बुर्तिबाङ नजिकै ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु
दिउँसै चितुवा देखिन थालेपछि सर्वसाधारण त्रसित
म्याग्दीको बेनी-पाखापानी सडकको अर्थुङ्गेस्थित आँपारुख खण्डमा चितुवाको त्रास बढेको छ । सडकखण्ड अन्तरगत पर्ने बराहपाखो र आँपारुख सामुदायिक बन क्षेत्रमा पर्ने सडकखण्डमा दैनिकजसो बाटो ढुकेर बसेको अवस्थामा पछिल्mलो एकसाता लगातार देखिएपछि पैदल र सवारीासधनमा आवतजावत गर्ने सर्वसाधारण त्रसित भएका छन् ।
सडकखण्डको विभिन्न स्थानमा सानो दुईवटा र ठूलो एउटा चितुवा बिहान,दिउँसो र साँझ नियमित देखिन थालेको आँपारुख सामुदायिक बनका अध्यक्ष यादब सुबेदीले बताए ।
‘चितुवा नियमित देखिन थालेको छ, सडकखण्डमै दिउँसै भेटिन्छ’ अध्यक्ष सुबेदीले भने । उनले पैदलयात्री, बालबालिका र मोटरसाइकलमा यात्रा गर्ने क्रममा उक्त क्षेत्रमा सर्तकता अपनाउनुपर्ने बताए । उनले दैनिक चितुवा भेटिने गरेको बारेमा डिभिजन वन कार्यालय म्याग्दीमा जानकारी गराएको समेत बताए ।
तीन चार दिनदेखि चितुवा हिँडिरहेको जामुनाखर्क माविका ब्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुबेदीको भनाई छ ।
बेनी हुलाकचोकदेखि आपाँरुख सामुदायिक बन नजिकै समेत एउटा चितुवा देखिने गरेको छ ।
सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक बनमा समेत चितुवा रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । डिभिजन प्रमुख मनोज रानाभाटले बेनीबजार आसपासका र्जंगलमा चितुवा भेटिएको जानकारी आएको बताए। चितुवा मानिसबाट टाढै बस्न रुचाउँछ। तर जम्काभेट हुँदा भयका कारण झम्टिन सक्ने बताए ।
उनले चितुवाले समान्यतया आफूभन्दा होचो र कमजोरलाई मात्र आक्रमण गर्ने भएको हुँदा कम उमेरका मानिस यसको हिंसक व्यवहारमा पर्ने जोखिम धेरै रहेको बताए । यस क्षेत्रमा देखिएको चितुवा नरभक्षी भने नभएको बताए । चितुवाको बासस्थान र आहारा नष्ट भएपछि दिउँसै देखिने अवस्था आएको जानकारहरुको भनाई छ ।
चितुवा देखिन थालेपछि त्यस क्षेत्रमा आवातजावत गर्नेले सतर्कता अपनाउन डिभिजन बन कार्यालष्ले आग्रह समेत गरेको छ । वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको हुनसक्ने अनुमान गरिएको छ ।
चितुवा बच्चा जन्माएपछि आहाराको खोजीमा हिँड्ने भएकाले यो समयमा चितुवासँग सतर्क रहनुपर्ने जानकारहरुको भनाई छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवा आहाराको खोजीमा निस्किदाँ आक्रमणको जोखिम हुने बताइएको छ ।
रंगिचंगी फूलसहितका गमलाले थपियो बिरेन्द्रचोककाे सौन्दर्य (तस्वीरमा हेर्नुहोस्)
सामान्यतया आफ्नो घरमा गमलामा फूल लगाउने गरिन्छ। तर,म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले आफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल रोप्ने अभियान सुरू गरेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान सुरुवात गरिएको हो।
बिरेन्द्रचोकबासीले घर अगाडीको सडकका छेउ, बिजुलीको पोल र पर्खालमा रङ्करोगन गरी फलामको स्टान्डम राखेर रंगिचंगी फूलसहितका गमला राखेपछि टोलको सौन्दर्य बढेको छ । टोलमा आइतबारदेखि रंगीचंगी फूलका गमलाहरूराख्न सुरू गरिएको टोलका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
‘घरअगाडीको सरकारी कार्यालय आसपासका क्षेत्रमा गमला राखिएको छ,‘टोलको मुहार फेरिँदै गएको छ’अध्यक्ष श्रेष्ठले भने। उनले टोलबासी र गमला राखिएको सरकारी कार्यालयमा कार्यरत कर्मचारीले दैनिक फूलमा पानी हाल्ने र रेखदेख गर्ने बताए । टोलबासीले सदरमुकाममै सफा,स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान सुरू गरेपछि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको पहलमा सरकारी कार्यालय रहेका भवन अगाडीको पर्खालहरू रंगाइएका छन् ।
‘आफ्नो टोल आफैं बनाउने हो,‘टोलबासीको एकताको नमुना अहिलेसम्म गरेका कामहरूबाटै प्रष्ट छ’ टोल विकास संस्थाकी कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठले भनिन् ।
उनले टोलबासीले सधै फूल खरिद गरी गमलामा राख्न सम्भव नभएकाले नजिकै रहेको डिभिजन बन कार्यालयको खेर गएको जमिनलाई सदुपयोग गरी नर्सरी समेत बनाउने योजना रहेको बताईन् । नर्सरीमा सिजन अनुसारको फूललाई उत्पादन गरी टोलबासीले चम्किलो देखाउने बताईन् ।
टोलको चारैतिरको प्रवेशद्धारमा स्वागत सहितको फूलले शोभायमान बनाउने अभियानमा सहयोगको प्रतिबद्धता समेत जनाउने थालिएको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकमा सरकारी संरचनाको पर्खालमा १ सयभन्दा बढी फूलको गमलाले सजाइएको छ ।
उक्त अभियानमा जिल्ला प्रशासन, जिल्ला अदालत, जिसस र अन्य सरकारी कार्यालय अगाडी टोलबासीले राखेको फूलको संरक्षणमा सघाउन समेत सम्बन्धित कार्यालयलाई समेत अनुरोध गरिएको टोल विकास संस्थाका सचिव थमप्रसाद आचार्यले बताए । पिपलको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको थियो ।
बि.स २०७२ सालमा स्थापना भएको टोल विकास संस्थाले दैनिक सरसफाई, ८० बर्ष पूरानो पिपलको बोट संरक्षण, सार्वजनिक खानेपानी, सार्वजनिक ठाउँमा भेटिने बेसहाराको उद्धार लगायतको कार्य गर्ने गरेको छ । टोलको दुई कार्यकाल नेतृत्व गरेका दलप्रसाद श्रेष्ठको कार्यकालमा बेनी नगरपालिकाबाट समेत उत्कृष्ट टोलको सम्मान प्राप्त गरेको थियो ।
वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले टोलबासीको एकता र सहकार्यबाट उत्साहित भएको बताए । उनले टोलबासीका अभियानहरूमा वडाबाट आर्थिक, भौतिक र नैतिक सहयोग हुने बताए । टोल विकास समितिले भाडामा बस्ने र घरधनी बिचको सम्बन्धलाई सहज बनाउन सम्मान तथा विदाई समेत गर्ने गरिएको छ ।
डबिन पाइजाको उपचारमा साढे ४ लाखभन्दा बढी सहयोग
म्याग्दी प्रवासी नेपाली संघ कार्यकारी समिति मोना दक्षिण कोरियाले दुर्घटनामा घाईते भएका एक म्याग्देलीलाई साढे ४ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको काफलडाँडाका डबिन पाइजा पुन दक्षिण कोरियामा अकस्मात घरको सिँडी बाट लडेर घाइले भएपछि आर्थिक संकलन अभियानमार्फत ४५,६७,०००कोरियन वन अर्थात ४ लाख ५६ हजार ७ सय सहयोग गरिएको हो ।
सहयोग सउलको दोङ्देमुनमा एक कार्यक्रमका बिच मोना अन्तर्राष्ट्रिय समितिका महासचिब सुनेश केसी मार्फत हस्तान्तरण बिरामी डविनको भाईको खातामा जम्मा गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले बताए ।
adv
’यो रकम उपचार खर्चको लागि प्रयाप्त नभएपछि केही सहज हुनेमा आशाबादी छौ, कोरियामा समस्यामा परेका म्याग्देलीलाई मोनामार्फत सधै सहयोग हुन्छ,’ अध्यक्ष भण्डारीले भने । उनले घाईते डविनको उपचारमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार समेत प्रकट गरेका छन् ।
मोनामार्फत सुखदुखमा हातेमालो गर्ने अभियान अझै प्रभावकारी बनाउने बताउँदै कोरियामा रहेका सम्पूर्ण म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध भएर सामाजिक एवम् रचनात्मक सहयोगमा साथ दिन समेत समेत अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।
कार्यक्रममा मोना अन्तराष्ट्रियका महासचिव सुनेश केसीले प्रवासमा रहेका म्याग्देलीलाई मोनमार्फत सहयोग गर्न आकस्मिक कोष लगायतका अभियानहरु समेत सञ्चालन गनुर््पर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा मोनाका सल्लहकार मीन कार्की,उपाध्यक्ष रिम भण्डारी र मनिश गौचन सहितको उपस्थिती रहेको थियो भने सञ्चालन महासचिव दिनेश कार्कीले गरेका थिए ।
‘मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान् ?’
जाजरकोट / दाहसंस्कारका लागि घाटतिर शव लैजाँदा प्रायः महिला जाँदैनथे। त्यसैले जाजरकोटको नलगाड नगरपालिका-७ की दीपा परियार पनि यसअघि घाट जाने गरेकी थिइनन्। कात्तिक १९ गते बिहान भने उनी पनि मलामीलाई पछ्याउँदै भेरी नदी किनारको चापाघाट पुगिन्।
छरछिमेकीले त घरमै बस्न भनेका थिए तर उनको मनले मानेन। किनकि उनका १८ महीने नातिलाई पनि चापाघाट लगिंदै थियो। बाटोभरि चूपचाप रहेकी उनले चापाघाट पुगेपछि भने डाँको छोडिन्। “मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान्?” डाँकोसँगै उनको यही प्रश्न दोहोरिरह्यो।
कात्तिक १७ गते राति खानपिन गरेरै नातिनातिनी र बुहारीसँगै सुतेकी थिइन्। राति ११:४७ बजे गएको शक्तिशाली भूकम्पले घर त भत्कियो नै, उनका २६ र १६ वर्षका नातिनी र १८ महीनाका नातिको ज्यान गयो। बुहारी घाइते भइन्। उनी भने भूकम्पमा जोगिएकी थिइन्।
नातिनातिनीलाई बिदाइ गर्न चापाघाट पुगेकी उनी धेरै बोलिनन्। दाहसंस्कार गरुन्जेल एकोहोरो हेरिरहिन्। भेरी नदी झैं एकनास बगिरह्यो आँसु। dhorpatan news
जब त्रिवेणी घाटमा शवहरू जल्न थाले
बायाँबाट बगेको नलगाड र दायाँबाट बगेको ठुली भेरीको संगमस्थल त्रिवेणीमा लहरै १२ वटा शव राख्न चिता तयार थिए। नलगाड नगरपालिकाभरिका स्थानीय उपमेयर सरिता सिंहसहितलाई श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।
तिहारका लागि साँचिएका फूलका मालाहरू आफन्तहरूलाई अन्तिम श्रद्धाञ्जली दिन स्थानीयले हातहातमा बोकेका थिए। आइतबार दिउँसो भूकम्पमा परेर ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का त्रिवेणी पुगे।
उनले उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरे। केही बेर अघिसम्म शान्त रहेको त्रिवेणीमा कोलाहल सुरु भयो। आफ्ना प्रियजनको बिदाइमा त्रिवेणी पुगेकाहरूका आँखा भिज्न थाले।
‘भूकम्पले नलगाडले उपमेयरसहित ५६ जनालाई लग्यो,’ वडाध्यक्ष बद्री पन्तले भने, ‘उहाँहरू गुमाउँदाको पीडा त छँदैछ, पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरू गुम्दा ठुलो क्षति भएको छ।’
भूकम्प जाँदा उपमेयर जिल्ला सदरमुकाम खलंगा थिइन्। उनले त्यहीँ ज्यान गुमाइन्। श्रद्धाञ्जली र दाहसंस्कारका लागि सिंहलाई नलगाड ल्याइएको थियो। वडाध्यक्ष पन्तका अनुसार भूकम्पमा मृत्यु भएका पालिकाका ५६ जनाकै दाहसंस्कार गरिएको छ।
श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितहरूको उपचार, राहत र पुनःस्थापना सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेहरूलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत सामग्री वितरणको काम सुरू गरिएको बताए।
‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरेर राहत सामग्री पठाएका छौं, केही आउँदैछ,’ उनले भने ‘जसरी भूकम्पमा परेर घाइते भएकाको उद्धार गर्याै, त्यहीँ गतिमा तत्काल राहत पुर्याउने काममा लाग्छौं।
उपप्रधानमन्त्री खड्काले राहत वितरणको चरण सकिएलगत्तै पुनर्निर्माणको काममा आफूहरू लाग्ने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिइएको बताए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मृत्यु भएका अधिकांशको दाहसंस्कार भइसकेको बताए। आफन्तहरू नजिक नभएकाहरूको बाहेक सबैको अन्तिम संस्कार भइसकेको छ,उनले भने। भूकम्पका कारण जाजरकोटमा हालसम्म १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् ।
म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष भलिबल कप हुदै
म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको बेनी नगरपालिका–९ घतानमा रहेको कोसेपानी युवा क्लबले उक्त प्रतियोगिता आयोजन ा गर्न लागेको हो ।
वडाको आर्थिक सहयोग र समन्वयमा हुन लागेको प्रथम वडाध्यक्ष कप एवम् विभिन्न सांस्कृतिक कार्यक्रम यही कात्तिक २३ गतेदेखि २८ गते सम्म वडास्तरीय भलिबल, वडास्तरीय प्रौढ भलिबल र खुला नृत्य प्रतियोगिता आयोजना हुने खेलकुद संयोजक रिजन खत्रीले जानकारी दिनुभयो ।
वडा स्तरीय भलिबल कपको विजेताले ७७ हजार ७७७ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ४४ हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रौढ भलिबलका विजेताले ४० हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लब सचिव बिमल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुल्ला नृत्य प्रतियोगितामा विजयी हुने कलाकारले ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र र उपविजेताले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । खेल अवधिभरबाट उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकर छनोट गरी सम्मान गरिने भएको छ । वडामा रहेका क्लबहरु मध्ये छलफलबाट गरी प्रस्ताव माग गर्दा कोसेपानी युवा क्लब छनोट भएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।
वडा भित्र ४ वटा क्लब रहेका छन् । खेलकुद शिर्षकमा विनियोजन भएको बजेटबाट पहिलो पटक वडा अध्यक्ष कपको अवधारण लिएर प्रतियोगिता आयोजना गरेको केसीको भनाई छ । वडाको एक लाख पचास हजार बजेट वडाले क्लबलाई प्रदान गर्ने छ भने बाँकी खर्च क्लबले नै व्यवस्थापन गर्ने वडाले जनाएको छ ।
कात्तिक २३ गतेबाट संचालन हुने प्रतियोगिताको तयारी तिब्र बनाईएको क्लब अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय संगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।
‘भूकम्पले वंश नै नास्यो’
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनले विनासकारी भूकम्पमा छोरा–बुहारीसहित दुई नाति गुमाए । घरमा आइतबार पुग्दा पत्नीसँगै भत्केको घरको बाहिर उनी टोलाइरहेका थिए । माटो र ढुंगाले बनेको उनको दुईतले घर पूरै भत्किएको थियो । भुइँ तलाको एउटा कोठा मात्रै बचेको थियो । ‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्यो।’
भूकम्पले उनको बास घरबाट सडकमा पुर्याएको छ । घर छेउमै कालोपत्रे गरिएको मध्यपहाडी राजमार्ग छ । त्यहीं सडकमा उनले दुई रात बिताइसके । अझै कति दिन र रात भोकै र नांगै सडकमा बस्नुपर्ने हो, उनलाई थाहा छैन । घरमा भित्राएको खाद्यान्न पनि पुरिएको छ । घरको भग्नावशेष पन्छाउने तागत पनि उनीसँग छैन ।
जाजरकोटको बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले उनीजस्तै धेरैलाई बेसहारा र घायल बनाएको छ । सरकारले घाइतेको उद्धार चाँडै गरे पनि राहत ल्याउन भने ढिला गरेको उनले बताए । ‘अहिलेसम्म कसैले पनि एकसरो पाल, खाद्यान्न र भाँडाकुँडा दिनुभएको छैन,’ आइतबार छोरा–बुहारी र दुई नातिको दाहसंस्कार गरेका प्रेमले भने, ‘चिसोमा भोकभोकै र नांगै कति दिन सडकमा सुत्नुपर्ने हो, थाहा छैन ।’
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गाउँका कुनै पनि घर बस्न लायक नभएको बताइन् । ‘वडा नं. १ मा ४६३ घरधुरी छन् । जसमा धेरैजसो भत्किएका छन् भने बाँकी चिरा परेका छन्,’ उनले भनिन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन । राहत पनि आइपुगेको छैन ।’ सानीभेरी गाउँपालिकामा ५२ सय घरधुरी छन् । जसमध्ये केही घर मात्र बस्न योग्य छन् । धेरैको बास सडक र खेतवारीमा छ । ‘सरकारले चाँडोभन्दा चाँडो पाल, खाद्यान्न र भाँडाकुँडा पाए पीडितलाई केही राहत हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा खेतबारी र सडकको बासले अर्को समस्या निम्त्याउने खतरा छ ।’ उनले पालिकाले मात्र पीडितलाई आवश्यक राहत सामग्री पु¥याउन नसक्ने बताइन् । उनले भनिन्, ‘सबैलाई राहत दिनुपर्ने भएकाले पालिका एक्लैले सक्ने अवस्था छैन ।’
जाजरकोटको नलगाढ नगरपालिका–१, चिउरीका रविलाल विक आइतबार आफन्तहरूको मलामी गएर फर्किएका थिए । चिउरी गाउँका १८६ घरधुरीमध्ये अधिकांश भत्किएका छन् । बाँकी घर पनि चर्किएर बस्न नमिल्ने छन् । चिउरी गाउँका २५ जनालाई भूकम्पले लग्यो । ‘आजै (आइतबार) १३ जनालाई नलगाडमा जलाएर आयौं,’ उनले भने, ‘भूकम्पले गाउँ नै तहसनहस बनाइदियो ।’ भूकम्पले नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि ज्यान लियो । नलगाडा पालिकाभरि ५६ जनाको ज्यान गयो । चिउरी भूकम्पबाट सबैभन्दा बढी प्रभावितमध्येको एक गाउँ हो । चिउरीमा आइतबारसम्म राहत सामग्री पुगेको छैन । ‘एकसरो कपडाले ठुलीभेरी र नलगाडको सिरेटो कसरी थेग्न सकिएला र खै,’ उनले भने, ‘अझैं कतिदिनसम्म यो पीडा सहनुपर्ने हो, थाहा छैन ।’
राति सुतेका बेला भूकम्प गएकाले कसैले पनि लत्ताकपडा र खाद्यान्न बाहिर निकाल्न पाएनन् । ‘खाद्यान्न र कपडा घरका भग्नावशेषले पुरिएका छन्, हामी भोकै र नांगै बस्नुपरेको छ, चिउरी गाउँकी रामदेवी नेपालीले भनिन्, ‘दुःख एकै पटक आउँछ भन्थे, हामीलाई त्यस्तै भएको छ ।’ सरकारले राहत सामग्री दिन नसकेको भन्दै उनले आक्रोश पोखिन् । ‘दुई रात खेतमा एकसरो कपडाको भरमा बिताइसक्यौं, खान पनि अन्न छैन,’ उनले भनिन्, ‘सरकार राहत आउँछ भन्छ, हेलिकोप्टरमा नेताहरू मात्रै आएको देखिन्छ ।’
गाउँमा पुगेका केही राहत सामग्री पनि पीडितले पाउन सकेका छैनन् । एकद्वार नीतिका कारण गाउँमा पुगिसकेको राहत सामग्री पनि वितरण नहुँदा पीडित भोकभोकै छन् ।
नलगाडमा शनिबार राति नै लायन्स क्लब, जेसिजलगायतका सामाजिक संस्थाले राहत सामग्रीहरू पु¥याएका थिए । पालिका र प्रशासनले एकद्वारा नीतिमार्फत वितरण गर्ने भन्दै सामाजिक संस्थालाई वितरण गर्न दिएन । ‘जिल्ला प्रशासन कार्यालयको रोहबरमा दाताहरूबाट प्राप्त राहत सामग्रीहरू वितरण गर्ने निर्णय भएको छ,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, ‘जथाभावी वितरण गर्दा पछि समस्या आउने भएकाले यो निर्णय गर्नुपरेको हो ।’ उनले राहत सामग्री सोमबारदेखि वितरण गरिने बताए ।
भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमका मानिस आफन्त गुमाएको पीडामा मात्रै होइन, फेरि भूकम्प आउने हो कि भन्ने त्रासमा पनि छन् । राति पनि परकम्प भइरहेका कारण सुत्न नसकेको पीडित बताउँछन् । समाचार संकलनका लागि सानीभेरी गाउँपालिका–१ पुग्दा घरमाथिका पहाडबाट माटो खसिरहेको देखिन्थ्यो । त्यहाँकी प्रमिला पुनले भूकम्पका कारण पहाड पनि चिरा परेको बताइन् । चिरा परेको पहाड फुटेर कति बेला गाउँ पुर्ने हो भन्ने चिन्ता पनि पीडितमा छ । ‘भूकम्पपछि पहाडबाट सुख्खा पहिरो खसिरहेको छ,’ उनले भनिन्, ‘एक त सडकको बास छ, त्यसैमाथि पहाड आएर पुर्ने हो कि भन्ने त्रास छ ।’
शवको दाहसंस्कार गरिए पनि गोठमा च्यापिएर मरेका पशु चौपायाको व्यवस्थापन हुन सकेको छैन । स्थानीयका अनुसार प्रहरीले मुचुल्का नउठाएकाले मरेका पशु–चौपायाको व्यवस्थापन नगरिएको हो । मरेका पशु–चौपायाको चाँडै व्यवस्थापन नगरिएको अर्को संकट आउन सक्छ ।
दुई दिनभित्र पीडितलाई राहत
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू उपलब्ध गराउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । रूकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहित सुरक्षा निकायका प्रमुखलाई आइतबार निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले अब राहत र पुनस्र्थापनामा जुट्नुपर्ने बताए । उनले सोमबारसम्म राहतका सबै सामग्री जिल्लामा आइपुग्ने बताए ।
शनिबार दिनभर सुर्खेत विमानस्थलमा घाइतेहरूको उद्धारमा खटिएका उपप्रधानमन्त्री खड्का आइतबार भूकम्प प्रभावित गाउँमा पुगे । उनले राहत सामग्री तत्काल पीडितलाई वितरण गर्न रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए ।
प्रतिभालाई जापानमा ‘बेष्ट प्लस टु स्कुल अफ द इयर’ अवार्ड
पोखराको पालिखेचोकस्थित प्रतिभा मावि ‘बेष्ट प्लस टु स्कुल अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । जापानमा आयोजित नेपाल एजुकेशन अवार्डमा प्रतिभाले गण्डकी प्रदेशको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।
गण्डकी प्रदेशभित्रमा मावि र उच्च मावि तहमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा आयोजकले आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको विद्यालयको भन्दै सम्मान गरेको हो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले सम्मान ग्रहणपछि खुसी साट्दै विद्यालयको नतिजा सहितको सम्रग गतिविधिमा दिएको कामको पहिचान पाउनु धेरै कृतज्ञताको अनुभूति व्यक्त गरे ।
नेपाल एजुकेशन अवार्डको लागि सम्पूर्ण व्यवस्थापन टोलीलाई छनौट गरेकोमा समेत सापकोटाले धन्यवाद दिएका छन् ।
प्रतिभामा गण्डकी प्रदेशभित्रका विद्यार्थीले अध्ययन गर्छन् । प्रतिभा पोखराको उत्कृष्ट स्कुलभित्र पर्छ । यो विद्यालय आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको छ ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेल पोखराका सफल उद्यमी समेत हुन् । अध्यक्ष शर्मा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रहदै आएका छन् । ११ र १२ का ३८ वटा सेक्सनमा विभाजन गरी छात्र र छात्रा अध्ययनरत छन् ।
विद्यालयले शैक्षिक, ज्ञानबद्र्धक सहित खेलकुद गतिविधिका साथै विद्यार्थीको प्रतिभा पहिचानका गतिविधिहरुलाई क्यालेन्डर नै बनाएर सञ्चालन गर्ने गरेको छ । प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल नभई हरेक अतिरिक्त क्रियाकलापमा समेत खेल उत्तिकै अब्बल छ ।
भूकम्प पीडितलाई बेनीबजारमा १ लाख ३० हजार संकलन
जाजरकोट र रुकुममागएको भूकम्पबाट पीडितलाई म्याग्दीको सदरमुकाम बेनीबजारमा राहत संकलन गरिएको छ । भुकम्पले सयांै घरहरू भत्किएर विस्थापित भएकालाई राहत स्वरुप आइतबार नेपाल रेडक्रस सोसाईटी बेनी शाखा र लायन्स क्लब इन्टरनेशनल ’डिष्ट्रिक–३२५ आई’ अन्तरगत सक्रिय रहेका क्लवको अगुवाईमा सदरमुकाम बेनीबजारबाट १ लाख ३० हजार ११० संकलन भएको छ ।
रेडक्रस जिल्ला शाखा म्याग्दीका कार्यवाहक सभापति काशिराम रेग्मीको नेतृत्वमा गरिएको सहयोग संकलन कार्यक्रममा लायन्स क्लव अफ बेनी म्याग्दी, लायन्स क्लव अफ म्याग्दी दोभान, लायन्स क्लव अफ बेनी सिटी, लायन्स क्लव अफ बेनी पिस सिटी, लायन्स क्लव अफ बेनी महारानी र लायन्स क्लव अफ बेनी लभ्ली हिल) नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखा र युवा रेडक्रस सर्कल, बेनी सामुदायिक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।
बेनीबजारका विभिन्न टोलबस्तीबाट संकलित रकम मध्ये ७८ हजार जाजरकोटका पीडित र ५२ ह जार ११० रुकुम पश्चिमका पिडितहरुका लागि पठाइने रेडक्रसका कार्यवाहक सभापति रेग्मीले बताए । उनले आर्थिक जुटाएर भुकम्पमा परेकाको परिवारको पीडा सबै नेपालीको साझा पीडा भएको सन्देश प्रवाह भएको बताए ।
हिमाल–पहाड, तराई–पहाड सबै नेपाली एक हो भन्ने भावनासहित अहिले उद्धार र राहतका अभियानमा जुटेको लायन्स क्लव अफ बेनी महारानीकी अध्यक्ष जुनु उदाश श्रेष्ठले बताईन् । उनले एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नु नै हामी नेपालीको संस्कार भएको बताइन् ।