Friday, June 27, 2025
21.3 C
Beni
21.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 691

देविस्थानको दुई बस्ती जोड्ने झोलुङ्गे पुल उद्घाटन, २ सय १४ घरधुरी लाभान्वित हुने

????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका-५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। उक्त पुलको लम्बाई एक सय मिटर लामो रहेको छ ।

????????????????????????????????????

पुल निर्माण भएपछि स्थानीयलाई आवजावत र सामान ढुवानी गर्न सहज भएको छ । यसअघि बर्षातको समयमा आवतजावत गर्न समस्या हुने गरेको थियो । गत बर्ष माघ महिनादेखि पुल निर्माण सुरु भएको थियो ।

पुल निर्माण उपभोक्ता समिति अध्यक्ष शङकर फगामीका अनुसार,५१ लाख १८ हजार ७१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण गरिएको हो।मालिका गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम स्वापको आर्थिक सहयोग ,टीबिएसयु पोखरा,पिटीएपी पोखरा तथा मिलन म्याग्दीको प्राविधिक र सामाजिक सहयोगमा पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताउनुभयो ।

????????????????????????????????????

पुल निर्माण गर्दा स्थानीयबासीले दुई प्रतिशत श्रमदान गरेका छन् । कार्यक्रममा अध्यक्ष गर्बुजाले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताउनुभयो । उहाँले वडा नम्बर ५ र धवलागिरी गाउँपालिका–७ ,जोड्ने लामो झोलुङ्गे पुल निर्माणको लागि प्रक्रिया थालिएको बताउनुभयो ।

????????????????????????????????????

उहाँले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषी लगायत क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले पुल निर्माण भएपछि स्थानीयबासीलाई थप सहज भएको बताउनुभयो।

????????????????????????????????????

उहाँका अनुसार मालिका गाउँपालिकाका विभिन्न ठाउँमा पाँच वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन् । कार्यक्रममा पिटिएपीका प्राविधिक अधिकृत दयाराम शाह लगायतले बोल्नुभएको थियो । उपभोक्ता समितिका सचिव भिमप्रसाद सिंथानीले संचालन गर्नुभएको कार्यक्रममा स्थानीय विनोद फगामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

रहेनन् ब्राजिलका महान् फुटबलर पेले

ब्राजिलका महान् फुटबलर पेलेको निधन भएको छ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।

गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ।

परिवर्तनको झिल्को: No And Not Again

विनय श्रेष्ठ, बेनी (म्याग्दी)
घटना १ 
बबिनको सवारी साधन लाईसेन्को म्याद गुज्रिएको रहेछ । खाना खाएर यातायात कार्यालयतिर हानियो । मेडिकल जाँचको लामो लाईन त्यस्तै बायोमेटिकको लामो लाइन । कोठा कोठाको झ्याल–झ्यालमा चाहार्दा चाहार्दा राजश्वको झ्यालमा पुग्दा त अचम्म सरकारी काम पनि एक बजे बन्द भै सकेको रहेछ । बास बस्नु भन्दा यस्तै आपतमा सहयोग गर्ने एजेन्ट खोजेर कागजात, राजश्व र अतिरिक्त सहयोग शुल्क बुझाएर घर तिर फर्कियो । धन्न बास बस्न परेन तापनि एक दिनभरको काम बित्यो ।

घटना २ 
बिश्वभर बिश्वकप फुटबलको चर्चा चलिरहेको थियो । नेपालमा भने हेर्न पाईने कि नपाइने स्पष्ट थिएन । केबल हुदाहुदै, मासिक महशुल तिर्दा तिर्दै पनि फुटबल हेर्न थप ५६५ र भ्याट सहित ६०० बुझाउनु पर्ने भयो । नभए फुटबलको महाकुम्भ मेला हेर्नबाट बन्चित हुनु पर्ने भयो ।

घटना ३ 
मदनका बाजे पार्टीका कतिबद्द सदस्य थिए । कहिल्यै मत दायाँबायाँ गरेनन् । बुबा आमा भन्नै परेन–पार्टीका भातृ संगठनका विभिन्न पदमा थिए । पहिलोपटक मताधिकार रहेको मदनलाई बाउबाजेकै पार्टीमा भोट हाल्ने दवाव रह्यो तर मदनको मनले मानेन । मंसिर ४ मा घण्टी बजाईदियो ।

घटना ४ 
२०७९ मंसिर ४ को आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो दल बन्यो । प्रधानमन्त्री बन्नको लागि संसदीय दलको नेता चयनका लागि चुनाव भयो । तर परिणाम सोचे जस्तो आएन । युवा पुस्ताका उम्मेदवारलाई पुराना पुस्ताका उम्मेदवारले झण्डै तीन गुणा मतले पराजित गरे । अरु पार्टीमा त झन पुरानाले स्वघोषणा गरि माला, खादा र अविर लगाइ सकेका थिए।

घटना ५ 
मंसिर ४ गते नै घण्टी बजाउँदै नयाँ पार्टीको उदय भयो । सम्मानजनक मत र सिट सहित राष्ट्रिय पार्टी बन्न सफल भयो तर बिडम्बना उहीँ पुराना नेताको नेतृत्वमा बनेको सरकारमा पौष ११ गते सहभागी बन्यो ।

माथिको घटनाहरु सामान्य उदाहरण मात्र हुन् । पहिलो घटनाले सरकारी सेवाको ऐना देखाउँदछ । २१ औं शताब्दीको कम्युटर जमानामा जबकि अनलाइन प्रविधि विकसित भै सक्दा बच्चा देखि बुढोसम्म घण्टौ लाईन बस्नु पर्ने कहिले सम्म ? कुनै काम गर्दा निश्चित ठाउँ तोकिनु, एजेन्टको सहयोग बिना काम नबन्नु र १५ मिनेटको कामको लागि दुई दिन खर्चनु पर्ने कहिले सम्म ?

१० रुपैयाँको हुलाक टिकटलाई १५ रुपैयाँ तिर्नु पर्ने बाध्यता कहिले सम्म । के राजश्व जम्मा गर्नु पर्ने दिउँसो १ बजेसम्म मात्र हो ? त्यसो भए कार्यालय समय कति बजेसम्म हो ? जनताले तिरेको करबाट बनेको गगनचुम्बी सरकारी भवनको सझै जनताले झ्याल बाहिरबाट सेवन लिनु पर्ने हो ? बबिन जस्ता युवाको दुई दिन खेर गैरहँदा देश कति पर्छ ? कसैले सोचेको छ ? अनि कर्मचारीतन्त्र नसुधारिएसम्म परिवर्तन कसरी सम्भव छ ?

दोस्रो घटनाले देशको खेलकुद क्षेत्रको बखान गर्दछ । आफ्नै एशियाली मुलुकमा बिश्वकप फुटबल भै रहदा नेपाल भने प्रत्यक्ष प्रसारण हेर्न पनि बञ्चित हुनु परेपछि नेपालले बिश्वकप फुटबल खेलेको हेर्न कहिले पाउने ? उत्तर कसैसँग छैन ?

तेस्रो, चौथो र पाँचौं घटनाले वर्तमान राजनैतिक परिवेश उजागर गर्दछ । तेस्रो घटनाले अबको पुस्ता सचेत भैसकेको पहिले जस्तो पारिवारिक करकापमा मतदान नगर्ने अवस्था सिर्जित भै सकेको जनाउदिन्छ ।

चौथो घटनामा युवा पुस्ताले अब परिवर्तनका लागि कम्मर कस्ने भन्दै पुराना पुस्तालाई आराम गर्न आग्रह गरे । नेतृत्व हस्तान्तरित हुनु पर्दछ, प्रयोग भैसकेका अनुहार दोहोरिनु हुदैन, अब परिवर्तन युवाबाट मात्र सम्भब छ नि प्रतिष्पर्धामा होमिए । तर हात लाग्यो शून्य । पुराना पुस्तासंग झण्डै ३ गुणा मतले पछारिए । परिवर्तनका मधुर आवाज निकालेकाहरु ¥याल काड्दै पद, शक्ति र स्वार्थसंगै सति गए ।

पछिल्लो राजैनैतिक परिवेशमा जनताले फरकपनको आश गरेका थिए । पुराना पार्टी र अनुहारबाट वाक्कदिक्क भएका थिए। यस्तो मर्म बुझ्दै नयाँ पार्टीको उदय भयो । घण्टी बजाउँदै समाहित ग¥यो । फेरि पनि बिडम्बडा कुर्सी, सत्ताको मोहजालमा फस्यो । हिजो जो हुदैन, जसबाट सम्भव छैन भनी नारा लगायो उसकै पुच्छर बनेर सरकारमा गयो । नेपाली जनताको भरोसामा तुषारापात भयो ।

अब प्रश्न उठ्छ – के यहि दिनको लागि थियो घण्टी बजाएको ? हिजो यिनै अनुहारलाई लगाएका आरोपहरु मेचीमहाकालीले बगाए ? उत्तर कस्ले दिने ? बुबाआमा, बाजेबज्यैको नजाति भएर घण्टी बजाएको मदनलाई कस्ले सम्हाल्ने ? कि जंगे आयो जंगे आयो भनेको उहीँ कुखुरा चोर पो रहेझ भनेजस्तै हो ?

तैपनि आश गरौं–परिवर्तनका चर्का नारा लगाएर उपलब्धि हासिल गरेका महारथीहरुले सोच विचार गरेरै निर्णय लिएका होलान । हाम्मै पालामा परिवर्तन गरेर देखाउन्, शुभकामना छ । होइन भने अर्को ५ वर्षमा परिवर्तनको झिल्को फेरि सल्कने छ अनि No And Not Again मा यिनीहरुको अनुहार पनि समावेश हुने कुरामा दुई मत रहने छैन ।
जय राष्ट्रियता ! नेपालको जय होस् ! !

खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । परम्परागत खाद्यान्न बालीले जीवन निर्वाह गर्न समेत मुस्किल परेपछि कृषक व्यावसायिकतातर्फ लागेका हुन् । उनीहरुले १३ वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तलाजात फलफुल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

उपल्लो र तल्लो राखुका करिब ६५ घरधुरीका कृषकहरुले व्यावसायिक रुपमा सुन्तलाजात फलफुल खेतीतर्फ कम्मर कसेर लागेको स्थानीय मनकुमारी पुनले बताईन्। ‘एकजना कृषकले वर्षमा सुन्तला बिक्री गरेर झण्डै पाँचलाख रुपैयाँको हाराहारीमा आम्दानी गरेका छन्,‘न्युनतम पनि सामान्य कृषकले सुन्तला बेचेर १० हजार कमाएका छन्’उनले भनिन्। भकिम्लीका कृषकहरू सुन्तला उत्पादन कृषक समूह बनाएर सामूहिक रुपमा अगाडि बढेका छन् भने वर्षेनी सुन्तला खेती फस्टाउँदै जान थालेको छ ।

राखुका कृषकहरुलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्नका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानमा सुन्तलाका बिरुवा तथा मलबिउको सहयोग, नर्सरी स्थापना र सुन्तला सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय जातको सुन्तला खेती गर्दै आएका राखुका कृषकहरुले गाउँकै नर्सरीबाट सुन्तलाका बिरुवा लगेर अन्य बगैंचा समेत निर्माण गरेका छन्। यहाँका कृषकहरुको आम्दानीको मुख्य स्रोत नै व्यावसायिक सुन्तला खेती बनेको छ । राखु क्षेत्रका सबै घरमा सुन्तला खेती गरिएको छ।

भकिम्लीको राखुसहित मरेकलगायत स्थानमा पनि व्यावसायिक सुन्तला खेती गरिएको छ । थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि कृषकहरुको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गैरहेको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

कार्यालयबाट सुन्तला बगैंचा तथा कृषकलाई अनुदान र नर्सरी स्थापनामा सहयोग गरिएको छ । ठेकेदार यातायातको साधन लिएरै बारीमा पुग्न थालेपछि विगत एकदशक यता गाउँको सुन्तला सिधै पोखरा, काठमाण्डौसम्मको बजारमा पु्गेको छ । त्यस्तै भकिम्लीको पानीस्वँरा, जिमिरे, तोराखेतबाट यसबर्ष डेढ करोडभन्दा बढीको सुन्तला बजारमा जाने छ । स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुने भएकाले राखुको सुन्तलालाई पोखरा र काठमाण्डौको बजारमा सजिलै पुर्याउने गरिन्छ । जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ ।

पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानी गर्ने कार्टनुमा अनुदानका गतिविधिमा कृषकको माग अनुसार सम्बन्धित निकायबाट भने सहयोग हुनसकेको छैन् । स्थानीय तहले समेत सुन्तला पकेट क्षेत्रमा आवश्यकता अनुसारको सहयोग नगरेको कृषकको गुनासो छ । जिल्लामा बार्षिक १७ करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।

बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

म्याग्दी बेनी नगरपालिका–४ बास्कुनामा लालबहादुर केसीले अन्तर्राष्ट्रियस्तरको बगैँचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाई समेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाएपछि अहिले सुन्तला खेतीमा स्थानीयको आर्कषण ह्वात्तै बढेको छ । न्यूजिरल्याण्ड र जापानमा किवी खेतीमा सफल नेपाली ब्यवसायीको रुपमा स्थापित केसीको पहलमा गाउँमा बगैचा ब्यवस्थापनदेखि स्थानीयलाई सक्रिय बनाएर सुरु गरिएको सुन्तला ब्यवसायले यसबर्ष हालसम्मकै धेरै उत्पादन गरेको छ ।

सुन्ताला खेतीका लागि जिल्लामा नै चर्चा कमाएका बास्कुनाका लालबहादुर केसी, शेरबहादुर केसी, याम केसी, देउबहादुर हुमेन, तिलक गुरूङलगायतले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्ताला बगैँचामा ध्यान दिएकै कारण अहिले वडाभित्रबाट करिब १ करोडको सुन्तला बजारमा जाने कृषकको भनाई छ । स्थानीयले सुन्तालाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने र रोगकीराबाट नियन्त्रण गर्ने प्रविधिको प्रयोग गर्न थालेपछि बास्कुना पूर्ण अग्र्यानिक सुन्ताला बगैँचा बनेको छ।

बि.स २०६४ सालमा न्यूजिल्यान्डमा कृषिखेती गरेका केसीको प्रयासमा सुरू भएको सुन्तलाखेतीमा सिङ्गो गाउँनै आकर्षित भएपछि सरकारी निकायबाटै प्राथमिकतामा राखेर तत्कालिन समयमा कृषि कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको थियो । विरुवा हुर्काउने देखि उचित रेखदेखका कारण यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्ने गरेको स्थानीय यूवा सन्दिप केसीले बताए ।

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । अधिकांश व्यवसायीले पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजीको समस्या नभएको स्थानीयको भनाई छ । यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले एक लाख र बढी बिक्री गर्नेले१० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् ।

भारतको अयोध्या मन्दिरलाई कालिगण्डीकीबाट शालिग्राम शिला

हिन्दूहरूले भगवान् रामको जन्मस्थान मानिने अयोध्याको राम मन्दिरका लागि कालिगण्डकी नदीमा विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला खोज्न टोली आइपुगेको छ।

भारतको उत्तर प्रदेश राज्यमा रहेको मन्दिरको विबाद समाधानका लागि कालिगण्डकीको शिला लैजान गरिएको प्रस्तावलाई नेपाल सरकारको मन्त्रिपरिषदको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत दिएको थियो ।

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला गण्डकी प्रदेशको अनुरोधमा बेनी नगरपालिकाले जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पुरा गरी अयोध्यामा लैजाने बताइएको छ ।

मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रसस्तै पाइने शालिग्राम पाइने विश्वकै एउटा मात्र कालीगण्डकी नदीमा सरकारी निकायका प्रतिनिधि सहितको खोजी र उत्खनन्का लागि खटिएका छन् । मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि गलेश्वर आसपासका क्षेत्रबाट उत्खनन् गरिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए ।

‘अयोध्यामा पुग्ने शिलाले बेनी नगरकै प्रचार–प्रसार हुन्छ,‘प्रदेश सरकारको अनुरोधमा खोजीमा सघाएका छौ‘ मेयर केसीले भने ।उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाई छ ।

बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ । तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ ।शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तिब्र छ ।

 

टोड्केमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा आश्रम (फोटो फिचर)

म्याग्दीको पर्यटकीयस्थल टोड्केस्थित प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम धार्मिक पर्यटकका लागि आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । नजिकै देखिने धौलागिरी सहितका दर्जन हिमश्रृंखला, प्राकृतिक सुन्दरता पोखिएको टोड्केमा प्यूठान जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रममा पछिल्लो समय पूर्वाधार समेत विस्तार गरिएको छ भने गौमाताको महत्वलाई मध्यनजर गरी गाईपालनलाई समेत प्राथमिकता दिइएको मन्दिरका पूजारी जनक सुबेदीले बताउनुभयो ।

‘स्वर्गद्धारी पुग्न नसक्ने भक्तजनले यहाँ दर्शन गरे हुन्छ,‘ यो ऋषि महर्षिले तपस्या गरेको स्थल हो’ पूजारी सुबेदीले भन्नुभयो । प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायतका केही संरचना निर्माण गर्नुभएको र अहिले पूराना बाहेक नयाँ संरचना समेत थपिएको छ ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको पूजारी सुबेदीको भनाई छ । त्यसपछि यस क्षेत्रलाई स्र्वद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभु पछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । आश्रममा रहेको मन्दिरमा मुर्ती तथा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा लगायत छ । भक्तजनले समेत दर्शन गरेपछि यहाँ सहयोग गर्ने गरेका छन् ।

त्यस्तै प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताहा पाठ गरेको तथा जन्मेको छैठौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको अभिलेखमा उल्लेख छ ।

मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक गर्ने तथा गौमाताको महत्वका बारेमा भक्तजनलाई समेत जानकारी दिन अहिले गोठमा १२ वटा गाई पालिएको छ । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्रबाट विश्वकै पाँचौ अग्लो धौलागिरि हिमाल सहित ८ हजार मिटर अग्लो अन्नपूर्ण, लगायतका हिमाल, दुई दर्जन बढी गाउँ देख्न सकिन्छ ।

मार्कण्ड्य उद्यमशील सहकारीको सातौं वार्षिक साधारणसभा

मार्कण्ड्य उद्यमशील सहकारी संस्था लिमिटेड मिलनचोक पर्वतको सातौं वार्षिक साधारणसभाले तारादेवी थापा कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । हालै सम्पन्न साधारण सभाबाट सहकारीको उपाध्यक्षमा कृष्णकुमारी मल्ल सेन, सचिवमा पुजा केसी, कोषाध्यक्षमा रिता दर्जी र सहसचिवमा पुष्पाकुमारी केसी रहनुभएको छ ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा सीता केसी, मायादेवी हमाल, टलकुमारी मल्ल, मिना हमाल, गंगा क्षत्री र माया केसी चयन भएको सहकारीले जनाएको छ । त्यस्तै सहकारीको लेखा समिति संयोजकमा सितल हमाल, सदस्यमा ज्ञानुकुमारी बानियाँ केसी र रमा आचार्य चयन हुनुभएको छ भने ऋण उपसमिति संयोजकमा मिनाकुमारी हमाल, सदस्यमा सावित्री दर्जी, टलकुमारी मल्ल र सीता केसी रहनुभएको छ । शिक्षा उपसमिति संयोजकमा मायादेवी हमाल, सदस्यमा यमुना शर्मा र अनुषा कार्की रहनुभएको छ भने सल्लाहकारमा जमुना आचार्य, लक्ष्मी हमाल, उषा मल्ल, बिसमाया पुन र भविसरा विक रहनुभएको छ ।

गएको आर्थिक वर्ष २०७८÷०७९ सम्म कुल ९ सय ६५ जना महिला शेयर सदस्यहरु रहेको यस सहकारीको शेयर पुँजी एक करोड ५६ लाख तीनहजार नौसय रुपैयाँ रहेको छ । तीन करोड ६८ लाख ७३ हजार नौसय ५६ रुपैयाँ लगानी रहेको सहकारीको एक करोड ७४ लाख २४ हजार सातसय २४ रुपैयाँ बचत रहेको संस्थाले जनाएको छ । साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष उषा मल्लले संस्थागत, सचिव बिसमाया पुनले प्रगति, कोषाध्यक्ष रिता दर्जीले आर्थिक र लेखा समिति संयोजक पुजा केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्यमशील सहकारी भएकाले शेयर सदस्यहरुलाई उत्पादनसँग जोडेर कृषिजन्य उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारसँगै उत्पादन र व्यवसायमूलक क्षेत्रमा लगानी वृद्धि गरेर साधारणसभामा कृषि उपजहरु र हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जलजला–७, धाईरिङका वडा अध्यक्ष टुङ्गनाथ आचार्य, सहकारीका सल्लाहकारहरु जमुना आचार्य, लक्ष्मी हमाल आचार्य, भविसरा विक र शेयर सदस्य सरला शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष उषा मल्लको अध्यक्षता, उपाध्यक्ष तारादेवी थापा कार्कीको स्वागत र सचिव बिसमाया पुनको सञ्चालनमा सम्पन्न भएको थियो।

साधारणसभाको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा ‘महिला सशक्तिकरणमा महालक्ष्मी’ लाइफ तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारी र समृद्धिका लागि महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभा : सात बुदे नारच्याङ घोषणापत्र जारी

नारच्याङ, १३ पुष । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ ।

स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टेवा पुग्ने नीति तथा कानुन निर्माण र जिल्लाबासी र आम सरोकारवालाहरुको लागि प्रकाशन तथा प्रशारण हुने विज्ञापन, सूचनाहरु जिल्लामै सञ्चालनमा रहेका मिडियाहरुमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हनन्मा नयाँ चुनौतीहरू थपिएको सन्दर्भमा यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग र सम्वद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि माग गरेको छ ।

पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू उपलब्ध गराउन सम्पूर्ण सञ्चारमाध्ययमहरु र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गरेको छ ।

म्याग्दीका स्वरोजगारमूलक तथा अन्य सञ्चार माध्यमको दीगोपनका लागि संघीय सरकारले पत्रपत्रिकाहरुलाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापन अन्य विधाका सञ्चार माध्ययमहरुलाई समेत प्रदान गर्ने वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासंघ लगायतका निकायहरुमार्फत ध्यानकर्षण गराउने र जिल्लामा रहेका स्थानीय तहहरुलाई समेत आफ्ना नागरिकहरुका लागि प्रवाह गर्ने सूचना तथा सन्देशहरु स्थानीय सञ्चार माध्ययम मार्फत व्यवस्थित र प्रभाबकारी ढंगले प्रकाशन तथा प्रशारणका लागि लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि निर्माण गर्न माग गरेको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

पर्यटन, कला, संस्कृति र जलविद्युतमा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना (छहराखोला झरना) लगायत अन्नपूर्ण प्रथम आधार शिविर, अन्नपूर्ण पदमार्ग संगै गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक स्थल र मौलिक कला र संस्कृतिहरुको प्रचार प्रसार र प्रवद्र्धनमा म्याग्दीका सम्पूर्ण मिडिया र मिडियाकर्मीहरुको प्रतिबद्धता जनाउँदै सम्वद्ध सबैलाई यस अभियानमा लाग्न र अन्नपूर्ण गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना र विकास निर्माण योजनाहरुको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत निकायको ध्यानकर्षण गराउन आह्वान गरेको छ । साधारणसभामा सचिव अमित विश्वकर्माले प्रस्तुत गरेको प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको छ । सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपाकिलाका अध्यक्ष भारतकुमार पुन रहनुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण ४ नम्बर वडा अध्यक्ष लोकप्रसाद फगामी, सोसाइटीका संस्थापक अध्यक्ष गोपाल छन्त्याल, वडा सदस्य श्याम पुर्जा, अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुन लगायतको उपस्थिति थियो । सो कार्यक्रममा रु. आठ हजार ८०० राशीको मिडिया सोसाइटी अवर्डाबाट पत्रकार सन्तोष गौतमलाई पुरस्कृत गरिएको थियो ।

म्याग्दी मिडिया सोसाईटीको छैटौं साधारणसभा, पत्रकार गौतम सम्मानित

म्याग्दी मिडिया सोसाईटीको छैटौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ गाउँमा रहेको पर्यटकीय नारच्याङ झरनाको आँगनमा एक समारोहबीच साधारणसभा गरिएको हो ।

साधारणसभामा संस्थाका सचिव दलप्रसाद विश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । यसका साथै साधारणसभाको अवसरमा म्याग्दी मिडिया सोसाइटीद्वारा सातबुँदे नारच्याङ घोषणापत्र जारी गरिएको छ । पत्रकार, पत्रकारिता र सञ्चारमाध्यम तथा समसामयिक विषयलाई समेटेर सातबुँदे घोषणापत्र जारी गरिएको म्याग्दी मिडियो सोसाइटीले जनाएको छ ।

सोही अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थापना गरेको ‘मिडिया सोसाईटी अवार्ड–२०७९’ बाट संस्थाको कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशील पत्रकार सन्तोष गौतम सम्मानित भएका छन् । उनलाई पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै दोसल्ला ओढाईृ सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । पत्रकार गौतमलाई कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले सम्मान गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष पुनले विकास, सुशासन र पर्यटन प्रवद्र्धनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताए । उनले जिल्लाको समग्र विकासमा पत्रकारहरुले आफ्नो कलमको माध्यमबाट पु¥याएको योगदानको प्रशंसासहित पत्रकारहरुसंग सहकार्य गर्न पालिकाको तर्फबाट आफू तत्पर रहेको पनि बताउँदै म्याग्दी मिडिया सोसाईटीले गाउँपालिकाको पर्यटकीयस्थल नारच्याङ झरनामा कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गरेका थिए । सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले पालिकाहरुले स्थानीय सञ्चारमाध्यमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले लोककल्याकारी विज्ञापन समान रुपमा वितरणको अवधारणा ल्याउन आवश्यक रहेकोमा जोड दिए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले सत्य र तथ्यमा आधारित पत्रकारिताले जिल्लाको विकास तथा पत्रकारहरुको विश्वनीयतामा समेत वृद्धि हुने बताए । म्याग्दी मिडिया सोसाईटीका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले जिल्लाका श्रमजीवि पत्रकारहरु आबद्ध संस्थाले स्थानीय सरकार तथा अन्य संघसंस्था एवं कार्यालयहरुसँग समन्वय गरेर गरेका कार्यहरु उपलब्धिमूलक बन्दै गएको बताए । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको पर्यटकीय आकर्षण बोकेको नारच्याङ झरनाको थप प्रचारप्रसारमा सहयोग पु¥याउने तथा एक दिन नारच्याङ गाउँमा सामूहिक रिपोर्टिङ गर्नेलगायत उद्देश्यसहित छैटौं साधारणसभा नारच्याङ गाउँमा आयोजना गरिएको सोसाईटीका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

साधारणसभामा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामी, सदस्य श्याम पूर्जा, अन्नपूर्ण युवा क्लबका अध्यक्ष टकबहादुर पुन, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका जिल्ला उपाध्यक्ष धनिलाल गर्बुजालगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सुन्दरताको खानी नारच्याङ झरना

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित मनमोहक झरना पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरनामा आन्तरिक पर्यटक पुग्न थालेपछि आवश्यक पूर्वाधार विस्तार गरिएको छ ।

अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट उडेर बग्ने झरनामा पुग्ने स्थानीय वडा, गाउँपालिका र गण्डकी प्रदेश सरकारले समेत बजेट विनियोजन गरेपछि बनेको पूर्वाधारले समेत घुम्न जाने पर्यटकलाई सहज भएको छ । पछिल्लो समय मुस्ताङ घुम्न जानेका साथै म्याग्दी जिल्लाभित्रबाट नै घुम्न जानेको रोजाइमा पर्दै गएको छ ।

झरनाकै कारणले गर्दा पछिल्लोपटक नारच्याङ गाउँमा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ । नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको वडा सदस्य श्याम पूर्जाले बताउनुभयो ।

स्थानीय आमा समुह, यूवा क्लव लगायतले समेत सरसफाई सहितका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर रहेको छ ।  भुमेथान मन्दिरमा आफ्नो मनोकामना पूरा हुने भएकाले भक्तजनको भिड लाग्ने अन्नपूर्ण यूवा क्लवका अध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।

यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले वडास्तर बाहेक डिपिआर तयार गरी प्रदेशबाट समेत यसबर्ष बजेट विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाले झनरामा सम्भावित अन्य सहासिक खेलहरुको समेत सम्भावनाका बारेमा खोजी गरेको बताउनुभयो । झरना आसपासमा रक क्लाइमिङ, क्यानोनिङ लगायतका सहासिक खेलहरु सञ्चालन गर्न सकिन्छ । यसैबीच झरनाको प्रचारप्रसारमा सघाउन बुधबार म्याग्दी मिडिया सोसाईटीले समेत साधारणसभा तथा नारच्याङ घोषणापत्र जारी गरेको छ ।