Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 685

मह बेचेर वर्षिक रु ३५ लाख आम्दानी

घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनको घरमा अहिले एक सयभन्दा बढी  मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ ।

उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो ।

उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् । उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।”

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका छन् । उनले महमात्र बिक्री गर्नुहुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्नुहुन्छ । मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा बढी आम्दानी हुन्छ उनले भने । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा  तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उनले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए।

सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ । त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउछन् ।

मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन

म्याग्दीको बेनी नगरपालिका-७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो ।

लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम छोटाले जागिरे जीवनको भोगाइलाई सङ्ग्रह गरी प्रकाशन गरेकोमा लेखकलाई आभार प्रकट गर्नुभयो । उहाँले सरकारी जागिरको समय पुरा गरी बाँकी समय लेखन कार्यमा लगाएको हुँदा यसले साहित्यको विकासमा समेत सहयोग पुग्ने बताउँदै लेखक बानियाँलाई आगामी दिनमा पनि लेखनको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै पूर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले प्रकाशित पुस्तकमा कृष्ण बानियाँले आफू जागिरमा रहँदा गरेको संघर्ष र भोगेका दुःख, कठिनाइलाई यथार्थ रुपमा बाहिर ल्याएको बताउनुभयो । उहाँले प्रकाशित संस्मरण कृति विसङ्गत अभिरुचि आफ्नो समाप्तिपछि पनि जागिरे जीवनको भोगाई प्रमाणको रुपमा रहने भन्दै यसले भावी पुस्तालाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो । धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति बागलुङका अध्यक्ष डिनबहादुर थापाले पुस्तकले अरुलाई पनि लेखन कार्यमा उत्साह जगाउने बताउनुभयो ।

लेखक बानियाँले आफूले जागिरे जीवनमा रहँदा इमान्दारपूर्वक काम गरेको बताउँदै आफ्नो ३७ वर्षे जागिरे जीवनका दुःख, कष्ट, पीडा र भोगाइलाई पुस्तकमार्फत उतारेको जानकारी दिनुभयो । उहाँले विसङ्गत अभिरुचि संस्मरणभित्र २८ वटा छन्दमा जागिरे जीवनको भोगाई उल्लेख गरेको बताउनुभयो । पुस्तकमाथि साहित्यकार रामप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो । शिखा बुक्स बागबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रति मूल्य चारसय २५ रुपैयाँ तोकिएको छ ।

बानियाँद्वारा लिखित पुस्तकभित्र तक्मेलीहरुको बहुदल प्रेम, गलेश्वर मेला, बत्तीमूनि अँध्यारो, पराजित आन्दोलन, नक्कली स्रेस्ता, हाकिमको हैकम, अन्तरवार्ता, कीर्ते रजिष्टेशन, विचलित मन, नागरिकताको मोल, कर्तव्यबोध, यज्ञ औचित्य, मार्ने धम्की, आकाशमा हराउँदा शीर्षकका लेखहरु समावेश गरिएको छ ।

यसैगरी विसङ्गत अभिरुचि, धुन्चेको रुन्चे बसाई, महङ्गो सरुवा, ज्यानको जोखिम, म्याग्दीको भूमि समस्या, भालुको रिस खन्युँमाथि, नेताहरुको नियत, राष्ट्र सेवाको मूल्य, तावाको माछो भुङ्ग्रोमा, विद्रोहीको विवेक, परित्यज्य विभूषण, नवलपुरको नयाँ वस्ती, अवकाश अनुभूति र रहलपहल स्मृतिका तरेलीहरुको शीर्षकमा लेखहरु उल्लेख गरिएको लेखक बानियाँको भनाइ छ ।

कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान मल्लाज पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र साहित्यप्रेमी अमृतदेवी बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षता, पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष शिव ‘सस्मित’को स्वागत र साहित्यकार अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिजन सेक्यूरिटिजको एक महिने निशुल्क डिम्याट खाता अभियान

म्याग्दीमा सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि भिजन सेक्यूरिटिज प्रालिले निशुल्क डिम्याट खाता अभियान सञ्चालन गरेको छ । बेनीमा शाखा कार्यालय रहेको प्रालिले सेयरसम्बन्धी साक्षरता कार्यक्रमसँगै प्रत्येक नेपालीले पुँजीबजारमा सहभागिता बढाउन अभियान अन्तरगत निशुल्क डिम्याट खाता खोल्न अभियानलाई प्राथमिकता दिएको शाखा प्रबन्धक बिशाल हमाल ठकुरीले बताए ।

गणेशटोलमा रहेको शाखा कार्यालयमा गएर खाता खोल्न सकिने छ । आगामी ३१ तारिक सम्म निशुल्क सुविधा रहेको जनाइएको छ । डिम्याट खाता खोलन नागरिकताको फोटोकपी र दुईप्रति पासर्पोट साइजको फोटो चाहिन्छ छ ।

भिजन सेक्यूरिटिजले म्याग्दीमा शाखा खोलेपछि करिब २९ सयले कारोबार गरेका छन भने डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ।

सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सक्नुहुनेछ। सेयर बजारका बारेमा जानकारी दिन भिजन सेक्यूरिटिजले म्याग्दी महोत्सवमा समेत स्टल राखेर सेवा दिने जनाएको छ ।

म्याग्दी जेसीजको अध्यक्षमा सुमन बानियाँ निर्विरोध

म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ती,महासचिव कुमार बानियाँ,कोषाध्यक्ष नवीन खत्री,शाखा सम्पादक सुनिता श्रेष्ठ,सहसचिव सज्जन श्रेष्ठ,सहकोषाध्यक्ष अनिल पौडेल,उपाध्यक्ष अमिर श्रेष्ठ,उपाध्यक्ष कृष्णप्रसाद पौडेल,उपाध्यक्ष पवित्रा खत्री, उपाध्यक्ष सागर बरुवालतालिममा संयोजक नवीन पौडेल,प्रकरण निर्दशक गणेश सुवेदी रहेको म्याग्दी जेसीजले जनाएको छ ।

नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रर्बधनमा समेत सक्रियता देखाउने गरेको छ ।

 

पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने

पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने बताएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएका थिए ।

साधारणसभाको उद्घाटन गदैं पूर्व अध्यक्ष टंक हमालले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको अवस्थामा संस्थामा सेवाहरुलाई थप ग्राहकको चाहना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा बिशिष्ट अतिथि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिबा पुनले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा सहज भएको अवस्थामा अहिलेको चुनौतीको पहिचान आवश्यक रहेको बताउनुभयो । साधारणसभामा उपाध्यक्ष धुब्रराज कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष एकेन्द्र रावलले आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा सेयर सदस्य एवम् अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष पु सहित जनप्रतिनिधि र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी लक्ष्मी घिमिरे कार्कीलाई नगद ५ हजार र दोसल्ला सहित सम्मान गरिएको थियो । साधारणसभामा कुल १ करोड १९ लाख २८ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाले ग्रामिण क्षेत्रमा विद्युतीय लाइन विस्तार गरिएका क्षेत्रमा केवललाई प्राथमिकत,इन्टरनेट सेवा सञ्चालन, कार्यालय ब्यवस्थापन सहित उपकरण खरिद गर्नु परेकाले यस आवमा ९७ हजार ४८२ घाटा भएको संस्थाका प्रबन्धक नवराज पौडेलले बताउनुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मण शर्माले सेयर सदस्यले अनिवार्य संस्थाको सेवासुविधा प्रयोग गर्ने गरी थप नयाँ योजना आउने बताए । उनले संस्थाको गुणस्तरीयताका बारेमा सेयर सदस्यले सेवा लिएमा मात्रै जानकार हुने बताउनुभयो । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी रहेको छ ।

मर्मतको पखाईमा शिव मन्दिर

म्याग्दीको रघुगंगा गाउँपालिका-३, पिप्लेमा बसन्त बोगटी सदावर्त गुठीभित्र रहेको एक मन्दिर मर्मतको अभावमा जिर्ण भएको छ । गुठिभित्र रहेको राम मन्दिर नजिकै रहेको शिव मन्दिर जिर्ण भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने बसन्त बोगटी सदावर्त गुठी कोष मातहत पर्ने शिव मन्दिर मर्मत सम्भारको अभावका कारण भत्किने अवस्थामा पुगेको छ ।

बेनी नगरपालिका वडा नं १ रत्नेचौर स्थायी घर भई हाल मलेसियामा रहेका ब्यवसायी दिपक बोगटीले निर्माण गरेको मन्दिर चर्किएको छ भने माथिल्लो भाग भत्किएको छ ।जिर्ण मन्दिरको मर्मतमा कसैले चासो नदेखाएको मन्दिरका एक सदस्यले बताए ।राम मन्दिर भित्र रहेका सहयाक मन्दिरमा शिव मन्दिरको समेत फरक इतिहार रहेकाले तत्काल मर्मत आवश्यक रहेको स्थानीयले बताए ।

समाजसेवी बोगटीले मन्दिर नजिकै पूरानो चौतारीलाई समेत फराकिलो बनाएर मर्मत गरेका थिए । आफ्नो पुर्खाले बनाएको मन्दिर र चौतारी जिर्ण भएपछि बोगटीले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका थिए भने मन्दिरभित्र बस्ने पूजारी, भक्तजन र नियमित पूजाआजमा प्रयोग गर्न मिल्ने गरी केरा समेत रोपिएको थियो ।

समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीको सम्झनामा जन्मगाउँ रत्नेचौरमा धार्मिक तथा विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । रघुगंगा गाउपालिकाको पिप्लेमा बसन्त गुठी अन्तरगत रहेको जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने क्रममा प्राप्त गरेको मुआब्जा रकमबाट ८५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । कोषको ब्याजबाट धर्म, संस्कृति, संस्कारको संरक्षणमा परिचालन गर्दै आएका छन् ।

फुटबलमा चम्किदै धिरज मगर

म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँ मा जन्मिएका धिरज मगर मोफसलकै सबैभन्दा सफल र चर्चित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबलमा उत्कृष्ट खेल प्रर्दशन गरे । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीको मिडफिल्डरको भूमिकामा रहेका मगरले बेलाबेलामा मैदानभित्र भूमिका परिवर्तन हुन्छ ।

प्रशिक्षकले प्रतिस्पर्धीको क्षमता अनुसार उनलाई आक्रमक भूमिकामा समेत राख्छन् । खेलमा मगर जमेको अवस्थामा स्ट्राकरलाई बल उपलब्ध गराउने क्षमता राख्छन्।लगनशील, मेहनती र होनहार खेलाडीका रुपमा चिनिएका मगर बर्षेनी बीवाईएससीबाट नेपालका विभिन्न प्रतियोगितामा खेल्न आउने गरेका छन् । अमेरिकामा रहेका नेपालीमा सबैभन्दा चर्चित र धेरै प्रतियोगिता जित्ने बीवाईएससीले यसपटक झापामाा भएको जय हुमागाईं गोल्डकप जित्नेको थियो ।

अमेरिकाको सन फ्रान्सिस्को बे एरियामा बस्ने मगर सानैदेखि फुटबल प्रेमी थिए । बाल्यकाल झिँमै विताएका मगरले प्राथमकित तहको शिक्षा बेनीस्थित न्यू आवासीय माविबाट पूरा गरेका थिए । साढे १३ बर्षको उमेरमा अमेरिका गएका मगरले नियमित फुटबल प्रशिक्षण सहित विभिन्न प्रतियोगितामा सहभागी हुने अवसर पाएको बताए । ‘फुटबल खेलबाटै केही गर्न चाहन्छु,‘अहिले क्लवबाट हुने नियमित सबै खेलमा सहभागी हुने अवसर पाएको छु’ मगरले बेनीअनलाइनलाई भने । उनले नेपालमा हुने प्रतियोगितामा सहभागी हुदाँ छुटै आनन्द आउने बताए ।

बीवाईएससीमा रहेका अनुभवी खेलाडीहरुबाट समेत सिक्ने अवसर पाएको बताए । उनले भविस्यमा नेपाली टोलीबाट समेत अन्तराष्ट्रियस्तरको खेल खेल्ने आफ्नो लक्ष्य रहेको बताए । उनले अमेरिकामा समेत धेरै खेलमा आफ्नो उत्कृष्ट खेल देखाउन सफल भएका छन् ।मगर आवद्ध रहेको अमेरिकी टिम भुटनिज युथ आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणमा संकटा क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

‘रावण’ पार्क’ लथालिङ्ग काम भताभुङ्ग संरचना

पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । यो माथिको पौराणिक तथा दस्तावेजमा आधारित तथ्य सुन्दा धेरैले आहा भन्छन् । तर स्थलगत रुपमा पुग्दा भने लथालिङ्ग काम भताभुङ्ग संरचना छ ।

विश्वभरका हिन्दु धर्मालम्बीको एउटा आर्कषकको केन्द्र मानिने बेनी नगरपालिका वडा नं ५पछैमा निर्माणधिन अवस्थामा रहेको रावण पार्कको अहिलेको दृष्यले भने त्यति सुन्दर छैन । लथालिङ संरचना भएको अस्तब्यस्त क्षेत्र जस्तै देखिन्छ।

सुन्दर, रमणीय स्थानमा रावण पार्क बनाउने भन्दै सुरु गरिएको कामको भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेर हिडेपछि रावणको मुर्ती राख्ने पार्कमा झार उम्रिएको छ भने आसपासका क्षेत्रमा माटो थुप्रिएको छ । मन्दिर आसपासका क्षेत्र उजाड देखिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम सकिएपनि थप पूर्वाधारमा बजेट अभावले भविष्य के हुने भन्ने अन्योलता रहेको छ ।

परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरु गरिएको अवस्थामा अहिले रोकिएको स्थानीयबासी कर्णबहादुर बानियाँले बताए ।

‘ठेकेदारले यहाँको स्रोत नै लुटे, स्थानीयसँग समन्वय समेत गरेन्,‘पहिलेको सुन्दरतालाई झन कुरुप बनाए’ बानियाँले भने । स्थानीयले अहिले रोकिएको काम, ठेकेदार, स्थानीय सरोकारवाला निकाय लगायतको बेवास्ताले अस्तब्यस्त भएको बताएका छन् ।

काठमाण्डौमा रावणको मुर्ति बनाउने काम सकिएपनि बजेट अभाव भएपछि बेनी नगरपालिकाको लोकप्रिय योजनामा केन्द्रबाट बजेट प्राप्त हुन सकेको छैन् । पूर्वाधारका लागि काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गरिने छ ।पर्यटन मन्त्रालयले र्२ करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको थियो ।

पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन घेरावार सहितको संरचनाको काममा मजदुर खटिएका छन् । डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाउनुपर्नेमा अहिले अलपत्र परेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए । ‘रोकिएको काम सुचारु गर्न निरन्तर पहल गरेका छौ,‘बजेट नआउने निश्चित भए स्थानीय स्रोतबाटै योजना सम्पन्न गछौ’ मेयर केसीले भने ।

उनले सुविधा सम्पन्न पार्क बनाउन नगरपालिकाको सक्रियतामा कुनै कमी नभएको बताए । २३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा केन्द्रबाटै बजेट नआएपछि काम रोकिएको नगरपालिकाले जनाइएको छ । हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भूगाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ।

पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ।पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख रहेको पूजारी जगदिश सुबेदीले बताए ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ । सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाई छ ।पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पछैमा दक्षिण भारत, भुटान र श्रींलकाबाट आएका धार्मिक तिर्थयात्री जोखिम मोलेर पैदल तथा सडक सञ्जालबाट पुग्ने गरेका छन् ।

 

म्याग्दी महोत्सवमा वडास्तरीय बास्केट बल प्रतियोगिता हुने

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवमा नगर तथा गाउँपालिकाको वडास्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

जिल्लामा बास्केटबलको क्रेज बढदो अवस्थामा रहेकाले वडास्तरबाटै खेलाडीको पहिचान गर्ने गरी महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको म्याग्दी बास्केटबल संघका अध्यक्ष यामराज पुर्जाले बताउनुभयो । ‘यसपटक वडास्तरबाटै खेलाडीको पहिचान भएपछि थप खेलकुद गतिविधिलाई सहज हुन्छ,‘म्याग्दीमा बास्केटबलको क्रेज धेरै छ’ अध्यक्ष पुर्जाले भन्नुभयो ।

प्रतियोगिताका लागि बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामार्फत वडास्तरसम्म पत्रचार गरिएको खेलकुद ब्यवस्थापन उपसमितिका संयोजक हिमाल श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा बास्केटबल प्रतियोगिता हुने भएपछि खेलाडी समेत उत्साहित छन् ।

जिल्लाको ग्रामिण क्षेत्रमा बास्केट बलको पूर्वाधार समेत विस्तार भइरहेको छ भने सुविधासम्पन्न बास्केटबल कोर्ट सहितको पूर्वाधारका लागि समेत संघमार्फत पहल भइरहेको छ । फाइवर बोर्ड, रातमा पनि खेल्न मिल्ने लाइट सहितको उपयुक्त पूर्वाधारका लागि खेलाडीले समेत माग गरेका छन् । म्याग्दीका बास्केटबल खेलाडीले प्रदेशस्तरमा विभिन्न पदक समेत जितेका छन् । तेक्वान्दो, कराते, उसु खेल सरह बास्केटबलले समेत पदक जित्न थालेपछि यसपटकदेखि प्रतियोगिताको आयोजना गरिएको हो ।

गण्डकीमा फल्यो ३ अर्बको सुन्तला

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ ।

कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ ।

तनहुँमा १२ हजार पाँच सय ४०, कास्कीमा आठ हजार तीन सय ७१, गोरखामा छ हजार एक सय ४६, पर्वतमा चार हजार चार सय, बागलुङमा चार हजार १५, म्याग्दीमा तीन हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा यो वर्ष गण्डकी प्रदेशमा रु दुई अर्ब ७९ करोड, ६७ लाख, ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालय प्रमुख रेग्मीले बताए । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ राम्रो पाउने गरेका छन् ।

“बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई सय, डेढसयसम्ममा बेच्छन्, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भने, “जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।”

नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा वृद्धि हुने गरेको छ । निर्देशनालयका कृषि अधिकृत दीपा तिमिल्सिनाले मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा गरी कुल आठ हजार तीन सय ४२ हेक्टरमा सुन्तला खेती भइरहेको जानकारी दिएन् । जुन अघिल्लो वर्षको तुलनामा तीन सय ९७ हेक्टरले बढी हो ।

गत वर्षसम्म जम्मा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती हुँदै आएको थियो । सुन्तला खेतीले धेरै ठाउँ ओगटे पनि उत्पादन क्षेत्र भने कम छ । यो वर्ष पाँच हजार चार सय ५७ हेक्टरमा फैलिएका सुन्तलाका बोटले फल दिएका हुन् ।

सुन्तलाको उत्पादन बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता हुने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । “उपभोगको अवस्था उस्तै हुने तर उत्पादन बढ्दै जाने हो भने किसानलाई सुन्तला कहाँ लगेर बेच्ने भन्ने पिरलो थपिन्छ”, उनले भनेे, “यहाँ सुन्तलामा आधारित उद्योग पनि छैनन् ।”

उहाँका अनुसार रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव आदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँसे किरा लगायतले पनि सुन्तला खेतीमा क्षति पुर्याउँदै आएको छ ।

“सुन्तला खेती प्रवर्द्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भने, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् ।

बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर बनाइएको सुन्तला ‘जोन’ इकाइ कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले कार्यक्रम सुरु हुँदा पाँच सय हेक्टर क्षेत्रफल रहेकामा अहिले क्षेत्र विस्तार भएर एक हजार पुगेको बताए । विगतका वर्षमा भन्दा यसपालि सुन्तला उत्पादन बढेको किसानहरुले बताएका छन् । “कतिपयले अझै टिपिसक्नुभएको छैन”, उनले भने, “बोटबाट टिपेर बेचिसकेपछि उत्पादनको अन्तिम आँकडा निकाल्छौँ ।”

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको शहीद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्याउँछन् ।

निर्देशनालयका अनुसार स्याङ्जामा दुई हजार ६७, तनहुँमा एक हजार सात सय १२, गोरखामा एक हजार ८२, कास्कीमा आठ सय ९४, पर्वतमा आठ सय ७२, म्याग्दीमा सात सय ८०, बागलुङमा छ सय २२, लमजुङमा एक सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती छ । सुन्तलाको क्षेत्र विस्तार बर्सेनि भइरहेको छ ।

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताए । “सिँचाइ, मलखाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ”, उनले भने, “नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।”

उनी विसं २०३७ मा सुन्तला खेती गर्ने गाउँकै एक्लो किसान थिए । अन्नबाली छाडेर सुन्तला लगाउँदा सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए । तर, अहिले उनलाई सबैले प्रेरणाको स्रोत मान्छन् ।सिगानाका दुई सय बढी किसान अहिले व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । खड्काले सुरुमा सय बोट लगाएर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए । अहिले उनको बगानमा नयाँ, पुराना गरी दुई सय सुन्तलाका बोट छन् । सुन्तलाबाट खड्काले बर्सेनि लाखौँ कमाउँछन् ।