Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 485

ग्रामिण परिवेश झल्काउने मेजन पुनको उपन्यास ‘धौलासिरी’ 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका मेजन पुन पेशाले चलचित्रको कथा लेखन, निर्देशन र वृत्तचित्र निर्माता हुनुहुन्छ । मगरको इतिहाँस, भाषा, संस्कृति, कला, मौलिक सिपको विषयमा अध्ययन अनुसन्धानमा पनि सक्रीय पुन म्याग्दी सहित धौलागिरी क्षेत्रका गाउँबस्तीमा धेरै डुल्नुभयो ।

गाउँ डुल्दा बटुलेको अनुभव, सुनेका र भोगेका लोककथालाई सँगालेर पुनले ‘धौलासिरी’ उपन्यास प्रकाशन गर्नुभएको छ । धौलासिरी धौलागिरीको रैथाने (आञ्चलिक) नाम हो । धौलासिरीको विगतका जनजीवन बुझ्न यो उपन्यास माध्यम बन्ने विश्वास गरिएको छ । उपन्यासमा धौलागिरि क्षेत्रको म्याग्दी, पर्वत, बाग्लुङ, मुस्ताङको ग्रामिण परिवेश र लोककथा समेटिएको छ।

“कार्यक्रममा पुग्दा बुढापाकहरुसँग सोधखोज र जीवन÷शैलीसँग नजिक भएकै कारण यो किताब तयार भएको छ,” पुनले भन्नुभयो “गाउँ गाउँ पुगेर ‘डकुमेन्ट्री’ बनाउँदा चिसो ठिहीमा कठ्याङ्ग्रिदै भेडी गोठमा पनि रात काटेको अनुभवलाई पुस्तकमा उतारेको छु ।” यस क्षेत्रमा प्रयोग हुने ठेट, झर्रा शब्दले भरिएको उपन्यासले विदेशिनुपर्ने नेपाली युवाहरुको बाध्यता र त्यसले परिवार तथा समाजमा पारेको प्रभावलाई उजागर गरेको छ ।

बुलबुल पश्लिकेशन प्रा.ली.ले प्रकाशन गरेको १६४ पृष्ठको उपन्यासका विषयबस्तु धौलागिरी क्षेत्रको ग्रामिण परिवेससँग मिल्दछन् । त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका मेजन पुन मगर–चलचित्र लेखन÷निर्देशन गर्नुहुन्छ ।

उहाँका कविता, चलचित्र र समाजसम्बन्धी दर्जन बढी पुस्तक प्रकाशित छन् । उपन्यासकारका रुपमा धौलासिरी उहाँको पहिलो आख्यान हो । ‘धौलासिरी’को नेपाल लोकवार्ता परिषद्ले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आयोजना गरेको कार्यक्रममा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बिमोचन गर्नुभयो ।

उपन्यासमा २० वटा लोककथा संगह गरिएको छ । साहु, भाषा हराएको कथा, ठेले कटवाल, गाउँघरको परिम, साइँली र साथी, लाहुरेको विचित्रको कथा, मेलाको रौनक, सुर्जे र साथीहरु, चिमखोला मेला, यो कस्तो ः मायाजाल, नयाँ सम्बन्धको सुरुवात, भीमसेन पुजा, नाकले भुमेको कथा, सुर्जे र साइँलिको विहे, कुल पूजा, कचहरी, दुःखमा सुर्जे, सिकार खेल्ने, भाका, भुमे पुजा शिर्षकमा लोककथालाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

निम्सले लिए म्याग्दीबाट लिए एनआरएनए नागरिकता

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले हेलिकप्टर चार्टर गरेर जन्मथलो म्याग्दीमा आएर बिहिबार गैरआवासीय नेपाली नागरिकता बनाएका छन् ।

बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिएका पूर्जा गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आएका थिए । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैरआवासीय नागरिकता हस्तान्तरण गरेका थिए ।

‘गैरआवासीयलाई नागरिकतामा सहज पहुँचको सुविधाबाट उत्साहित भएको थिए, दशैं अगाडी नै लिन आवेदन दिएको थिए’ पूर्जाले भने। उनले आफ्नो देश नेपालको नाम चिनाउने अभियानमै रहेकाले नागरिकतामा सहजताका लागि नेपाल सरकारलाई समेत धन्यवाद दिए ।

उनले गैरआवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको बताउँदै नागरिकताको सुविधाले गैरआवासीय नेपालीको लगानी भित्राउन समेत सहज हुने बताए ।

जन्मभूमी म्याग्दीमै रहेका धौलागिरी र अन्नपूर्ण हिमालबाट ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानी समेत रहेको पूर्जाले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ समेत गरेका थिए ।

जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् । नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ लागेका थिए ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो ।

हालसम्म ४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताए । ४० जनाले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेको प्रजिअ पौडेलले बताए । यसअगाडी म्याग्दीबाट घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्टे«लियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकााको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीले पहिलोपटक एकैदिन लिएका थिए ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् ।

नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउने ब्यवस्था रहेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ। गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बताए ।

बिरेन्द्रचोकको सार्वजनिक स्थानमा नेपाली राष्ट्रिय झण्डा फहराइयो

म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय झण्डा फहराएको छ । बेनी नगरपालिका वडा नं ७ मा पर्ने जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको ८० बर्ष पूरानो पिपलको रुख नजिकै सार्वजनिक खानेपानी नजिकै ६ फिट लम्बाई र ४ फिट चौडाईको झण्डा टोलकी बयोबृद्धा ९० बर्षिय रुपकुमारी खत्रीले झण्डोत्तोलन गर्नुभयो ।

आफ्नो टोल सुन्दर र नमुना बनाउने अभियानमा जुटेका टोलबासीले राष्ट्रभक्तिको भावना जागृत गर्न राष्ट्रिय झण्डा फहराएको अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । सोही अवसरमा झण्डालाई समयसमयमा परिवर्तन गर्ने तथा राष्ट्रिय महत्वका दिनहरुमा हुने कार्यक्रममा समेत सोही स्थानमा मनाउने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

टोलबासीले यसअगाडी बटुवालाई सार्वजनिक खानेपानी, आफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल सहित सरसफाई, विभिन्न संघसंस्थाबाट समेत सहयोग मागेर चौतारीमा बस्ने बटुवाई फलामको बेन्च सहितका संरचना समेत बनाएको छ ।

बिरेन्द्रचोकबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियानलाई तिब्रता दिएको कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठले बताउनुभयो । बि.स २०७२ सालमा स्थापना भएको टोल विकास संस्था बेनीबजारको नमुना मानिन्छ ।

इरेजरमा हानिकारक रसायन मापदण्डभन्दा २५६ गुणा बढी

बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक रसायन फ्यालेटको मात्रा अत्यधिक रहेको देखिएको छ। जनस्वास्थ्य तथा वातावरण केन्द्रले वैशाखमा गरेको ‘इरेजरमा फ्यालेट’ विषयक अध्ययनले विभिन्न पुस्तक पसल, स्टेसनरी तथा डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका इरेजर परीक्षण गर्दा हानिकारक रसायन पाइएको हो।

अनुसन्धानका लागि ५३ वटा नमुनामध्येमा ३८ प्रतिशत अर्थात् २० वटामा यो रसायन फेला परेको छ। नेपालबाट संकलन भएका नमुनाहरू कोरियन प्रविधिको प्रयोशालामा परीक्षण गरिएको थियो।

यी ठाउँबाट लिइएका इरेजर नै स्कुले बालबालिकाले प्रयोग गर्ने भएकाले यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने अध्ययनमा सहभागी जनस्वास्थ्य तथा वातावरण विकास केन्द्रका निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित साहले बताए।पहिलो चरणमा इरेजरमा फ्यालेटका मात्राको मात्र अध्ययन भएको तर यसको असर बालबालिकामा के कति परेको छ भन्ने विषयमा नेपालमा छु्ट्टै अध्ययन नभएको उनले बताए।

तर यो अध्ययनसँगै अध्ययन भएका देशहरू कोरिया, भारतलगायतमा बालबालिकाको स्वास्थ्यमा विभिन्न असर देखापरेको उनले बताए। यो आधारमा पनि नेपालका बालबालिकामा फ्यालेटको असर परेको उनको दाबी छ।

यो रसायनले बालबालिकामा हर्मोन उत्पादन गर्ने ग्रन्थीको प्रक्रिया बिगार्छ। फ्यालेटले यो हर्मोन उत्पादन गर्ने ग्रन्थीमा गडबडी गर्ने हुनाले बालबालिकामा मोटोपना बढ्ने, चिडचिडाहट हुने, शारीरिक तथा मानसिक विकासमा बाधा पर्ने र कतिपयमा क्यान्सरसमेत हुनसक्ने साह बताउँछन्।

प्रतिवेदनका अनुसार यो रसायनले स्नायु प्रणाली, प्रजनन स्वास्थ्यमा असर गर्छ। यसका साथै शरीरको प्रतिरक्षामा क्षमतामा समेत असर गरी बौद्धिक क्षमतामा समेत प्रभाव पार्छ। फ्यालेटले महिलाको तुलनामा पुरुषमा बढी असर गर्छ। बढी मात्रामा बालबालिकालाई हानी पुर्‍याउँछ।

साना बालबालिकाले इरेजर लेखेको मेट्न मात्र नभई टोक्ने, चपाउने र कतिपय अवस्थामा निल्नेसमेत गर्ने हुनाले बच्चामा बढी प्रभाव पर्ने अध्ययनले औंल्याएको छ। इरेजरमा हुने फ्यालेटको अध्ययन भइसकेका देशहरू कोरिया, भारत लगायतका देशमा असर पाइएको अध्ययनले देखाइसकेको छ।

अध्ययनका अनुसार फ्यालेट रबरका सामग्री र रबरजस्तै अन्य उत्पादन नरम तथा टिकाउ बनाउनका लागि प्रयोग गरिने रसायन हो। यसलाई प्लास्टिजर्स पनि भनिन्छ। यो अध्ययन नेपालको साथै यसको विषयमा नौ वटा एसियाली मुलुकका चार सय इरेजरको नमुना परीक्षण गरिएको थियो। कोरियास्थित इन्स्टिच्युट अफ अकुपेसनल एण्ड इन्भारोमेन्टल हेल्थ इन कोरिया र जनस्वास्थ्य तथा वातावरण विकास केन्द्रले गरेका थिए। मापदण्ड अनुसार ०.१ पिएिम हुनुपर्नेमा ५४.५ प्रतिशत अर्थात् दुई सय १८ वटामा भएको र ४५.१ फ्यालेट रसायन नभएको पाइएको थियो।

नेपालमा पाइएको फ्यालेट कोरिया, भारत, चीन, जापान र मलेसियामा पाइएका इरेजरमाभन्दा अत्यधिक पाइएको प्रतिवदेनमा उल्लेख छ। प्रतिवेदनअनुसार ०.१ पिपिएमभन्दा बढी यो रसायनको मात्रा नहुनुपर्नेमा २५६१२१.० एमजी/केजी पाइएको छ। जुन अन्य मापदण्डभन्दा दुई सय ५६ गुणा बढी हो।

यति धेरै हानिकारक रसायनसहित इरेजर तथा अन्य सामग्री उत्पादन हुनु नेपाली उपभोक्ता र उद्योग दुवैका लागि राम्रो नभएको प्रतिवेदनमा चेतावनी दिइएको छ। यसको साथै यस विषयमा उत्पादक कम्पनी, जनचेतना बढाउने र संस्थागत नियमन हुनुपर्नेमा पनि जोड  दिइएको छ।  nagariknews.com

म्याग्दी दानाका लालबहादुर पुन चार महिनादेखि पोखराबाट बेपत्ता

बेपत्ता भएको चार महिना पुग्दा पनि म्याग्दीका एक पुरुषको अत्तोपत्तो छैन। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना घर भई पोखराको लेखनाथ अघौचोकबाट साउन २२ गते बेपत्ता भएका ६२ बर्षिय लालबहादुर पुनको अवस्था अझै अज्ञात । लेखनाथ अघौचोकबाट तनहुँको शुक्लागण्डकी २ गाछेपानी जानी भनि हिडेका पुन बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी गराइएको छ भने तनुहँ, कास्की र म्याग्दीमा समेत खोजीकार्य गरिएको छ । गहुँ गोरो वर्णको पुनको उचाई ५.१ रहेको छ भने हराउँदा सेतो पाइन्ट,निलो सुईट,र क्यापटोपी लगाएका थिए ।

बेपत्ता पुनका परिवाले कर्तै देखमा नजिकको प्रहरी कार्यलय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध समेत गरेका छन्। यता प्रहरीले बेपत्ता पुन अझै पत्ता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको जनाएको छ ।

फेला पार्नुहुने महानुभावले सम्पर्क गर्ने नम्बर
९८६६०३४०५८,९८०४१९९५२६

 

मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रम

म्याग्दीको मालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ ।जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रचार संगै आन्तरिक पर्यटन प्रवर्धनमा सघाउने उद्देश्य अनुरुप महासंघले संचालन गरेको अभियान अन्तर्गत वुधबार विहान मालिका धुरीमा रहेको मालिका देवि मन्दिर परिसरमा कार्यक्रम गरेको हो ।

समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा आयोजित कार्यक्रममा बोल्दै मालिका गाउँपालिका अध्यक्षा बेग प्रसाद गर्वुजाले मालिकामा धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि मालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

गतवर्ष रघुगंगा र मालिका गाउँपालिकाको ५÷५ लाख बजेटले पानीको पाईप विछ्याउने कार्य गरेको उहाँले बताउनुभयो । मालिका धुरीमा पर्यटन प्रवर्धनका लागि पर्यटन सूचना वोर्ड राख्ने, सत्तल निर्माण, रेलिङ तथा गेट निर्माण लगायतका कार्यहरु भएको भन्दै अध्यक्ष गर्वुजाले हाल ८७ लाखको बजेटमा सडक विस्तारको कार्य संचालन भईरहेको बताउनुभयो ।

उहाँले मालिका धुरीमा आन्तरिक पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणका लागि नीजि क्षेत्रहरु संग पनि समन्वय गर्न सकिने बताउनुभयो । मालिका देवि विकास समितिका अध्यक्ष छक प्रसाद पाईजाले १९१० देखि मालिकामा पूजा संचालन सुरु भएको भन्दै मनोकाँक्षा पुरा हुने विश्वासका साथ मालिकामा पछिल्लो समय श्रद्धालु भक्तजनहरुको उलेख्य उपस्थिति हुन थालेको बताउनुभयो ।

जेष्ठि पूर्णीमा, चन्दि पूर्णीमा र तिहारको भाईटिकामा विशेष पुजाहुने मालिकामा अन्य दिनहरुमा पनि भक्तजनहरु आउने गरेको बताउनुभयो । नियमित पुजारी तथा हेरालोको व्यवस्था नभएकाले मन्दिरको ढोका खुलै राखिने र त्यहाँ पुग्ने भक्तजन तथा धार्मिक पर्यटकहरुले जुनसुकै समयमा पनि पूजाआजा नर्ग सक्ने व्यवस्था गरिएको अध्यक्ष पाईजाको भनाई थियो ।

विमका समाजसेवी पलविर जुग्जालीले मालिका, कालिका र जालपादेविको एकै ठाउँमा पूजा गर्न सकिने मालिका पवित्र र प्रसिद्ध धार्मिक स्थल रहेकाले यस क्षेत्रको विकासमा स्थानीय सरकार तथा संघ र प्रदेश सरकारले समेत चासो दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले मालिकाको यात्रा गर्दा सहज सडकको पहुँच, व्यवस्थित पदमार्ग, विच विचमा बस्ने, चिया नास्ता गर्न सकिने तथा पिउने पानीको व्यवस्था लगायतका पूर्वाधार निर्माण हुन सके म्याग्दीको मालिका नेपालकै चर्चित धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघमा आवद्ध तथा जिल्लाका अन्य क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार हरिकृष्ण गौतमले आफु यो सहित छैठौँ पटक मालिका धुरी पुगेको अनुभव सुनाउनुभयो । दोस्रो पटक मालिका धुरी पुगेका पत्रकार शिव आचार्यले धार्मिक महत्व वोकेको मालिका धुरीमा पुग्दा आफुलाई निकै आनन्द लागेको बताउनुभयो ।

कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाको प्रमुख अतिथ्यता, महासंघ उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

गोलो आकारको बिमको बराहताल ओझेलमा

मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीको प्रवेशद्धार र प्रभुचेला ध्यान आश्रमको नजिक रहेको बराह ताल प्रचुर पर्यटकीय सम्भावना भएपनि प्रचारप्रसारको अभाव र ताल संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिदाँ प्राकृतिको अनुपम उपहारले पर्यटकलाई तान्न सकेको छैन् ।

धौलागिरि हिमाल र नजिकै रहेको मन्दिरको प्रतिबिम्ब देखिने ताल अपार पर्यटकीय सम्भावनाले युक्त भएपनि थप पूर्वाधार सहित पर्यटकलाई तालसम्म ल्याउने योजना नहुदाँ पर्यटकको ध्यान खिच्न नसकेको स्थानीय यूवा एवम् प्रभुचेला ध्यानआश्रम ब्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए ।

‘मालिकाधुरी पुग्ने पर्यटकलाई यहाँ रोक्ने थप पूर्वाधार आवश्यक छ,‘ एकपटक पुग्ने पर्यटकलाई तालको बनोटले समेत लोभ्याउँछ’ गर्बुजाले भने । उनका अनुसार तालको माथिल्लो पट्टी बराह थान छ। उक्त थानको नजिकै रहेको पानीको मुलबाट तालमा पानी आउँछ।

तालमा जम्मा भएको पानी स्थानीयले सिँचाईमा समेत प्रयोग गर्ने गरेका छन् । तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको उनले बताए । ताल आसपासका क्षेत्रबाट हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरुहरु देखिन्छ । ताल साढे तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि करिब दुई हजार ३०० मिटरको उचाइमा रहेको छ । तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ ।

तालसम्म आवतजावत गर्न मिल्ने सडक समेत बनाइएपछि मालिकाधुरी र प्रभुचेला आश्रमसम्म आउने पर्यटकहरुको नजरमा ताल पर्ने गरेको त्यहाँ घुम्न गएका पत्रकार अमित विश्वकर्माले बताए । उनले अहिले ओझेलमा परेको ताल नियमित मालिकाधुरी आउने पर्यटकको चाप बढेमा घुइचो लाग्ने बताए ।

यस ठाउँमा वि.सं. १९२५ देखि पूजाआजा गर्ने परम्परा रहेको स्थानीयको भनाई छ । बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेकाले मालिकाधुरी, प्रभुचेला र ताललाई समेटेर पालिकाले पूर्वाधार सहित प्रचारप्रसार गर्ने गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए ।

 

मालिकाधुरीः पदयात्रामा रमाउने पर्यटकलाई सुन्दर गन्तब्य

अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास छ मालिका, कालिका र जालपको । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ ।

एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार विस्तार गरिरहेका छन । सडक सञ्जाल र पदमार्ग सहित थप पूर्वाधार विस्तारका लागि समेत बजेट विनियोजन गरेको मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

मालिकाधुरीलाई धार्मिकस्थलसँगै अन्य समयमा पर्यटकलाई समेत आर्कषित गर्ने थप संरचना सहित पर्यटकलाई आर्कषित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अगाडी बढ्ने बताए । धार्मिक बाहेक पदयात्रामा रमाउने पर्यटकलाई जंगल सफारी सहित रातको समयमा सुविधाका लागि निजी क्षेत्रसँग समेत सहकार्य गरी पूर्वाधार बनाउन समेत स्थानीय तहले पहल गरेका छन् ।

मालिकाधुरीमा बैशाख, जेष्ठ र कात्तिक पूर्णिमामा पूजा गरिन्छ । भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर बर्षेनी १० हजारभन्दा बढी भक्तजन मन्दिरमा पुग्छन् ।

अघिल्लो दिन मन्दिरको तल बनाइएको सत्तलमा बसेर पूज गर्न जाने भक्तजनहरु प्राकृतिक रुपमा निर्मित पहाडका ओडार र खुल्ला आकाशमा समेत रात विताएर ८० वर्ष नाघेका बृद्धबृद्धादेखि दुधे बालक काखमा च्यापेर बोकेर समेत मानिसहरु पुग्ने गरेको मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ । विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मन्दिर बनाइएको थियो ।

पछिल्लो समय स्थानीय तह, गण्डकी प्रदेश सहित आफ्नो मनोकामना पूरा भएपछि भक्तजनले समेत भौतिक संरचना बनाउन सहयोग गरेका छन् । सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिका जिल्लाकै आर्कषक पर्यटकीय गन्तब्य बनाउन सकिने घुम्न गएका पर्वत जिल्लाका कृष्ण जिसीले बताए ।  जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट सडक सञ्जाल र पदैलमार्गबाट मन्दिरको चारैतिरबाट पुग्न सकिने भएकाले पत्रकार महासंघ म्याग्दी शाखाले प्रचारप्रसार र पूर्वाधार विस्तारमा सम्बन्धित निकायलाई समेत अनुरोध गर्ने गरी मन्दिर परिसरमै बुधबार पर्यटन प्रर्वधन कार्यक्रम समेत गरेको शाखा अध्यक्ष प्रकाश पौडेलले बताए ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ ।

बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ । काठमाण्डौको चन्द्रागिरीमा एउटा भालेश्वर महादेव, मनकामना र कालिन्चोकमा एकएक देवीको मात्र बास छ।

तर, म्याग्दीको मालिकाधुरीमा त एकै ठाउँमा मालिका, कालिका र जालिकाको आशीर्वाद पाइन्छ। त्रिदेवीको दर्शन पाइने अलौकिक गन्तव्यका रूपमा यसको प्रचार गर्न सकेमा धार्मिकसँगै आन्तरिक तथा बाह्य पर्यटकको समेत ताँती लाग्छ ।

भकिम्ली बन्दैछ ‘किबी गाउँ’

पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन्। फलफूलको राजाको उपनामले परिचित फल किबी भकिम्लीको मुसुङ, सिम, भुकभुके, छाप लगायतका स्थानमा गरिँदै आएको छ।

२०६७ सालमा पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गर्न थालिएको थियो। सफल भएपछि भकिम्लीको मुसुङ गाउँमा प्रत्येक घरधुरीले किबी खेती गरेका छन्। सदरमुकाम बेनीबजारसहित बागलुङ, पोखरालगायतका स्थानीयस्तरमै बिक्री हुन थालेपछि कृषकहरू व्यावसायिक रूपमै अन्य अन्नबाली छोडेर खेतबारीमा किबी खेती गर्न थालेका छन्।

मुसुङ गाउँमा करिब ५० घरधुरीले किबी खेती गरेको वडा अध्यक्ष पुनले बताए। पछिल्लो चारपाँचवर्षमा व्यावसायिक रूपमा किबी खेती गर्ने कृषकले आम्दानी गर्न थालेको उनले बताए।

घरायसी प्रयोजनका लागि किबी लगाएका अधिकांशले अहिले बिक्रीसमेत गर्न थालेका छन्। यसवर्ष भकिम्लीमा मात्रै करिब १० लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ। ‘उत्पादन गरेअनुसारको बजार छैन्, यहाँ उत्पादन भएको किबीले बजार पाएमा पाँच/सात वर्षमा लाखौंको निर्यात हुन्छ’, अध्यक्ष पुनले भने।

सात रोपनीमा व्यवस्थित रूपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए। वि.सं. २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरु गरिएको किबी अघिल्लो वर्षबाट फल्न थालेको थियो। यस वर्ष करिब तीन क्विन्टल किबी फलेको कृषक घर्तीको भनाइ छ।

स्वर्गाआश्रम अर्गानिक कृषि समूहका अध्यक्षसमेत रहेका घर्तीसँगै २५ जनासम्मिलित समूहका सदस्यहरू समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन्। घर्तीले कृषि ज्ञान केन्द्रबाट डेढ लाख रूपैयाँ अनुदान समेत पाएका थिए। त्यस्तै मुसुङकै लक्षु पुनले चार रोपनीमा लगाएको एक सय ७० र कृषक पृथीप्रसाद पुनले लगाएको ८९ वटा किबीले समेत उत्पादन दिन थालेको छ।

अघिल्लो वर्षदेखि किबी उत्पादन गरेर बिक्री गर्न थालिएको छ। अघिल्लो वर्ष पाँच क्विन्टल फलेको थियो भने यसवर्ष चार क्विन्टल फलेको अनुमान गरिएको छ। अहिले धेरै किसानले व्यावसायिक रूपमा किबी खेती लगाउन सुरू गरेका छन्, किबी उत्पादन धेरै हुन थालेसँगै बजारमा किबीको माग निरन्तर घट्दै गएको छ’, अगुवा कृषक पुनले भने। किबी फलको बारेमा बजारमा पर्याप्त जानकारी नहुदाँ सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ। भकिम्ली सिमका लालबहादुर पुनले लगाएको १५० बोटमा किबी पनि फलेको छ।

स्थानीय सरकारले बजार व्यवस्थापन नगर्दा किसानले बजार खोजेर प्रतिकिलो एक सय ५० देखि तीन सय रूपैयाँसम्ममा फार्मबाट बेनी र पोखराका व्यापारीलाई बेच्ने गरेको कृषकले उत्पादनलाई बजारको समस्या नहुने अवस्था आए आधा दशकमा एक करोडको किबी उत्पादन हुने अगुवा कृषक पृथीप्रसाद पुनले बताए। भकिम्लीका सबै बस्तीमा करिब ६ हजार किबीको बिरुवा बिस्तार गरिएको छ।

किबी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। किबी, सुन्तला र आलु खेतीबाट भकिम्लीमा वार्षिक पाँच करोड भित्र्याउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ३३ हजार सुन्तलाका विरुवा किसानले लगाएका छन् भने मध्यभर माथिल्लो भागमा किबी र आलुको पकेट क्षेत्र घोषणा गरेर बिउविजन, अनुदान र तालिम उपलब्ध गराउने गरिएको छ।

बेनी नगरपालिकाले सिंगामा निर्माण गरेको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ। अब नगरपालिकाभित्र उत्पादन झन् बढ्ने बताइएको छ। किबीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्ने गरिन्छ।

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो ।

दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडकखण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ ।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार २०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा–अवरोध सिर्जना भएकाले ढिला भएको बताए । थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअुनसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो ।

ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि धमाधम काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भए पनि फेरि दसैँदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । तेह्र किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूला–ठूला खाडल, हिलो र ढुङ्गा तथा पहिराका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । रासस