।

बेपत्ता पुष्पा सापकोटा अझै फेला परिनन्, सम्पर्कमा आउन परिवारको याचना

७ दिनदेखि बेपत्ता म्याग्दीको मंगला गाउँपालिका–३,बरंजा घर भई हाल बेनी नगरपालिका-८,क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटा अझै फेला परेकी छैनन् । तिहारको मुखमै कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएकी सापकोटाको चौतर्फी खोजीकार्य हुदाँ समेत फेला पर्न नसक्दा घरपरिवार चिन्तित छन् ।

‘खोजीकार्य सबै तिर भएको छ, कतै देखेमा प्रहरीलाई जानकारी दिनुहोला’ बेपत्ता सापकोटाका भिनाजु कमलराज शर्माले भने । उनका अनुसार मेडिकलमा काम गर्दागदैं निस्किएपछि प्रहरीको समेत सहयोगमा खोजीकार्य भइरहेको छ ।  पुष्पाकोे खोजी कार्य तीव्र भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख मदन कुँवरले बताए ।

‘सबै कोणबाट खोज्ने काम भइरहेको छ,देशभरिको प्रह्री नेर्टवर्कमा हुलियासहित फोटो सर्कुलर गरी खोज्ने काम भइरहेको छ’ प्रनाउ कुँवरले भने । यता पुष्पाका परिवारले जहाँ भएपनि परिवारको सम्पर्कमा आइदिन अपिल गरेका छन् । मेडिकलबाट निस्किएपछि गएको सिसीटिभी फुटेजका आधारमा कालिगण्डकी नदी र आसपासका जंगल क्षेत्रमा समेत खोजी भइरहेको छ ।

 

म्याग्दीका गाउँघरमा सयपत्री र मखमली ढकमक्क

नेपालीहरुको दोस्रो महान् पर्व तिहार घर, आँगनमा भित्रिएको छ । अब तिहारको भाइटिका लगाउन दुई दिन मात्रै बाँकी छ । दसैँ र तिहार पर्वको अवसर पारेर प्रवासमा पुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि आफ्नो गाउँघर फर्किएका छन् ।

वर्ष दिनमा गाउँका घरहरु रातो र पहेँलो माटो तथा सेतो कमेरोले पोतिएपछि बेहुली जस्तै सिँगारिएका छन् । गाउँघरमा मच्चिने लिङ्गेपिङ र रोटेपिङले चाडबाडको मौसमलाई थप रमणीय बनाइदिएको छ । सहर, बजारमा बिजुली बत्तीले झिलिमिली बनाएको छ भने गाउँमा सयपत्री, मखमली, तिहारे र गोदावरी फूलहरु ढकमक्कै फूलेका छन् ।

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा फूलेका फूलहरुले तिहारको रौनक छाएको छ । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमली फूलिरहेका छन् । यमपञ्चकको आज तेस्रो दिन अर्थात् गाई तिहार । यतिबेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फुलको बास्नाले गाउँ नै मगमग बसाएको छ । तिनै फूलेका फूलहरुको कारण गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।

घर, आँगन, डिल, बारी, कान्ला र खोल्सा–खोल्सीमा फुलेका फुलहरुले तिहार नजिकिएको सङ्केत गर्दछ । सहर, बजारमा पनि रङ्गेली रङ, झिलिमिली बत्ती, विभिन्न प्रकारका फूल र मालाले तिहार पर्वलाई स्वागत गरिरहेका छन् । तिहारमा फुलेका फूलहरुले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकहरुलाई समेत लोभ्याएको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यलो र फूलै फूलको पर्वको रुपमा मानिन्छ । तिहारको अन्तिम भाइटीकाको दिनमा मखमली र सयपत्री फुलको माला अनिवार्य जस्तै बनेको छ ।

यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरु अनिवार्य रुपमा प्रयोग हुन्छन् । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नको लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलको खेती गर्ने र खरिद–बिक्री हुने गरेको पाइन्छ । यी फुलहरुको माग उच्च हुने गर्दछ । कतिपयले पुष्पखेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानी समेत गर्दै आइरहेका छन् । तिहार पर्व दाजुभाइ र दिदीबहिनीहरुको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध अझै प्रगाढ बनाउने पर्वको रुपमा रहेको छ ।

तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युको देवताको रुपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने अधिक इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग त्यसपछि कुकुर, गाई र अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।

तिहारमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता मीठा–मीठा परिकारहरु बनाएर खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न फूलहरुको माला उनेर सप्तरङ्गी टिका लगाएर तिहार मनाउने चलन छ । बेनी नगरपालिका–३, भकिम्ली राखुकी महिला उद्यमी मनकुमारी पुनले तिहार आएपछि सयपत्री, मखमली जस्ता फुलहरु ढकमक्क फुलेको बताइन् ।

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए । इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।