बेनी-म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले, मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व पहिचान गराएको हो।
पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए।
त्यसैगरी दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिंडेका थिए।
बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवाल लगायत स्थानीयले स्वागत गरेका थिए।
त्यसैगरी बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए। करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवी गर्बुजा पुनबाट जानकारी पाएका थिए।
उक्त कार्यक्रममा काव्ययात्रीले आआफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए।
त्यस्तै गाउँको पुन समुदायले परम्परागत पुख्र्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए।
‘हाम्रो काव्ययात्रा धेरै उपलब्धीमुलक बन्यो’, काव्ययात्राका संयोजक एवं सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौं।’
बेलायती सेनाका रिटायर्ड लाहुरे यिनै चामबहादुरको अगुवाइमा करबाकेली क्षेत्रको कायाकल्प भएको छ। काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ।
त्यसैगरी पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रूपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन्।
उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन्। उनीहरूले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी ५ दिने काव्ययात्रा पूरा भएको छ।
यात्राका संयोजक चामबहादुर पुनका अनुसार पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ। त्यसैगरी यात्रालाई समेटेर एउटा वृतचित्र पनि बनाइनेछ।
जिल्ला प्रशासन कार्यालयले म्याग्दीमा राति १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ। नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउन प्रशासनले सूचनाजारी गरेको छ। विहान ७ बजेदेखि राती १० बजेसम्म मात्रै देउसीभैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने समयसिमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी धिेरेन्द्रराज पन्तले जानकारी दिए ।
रातको समयमा देउसीभैलोको बहानामा उच्छृङ्खल गतिविधि हुनसक्ने भएकालेचाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको भन्दा बढी समय खेलेमा कानुनी कारवाही समेत गरिने सहायक प्रजिअ पन्तले बताए ।
छिमेकी जिल्ला पर्वत र बागलुङ क्षेत्रबाट समेत चाडपर्वमा समन्वय गरी सिमा आसपासमा निगरानी बढाउने र जिल्लाभित्र समेत कानुनले बर्जित गरेको गतिविधिमा संलग्न भएमा तत्काल प्रहरीमा जानकारी दिन समेत प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले आग्रह गरेका छन् ।
देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिन समेत अनुरोध गरे। मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएकाले यसको विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ।
जिल्लाभित्र चाडपर्वमा ठूलो आर्थिक चलखेल सहित जुवातासको खेलप्रति प्रहरीले साधा पोशाकमा समेत खटाएर समेत निगरानी बढाएको जनाएको छ। जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गरिने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । तिहारलाई लक्षित गरी साधा पोशाक, मोवाइल गस्ती समेत गरिने उनको भनाइ रहेको छ।
अगतिलो ठेकेदारका कारण अलपत्र परेको बेनी अस्पतालको भवन निरन्तरको दबाब र कानुनी कारवाहीको चेतावनीपछि विस्तारै गति लिन थालेको छ । ५० शैया क्षमताको भवन निर्माण कार्यमा ठेकेदारले गति दिएका हुन् ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवनको ढलान गर्ने काम सकिएको बताए । “अन्तिम तलाको ढलान बिहिबार सकिएको छ,अब काम नरोक्ने बाचा ठेकेदारले गरेका छन्‘अध्यक्ष सुबेदीले भने । पछिल्लो दुई महिनायता भवन निर्माणको कामले निरन्तरता पाएकाले आशा जागेको अध्यक्ष सुवेदीले बताए ।
बुधबार र बिहिबार सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङका दुई जना प्राविधिक र अध्यक्ष सुवेदीको निगरानीमा भवन ढलान गरिएको थियो ।
अलपत्र भवन निर्माणका लागि प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा,गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायतले विभिन्न माध्यमबाट ठेकेदारलाई दवाव दिएका थिए ।
अस्पतालको भवनको अपुरो कामलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्ड समक्ष समेत टोली पुगेर ठेकेदारलाई कारवाहीको माग गरिएको थियो । अलपत्र भवनको काम सक्न हालै म्याग्दीको भ्रमणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले समेत जनशक्ति थप र निर्माण सामग्री व्यवस्थापन गरेर तिब्रता दिन निर्देशनका साथै रोकिएको भवन निर्माण कार्य अघि बढाउन चेतावनी दिएका थिए ।
एक वर्षअघि भुतबंगला रहेको भवन निर्माण कार्यले हाल भवनको रुप लिएको बताउदै प्रदेश सांसद हरि भण्डारीले स्वास्थ्य सेवासँग जोडिएको भवनलाई जति सक्दो छिटो सम्पन्न गराउन निरन्तर निगरानी, समन्वय र सहजिकरण गरिने बताए ।
यसअघि वि.स. २०७७ देखि रोकिएको भवन निर्माणको काम गत चैत देखि असार सम्म भएपछि पुन रोकिएको थियो । नयाँ भवन निर्माण नहुँदा ५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने समस्या छ । नयाँ बनाउन पुरानो भवन भत्काइएकाले छ वर्षयता अस्पतालले अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ७० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।
बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको एउटा भवनको एउटा तला ढलान, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ ।निर्माण कम्पनीका प्रतिनिधि जोशीले गरेको कामको भुक्तानी समयमा नपाउँदा निर्माण कार्य प्रभावित भएको बताउदै आएका छन् । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह छन् । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो ।
बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम पनि भवन नबनेकाले अन्यत्र जिल्लामा गएको अस्पतालका प्रमुख चिकित्सक अञ्जु थापाले बताइन् ।
सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।
बेनी-पाखापानी सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ माटेबिसौनामा बिहीबार साँझ भएको इक भ्यान दुर्घटनामा आठ जना घाइते भएका छन्।
बेनीदेखि नेप्टेचौर जाँदै गरेको ध १ ज १०७० नम्बरको भ्यान दुर्घटना हुँदा चालक बेनी नगरपालिका-९ का गणेशबहादुर खत्रीसहित यात्रुहरू घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा पोखरा महानगरपालिका-१३ टुडीका ३७ वर्षीय राजु नेपालीबाहेक अरू बेनी नगरपालिका-९ का बासिन्दा हुन्।
१७ वर्षीय विवेक चोखाल, ३३ वर्षीया अन्जना चोखाल, ६५ वर्षीय दिवाकर सुवेदी, ४८ वर्षीय रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४७ वर्षीया गोमा श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।
घाइतेहरूको बेनी अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकदेखि ५५ मिटर तल खसेको छ। दुर्घटनास्थल नजिकै रहेका धान भित्र्याउने काम गरिरहेका स्थानीयवासीले उद्धार र प्रहरीलाई खबर गरेका थिए। चालकले उकालोमा गाडी रोकेर पछाडिको टायरमा ओट लगाउन ढुंगा राख्न खोज्दै गर्दा पछाडितर्फ गुडेर सडकबाट खसेको प्रत्यक्षदर्शीको भनाइ छ। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना तथा कार्यक्रमका वारेमा सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा नम्बर ३ आर्भाङमा बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ का स्थानीयवासीहरुले सडक सुधार,न्यायोचित रुपमा कृषि अनुदानको वितरण,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत पालिकाबाट प्रवाह भएका सेवाका वारेमा गुनासो राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बरंजा झाँक्रीपानीका कमल थापाले विद्यालयको प्रवेशद्धार निर्माणका लागि कम बजेट विनियोजन गरेको र सडक निर्माणका लागि ५ लाख रुपियाँ कम भएको गुनासो ब्यक्त गरेका थिए।
थमबहादुर थापाले उपभोक्ता समितिले योजना कार्यान्वयन गरेपछि उपभोक्ताहरुका माँझ सार्वजनिक सुनुवाई मार्फत योजनाका वारेमा जानकारी नदिएको र पालिकाले बजेट विनियोजन गर्दा विभेद गरेको गुनासो पोखेका थिए ।
यस्तै आर्भाङका श्यामबहादुर थापाले कृषि अनुदानको वितरण न्योचित नभएकोप्रति गुनासो राखे । वडा कार्यालयबाट अनुदान वितरणको व्यवस्था मिलाउन उनले अनुरोध गरे। व्यवस्थित नाली सहितको सडक निर्माण गर्न पालिकाले जोड दिनुपर्ने उनको भनाई थियो ।
खिमनाथ आचार्य,तेजेन्द्र आचार्य,चक्रबहादुर रोका र गंगाप्रसाद पुर्जाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रोजगारदाता छनौंट गर्दा राजनीतिककरण भएको,वडामा बजेट विनियोजन असमान भएको र दह हुँदै भकुवा जाने सडक मर्मत गर्न पालिकाले वेवास्ता गरेको बताएका थिए ।
पालिकाबाट विनियोजन भएका विकास योजनाहरुको प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । पालिकाभित्र कार्यान्वयन हुने प्रदेशका पूर्वाधारका योजनाहरुमा स्थानीयहरुवासीहरुसँग कुनै समन्वय नभएकोप्रति सहभागिहरुले गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाईमा उठेको प्रश्न,जिज्ञास र गुनासोहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सुशासनका लागि सार्वजनिक सुनुवाई एउटा महत्वपूर्ण औजार भएको बताए ।
अध्यक्ष रोकाले सीमित स्रोतसाधनका कारण अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताउँदै वडास्तरीमा आएको योजनाको अनुगमन तथा गुणस्तरीयतामा स्थानीयले सधै निगरानी राख्नुपर्ने बताए। कृषि अनुदानको वितरणमा राजनीतिकरण नगरेको बताउँदै आगमी दिनमा वितरणलाई अझ पारदर्शी र किसानमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा कार्यालय मार्फत कृषि अनुदानको फारमहरु संकलन गर्ने व्यवस्था मिलाएको बताए । सडकलाई दिगो रुपमा संचालन गर्नका लागि सडक सुधार योजनालाई प्राथमिकतामा राखेर पालिकाले काम गरेको अध्यक्ष रोकाको भनाई थियो । पालिका र प्रदेश सरकारको बजेटबाट गाउँपालिका भित्रका सडकहरु स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेको बताए ।
सहभागिहरुको जिज्ञासाको जवाफ दिदै पालिका अध्यक्ष रोकाले प्रत्येक योजनाका उपभोक्ताहरुले पारदर्शीता र सुशासनका लागि खर्च हिसावको लेखापरिक्षण गरी सार्वजनिक गर्नुपर्ने बताए । गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदै आएको बताउदै आगामी दिनहरु बास्तविक किसानलाई अनुदानमा समेट्ने प्रतिवद्धता जनाए ।
“गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ। गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौ ।” अध्यक्ष रोकाले भने । “आगामी दिनमा अनुदान वितरण समन्वय र सहकार्य गरेर बास्तविक किसालनाई समेट्छौ ।’’ अध्यक्ष रोकाले थपे । रोजगार संयोजक कृष्ण भुषालले रोजगारदाता छनौट गर्दा कुनै राजनीति नगरेको र लाभग्राहीले भरेको फर्मका आधारमा विभागबाट नै छनौंट हुनेगरेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका र ४ का वडाध्यक्ष लालबहादुर रोकाले वडाको विकासका लागि विनियोजन भएको बजेटलाई सदुपयोग गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले प्रथम चौमासिक अवधिमा पालिकाबाट प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना र कार्यक्रमका वारेमा सार्वजनिक सुनुवाई मार्फत सेवाग्राहीबाट गुनासो,जिज्ञासा र राय सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बताए।
सार्वजनिक पद धारण गरेका व्याक्ति र आम नागरिकबीच हुने सार्वजनिक सुनुवाईले दुवै पक्षलाई लाभ पु¥याउने पौडेलको भनाई थियो । गाउँपालिको हरेक चौमासिकमा पालिकाभित्र हरेक वडामा सार्वजनिक सुनुवाईमार्फत आफुले गरेका काम नागरिकमाझ पु¥याउने र नागरिकले त्यसमा प्रश्न गर्ने, सुझाव दिने, आगामी दिनका योजनामा सुझाव लिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पौडेललको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सूचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए। वडाअध्यक्ष,कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र बरंजावासीको उपस्थितमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार हरिकृष्ण गौतम र ठाकुरप्रसाद आचार्यले गरेका थिए ।
म्याग्दीको बेनी नगरपालिका वडा नं ६ माझखेत गाउँका यूवा मन्दिर र चौतारी संरक्षणमा जुटेका छन् । ५ दशक भन्दा पूरानो पिपलको चौतारी,भगवती मन्दिर आसपासको क्षेत्रको संरक्षणका लागि स्वदेश तथा विदेशमा रहेका यूवाहरूको सक्रियतामा १ लाख ६७ हजार आर्थिक संकलन गरिएको छ ।
मन्दिर र चौतारी परिसरमा बेनीबजार सहित आर्कषक पेन्टिङ गरिएको छ । स्थानीय यूवाको प्रयासमा मन्दिर आसपासको स्वरुप नै परिवर्तन भएको छ ।
मन्दिर मर्मत तथा चौतारी प्लास्टर गरिनुका साथैसदरमुकाम बेनीबजार सहितको आर्कषक पेन्टिङ गरी घुम्न जानेलाई समेत बस्न मिल्ने संरचना बनाइएको निर्माण समितिका अध्यक्ष किशोर शर्माले बताए । उनले गाउँमा हुने भेला, बैठक, छलफल तथा विभिन्न कार्यक्रममा प्रयोग हुने गरी चौतारी मर्मत गरिएको बताए ।
संरक्षणको पर्खाइमा रहेको मन्दिर सहित चौतारीका लागि यूएईमा रहेका नविन केसी रिबलले आर्थिक संकलन गरी पुननिर्माण सहित संरक्षणको काम गरेका थिए ।
सदरमुकाम बेनीबजारबाट करिब आधाघण्टाको पैदलयात्रा पछि पुगिने मन्दिर परिसरमा ध्यान बस्न तथा विहान र बेलुकीको यात्रापछिको बिश्रामका लागि समेत उपयुक्त रहेको आर्थिक संकलन अभियानका केसीले बताए । मन्दिर परिसरबाट कोप्रे र उडाइन छहरा लगायतको मनोरम दृष्य देखिन्छ ।
युवाको पहललाई उदाहरणीय कार्य भएकोस्थानीय दलबहादुर खत्रीले बताए ।आफ्नो गाउँ बनाउन कस्सिएका युवालाई
बुढापाकाले समेत साथ दिएका छन् । धार्मिक महत्व बोकेको भगवती मन्दिर प्रचार प्रसार अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडि परेकोे थियो । यसैबिच मन्दिर र चौतारी संरक्षणमा आर्थिक, भौतकि र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले, मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको टेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो।
पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए। त्यसैगरि दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिँडेका थिए।
काव्य यात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८ जना सहभागी थिए। बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवाललगायत स्थानीयले स्वागत गरेका थिए। त्यसैगरि बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए।
करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवी गर्बुजा पुनबाट जानकारी पाएका थिए। उक्त कार्यक्रममा काव्ययात्रीले आआफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए। त्यस्तै गाउँको पुन समुदायले परम्परागत पुख्र्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए।
‘हाम्रो काव्ययात्रा धेरै उपलब्धीमुलक बन्यो’, काव्ययात्राका संयोजक एव्म सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौं।’
बेलायती सेनाका रिटायर्ड लाहुरे यिनै चामबहादुरको अगुवाईमा करबाकेली क्षेत्रको कायाकल्प भएको छ। काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ। त्यसैगरि पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«ेक’का रुपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन्।
उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन्। उनीहरुले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी ५ दिने काव्ययात्रा पुरा भएको छ। यात्राका संयोजक चामबहादुर पुनकाअनुसार पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ। त्यसैगरि यात्रालाई समेटेर एउटा वृतचित्र पनि बनाइनेछ।
नेपालको विकास र प्रवर्द्धनमा टेवा पुर्याउन र विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीको हितको पक्षपोषणका लागि संगठित रूपले अघि बढ्न सन् २००३ अक्टोबर ११ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन भएको हो।
सन् २००३ देखि ०२३ सम्मका दुई दशकमा आफ्नो उद्देश्यमा कति सफल भयो, कति भएन, समीक्षा गर्नैपर्ने समयमा संघ उभिएको छ। तर, संघको ११ औं महाधिवेशनपश्चात् घोषणा भएका दुईवटा कार्यसमितिले आन्तरिक विवादलाई सतहमा मात्र ल्याएको छैन, यही स्वरूपमा यो संघ रहनुको सान्दर्भिकता र औचित्यमा समेत प्रश्न उब्जाइदिएको छ।
विश्वभरि छरिएर रहेका नेपालीको एकताबद्ध मनोविज्ञान निर्माण गरी नेपालको समृद्धिका लागि उनीहरूको पुँजी, सीप र दक्षताको प्रयोग गर्ने, एकपटकको वंशज नागरिक सधैँको नेपाली नागरिक हुने गरी कानुनीरूपमा अटुट सम्बन्ध स्थापना गर्ने–गराउने कार्यमा संघको नेतृत्व सम्हालेका पदाधिकारीहरू असफल भइसकेको भन्नचाहिँ हिच्किचाउनुपर्दैन।
संघको स्थापनापश्चात् जारी भएको नेपाल नागरिकता ऐन, २०६३ को दफा १० उपदफा (१) मा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था गरियो। यस व्यवस्थाले विदेशको नागरिकता लिएका नेपाली वंशजको नागरिकताको निरन्तरतालाई टुटायो। नेपाली वंशज नागरिकलाई गैरआवासीय नागरिकमा रूपान्तरण गर्ने अभियानको विधिवत् थालनी गरियो। र, नेपालीको शक्ति, सामर्थ्य र स्वाभिमानलाई विभाजित गराउन कानुनी पाइला चालियो।
नेपाली मूलवासीलाई फुटाउने खेल
आधुनिक नेपालको स्थापना पृथ्वीनारायण शाहले गरेको भनेर मान्ने हो भने त्यसबेला नेपाल भूमिमा जोजो बसेका थिए, ती सबै वंशज नागरिक हुन्। तिनका हरेक सन्तान–दरसन्तान नेपाल भूमिमा चाहेसम्म बस्न पाउँछन्। संसारको जुनकुनै भूभागमा पुगे पनि, जहाँसुकैको नागरिकता लिए पनि वंशज नेपालकै हुन्छन् र रहन्छन्।
वंशजको मान्यता कसैको कृपाबाट प्राप्त हुने कुरा होइन। यदि कसैले दिने कुरा होइन भने कसैले खोस्न पाउने कुरा पनि भएन। प्रत्येक वंशज नेपालीले यो जन्मसिद्ध प्राप्त गरेको हुन्छ। आफ्ना पुर्खा वा मातापिताको कोखमा जन्मेवापत् प्राप्त गर्ने कुरा हो, वंशजको मान्यता। त्यसैले एकपटक वंशजको नागरिकता प्राप्त गरिसकेपछि ऊ सधैँका लागि वंशज नागरिक नै रहन्छ। उसबाट जन्मिएका सन्तान–दरसन्तान पनि वंशज नै रहन्छन्, चाहे उनीहरू जहाँसुकै पुगून्, जहाँसुकै बसून्।
वंशजको यो मान्यता बुझिएन भने हाम्रो नागरिकता र राष्ट्रियतामाथि अवाञ्छित खेलहरू भइरहनेछन्। अहिलेसम्म त्यही भइरहेको छ।
मौजुदा कानुनलाई नै हेरौँ। नेपाल नागरिकता ऐन, २०६३ को दफा २२ मा सरकारले दिएको निर्देशनको आधारमा नेपाली नागरिकता वितरण गर्नको लागि टोली खटाउने कानुनी प्रबन्ध गरियो। ऐनको दफा १० र दफा २२ को प्रावधान हेर्दा विदेशको अंगीकृत नागरिकता लिएका वंशज नेपाली नागरिकहरूको नागरिकता खोस्ने र नागरिकता वितरण टोलीमार्फत् नवनागरिकलाई नागरिकता वितरण गर्ने योजनाबद्ध रणनीति कानुनमा घुसाइएको देखिन्छ।
यही रणनीतिअन्तर्गत गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ र गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ जारी भएको देखिन्छ। संविधान सभामार्फत् जारी गरिएको संविधानको धारा १४ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने प्रावधान राखियो।
नेपाली नागरिक विदेशमा बसोवास गर्न थालेपछि उसको तीन पुस्तासम्मले मात्र यो नागरिकता प्राप्त गर्न सक्छ। त्यसपछि त उसले नेपाली हुँ भन्न पनि नपाउने गरी हाम्रो संविधानले निषेध गरेको छ। यो सरकार नेपालका मूलवासीलाई आफ्नो मूल थलोबाट विधिवतरूपमै विच्छेद गर्ने चाल हो। नेपाली राष्ट्रियतामा रोपिएको विषवृक्ष हो।
हालसालै मात्र नागरिकता ऐन संशोधन गरी विदेशी मुलुकको नागरिकता प्राप्त गरेको र साविकमा वंशज वा जन्मको आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यी कानुनी प्रबन्धको कारणले विदेशको अंगीकृत नागरिकता लिएका वंशज नेपालीहरूलाई उनीहरूले नचाहँदा नचाहँदै नेपालको वंशजको नागरिकताबाट वञ्चित गराएको छ। नेपाली–नेपालीबीच दर्जा र विभेद सिर्जना गरी फाटो ल्याउने काम गरेको छ। वंशज नेपालीलाई क्रमशः अल्पमततिर लैजाने जोखिम बढाएको छ।
राष्ट्रियतामा हचुवा निर्णय
नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा नागरिकता मुद्दाले प्रवेश पाउँदै आएको छ। ताज्जुबलाग्दो विषय के छ भने ती सबै परिवर्तनसँगै यहाँ नागरिकता कानुन परिवर्तन हुन्छ। नयाँ आधार वर्ष (कट अफ डेट) राखेर नागरिकताका नयाँ मापदण्ड राखिन्छ। २००७ सालदेखि ०४७ र ०६३ मा त्यही गरियो।
एकातिर राजनीतिक अस्थिरता भइरहने, अर्कोतर्फ यहाँका वंशज नागरिकको हैसियत कटौतीमा पर्दै जाने जुन सिलसिला चलेको छ, त्यो कुनै कोणबाट पनि स्वाभाविक र सुखद लाग्दैन। संविधान तथा कानुनमा आधार वर्ष परिवर्तन गर्दै यसरी बारम्बार नागरिकता कानुनका प्रावधान फेरेर राष्ट्रियतामाथि हचुवा निर्णय गर्ने मुलुक सम्भवतः नेपाल मात्र होला।
नागरिकता कानुनले वंशजको नागरिकता खोस्ने र संविधानले वंशज नेपालीलाई गैरआवासीय नेपाली परिचयपत्र बोक्ने पात्र बनाउँदै छ। वंशजको नागरिकता सजिलै समाप्त गर्ने वा सजिलै प्रदान गर्ने कार्य राज्यको हितप्रतिकूल हुन्छ। संविधानले कुनै पनि नागरिकलाई देश निकाला गर्न नपाउने व्यवस्था गरेको छ। तर, नागरिकता कानुनले कुनै नेपाली नागरिकले विदेशको अंगीकृत नागरिकता लिएकै भरमा नेपालको नागरिकता कायम नरहने व्यवस्था गरेर वंशज नेपालीलाई देश निकाला गरेको छ।
राष्ट्रियताको झाँक्री सोच
हालै काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनका क्रममा नागरिकतासम्बन्धी छलफल विशेष चर्चामा रह्यो। हाम्रा प्रश्न र चासोहरूमा पूर्वमन्त्री रामकुमारी झाँक्रीले उत्तेजित अभिव्यक्ति दिनुभयो। हामी विदेशमा रहनेहरूप्रति विभिन्न विम्बको प्रयोग उहाँले गर्नुभयो।
उहाँको यस प्रस्तुतिमा हाम्रो गुनासो छैन। किनभने, उहाँ त एक पात्र मात्र हो। खासमा आम नेपाली राजनीतिक नेतृत्वको मनोविज्ञान त्यहाँ प्रकट भएको हो। उहाँले खुलेर भनिदिनुभयो, त्यसका लागि धन्यवाद नै दिन्छौँ हामी।
तर, झाँक्रीसहित समस्त नेपालको राजनीतिक नेतृत्वले बुझ्नुपर्छ, हामी रहरले विदेश गएका होइनौँ। हामी भगौडा पनि होइनौँ। यहाँको परिस्थितिले हामीलाई बाध्य पारेर धकेलेको हो, लखेटेको हो। यो परिस्थिति निर्माण गर्नमा यहाँको राजनीतिक नेतृत्वसहित नीति निर्माणको तह जिम्मेवार छ।
हामीलाई शिक्षा, स्वास्थ्य, रोजगारी र गरीखाने वातावरण नदिएर नेपालबाट धकेल्ने, लेखेट्ने। हामीले पठाएको मासिक खर्बभन्दा बढीको रेमिट्यान्स स्वादसँग खपत पनि गर्ने। अनि हामीलाई नै आफ्नो मूल थलोसँगको नाता कानुनीरूपमै विच्छेद गराइदिने। तिमीहरू यहाँको राजनीतिबारे चासो नराख, खुरुखुरु रेमिट्यान्स मात्र पठाऊ भन्दै उर्दी जारी गर्ने। यो कस्तो राजनीति हो? राष्ट्रियताको कस्तो परिभाषा हो? राष्ट्रियताको यो झाँक्री सोच संकुचित, त्रुटिपूर्ण र राष्ट्रको दीर्घजीवनका लागि घातक छ।
हामीलाई गैरआवासीय नेपाली संघको हालसम्मको नेतृत्वप्रति पनि शंका छ। हाम्रो मूल थलोसँगको वंशज नाता खोस्ने व्यवस्थाको पैरवी गर्ने अधिकार तिनलाई कसले दियो? केही नेता र उच्च प्रशासकसँग उठबस गरी केही फोटाहरू खिचाउने, आफ्नो व्यावसायिक हितका निर्णय गराउने, अनि त्यसबापत् हामी वंशज नेपालीको जन्मसिद्ध अधिकार उनीहरूका पाउमा चढाउने एनआरएनए नेतृत्व हामीलाई चाहिएको छैन।
यदि गैरआवासीय नेपाली परिचयपत्ररूपी नागरिकता दिलाएर हामीलाई ‘अन्य’ दर्जामा राख्ने नेपाल सरकारको रवैयाको मतियार बन्नुमै गर्व गर्ने हो भने एनआरएनएजस्तो बिचौलिया संस्था पनि चाहिएको छैन हामीलाई।
नेपालको राजनीतिक नेतृत्व र बौद्धिक समुदायले समेत बुझ्नुपर्छ, हामी नेपालका धर्ती सन्तान हौँ। नेपालका मूलवासी हौँ। समय वा परिस्थितिले जहाँसुकै पुर्याए पनि हाम्रो मनमा नेपाल छ। रगतमा नेपाल छ। भावनामा नेपाल छ। लक्ष्य र उद्देश्यमा नेपाल छ। हामी संसारको जुनकुनै कुनामा पुगे पनि आफूलाई नेपाली भनेर शानसँग चिनाउन चाहन्छौँ। नेपाली हुनुमा गौरव गर्छौँ। नेपालीको अर्को कुनै जात छैन।
नेपालीको अर्को कुनै वर्ग वा दर्जा पनि छैन र हुनुहुँदैन। नेपाली स्वयं एक पूर्ण र स्वाभिमानी समुदाय हो। हाम्रो नेपाल राष्ट्रप्रति वफादारी र राष्ट्रियताप्रति इमानदारीमा शंका गर्ने कसैको अधिकार छैन।
नेपालीभित्रै कुनै दर्जा, कोटि वा वर्ग खडा गरी हाम्रो शक्तिलाई विभाजित तुल्याउने अधिकार पनि कोही कसैसँग छैन। त्यसैले देशमा केही समय नबसेकै आधारमा हाम्रो नागरिकता खोस्ने सोच, शैली र सिद्धान्तलाई हामी खारेज गर्छौँ। नेपालका मूलवासीहरूलाई दोस्रो दर्जामा सीमित गर्ने कुनै पनि प्रकारका प्रयास र प्रवृत्तिको हामी प्रतिवाद गर्छौँ।
बदलिँदो विश्व परिवेशअनुकूल रोजगारी तथा अवसरको खोजीमा हामी विश्वभरि रहेको सत्यतथ्यलाई आत्मसात् गर्छौँ। नेपालको समृद्धिका लागि नेपाली वंशज नागरिकहरूको नागरिकताको निरन्तरताको अपरिहार्यतामा जोड दिन्छौँ। वंशजको नागरिकताको निरन्तरताको लागि विश्वभरि रहेका नेपाली सुसंगठित हुनुपर्ने आवश्यकता महसुस गर्दै, विदेशिएका नेपालीहरुले विदेशमा आर्जन गरेको शिक्षा, सम्पत्ति, सीप, सञ्जाल र सम्पर्कको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणका लागि हाम्रो प्रयास र सहभागिता जारी राख्छौँ। यसमा रोक्ने र छेक्ने अधिकार पनि कसैलाई छैन।
तसर्थ यसो गरौँ
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा (१) मा नेपालको कुनै नागरिकले आफुखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजले नेपाली नागरिकको हैसियतले प्राप्त गर्ने राजनीतिक अधिकार निलम्बन हुनेछ तर आर्थिक, सांस्कृतिक तथा सामाजिक अधिकार अविच्छिन्न कायम रहने उल्लेख गरे पुग्छ। विदेशको नागरिकता त्याग गरेको निस्सा पेस गरेमा राजनीतिक अधिकार स्वतः कायम हुने व्यवस्था गर्न सकिन्छ। यस्तो संशोधनले वंशजका नेपाली नागरिकहरूलाई गैरआवासीय नेपाली नागरिकमा रुपान्तरण गर्दैन। एकपटकको वंशज सधैँको वंशज कायम गर्छ। बाध्यताले विदेशिएका वंशज नागरिकको भावनामा चोट पुग्दैन।
यस्तो संशोधनले गैरआवासीय नेपालीहरूमा नेपालसँगको सामीप्य अभिवृद्धि गरी त्यस्ता व्यक्तिलाई नेपालको सर्वांगीण विकासमा सहभागी गराउन उत्प्रेरित गर्ने उदेश्य पूरा गर्न सघाउ पुग्छ। नेपाली वंशज नागरिकहरूको एकता कायम हुन सकेन भने कुनै दिन वास्तविक नेपाली वंशजका नागरिक अल्पमतमा पर्ने र अन्य शक्तिहरूले नेपालको स्वाधीनतामा हमला गर्ने अवस्था आउँछ। संविधान र कानुन नै वंशज नागरिकको अधिकार रक्षाको लागि बाधक बन्न पुग्छ।
तसर्थ, एकपटक प्राप्त भएको वंशजको नागरिकता राज्यको नीतिगत प्रावधानले खोस्नुहुँदैन। वंशज नेपालीलाई गैरआवासीय नेपाली नागरिकमा रूपान्तरण गरी वंशजको नागरिकताबाट विमुख गराउनुहुँदैन। लाखौँको संख्यामा विदेशमा रहेका नेपालीहरूले विदेशमा आर्जन गरेको सीप, प्रविधि, ज्ञान तथा धन नेपालको विकासमा अधिकतमरूपमा सदुपयोग गर्नको लागि उनीहरूको नागरिकताको निरन्तरता कायमै राखी नेपाल फर्काउने वातावरण कायमै राख्नुपर्छ। यसो गर्नका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा (१) मा निम्नानुसारको संशोधन गर्नुपर्छ।
नेपाल बनाउने प्रण
विश्वभरि छरिएर रहेका सम्पूर्ण वंशज नेपालीले पनि निम्न विषयहरूमा समीक्षा गरौँः
गैरआवासीय नेपाली संघ आफ्नो उदेश्यबमोजिम चल्यो वा चलेन? गैरआवासीय नेपाली संघले नेपाली वंशज नागरिकको नागरिकताको निरन्तरता गरायो वा गराएन? वंशजको नेपाली नागरिकता कसैले दिएको कृपा हो वा हाम्रो अधिकार हो? वंशज नेपाली नागरिकहरूले विश्वभरि छरिएर कमाएको पुँजीलाई नेपालको समृद्धिमा कसरी प्रयोग गर्न सकिन्छ? विश्वभरि छरिएर रहेका हामी वंशजका नेपाली नागरिकहरू कसरी संगठित हुन सकिन्छ? हाम्रो संगठित शक्तिलाई कसरी प्रयोग गर्ने?
संगठित शक्तिबिनाको अधिकारको लडाइँ कमजोर हुन्छ। तसर्थ, हामीले विश्वभरिबाट बोलौँ र संगठित बनौँ। नेपाल र नेपालीलाई विभाजित बनाउने षड्यन्त्रलाई परास्त गरौँ। हाम्रो जन्मसिद्ध अधिकार स्थापनाका लागि नयाँ संघर्षमा जुटौँ।
आफ्नो माटोसँग पहुँच टुट्दाको पीडा कस्तो हुन्छ भनेर प्यालेस्टाइनीहरूलाई हेरौँ। एउटै थलोका भूमिसन्तानहरूबीच दर्जा र दरार सिर्जना गर्दाको हालत के हुन्छ भनेर इजरायललाई हेरौँ। नेपालको त्रुटिपूर्ण नागरिकता कानुन र नीति निर्माताहरुको साँघुरो सोच परिवर्तन गरेर यही मान्यतामा कायम गराउन, समृद्ध नेपाल राष्ट्रको निर्माणमा भागिदारी खोज्न र विश्वसमक्ष हाम्रो स्वाभिमान एवं गौरवपूर्ण पहिचान स्थापित गराउन हामी विदेशमा भएका वंशज नेपाली नै जुट्नुपर्छ। जुटौँ।
(बेलायतमा बसोवास गरिरहेका योगेन्द्रबहादुर क्षत्री नेपाली वंशज नागरिक संघका अन्तर्राष्ट्रिय संयोजक हुन्)
सडक र सवारी साधनको पहुँच नुहँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो । पहिले घोडा चढ्नेहरु अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन् । घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने गरेका छन् । टोल टोलमा मोटर गुड्ने सडक पुगेसँगै घोडा–खच्चर विस्थापित हुँदै गएका छन् ।
पर्यटकीयस्थलमा भने घोडाको काम फेरिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका घोडा व्यवसायी याम पुनले बताए ।“पहिले गाउँका सम्पन्न व्यक्ति चढेर हिँड्ने घोडा अहिले पर्यटकको यातायातको साधन बनेको छ,” उनले भने, “असोज– कात्तिक र चैत–वैशाखको याममा घोडालाई पर्यटक बोक्न भ्याइनभ्याइ हुन्छ ।”
म्याग्दीको घोडेपानी, कास्कीको उल्लेरी, नाङ्गीठाटी, घान्द्रुक, टाढापानी, चुइने, मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्ड पुग्न हिँड्न नसक्ने पर्यटकका लागि घोडा सहयोगी बनेका छन् । घोडेपानी–घान्द्रुक क्षेत्रमा पर्यटक बोक्न एक सयभन्दा बढी घोडा रहेका छन् । घोडेपानीका घोडा व्यवसायी विरेन गर्बुजा पुनले घोडेपानीबाट पुनहिल जान तीन हजार पाँच सय र अन्य ठाउँमा जाँदा प्रतिदिन एक सयका दरले शुल्क लिने गरिएको बताए ।
“बालबालिका र वृद्धबृद्धा पर्यटकले घोडा प्रयोग गर्छन् । रमाइलोका लागि युवा र वयस्क उमेरका पर्यटकले पनि घोडाचढी सुविधा लिन्छन्,” उनले भने, “शुल्कको केही प्रतिशत रकम पदमार्ग मर्मत र घोडा दौड प्रतियोगिताका लागि कोषमा राखेका छौँ ।” घोडेपानी घोडा व्यवसायी समिति अन्तर्गत हाल १२ वटा घोडा छन् । घोडा बेरोजगार युवाका लागि आम्दानीको स्रोत बनेको छ ।
बिरामी परेका र जङ्गलमा फसेका पर्यटकको उद्धारको काममा पनि घोडा प्रयोग हुने गरेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए । काठमाडौँकी जिया थापा गत हप्ता कास्कीको उल्लेरी हुँदै घोडा चढेर घोडेपानी घुम्न आएका थिए। उकालोमा घोडा चढेर यात्रा गर्न पाउँदा रमाइलो महसुस भएको उनले प्रतिक्रिया दिए । मुस्ताङको झारकोटदेखि मुक्तिनाथ मन्दिरसम्म जानका लागि पनि घोडाचढी सुविधा छ ।
एक पटक यात्रा गरेको चार सय शुल्क लिने गरेको घोडा व्यवसायी हर्क गुरुङको भनाइ छ । बयाननब्बे वटा घोडा मुक्तिनाथमा तीर्थयात्री बोक्न प्रयोग भएका छन् । एक दिनमा चारदेखि छ पटकसम्म एउटा घोडाले पालो पाउने गरेको उनले बताए ।
एउटा घोडाको मूल्य एक लाख पचास हजारदेखि दुई लाखसम्म पर्छ । मुस्ताङ र ढोरपाटन क्षेत्रका घोडा मानिस चढ्न मिल्ने अग्ला र बलिया मानिन्छन् । घोडा संरक्षण र पर्यटन प्रर्वद्धन गर्न घोडा दौडप्रतियोगिता आयोजना हुने गरेको छ ।मुक्तिनाथमा यार्तुङ पर्व, घान्द्रुकमा नयाँ वर्षको अवसरमा आयोजना गरिने घोडादौड प्रतियोगिता विशेष आकर्षणको रुपमा छन् । घोडा दौडप्रतियोगिताले पर्यटक भित्र्याउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाइ छ । रासस
एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।
आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्रानिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् ।
बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ । पाँच वर्ष अगाडिसम्म उनलाई मादल बिक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती गर्न थालेका छन् ।
आधुनिक प्रविधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बजाउने प्रचलन पनि घट्दै गएको परियारले बताए । ‘पहिलापहिला विवाह, व्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने, नाच्ने चलन थियो । आजभोली साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्’, उनले भने ।
पाका पूर्खाले गर्दै आएको कामलाई अगाल्नु भएको परियारले व्यवसाय सङ्कटमा परेपछि पेसानै बदल्न बाध्य भएका हुन् । बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि छोराहरुले यसप्रति चासो नदिएको परियाले बताए ।
‘तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड बिक्री गर्ने पसलमा चहलपहल बढेको देखिन्छ । मादल पसल सुनसान छन्’, उनले भने ।
पहिले बाह्रै महिना मादलको माग आउने गरेको भन्दै पाँच वर्ष अगाडि बनाएका मादल थन्काएर राखिएको परियारले बताए । केही वर्ष पहिलेसम्म चाडवाडको बेलामा फाट्टफुट्ट ग्राहक आउने गरेका सुनाउँदै अहिले वार्षिक पाँच वटा मादल पनि बिक्री नहुने उनले बताए ।
काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउनु पर्ने उनको भनाइ थियो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले जानकारी दिए ।
आफ्नो पालामा मनोरञ्जनको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोलि गाउँमा मादल बज्न छोडेको परियारले बताए । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोलि निःशुल्कमा पनि कसैले नलाने उनको भनाइ थियो
‘तिहारको बेला मादलको बढी माग हुने गर्थ्यो। गाउँ-सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गर्थे । अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गर्छन् । पहिला यसकै आम्दानीबाट परिवार पाल्न सहज भएको थियो । छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ’, परियारले भने ।
‘पहिले यो सीप नसिकेर विदेश जानुपर्ने रहेछ । अहिले बुढेसकाल लाग्यो । मैले जानेको काम मादल बनाउने हो तर मादल बिक्दैनन् । अहिले पसल बन्द गरेर खेतीपाती गर्छु । हाम्रो गाउँमा मादल बनाउने पसल १०-१२ वटा थिए । अहिले एउटा पनि छैनन् ।’
ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताए । चार/पाँचवर्ष अगाडिसम्म वार्षिक दुई सय मादल बिक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने उनको भनाइ थियो ।
आफूले मादल बनाउने र बिक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको नेपालीले गुनासो गरे । मौलिक संस्कृति हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ ।
पहिले गाउँमा सोरठी, मारुनीलगायतका पुराना नाच नाच्ने गरेको भन्दै अहिले ती नाच लोपहुँदै गएपछि मादलको बिक्रीमा गिरावट आएको नेपालीले बताए ।
‘पहिले मादल किन्नेको लाइन हुन्थ्यो । मैले पुर्याउनै सक्दैनथे । कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा सात लाख कमाइ गर्थेँ । अहिले मादल किन्न बेला मौकामा एक/दुईजना आउँछन्’, उनले भने, ‘तिहार आउने बेला अलिअलि बिक्री हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । अब अरु काम पनि गर्नुपर्ने भएको छ ।’
बुर्तिबाङका साउण्ड सिस्टम व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टम किन्न आउनेको भीड हुने गरेको बताए ।
दसैँ पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै उनले हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको जानकारी दिए ।
यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको क्षेत्रीले बताए । तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको उनको भनाइ छ ।
‘सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ । विद्युत नपुगेको गाउँ छैन । विद्युत्बाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्नुहुन्छ । मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ’, क्षेत्रीले भने, ‘पहिले गाउँमा मेला महोत्सव हुँदा मादल घन्किन्थे । यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे । तिहारमा पुरानै गीत गाएर देउसीभैलो खेल्थे । अहिले त्यस्तो कतै देखिँदैन, सुनिदैन । जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।’