Sunday, June 29, 2025
20.9 C
Beni
20.9 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 674

कालीगण्डकी कोरिडोरको बेनी–गलेश्वर खण्डको काम सुरु

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ। कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो ।

सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीका अनुसार, समयमै काम सम्पन्न गर्न आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको छ ।

सडक निर्माणमा आयोजना, स्थानीय तह र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उहाँको भनाई छ । यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम थालेको छ ।

सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्रे गरिने भएको छ । सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ घुम्न आउने पर्यटकलाई समेत राहत मिल्नेछ ।

सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्नेे बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए ।

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

मंगला गाउँपालिकाको आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मंगला–२ रनवाङमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो ।

उहाँले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचानसँगै थप खेलकुद गतिविधिलाई अगाडी बढाउन समेत प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पालिकाभित्रका खेल प्रतिभाको पहिचानदेखि अवसरका लागि सधै तयार रहेको बताउनुभयो।  उहाँले विद्यालयस्तरमा हुने प्रतियोगितासँगै जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म पुगेका खेलाडीलाई सम्मान सहित विभिन्न कार्यक्रमहरु गरिएको समेत बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, विद्यालयका प्रधानध्यापकको तर्फबाट मंगला माविका प्रअ गमबहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीमा खेलकुद गतिविधिमा रुची बढेको बताउनुभयो । प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको १५ वटा इभेन्ट्मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार, दोस्रो र तेस्रोले क्रमश नगद ३० हजार र २० हजारको साथमा ट्रफी र मेडल पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँले बताउनुभयो ।

प्रतियोगिता अन्तरगत एथलेटिक्सका खेल रनवाङमा हुने छ भने कबड्ी र भलिबल खेल मंगला माविमा हुने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

बिक्न छाडे काठ र बाँसबाट बनेका सामान

 बागलुङको अमलाचौरका टिका सुदारा काठको काममा सिपालु छन्। उमेरले ६० वसन्त पार गरिसकेका उनी दार (राम्रो काठ) का ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन्।

आफूले बनाएका कलात्मक तिनै ठेकाठेकी बिक्री गर्न उनी माघेसंक्रान्ति मेला एवम् सातौँ म्याग्दी महोत्सवमा म्याग्दीको सदरमुकाम बेनीमा आए। तीनचार दिनसम्म पनि दुई जोडी ठेकाठेकी बाहेक अरु केही बिक्री नभएपछि उनी गाउँ फर्किए।

यता म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाबाट बन्ने कृषि घरेलु सामान बनाउन सिपालु छन्। डोका, डाला, थुन्से, भकारी, मान्द्रा लगायत सामग्री बनाएर र बिक्री गरेर उनले जीवनको ६५ वर्ष बिताए। परिवारका ६ सदस्यको पालनपोषण गरे।

समय फेरियो। रैथाने सीपमा आधारित प्रविधि बजारमा बिक्नै छोडे। डोका, डाला, थुन्से र भकारी तथा ठेकाठेकीको ठाउँ बजारमा पाइने आयातित प्लाष्टिकका सामग्रीले लिन थाले। रैथाने सीपमा आधारित हस्तकलाका सामग्री बिक्न छाडेपछि यहाँका कैयौँ मानिस बेरोजगार भएका छन्।

‘हामीसँग सीप छ,तर सीपको सम्मान हुने र सीप प्रयोग गरेर बनाएका सामग्री बिक्री गर्ने ठाउँ छैन’ विकले भने, ‘पाँच वर्षअघिसम्म आफूले बनाएका सामग्री बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्थ्यो। अहिले ऋण गर्नुको विकल्प छैन। आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको छ।’

डोका, डाला, ठेका, ठेकी, थुन्से र भकारी लगायत सामान बिक्री हुन छोडेका विकले बताए। ‘पछिल्लो समय प्लास्टिकका सामग्री प्रयोग गर्ने चलन बढेपछि हाम्रो सीप थला परेको हो’ उनले भने।

जंगलमा खेर गइरहेका काठ र बाँसको चोयाकम आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामग्री बनाउँदै आएका कैयौँको पेशा संकटमा परेको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

जिल्लाका स्थानीय तहहरुले स्थानीय उत्पादन र सीप लाई प्रोत्साहन गर्ने बताए पनि व्यवहारमा लागु हुन नसकेको स्थानीयवासीको गुनासो छ। ‘काम गर भनेर थोरै रकम सहयोग गरेर मात्र हुँदैन,हामीले उत्पादन गरेका कृषि उपज र स्थानीय सीपबाट निर्माण गरेका सामग्री बजार पुर्‍याउने जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ’, तरकारी खेतीसँगै चोयाका सामग्री बनाउने काम गर्ने मालिका गाउँपालिका ५ का सुनबहादुर बूढाले भने।

हातमा अन्य काम गर्ने  सीप नभएका र उमेरले पनि बाहिर गएर काम खोज्ने अवस्था नभएका पाका उमेरका व्यक्ति आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन्। ‘आफूले जानेको सीपबाट जनतन गुजारा गरियो। अब सीपको पनि हेँला हुन थाल्यो। बुढ्यौली पनि लाग्यो,गाह्रो हुने भयो’, भकिम्लीका ६४ वर्षीय तेजबहादुर पुनले भने।

पाँच वर्ष अघिसम्म बनबाट निगालो ल्याएर चोया निकाली दिनमा २ वटासम्म डोका बुन्ने पुन अहिले एक सातामा मुस्किलले २–३ वटा मात्र डोका बुन्ने गरेको बताउँछन्। ‘दुख गरेर बुनेर मात्रै के गर्नु। बिक्री नै हुँदैन’, उनले सुनाए।

केही वर्ष अघिसम्म हस्तकलाका सामग्री बेचेर मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्ति अहिले आफूले बुनेका सामग्री सिकुवा वा गोठमा थन्काएको बताउँछन्।

सीप पुस्तान्तरण भएन भनेर चिन्ता गरिए पनि यही अवस्था रहिरहने हो भने त्यो चिन्ता पनि निरर्थक हुने उनीहरूको भनाइ छ। “हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु ? सामान  नै बिक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन’, बेनी नगरपालिका २ का भीमबहादुर विकले भने ‘बरु छोरा नातिलाई खाडीतिरै पठाए सुख।’

अनेरास्ववियु म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन

नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले म्याग्दी को २०औ जिल्ला अधिबेशनबाट मिलन खत्रीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा सुनिता बेलवासे, सचिव खुम बहादुर किसान,सहसचिब उदय बहादुर दर्जी र कोषाध्यक्षमा सागर शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको अनेरास्ववियु केन्द्रिय उपमहासचिव नरेश रोकायले उद्घाटन गदैं अनेरास्ववियुले देशभर सङ्गठन विस्तारलाई तिब्रता दिने बताउनुभयो । उहाँले देशकै ठूलो विद्यार्थी संगठन भएकाले सङ्गठन विस्तार र सदस्यता वितरणको कामलाई थप विस्तार गर्ने बताउनुभयो ।

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष खत्रीले जिल्लामा विद्यार्थीको हकहितमा केन्द्रित भएर योजना बनाउने, विद्यार्थीको समस्या समाधान गर्ने तथा सङ्गठन विस्तार सहितका गतिविधिलाई समेत प्राथमिकता दिने बताउनुभयो ।

अधिवेशनमा नेकपा एमालेका निर्वतमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव थमसरा पुन, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, अनेरास्ववियूका केन्द्रिय सचिप सुजन भट्टराई, गण्डकी प्रदेश कमिटीका अध्यक्ष प्रकाश पौडेल, केन्द्रिय सचिवालय सदस्य प्रविण श्रेष्ठ, केन्द्रिय सचिवालय सदस्य सुवास विश्वकर्मा जिल्लास्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनमा ३४ बढी विद्यालय र २ क्याम्पसबाट प्रतिनिधि र परिवेक्षक गरी ३ सय जनाको सहभागिता रहेको थियो । अधिवेशनको अध्यक्षता दर्पण रोकाले गर्नुभएको थियो ।

माघ १५ देखि म्याग्दीका वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने

बेनी, १२ माघ । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा
राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन
कार्यालयसागको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १० वटै वडामा
एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन हुने जानकारी दिनुभयो ।
। एक वटा वडामा दुई वटा स्टेशन हुन्छ,’ उहााले भन्नुभयो ।

एक वटास्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय
तालिका बनेको छ ।’ विभागले विभिन्न १३ किमिसमका सामग्री सहित २० जना
जनशक्तिलाई घुम्ती टोलीका रुपमा म्याग्दीमा पठाएको छ ।

सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी
परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ ।
हालसम्म नेपालका ४५ जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सकिएको छ । १६
वटा जिल्लामा अभियान सञ्चालन भइरहेको छ । एक वटा वडामा कम्तीमा १५ दिन
घुम्ति टोली रहनेछन् ।

एक करोड सात लाख जना नागरिकको व्यक्तिगत र जैविक विवरण दर्ता भइसकेको निदे
र्शक पाठकले बताउनुभयो । स्थानीय तहसाग समन्वय गरेर घुम्ति टोली परिचालनको
समयतालिका बनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
बेनी नगरपालिकापछि क्रमश अन्य पालिकाको वडाहरुमा पनि टोली पुग्नेछन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन
टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन
पहल गरेको प्रजिअ पौडेलले बताउनुभयो ।

सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी
विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन,
उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको

बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न
घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपक्रमा व्यत्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको
नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम आौला छाप
व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली
नागरिकताको प्रमाणपक्र लिएको व्यत्तिले नेपाली उक्त परिचयपक्र लिने सक्ने
व्यवस्था रहेको छ ।

व्यत्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक
नागरिकलार्ई एकअर्कासाग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक
प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको
वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक
सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले बताउनुभयो । दोस्रोले रु. ३० हजार र तेस्रोले नगद रु. २० हजारको साथमा ट्रफी र मेडल पाउनेछन् ।

प्रत्येक बिधामा बिजयी हुने विद्यालयले नगद रु. पाँच हजार र ट्रफी पाउने बताइएको छ । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ । उद्घाटन समारोहमा भएको मार्च पासमा पाउद्धार मावि विजयी भएको छ ।

१५०० मिटरको दौड छात्रतर्फमा शिख मावि स्वर्ण, मुतिm मार्ग माविले रजत र ज्ञानप्रकाश माविले कास्य पदक जितेको छ । छात्रातर्फको १५०० मिटर दौडमा शिख माविले स्वर्ण, प्रभा माविले रजत र टिकोट माविले कास्य पदक जितेका छन् ।

आठ विद्यालय सहभागी छात्र भलिबलको पहिलो चरणको प्रतिस्पर्धामा शिख माविले हिमाञ्चल माविलाई पराजित गरेको छ । भलिबलको छात्रातर्फ ९ टिम सहभागी छन् । कवड्डीको छात्रातर्फ सर्वोदय माविले ज्ञानप्रकाश माविलाई पराजित गरेको छ ।

प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्र्नुभएको थियो । समारोहमा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा शिखका कलाकारहरुले मौलिक गितमा नृत्य प्रस्तुत गरेका थिए ।

दरवाङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ् । १५०० मिटर छात्र दौडको उद्घाटन खेलमा विवाद हुँदा नतिजा सार्वजनिक भएको छैन् ।

१५०० मिटर छात्रातर्फ भिम माविले स्वर्ण, किसानी माविले रजत र अमरज्योती माविले कास्य पदक जितेका छन् । सर्ट फुटको छात्रतर्फ केवी एकेडेमीले स्वर्ण, किसानी माविले रजत र भिम माविले कास्य पदक जितेका छन् । सर्टफुटको छात्रातर्फ जनप्रिय माविले स्वर्ण, ओखरबोट माविले रजत र भिम माविले कास्य पदक जितेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदलाई शिक्षासँग जोड्न र विद्यार्थीको प्रतिभा पहिचानमा प्रतियोगिता सहयोगी बन्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले पालिका स्तरीय प्रतियोगिताबाट छनौट हुने विद्यार्थीलाई जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिइने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

अयोध्याका लागि यसरी बिदाई गरियो कालिगण्डकीको शिला

भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुदै बेनीबजारमा शोभा यात्रा गरी विदाई गरिएको छ । विभिन्न धार्मिक संघसंस्था सहित उत्साजनक उपस्थितीमा पोखरा पठाइएको छ ।

भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकाली श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘धार्मिक प्रर्वधनका लागि यो कोशेढुंगा सावित हुनेछ,‘छनौटदेखि उत्खनन्सम्म हामीले निरन्तर सहयोग गरेका छौ’ मेयर केसीले भने ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको मेयर केसीको भनाई छ। शिला उत्खनन् गरेको स्थानलाई डिपिआर सहित थप भौतिक संरचना तयार गरी अगाडी बढ्ने बताए ।

गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरिएको जलविद् कुलराज चालिसेले बताए । उनका अनुसार शिला प्राविधिक रुपमै करिब १ हजारदेखि ५ हजार बर्षसम्म टिकाउ हुने बताए । करिब एकसातामा नेपाल हुदै अयोध्यासम्म पुग्ने उनले बताए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई धार्मिक संघसंस्था सहित अन्य सरोकारवाला निकायले समेत सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए।‘पैदलमार्ग हुदै भित्रिने भारतीय धार्मिक पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान गरेका छौ,‘ नेपाल र भारतका हिन्दु धर्मालम्बीहरू बिचको सम्बन्ध थप बलियो हुनेछ’ अध्यक्ष रेग्मीले भने ।

नेपाली कांग्रेसका निर्वतमान उपसभापति बिमलेन्द्र निधिले गत साउनमा अयोध्या भ्रमणमा गएका अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीरामजन्मभूमितीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा अयोध्या भ्रमणमा त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकीमन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राममन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखेका थिए ।

निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएपछि नेपालफर्के पछि निधीले नेपाल सरकारलाई भारतीयपक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएपछि प्रक्रिया अगाडी बढेको थियो ।

कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रसस्तै पाइन्छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गरिन्छ ।शालिग्रामशिलापाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदीआसपासमा क्रसर ब्यवसायीको दोहान र सडक विस्तारको क्रममा नदीले लोभ हुने अवस्थामा पुगेको छ । नेपालका प्रमुख हिमनदी मध्ये कालीगण्डकी पनि एक हो ।

हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो भने लामो दुरी पार गदैं नारायणीमा मिसिन्छ ।

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने गरेको छ । सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो ।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए ।

अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको अवस्थामा मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने छ। मन्दिरमा निर्माण गरिने श्रीरामको बाल बयको मूर्ती आसपासमा म्याग्दीको कालिगण्डकी नदीका बारेमा समेत प्रचारप्रसार गरिने सहमति समेत भएको छ ।

म्याग्दीको आलुबालीमा डडुवा रोगको प्रकोप

जिल्लामा लगाइएको आलुखेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। अधिकांश क्षेत्रमा आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन्।

व्यावसायिक आलुखेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन्।

अधिकांश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो। चिसो मौसम सुरुवात भएपछि किसानले ध्यान नदिँदा कतिपय ठाउँको बाली नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। रघुगंगा गाउँपालिका ६ पाखापानी र ठाडाखानीमापनि डढुवाको संक्रमण फैलिएको किसान दलबहादुर छन्त्यालले बताए।

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपाती रेखदेख गर्ने गरे आलुमा रोग–किरा लाग्नबाट बचाउन सकिने कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।

म्याग्दीमा व्यावसायिक रूपमा एक सय  हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ। आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउमा अनुदान पाई किसानले करिब एक हजार क्विन्टल बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग भएको कृषि प्राविधिक बानियाँले बताए।  उनका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बढिरहेको छ। तराईका जिल्लामा समस्या बनेको यो रोग पहाडमा पनि फैलिने क्रममा छ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्ला देखिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिए। ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पात पूरै सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइरहे पात, काण्ड, डाठ र आलुमा समेत संक्रमण हुने उनी बताउँछन्।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्त्व भएको विशेषज्ञले बताएका छन्। यो प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी–१ र मेटिङ टाइप पी–२ नामक उपप्रजाति नेपालमा पाइएको छ।

यो रोगको अनुकुल विकासका लागि वायुमण्डलको सापेक्षिक आर्द्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ।

यो रोग लाग्न नदिनम्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घण्टा बीउ भिजाएर छायामा सुकाएर रोप्न विशेषज्ञले सुझाव दिएका छन्। यस्तै र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोष्ट मलमा मिसाएर २–३ रोपनीमा मिलाई खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिनासाथ कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट तुरुन्तै हटाउनुपर्ने कृषि विशेषज्ञले बताए।

बेनीका यूवाले हर्स राइडिङमा काँस्य पदक जिते

दक्षिण कोरियाको जेजु टापुमा आयोजित हर्स राइडिङ प्रतियोगितामा म्याग्दीका यूवाले काँस्य पदक जितेका छन् । ६५ जना प्रतिस्पर्धी सहभागी रहेको Korean equestrian association नाम दिइएको प्रतियोगितामा बेनी नगरपालिका–८,पिपलचोकका प्रवेश खत्री क्षत्रीले पदक जितेका हुन् ।चेजु हल विश्वविद्यालयमा अध्ययनरत क्षत्री बाहेक सबै कोरियाली प्रतिस्पर्धी थिए ।हालसम्म ओपन हर्स राइडिङ प्रतियोगिताको ८ वटा खेलमा सहभागी भएका क्षत्रीले यसअगाडी ३ स्वर्ण र रजत पदक जितेका छन् ।

कोरियाको घोडा संगठनले आयोजनामा हुने प्रतियोगितामा समेत सहभागी भएका क्षत्रीले आफ्नो नियमित अभ्यास सहित प्रशिक्षकको साथ र सहयोगले पछिल्लो समय खेलमा धेरै सुधार आएको बताए ।‘मेरो लागि नौलो खेल हो, नेपालमै यस्तो प्रतियोगिता हुदैन,विद्यालय जिवनमा यस्तो खेलका बारेमा जानकारी नै थिएन’ क्षत्रीले बेनीअनलाइनलाई भने । उनले कोरियामा नियमित प्रशिक्षणको अवसर समेत मिलेको बताए ।

उनले आफ्नो देशबाट प्रतिनिधित्व गदैं विभिन्न खेलहरुमा सहभागी हुने चाहना रहेको बताए । उनले नेपालमा प्रतियोगिताको अभ्यास कमै रहेको अवस्थामा नेपालबाट ओलम्पिक खेल्ने चाहना रहेपनि सम्बन्धित निकायसँग समन्वयको अभाव रहेको बताए । बेनीको माउण्ट एभरेष्ट आवासीय माविबाट एसईई दिएका क्षत्रीले सन् २०१८ मार्चमा विश्वविद्यालयमा भर्ना भएर घोडाको रेखदेख गर्ने कम्पनीमा काम गदै सिकेको सीपलाई प्रयोग गरी २० सेमी क्लास जम्पिङ र ७० सेमी क्लास जम्पिङमा स्वर्ण जितेको थिए ।

‘यहाँका अनुभवी खेलाडीहरुसँग पनि खेल्न थालेको छु,‘आफ्नै देशका नाममा पदक ल्याउने सपना छ’ उनले भने । सन् २०२० डिसेम्बरमा जम्पिङ रिलेमा चौथो, सन् २०२१ मे महिनामा भएको ६ खेलमा ४० कक्षा जम्पिङमा रजत, रिलेमा स्वर्ण र समूह मिसनमा काँस्य पदक जितेका थिए ।

उनी बाएन्ग्दुई घोडा फिर्ता क्लबबाट माइल घोडा शो जम्पिङ खेलमा सहभागी भएका थिए । हाल नयाँ कोर्स सहित प्रतियोगितामा सहभागी भइरहेका क्षत्रीले अन्तराष्ट्रिय हर्स राइडिङमा समेत सहभागी हुने लक्ष्य राखेको बताए । कोरियाको परम्परागत चलन मध्येको एक घोडसवारी समेत मानिन्छ । राइडिङ ग्राउन्ड र क्लबहरूमा घोडा चढ्ने उत्साहको लहर छाएको छ भने हरेक ग्राउण्डमा राइडर्स प्रतियोगिता हुन्छ ।