Friday, June 27, 2025
25.6 C
Beni
25.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 692

सुन्दरताको खानी नारच्याङ झरना

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित मनमोहक झरना पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरनामा आन्तरिक पर्यटक पुग्न थालेपछि आवश्यक पूर्वाधार विस्तार गरिएको छ ।

अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट उडेर बग्ने झरनामा पुग्ने स्थानीय वडा, गाउँपालिका र गण्डकी प्रदेश सरकारले समेत बजेट विनियोजन गरेपछि बनेको पूर्वाधारले समेत घुम्न जाने पर्यटकलाई सहज भएको छ । पछिल्लो समय मुस्ताङ घुम्न जानेका साथै म्याग्दी जिल्लाभित्रबाट नै घुम्न जानेको रोजाइमा पर्दै गएको छ ।

झरनाकै कारणले गर्दा पछिल्लोपटक नारच्याङ गाउँमा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ । नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको वडा सदस्य श्याम पूर्जाले बताउनुभयो ।

स्थानीय आमा समुह, यूवा क्लव लगायतले समेत सरसफाई सहितका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर रहेको छ ।  भुमेथान मन्दिरमा आफ्नो मनोकामना पूरा हुने भएकाले भक्तजनको भिड लाग्ने अन्नपूर्ण यूवा क्लवका अध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।

यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले वडास्तर बाहेक डिपिआर तयार गरी प्रदेशबाट समेत यसबर्ष बजेट विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाले झनरामा सम्भावित अन्य सहासिक खेलहरुको समेत सम्भावनाका बारेमा खोजी गरेको बताउनुभयो । झरना आसपासमा रक क्लाइमिङ, क्यानोनिङ लगायतका सहासिक खेलहरु सञ्चालन गर्न सकिन्छ । यसैबीच झरनाको प्रचारप्रसारमा सघाउन बुधबार म्याग्दी मिडिया सोसाईटीले समेत साधारणसभा तथा नारच्याङ घोषणापत्र जारी गरेको छ ।

नारच्याङमा चिस्यान केन्द्र सञ्चालन, स्थानीय कृषकले सुन्तलाको मुल्य पाए

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यसबर्ष उत्पादन भएको सुन्तलाले राम्रो मुल्य पाएको छ ।

सिजनमा उत्पादन हुने सुन्तललाई केन्द्रले बोटमै बाहिरी जिल्लाका ब्यापारीको तुलनामा प्रतिकेजी १५ देखि २० रुपैयाँ मुल्य बढी दिएपछि स्थानीय किसान उत्साहित भएका छन् । स्थानीयस्तरमा सुन्तलाको उत्पादन बढेपछि सुन्तला जोन कार्यक्रमबाट करिब साढे ११ लाख र ब्यक्तिगत ११ लाखको लगानी गरी कुल २३ लाखमा सञ्चालन गरिएको चिस्यान केन्द्रमा हालसम्म झन्डै चार टन सुन्तला संकलन गरिएको छ ।

१० टन क्षमताको केन्द्रमा पुस महिनमा सुन्तलाले भरिने गुरुङले बताए । नारच्याङबाट नियमित सुन्तला निर्यात हुने गरेकोमा केन्द्र सञ्चालनमा आएपछि अब सुन्तलाको सिजनमा ब्यापारीले बजारमा नपाउने गरी भण्डारण गरिएको छ । घरापका प्रेम तिलिजाले गतबर्षसम्म बाहिरी जिल्लाबाट बोटमै आउने व्यापारी र स्थानीयलाई बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेकोमा यसपटक ७० रुपैयाँमा चिस्यान केन्द्रले लिएको बताए ।

तिलिजाले जस्तै नारच्याङ बास्कोटका तमबहादुर पुनले पनि यसबर्ष सुन्तलाको उचित मुल्य पाएको बताए । सुन्तला ब्यापारीलाई बिक्री गर्ने गरेका स्थानीयले वडाभित्र चिस्यान केन्द्र सञ्चालन भएपछि स्थानीय किसानले राम्रो मुल्यमा सहज बिक्री गर्न पाएका छन् ।

यसअगाडी मुस्ताङमा उत्पादन भएको ३ टन स्याउ परीक्षणका लागि भण्डारण गरेकोमा सफल भएको सञ्चालक गुरुङको भनाई छ । अहिले भण्डारण गरिएको सुन्तलालाई फागुन–चैत्र महिनामा तेब्बर मुल्यमा बिक्री गर्ने लक्ष्य रहेको छ । केन्द्रमा न्यूनतम प्लस ८ डिग्री तापक्रममा सुन्तला राखिएको छ । सुन्तला, स्याउ र तरकारीको उत्पादन अनुसार तापक्रम हुन्छ । नारच्याङमा बार्षिक ५० लाखभन्दा बढीको सुन्तला उत्पादन हुन्छ भने आलुको समेत पकेट क्षेत्र मानिन्छ ।

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् ।

युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भने, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ । “दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उनले एएफपीसँग भने ।

सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो । केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो ।

धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन्  । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् ।

केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले ।

संयुक्त राज्य अमेरिका र युरो क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।

– सावधानीपूर्वक खर्च –

विकसित र उदीयमान राष्ट्रहरूको समूह (जी–ट्वेन्टी) मा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५.५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकास मामिला सङ्गठन (ओईसीडी) ले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ ।

ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली संघ (ईयूमा) मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो (करिब ७०४ अर्ब अमेरिकी डलर) छुट्याइएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ ।

अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड (ईवाई) नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावस्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् । बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ ।
अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् ।

अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ ।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ ।

यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए ।

चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बन्धित ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो ।

– जलवायु लागत –

तर अर्थशास्त्री बीट्स्माको विचारमा अहिलेको विश्वको सबैभन्दा ठूलो सङ्कट जलवायु परिवर्तन हो, जुन ‘सुस्त गतिमा’ तर निरन्तर चलिरहेको छ ।

प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा हालसम्म २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्वीस रि हरिकेन इयानले मात्र ५० देखि ६५ अर्ब अमेरिकी डलर बराबरको अनुमानित क्षति व्यहोरेको छ ।

पाकिस्तानमा आएको बाढीका कारण यस वर्ष ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति तथा व्यापक मानवीय क्षति भएको छ ।

गत नोभेम्बरमा इजिप्टमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता ९कोप–२७० मा सरकारहरूले प्राकृतिक प्रकोपबाट तहसनहस भएका कमजोर विकासशील देशहरूले व्यहोर्नुपरेको क्षतिलाई पूर्ति गर्न कोष खडा गर्न सहमत भएपनि हरितगृह ग्याँस उत्सर्जन घटाउन र विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न आवश्यक भए तापनि जीवाष्म इन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने नयाँ प्रतिबद्धताबिना कोप–२७ शिखर सम्मेलन समाप्त भएको थियो ।

“यो गम्भीर सङ्कट होइन, तर दीर्घकालीन सङ्कट हो,” बीट्स्माले भने । उनले भने, “यदि हामीले पर्याप्त काम गर्न सकेनौं भने यसले हामीलाई अभूतपूर्व स्तरमा प्रहार गर्नेछ । एजेन्सी

बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का

बागलुङ/ जिल्लामा भूकम्पका तीनवटा ठूला झट्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो । यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ०७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ । त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प गयो

त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै  अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको

बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हुने

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरकार्यपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।
प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने र एक वटा खेल सञ्चालनका लागि कम्तिमा पाँच वटा विद्यालय सहभागि हुनुपर्ने नियम बनाइएको नगर प्रमुख सुरत केसीले बताए ।

‘नगरभित्रका ग्रामिण क्षेत्रका विद्यालयले समेत सहजै प्रतिस्पर्धा हुने वातावरण बनाएका छौ,‘खेलकुदलाई शिक्षासँग जोडेर पढाई र परिक्षा प्रभावित नहुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको छ’ नगर प्रमुख केसीले भने । उनका अनुसार जनप्रनिधिहरुको संयोजकत्वमा कर्मचारी र सम्बन्धित खेलकुद संघका पदाधीकारीको सहभागितामा छुट्टा छुट्टै समिति बनाएर प्रतियोगिताको तयारी गरिएको छ । कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रमेशकुमार श्रेष्ठ, उत्तम कर्माचार्य र चक्र केसीको संयोजकत्वमा खेल सञ्चालन उपसमिति बनाइएको छ ।

नगरपालिकामा रहेका १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय सहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरेको नगर उपप्रमुख ज्योती लामिछानेले बताईन् ।

यसअघिको प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई पचास हजार, पैतिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराएको नगरपालिकाले बुधबारको कार्यपालिका बैठकबाट अघिल्लो प्रतियोगिताको भन्दा बढी हुने गरि पुरस्कार रकम तोक्ने जनाएको छ । पदक जित्ने विद्यालयलाई शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई पनि आर्थिक सहयोग गरिने नगरपालिकाले जनाएको छ । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

आत्मनिर्भर साना किसान कृषि सहकारीको साधारणसभा, अध्यक्षमा सुवेदी चयन

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । हालसम्म कुल ४ सय ३१ जना शेयर सदस्य रहेको सहकारीको गत आवसम्म शेयर पुँजी ५४ लाख २९ हजार आठसय रुपैयाँ, निक्षेप बचत १७ लाख एकहजार पाँचसय ६१ र लगानी ४५ लाख एकहजार पाँचसय ७७ रुपैयाँ रहेको छ ।

साधारणसभाको अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघको साना किसान सहकारी अनुसरण कार्यक्रममार्फत प्रवद्र्धित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थालाई परिपक्वताको प्रमाणपत्र प्रदान गरी व्यवस्थापन हस्तान्तरण गरिएको थियो । यसैगरी सोही अवसरमा संघमार्फत कृषि सहकारीलाई सम्झौताको प्रमाणपत्र र सम्झौतापत्र पनि हस्तान्तरण गरिएको संघको इलाका कार्यालय पोखराका प्रवन्धक विदुर अर्यालले जानकारी दिनुभयो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकसिंह ठकुरीलाई व्यवस्थापन हस्तान्तरण र सम्झौतापत्रको प्रमाणपत्र तथा सम्झौतापत्र हस्तान्तरण गर्नुभएको थियो । साधारणसभाको उद्घाटन तथा प्रमाणपत्र हस्तान्तरण गर्दै केन्द्रीय संघका अध्यक्ष पाठकले सहकारी संघसंस्थालाई राम्रो बनाउनका लागि शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारीले आर्थिक कारोबारसँगै समुदायस्तरमा चेतना फैलाउने पनि काम गरेको भन्दै केन्द्रीय संघका अध्यक्ष पाठकले संघमार्फत प्रवद्र्धित साना किसान कृषि सहकारीहरुले महिलाहरुलाई लक्षित गरेर टनेलमा तरकारी खेती गर्ने, सिलाइकटाइको तालिम दिने, अचार तथा मैनबत्ती बनाउने, पुरुषहरुका लागि सिकर्मी, डकर्मी, स्काफोल्डिङ जस्ता तालिमहरु सञ्चालनमा जोड दिइएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघका सञ्चालक कृष्णबाबु श्रेष्ठले संस्थामार्फत साना किसान सहकारीहरुको व्यवस्थापन र सञ्चालनमा आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीलाई नियमन गर्नको लागि गाउँपालिकाको आगामी हिउँदे गाउँसभाबाट सहकारी ऐन निर्माण गरी सहकारीहरुको व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले मालिका गाउँपालिका कृषि र फलफुलको उर्वरभूमि रहेको बताउँदै मुख्यमन्त्री कृषि कार्यक्रममार्फत कृषिजन्य उत्पादनलगायत कृषि कार्यक्रमहरु सञ्चालन गर्न गण्डकी प्रदेशमा आवश्यक पहल गरिएको बताउनुभयो । पालिकामार्फत भू–उपयोगको नीति ल्याएर खाली तथा बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरिने उहाँको भनाइ छ ।

साधारणसभाको अवसरमा कृषि सहकारी संस्थाले संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु हस्तबहादुर जुग्जाली, सुशीला श्रेष्ठ सिउँथानी, रोजिना पुन र उमादेवी पुनलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा सहकारीका अध्यक्ष ठकुरीले संस्थागत र प्रवन्धक भीमबहादुर अर्मजाले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कृषि सहकारीद्वारा उत्पादित तरकारी, फलफुल र कृषिजन्य उत्पादनको प्रदर्शनी समेत गरिएको थियो ।

दरबाङका वडा अध्यक्ष पथबहादुर रोका र जनआदर्श महिला बहुउद्देश्यीय सहकारी संस्था बाबियाचौरका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष तिलकसिं ठकुरीको अध्यक्षता, सल्लाहकार सन्तोष सुवेदीको स्वागत र सदस्य अमृत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । कृषि सहकारीको साधारणसभाको अवसरमा राष्ट्रिय कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा)ले आफ्नो हाँस्यव्यङ्ग्यसहित साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी साधारणसभामा संस्थाका अध्यक्ष ठकुरीले सल्लाहकार सुवेदीलाई अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो । अध्यक्षको पद ग्रहण गर्दै सुवेदीले सहकारीमार्फत आगामी दिनमा समूहमा फरकफरक खालका कृषि उत्पादनहरु गर्ने, सदस्यहरुलाई परिचयपत्रको व्यवस्था, एकदेखि १० प्रतिशतसम्म सामानमा छुट दिइने बताउनुभयो । त्यस्तै अनलाइन सेवाको विस्तार गर्ने, एक घर एक शेयरलाई प्राथमिकता दिने, शेयर पुँजी वृद्धि गर्ने, बाँझो तथा खाली जग्गाको उपयोग गरी कृषिजन्य उत्पादन गर्ने र किसानहरुलाई आत्मनिर्भर बनाउने योजनहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

म्याग्दी महोत्सवको प्रचार-प्रसार तिब्र

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको तयारी तिब्र पारिएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका लागि काठमाण्डौमा पर्यटनसँग सम्बन्धित निकायहरु, बैंक तथा वित्तिय संस्थाका साथै विभिन्न सरोकारवालासँग भेटघाट गरिएको छ ।

संघका अध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ सहितको टोलीले आर्थिक सहयोग तथा लगानीका लागि वित्तिय संस्थासँग समेत जिल्लाभित्र आर्थिक लगानी सहित महोत्सवका बारेमा छलफल गरेको अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘महोत्सवलाई लक्षित गरी भेटघाट जारी छ, यसपटकको महोत्सवलाई थप ब्यवस्थित बनाउनेछौ’ अध्यक्ष कुटवालले भने ।

महोत्सव सफल बनाउन ३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तीव्र बनाएको छ । महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन नसकेको अवस्थामा यसपटक दर्शकको उत्साहजनक उपस्थिती हुने बताइएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्राएको र व्यापारिक ज्ञान सीप, पुजी र प्रविधि भित्राउन उद्देश्यले महोत्सवको आयोजना गरिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ । महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ । एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

पर्वतमा बाँदर आतङ्क, किसानले हिउँदे बाली लाउनै छोडे

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए ।

विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बनेका छन् ।

बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन् ।

उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’

त्यसैगरी फलेवास–४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो ।

बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताए ।

‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौं खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए ।

अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन ।

कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाको भनाइ छ ।

बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । मोदी–२ का गुरुदत्त चापागाईँले भने, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ ।’

जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि बाँकी नराखेर उखेलेको गुनासो गरिन् ।

जिल्लामा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित बनेका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका समुद्र खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।’

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ ।

दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको भए पनि अपेक्षित माग नआएको जनाएको छ । ‘फाट्टफुट्ट माग आएको थियो’, कृषि शाखा प्रमुख केदार सापकोटाले भने, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौं, नत्र लैजाँदैनौँ भनेका छन् ।’

महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् ।

म्याग्दीको तातोपानी कुण्डमा पाँचहजार बढी बिरामी

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधीमा पाँच हजार भन्दा बढी विरामीले उपचार सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९÷०८० को साउन देखि मंसिर मसान्तसम्म पाँच हजार चार सय ३८ जना विरामीहरुले तातोपानी कुण्डमा एक हप्तादेखि १० दिनसम्म डुवेर उपचार सेवा लिएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।

सचिव केसीले दिएको जानकारी अनुसार साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मङ्सिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । त्यसैगरी पुस महिना सुरु भएदेखि तातोपानी स्नान गर्नेको दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ ।
विरामीहरुको चाप बढेपछि दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको समितिका सचिव केसीले बताउनुभयो ।

मंसिर महिनामा मात्र नेपालका विभिन्न ३३ जिल्ला र भारतका गरी १ हजार ३ सय १३ जना विरामीहर यहाँ आएका तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा उल्लेख भए अनुसार मंसिर महिनामा म्याग्दीबाट ३ं९५,बाग्लुङ ३३५, कास्की १४०, काठमाडौ १०३, रुपन्देही ६९, पर्बत ६३, नवलपरासी २९, मुस्ताङ २७,चितवन २५,तनहुँ १९, कपिलबस्तु १४, नुवाकोट १२, मोरङ १० बाँरा ९, डोल्पा ७, रोल्पा ६, स्याङजा ५, गोर्खा ५,गुल्मी ५,बर्दिया ४, रुकुम ४, उदयपुर ३, कैलाली ३, बाँके ३, झापा ३,धादिङ ३, रसुवा २, दोलखा २, दाङ २, पाल्पा १, प्यूठान १, मकवानपुर १, अर्घखाची बाट १ र भारतबाट २ जना गरी जम्मा १हजार ३ सय १३ जना विरामीहरुले यहाँबाट उपचार सेवा लिएका छन् ।
मंसिर महिनामा उपचारका लागि आउनेहरुमा महिलाको संख्या ८ सय ४५, पुरुष ४ सय ६८ जना रहेका समितिको तथ्याङ्कमा उल्लेख छ ।

चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको समितका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक–फरक समयतालिका उहाँले जानकारी दिनुभयो । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कदासम्म विश्राम गरिन्छ ।सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।