Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 700

नयाँ हस्तिको अन्तिम विश्वकप

अर्जेन्टिना अर्थात म्यारोडोनाको देश । जसलाई पछिल्लो समय मेस्सीको देश पनि भनिन्छ फुटबलमा । अहिले विश्वमा नयाँ हस्तिका रुपमा मेस्सी र रोनाल्डो छन् ।

नयाँ हस्तिमध्ये रोनाल्डोको विश्वकपको यात्रा क्वाटरफाइनलबाटै बाहिरिदाँ मेस्सीको भने फाइनलको यात्रा तय भएको छ । जब जब विश्वकप आउँछ तब तब रोनाल्डो र मेस्सीकै चर्चा आउँछ । नयाँ पुस्ताले चिन्ने फुटबलका हस्ति भनेकै यी दुई हुन मुख्यतयः । कुनैबेला पेले, म्यारोडोना, डेविड वेक्ह्याम, जिदान लगायतका नाम नयाँ पुस्ताका लागि थियो रे भन्नेमा मात्रै सिमित छ ।

तर नयाँ पुस्ताले विश्वकपमा मेस्सीको यो अन्तिम खेल हेर्दैछन् । त्यो पनि फाइनल । दक्षिण अमेरिकी च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यस अघिका विश्वकप जित्न सकेन । तर मेस्सीका लागि अन्तिम विश्वकपको रुपमा रहेको छ कतार विश्वकप २०२२ । अब विश्वकपमा मेस्सीलाई फाइनलमा मात्रै देख्न पाइनेछ । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने सार्वजानिक गरेका छन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेस्सीको भनाइ छ ।

Argentina’s Lionel Messi is pictured during the Copa America football tournament quarter-final match against Venezuela at Maracana Stadium in Rio de Janeiro, Brazil, on June 28, 2019. (Photo by Pedro UGARTE / AFP)

३५ वर्षीय भेट्रान फरवार्ड मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । उक्त खेलमा मेस्सीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेका थिए । मेस्सीले यस विश्वकपमा ५ खेलमा ५ गोल र ३ असिस्ट प्रदान गरेका छन् । उनी गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पेसँग संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।

‘म यो फाइनल खेलेर मेरो विश्वकप यात्रा समाप्त गर्न सक्षम भएकोमा गर्व गर्दछु । मैले के गरिरहेको छु भने, आइतबार मेरो खेल हुनेछ । विश्वकपमा अन्तिम खेल नै हुनेछ । म २०२६ लाई कुर्न सक्दिन । त्यसैले म आशा गर्छु कि म उत्कृष्ट तरिकाले समाप्त गर्न सक्छु ।’ मेस्सीले भने, ‘आफ्नो टोलीले ‘धेरै राम्रो खेलिरहेको छ । निक्कै राम्रो भइरहेको छ । बलियो र धेरै रमाइलो महसुस भइरहेको छ’ उनले भने । अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । २०१४ मा उपाधिनजिक पुगेपनि जर्मनीसँग अतिरिक्त समयमा १–० को नमिठो हार व्यहोरेको थियो । सन् २००६ र २०१० मा मेस्सीसहितको अर्जेन्टिना क्वाटरफाइनलमा र २०१४ मा फाइनलमा पराजित भएको थियो । मेस्सीले अर्जेन्टिनाका लागि १७० खेल खेल्दा ९५ गोल गरेका छन् ।

जारी विश्वकपको फाइनल प्रवेशका लागि लुसेल रंगशालामा भएको खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।

४२ औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता जोगाउन सफल भयो । ५८ औं मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औं मिनेटमा अर्जेन्टिनाले ३–० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।

विश्वकप फुटबल: फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने, कस्ले जित्ला उपाधि?

विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो।  कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोलअन्तरले हराएको हो।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो।

फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए। हर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए।

त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए। उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए। उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए।

यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २-१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलले हराएको थियो। यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो। फाइनल खेल आइतबार हुनेछ।

सम्झौता अगाडि सम्पन्न भयो सीम-सातबिसे झोलुङ्गे पुल

निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेर योजना अलपत्र परेका खबर सार्वजनिक भइरहेका छन्। तर, यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति अगावै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन्।

जिल्लाको मंगला गाउँपालिका २ सीमदेखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दी खोलामा निर्माण गरिएको एन टाइपको झोलुङ्गे पुल सम्झौता मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको हो। पुल निर्माण सम्पन्न भएसँगै डेढ घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिएपछि स्थानीय खुशी भएका छन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पुल निर्माण गर्न २०७८ फागुन २ गते जुम्ली निर्माण सेवासँग पुलको पार्टसबाहेक ३७ लाख ३४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो।

पुल निर्माण गर्नुपर्ने सम्झौता मिति मङ्सिर मसान्तसम्म थियो पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले भन्नुभयो, ‘म्याग्दी खोलामाथि एक सय १० मिटर लामो एन टाइपको झोलुङ्गे पुल सम्झौता मिति भन्दा दुई महिना अगावै निर्माण सम्पन्न भएको छ।’ उहाँका अनुसार उक्त पुलको डिजाइन म्याग्दीमा पहिलो हो।

पुल बनेसँगै सीम र सातबिसेका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको स्थानीयवासी तथा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुव केसीले बताउनुभयो। मंगला गाउँपालिकाको ३ नम्बर वडा वरङ्जाको सातबिसे, बान्द्रे, ज्यामिरे, झार्कीपानी र २ नम्बर वडाका सिम, कोत्रावाङ, सिमलचौर र खुम्लियाका स्थानीय लाभान्वित भएका छन्।

म्याग्दी खोलाको वारीपारीका वस्तीलाई खेतीपाती गर्न पुल नहुँदा डेढ घण्टासम्म पैदल हिँडेर जानुपर्ने बाध्यता थियो केसीले भन्नुभयो, ‘पुल बनेसँगै डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ।’

अहिले दैनिक एक सयको हाराहारीमा सर्वसाधारण पुलबाट आवतजावत गर्ने उहाँको भनाइ छ। पुलका लागि आवश्यक पर्ने करिब दुई रोपनी जमिन समेत केसीले उपलब्ध गराउनुभएको थियो। source: gorkhapatraonline

विश्वकपः फ्रान्स फाइनलमा प्रवेश

अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।

अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस

A view of Dhaulagiri mountain is seen in the background of Ghorepani village, a tourist destination in Annapurna Rural Municipality-6 of Myagdi district, on Friday, October 27, 2017. Photo: RSS

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो ।

केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । “सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ”, उनले भने– “घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।”गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र गर्न विसं २०७५ देखि सुरु भएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारमार्फत सञ्चालित आयोजनाले सडक विस्तार र स्तरोन्नति गरेपछि बस चल्न सक्ने भएको हो ।

चित्रेदेखि घोडेपानी जोड्ने सडकलाई निर्माणका क्रममै बस चलाउने मिल्ने गराइएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो ।

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्यावलोकनका लागि प्रसिद्ध छ । घोडेपानीबाट पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने तयारी गरिएको छ ।

कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । उल्लेरी–घोडेपानी सडक निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

बँदेल सिकारमा गएनन् नेपाली

ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्षित गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।

यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उनले भने, “अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी र पहल गर्नुपर्ने देखिन्छ ।”

बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।

नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उनको भनाइ छ ।

“बँदेलले किसानको खेतीबाली खाइदिन्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, कँडेलले भने, “वैधानिकरुपमा सिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।”

विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने कँडेल बताउछन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिकरुपमा सिकारका लागि नपुगेको स्थितिमा विभागले पहिलोपटक नेपालीलाई लक्ष्य गरी बँदेलको सिकार खुला गरेको थियो ।

विभागले बँदेलसँगै नाउर र झारलका लागि गत भदौमा बोलपत्र खुलाएको थियो । जसमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । आरक्षका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानाडा र जर्मनीका एक एक  नागरिकले सिकार खेलेका थिए ।

कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । नाउर र झारल सिकारका लागि विदेशी पेसेवर सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलले अर्को वर्षदेखि विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए ।

नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्छ । आरक्षका सातवटै सिकार ब्लकमा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ब्लकमा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए ।

बँदेलको सिकार खुलाउन कम्पनीले माग गर्दै आए पनि यो पटक सिकार हुन नसकेको उनको भनाइ छ । सिकारको अनुभव बटुल्नका लागि पनि नेपाली बँदेल सिकारमा आकर्षित हुनसक्ने थापाले बताए । नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ छ ।

विदेशी हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो ।

बेनी बचतद्वारा धवलागिरी माविको स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी नगरपालिका–७स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका –४ सिंगामा रहेको उक्त स्रोत कक्षालाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बुधबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी र सचिव माधव प्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का र प्रधानाध्यापक भुवन प्रसाद रेग्मीलाई सो रकम प्रदान गरे । स्रोत कक्षामा हाल ११ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरु अध्ययनरत रहेको र उनिहरुको भरणपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका सचिव रेग्मीले बताए । सहकारीको सामाजिक उत्तरदायित्व बहन गरिएको भन्दै अध्यक्ष गिरीले समुदायमा सहकारीको अपरिहार्यता रहकोले समाज प्रति अझै जिम्मेवार पूर्ण उपस्थिति रहने अध्यक्ष गिरीले बताए ।

बेनी बचतले स्थापना कालदेखि नै समाजसंग जोडिएर काम गरेको उहाँको भनाई थियो । हिजोका दिनहरुमा पनि स्थापना दिवस मनाउदा गलेश्वरका वृद्धाआश्रममा सहयोग, नेपाल बाल संगठनका बालबालिकाहरुलाई सहयोग, मौवाफाँटको दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग, बगुवाखोलाको वौद्धिक अपांग विद्याथीहरुलाई समेत सहयोग गरेको थियो । संस्थापक उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले सहकारीले स्थापनाको उद्देश्य अनुरुप काम गर्दै आएको, बचत कर्ता र सहकारीको सदस्य सेवाग्राहीहरुलाई उत्कृष्ट कारोबार गरेर विश्वास दिलाउन समेत सफल भएको बताए । विश्वनै आर्थिक मन्दीमा परेको समयमा पनि सहकारीले सहज तरिकाले वित्तिय सेवा उपलब्ध गराएकाले पनि सेवाग्राहीको विश्वास बढेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा संचालक समितिका उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु, सल्लाहकार समिति सदस्यहरु, संस्थाका प्रवन्धक सज्जन शाक्य तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गिरीको अध्यक्षता र सविच रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

म्याग्दीका जङ्गलमा वन्यजन्तुको चोरी सिकार बढ्दो

म्याग्दीका लेकाली जङ्गलबाट वन्यजन्तुको चोरी सिकारी बढेको छ । जिल्लाको गौश्वारा, सानालेख, गुर्जा, लुलाङ, मुदी क्षेत्र नजिकैका जङ्गलमा वन्यजन्तुको चोरी सिकारी बढेको हो । उच्च लेकाली भेगमा दिनहुँ चोरी सिकार भइरहेको स्थानीयवासी नारायण सापकोटा बताउँछन् ।

वन्यजन्तुको सिकार गर्न बन्दुक, भाला र खुकुरी लिएर दिनहुँ सिकारी जङ्गल जाने गरेको उनी जानकारी दिन्छन् । जिल्लाका लेकाली भेगमा जङ्गल बाक्लिएसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले सिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायत वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । सिकार खेल्न स्थानीयवासी आफ्नो छुट्टै समूह बनाइ एक÷दुई हप्तासम्म जङ्गलमै बस्ने गरेको लुलाङका जसवीर विक बताउँछन् ।

हिउँदको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरू मौका छोपी जङ्गल जान थालेको स्थानीयवासीको भनाइ छ । यस्तै कतिपय सिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको सिकार गर्दै  आएका पाइएको छ । सिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी सदरमुकाम बेनीलगायत काठमाडौं र पोखरामा बिक्री वितरण हुने गरेको स्थानीयवासीको आरोप छ।

खुलेआम वन्यजन्तुको चोरी सिकारी हुँदासमेत सम्बन्धित निकायले त्यसको रोकथाम गर्न नसकेको उनीहरूको गुनासो छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिमाना हुनसक्ने कानुनी प्रावधान छ । रासस

म्याग्दीमा यसवर्ष धान उत्पादन घट्यो

म्याग्दीमा यसवर्ष धान उत्पादन घटेको छ । गएकाे वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो । समयमा रोपाइँ नहुनु, सिँचाइको अभाव, मनसुनी वर्षा नपर्नु, बिउमल नपाउनु जस्ता कारणले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

यसवर्ष वातावरणमा आएको परिवर्तन, धान खेत वरिपरि उम्रिएका रुख, झाडी र बुट्यानको तप्केनी, घाम नपर्नु, ढिलो रोपाइँ हुनु, धानको फूल खेल्ने समयमा अत्यधिक पानी पर्नु, हावाहुरी चल्नु जस्ता कारणले गर्दा स्थानीय जातको धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका कार्यालय प्रमुख किरण सिग्देलले बताउनुभयो । अन्य धानको तुलनामा स्थानीय जातको धान उत्पादन घटेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा खेतीयाेग्य जमिनमध्ये यसवर्ष कुल ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान खेती लगाइएको थियो । प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टन धान उत्पादन भएको छ भने जिल्लाभर कुल १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सम्झना शर्माले बताउनुभयो । उहाँले गएकाे वर्ष प्रति हेक्टर ३ दशमलव ४७ मेट्रिक टन अर्थात् १३ हजार ४ सय ८० मेट्रिक धान उत्पादन भएको जानकारी दिनुभयो । गएकाे वर्षको तुलनामा यसवर्ष म्याग्दीमा १४ सय २१ मेट्रिक टन धानको उत्पादन घटेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी जिल्लामा प्रायजसाे किसानहरुले स्थानीय जातको लोकल धान लगाउने गरेका छन् । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धानतर्फ भने किसानहरुले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरुमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा सुक्खा धान १, २, ३ नामको जात समेत लगाइन्छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसाे क्षेत्रमा धान खेती हुने गरेको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन ।

म्याग्दी जिल्लामा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । ११ हजार ३ सय ९८ हेक्टरको जमिन बाँझो रहनुका साथै जग्गा प्लटिङमा परिणत भएको छ ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

बीसौं जेसीज कप-उपाधी शारदा माविलाई

–विनय श्रेष्ठ, पूर्व अध्यक्ष, म्याग्दी जेसीज

म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा. वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगिताले म्याग्दीको फुटबल इतिहासमा महत्वपूर्ण भूमिका खेल्दै बर्षेनी फुटबलप्रेमीहरुलाई हौस्याउने गरेको छ । गत वर्षसम्म १९औं संस्करण पुरा गरी सकेको यस प्रतियोगिताको बीसौं जेसीजकप फुटवल २०७९ मंसिर २०–२४ गते “जेसीजकप फुटबल म्याग्दीको शान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन” भन्ने मुल नाराका साथ खुल्ला मञ्च बेनीबजारमा सम्पन्न भयो ।

नवौंै जेसीजकपमा बेनीबजार निवासी समाजसेवी श्री श्यामप्रसाद श्रेष्ठले आफ्ना प्रिय पुत्र स्वर्गीय सन्तोष श्रेष्ठको स्मृतिमा स्थापित सन्तोष श्रेष्ठ स्मृति कोषको तर्फबाट जेसीजकप सञ्चालनको लागि रु २,००,०००÷– को अक्षय कोष स्थापना गरि सहयोग प्रदान गर्नुभएकोमा १५औं जेसीजकपमा रु. ५०,०००÷– थप गर्नुभएको थियो । उहाँको यस सहयोगले प्राप्त हुने व्याजको मद्दतले वर्षेनी जेसीजकप फुटबल सञ्चालनको लागि महत्वपूर्ण योगदान पु¥याएको थियो । साथै आयोजक संस्थाले सन्तोष श्रेष्ठ स्मृति कोषलाई प्रत्येक वर्ष मूख्य–प्रायोजक रहने निर्णय समेत गरेको थियो ।

त्यस्तै सन् २०१३ मा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठले स्वर्गीय मातापिताको स्मृतिमा लक्ष्मी पुतली अवार्ड, जेसी लोकेश पुन मगरले स्वार्गिय पिताको स्मृतिमा धमानसिंह अवार्ड र जेसी रन्जना श्रेष्ठले स्वर्गीय पिताको स्मृतिमा इन्द्र अवार्ड यसैगरी सन् २०१४ मा जेसी विक्रम सुवेदीले स्वर्गीय पितामाताको स्मृतिमा झलक खगेश्वरी अवार्ड स्थापना गरी हामीलाई थप हौसला प्रदान गर्नुभएको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष जेसी ई. कमल विश्वकर्माले स्वर्गीय पिता मिनबहादुर विश्वकर्माको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गरेकाले संस्थाले मिन बहादुर स्मृति कोषलाई प्रायोजकको सम्मान प्रदान गरेको छ । १७औं जेसीज कपमा हुवावे मोवाइलले, १८औं जेसीज कपमा नरेश मोबाइलले, १९ औं जेसीज कपमा नमस्ते ट्र्ेड होटल याकले प्रतियोगिता सौजन्यता प्रदान गरेकोमा यस वर्ष गौमति खत्री विकास कोषले प्रतियोगिताको टाइटल स्पोन्सर गरेको छ । यस्तै लालीगुराँस अफसेट प्रेसलाई पनि प्रायोजकको सम्मान गरेको छ ।

यस वर्ष बेनी नगरपालिका, धवलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिका सहयोगी संस्था, शिखर इन्सुरेन्स इन्सुरेन्स पाटनर, बेनी संजीवनी हेल्थ क्लिनिक हेल्थ पाटनर, टेक माइन्ड नेटवर्क प्रा. लि. इन्टरनेट पाटनर, म्याग्दी ड्रिम वे एजुकेशन सेन्टर एजेकेशन पाटनर रोयल बुलेट क्याफे एण्ड रेष्टुरेण्ट फुडिङ पाटनर रहेका छन् । त्यस्तै संस्थापक तथा पूर्व अध्यक्षहरु, जेसीज पदाधिकारी तथा सदस्यहरुले विभिन्न विद्याका अवार्ड स्थापना गर्नु भएको छ । यस कार्यले जेसीज कप आयोजक, खेलाडीवर्ग र खेलप्रेमीहरुलाई थप हौसला मिलेको छ ।
यहाँ बीसौं जेसीज कप–२०२२ को उद्घाटनदेखि समापनसम्म गतिविधिहरु चर्चा गर्ने जमर्को गरिएको छ ।
१. उद्घाटन सत्र
गौमति खत्री विकास कोष बीसौं जेसीजकप फुटबल २०२२ को उद्घाटन सत्र बेनी नगरपालिकाका प्रमुख सुरत के. सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षता र महासचिव जेसी बिष्मा श्रेष्ठको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि के. सी.ले दीप प्रन्ज्वलन समुद्घाटन गर्नुभएको थियो । सो सत्रमा प्रमुख अतिथि के. सी.ले प्रमुख आतिथ्यताको मन्तव्य, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठले विशिष्ट आतिथ्यताको मन्तव्य, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के. सी.ले शुभकामना मन्तव्य र मुल संयोजक जेसी दिनेश वानियाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शाखा अध्यक्ष जेसी सन्दिप खत्रीले धन्यवाद सहित समापन गर्नुभएको सो सत्रमा प्रमुख अतिथि र अतिथी गणलार्ई मायाको चिनो प्रदान गरिएको थियो भने का. का. उपाध्यक्ष जेसी कुमार वानियाँले जेसीज आस्थाको अगुवाई गर्नुभएको थियो । गौमति खत्री विकास कोषका अध्यक्ष सन्दिप खत्रीले शाखा अध्यक्ष जेसी सन्दिप खत्रीलाई टाइटल स्पोन्सर चेक हस्तान्तरण गरेका थिए भने प्रमुख रेफि सिद्धार्थ शाक्य र बुद्ध एकेडेमीकका क्याप्टेन सुमन पुनले सपथ ग्रहण गरेका थिए । उद्घाटन सत्र समाप्ति लगत्तै प्रतियोगिताको गोला प्रथा गरी १८ विद्यालयको टाइसिट निर्धारण गरिएको थियो ।
२. पहिलो र दोश्रो चरणका खेलहरु ः
क) पहिलो खेल
शाखा सम्पादक जेसी दिनेश विश्वकर्माको संञ्चालनमा शुभारम्भमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठले बल चलाइ शुभारम्भ भएको पहिलो खेल गत वर्षको विजेता न्यु वेष्ट प्वाइन्ट आ. मा. वि. बेनी र म्याग्दी एकेडेमी सिंगाबीच भएको थियो । खेलमा वेष्ट प्वाइन्ट शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । वेष्ट प्वाइन्टका तर्फबाट जर्सी नम्बर ६ सुमन थापाले ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । न्यू वेष्ट प्वाइन्टका जर्सी नम्बर ६ सुमन थापालाई जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्ण कुमार विश्वकर्माबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल, सुजन रेश्मी रहेका थिए । न्यु वेष्ट प्वाइन्ट आ. मा. वि. बेनीका खेल शिक्षक दिपेन राई, टिम व्यवस्थापक ईश्वर सेन्चुरी र म्याग्दी एकेडेमी सिंगाका खेल शिक्षक प्रशुराम फगामी, टिम व्यवस्थापक सुनिल पाइजा रहेका थिए ।
ख) दोस्रो खेल
प्रतियोगिताको दोस्रो खेल गतवर्षको उपविजेता बुद्ध एकेडेमी बगरफाँट र बालमन्दिर आधारभुत विद्यालय बेनी बीच भएको थियो । बुद्ध एकेडेमीका जर्सी नम्बर १७ प्रवीण थापाले १६ औं मिनेटमा गोल गरी अग्रता लिए पनि बालमन्दिरका जर्सी नम्बर १० रेनिस खानले २९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा थप गोल नभए पछि पेनाल्टी सुट आउटमा ४÷४ गोल बराबरी भएकोले पहिलो सदन डेथमा १÷१ र दोस्रो सदन डेथमा शुन्यका विरुद्ध १ गोलले बालमन्दिर विजयी भएको थियो । बालमन्दिरका जर्सी नम्बर १० रेनिस खान, जर्सी नम्बर ५ कविन वि. क. र जर्सी नम्बर ४ मिलन पुनले पहेलो कार्ड पाएका थिए । बालमन्दिरका जर्सी नम्बर १० रेनिस खान, जर्सी नम्बर ७ क्याप्टेन रोहन किसान, जर्सी नम्बर ५ कबिन वि. क., जर्सी नम्बर ६ सन्दिप सुनार, जर्सी नम्बर ८ पेन्नुरी शेर्पा र जर्सी नम्बर ४ मिलन पुनले गोल गरेका थिए भने जर्सी नम्बर ११ सबिन खोरजा गोल गर्न चुकेका थिए । बुद्धका जर्सी नम्बर ११ क्याप्टेन सुमन पुन, जर्सी नम्बर १० सुजन तिलिजा पुन, जर्सी नम्बर १७ पूविन थापा, र जर्सी नम्बर २० अमित बुढाले गोल गरेका थिए भने जर्सी नम्बर ८ अरुण शेरपञ्जा गोल गर्न चुकेका थिए । बालमन्दिरका जर्सी नम्बर ११ सविन खोरजालाई शाखा अध्यक्ष जेसी सन्दिप खत्रीबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा आशिष भुजेल, बिकेश शेरपुञ्जा, सागर परियार र उपेन्द्र गिरी रहेका थिए । बुद्ध एकेडेमी बगरफाँटका खेल शिक्षक सोनम लामा, टिम व्यवस्थापक नेत्र हुमेन र बालमन्दिर आधारभुत विद्यालय बेनीका खेल शिक्षक विर्सना के. सी. चोखाल, टिम व्यवस्थापक जीवन लामिछाने रहेका थिए ।
ग) तेस्रो खेल
प्रतियोगिताको तेस्रो खेल केवि एकेडेमी र लिटल गार्डेन एकेडेमी बीच भएको थियो । लिटल गार्डेन एकेडेमीका जर्सी नम्बर ७ का सोसन नेपालीले ११ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि जर्सी नम्बर १२ का निखिल रोकाले २० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा थप गोल नभए पछि पेनाल्टी सुट आउटमा ३ गोलका विरुद्ध ४ गोलले केवि एकेडेमी विजयी भएको थियो । केवि एकेडेमीका जर्सी नम्बर ६ क्याप्टेन कुशल पुन, जर्सी नम्बर १२ निखिल रोका, जर्सी नम्बर ५ दिपेश रोका र जर्सी नम्बर १० अबिन बुढाले गोल गरेका थिए । लिटिल गार्डेनका नर्सी नम्बर २७ उन्वल के.सी., जर्सी नम्बर ३० अनिश चोचाङ्गी र जर्सी नम्बर ७ सोसन नेपालीले गोल गरेका थिए भने जर्सी नम्बर ४ सुजन गोतामे र जर्सी नम्बर ९ जोन बराल गोल गर्न चुकेका थिए । केवि एकेडेमीका जर्सी नम्बर १२ का निखिल रोकालाई निवर्तमान अध्यक्ष जेसी विरेन्द्र श्रेष्ठबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । केवि एकेडेमीका खेल शिक्षक टण्डिन लामा, टिम व्यवस्थापक हिरा बहादुर पुन र लिटल गार्डेन एकेडेमीका खेल शिक्षक अनिश के. सी., टिम व्यवस्थापक आशिष अर्याल रहेका थिए ।

घ) चौंथो खेल
प्रतियोगिताको चौंथो खेल माउण्ट एभरेष्ट बेनी र हेम मा. वि. सिवाङ बीच भएको थियो । निर्धारित समयमा गोल नभए पछि पेनाल्टी सुट आउटमा ३ गोलका विरुद्ध ५ गोलले माउण्ट एभरेष्ट बेनी विजयी भएको थियो । माउण्ट एभरेष्ट बेनीका जर्सी नम्बर २३ जेनीस शर्मा, जर्सी नम्बर ११ पावल भण्डारी, जर्सी नम्बर १४ रविन किसान, जर्सी नम्बर ७ सनम वि. क. र जर्सी नम्बर २ विनोद गोतामेले गोल गरेका थिए । हेम माविका जर्सी नम्बर १० अनुज गुरुङ, जर्सी नम्बर १३ विशेष गौचन र जर्सी नम्बर ७ विपन पुनले गोल गरेका थिए भने जर्सी नम्बर ८ मनोज पुन गोल गर्न चुकेका थिए । माउण्ट एभरेष्ट बेनीका जर्सी नम्बर २३ जेनिस शर्माले पहेलो कार्ड पाएका थिए । माउण्ट एभरेष्ट बेनीका जर्सी नम्बर ७ का सनम वि. क.लाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस शेरपुञ्जा र सुजन रेश्मी रहेका थिए । माउण्ट एभरेष्ट बेनीका खेल शिक्षक शिरिष हमाल, टिम व्यवस्थापक राजिव थापा र हेम मा. वि. सिवाङका खेल शिक्षक प्रदिप छन्त्याल, टिम व्यवस्थापक रोशन गुरुङ रहेका थिए ।
ङ) पाँचौं खेल
पाँचौ खेल भीम मावि, राजदाङ र चन्द्रकुन्ता किसानी मावि, धारापानी ताकम वीच भएको थियो । निर्धारीत समयमा गोल नभए पछि पेनाल्टी सुट आउटमा २ गोलका विरुद्ध ४ गोलले चन्द्रकुन्ता किसानी मावि, धारापानी ताकम विजयी भएको थियो । चन्द्रकुन्ता किसानीका जर्सी नं ठ क्याप्टेन आसिक हर्मेल, जर्सी नम्बर ३० मनिक खत्री, जर्सी नम्बर १७ रोजेश रसाइली र जर्सी नम्बर ५ रोजन सुनारले गोल गरेका थिए भने जर्सी नम्बर १० मधुसुधन खत्री गोल गर्न चुकेका थिए । भीम मावि, राजदाङ जर्सी नम्बर ३० साजन गौचन र जर्सी नम्बर ७ शिव पुर्जाले गोल गरेका थिए चने जर्सी नम्बर १० विमल घर्ती र नर्सी नम्बर ५ मिलन फगामी गोल गर्न चुकेका थिए । चन्द्रकुन्ता किसानी मावि, धारापानी ताकमका जर्सी नम्बर ११ अभय थापाले पहेलो कार्ड पाएका थिए । चन्द्रकुन्ता किसानी मावि, धारापानी ताकमका जर्सी नम्बर ९९ का अमृत रसाइलीलाई जल्लिा खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा आशिष भुजेल, सिदार्थ शाक्य, गणेश चोखाल र उपेन्द्र गिरी रहेका थिए । भीम मावि, राजदाङका खेल शिक्षक सुवाष पुन मगर र चन्द्रकुन्ता किसानी मावि, धारापानी ताकमका खेल शिक्षक ध्रुव बहादुर भण्डारी, टिम व्यवस्थापक करण थापा रहेका थिए ।
च) छैटौं खेल
छैटौं खेल बेनी बोर्डिङ सेकण्डरी स्कुल बेनी र जामुनाखर्क मा. वि. अर्थुङ्गे बीच भएको थियो । बेनी बोर्डिङ शून्यका बिरुद्ध २ गोल गर्दै विजयी भएको थियो । बेनी बोर्डिङका जर्सी नम्बर १९ अनेश भण्डारीले २४ औं मिनेटमा र जर्सी नम्बर ११ सुजाभ बानियाँले ६१ औं मिनेटमा गोल गरेका थिए । बेनी बोर्डिङ सेकण्डरी स्कुल बेनीका जर्सी नम्बर १९ का अनेश भण्डारीलाई म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस पुन र सुजन रेश्मी रहेका थिए । बेनी बोर्डिङ सेकण्डरी स्कुल बेनीका खेल शिक्षक विनोद घर्ती, टिम व्यवस्थापक फिरोज घिमिरे र जामुनाखर्क मा. वि. अर्थुङ्गेका खेल शिक्षक प्रकाश सुवेदी, टिम व्यवस्थापक गंग बहादुर खत्री (गणेश) रहेका थिए ।
छ) सातांै खेल
सातौ खेल शारदा मावि छिस्वाङ र मगंला मावि बाबियाचौर वीच भएको थियो । खेलमा शारदा मावि छिस्वाङ शुन्यका विरुद्ध २ गोलले विजयी भएको थियो । शारदा मावि छिस्वाङका जर्सी नम्बर १० सिलन सिउथानीले २८ औं मिनेटमा र ६३ औं मिनेटमा २ गोल गरेका थिए । शारदा मावि छिस्वाङका जर्सी नम्बर १० का सिलन सिउथानीलाई म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी भिमसेन बराइलीबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, गणेश चोखाल र उपेन्द्र गिरी रहेका थिए । शारदा मावि छिस्वाङका खेल शिक्षक प्रशुराम फगामी, टिम व्यवस्थापक सनिल पाइजा र मगंला मावि बाबियाचौरका खेल शिक्षक सन्दिप के. सी., टिम व्यवस्थापक सुसन सुनार रहेका थिए ।
ज) आठौं खेल
आठौै खेल बेनी सामुदायिक मावि बेनी र सरस्वती मावि तातोपानी वीच भएको थियो । खेलमा बेनी सामुदायिक मावि शुन्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । बेनी सामुदायिक मावि बेनीका जर्सी नम्बर ९ क्याप्टेन प्रदिप छिनालले २९ औं मिनेटमा, जर्सी नम्बर ७ प्रजल बानियाँले ३३ औं मिनेटमा र जर्सी नम्बर ११ अनिष परियारले ४३ औं मिनेटमा १÷१ गोल गरेका थिए । बेनी सामुदायिक मावि बेनीका जर्सी नम्बर ७ का प्रजल बानियाँलाई म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा आशिष भुजेल, सिदार्थ शाक्य, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । बेनी सामुदायिक मावि बेनीका खेल शिक्षक प्रविन श्रेष्ठ, टिम व्यवस्थापक प्रवेश मगर र सरस्वती मावि तातोपानीका खेल शिक्षक दिनेश के. सी., टिम व्यवस्थापक गणेश कुमार खत्री रहेका थिए ।
झ) नवौ खेल
नवौं खेल जनप्रिय मावि दरवाङ र न्यू वेष्ट पोइन्ट आ.मा. वि. बेनी वीच भएको थियो । खेलमा न्यू वेष्ट पोइन्ट शुन्यका विरुद्द ५ गोलले विजयी भएको थियो । न्यू वेष्ट पाइन्टका जर्सी नम्बर ४ सुनिल थापाले तेस्रो मिनेट, जर्सी नम्बर २२ दिपेश पुर्जाले आठौं मिनेट, जर्सी नम्बर ११ सुजल श्रेष्ठले नवौं मिनेट, जर्सी नम्बर १० समन थापाले ४६ औं मिनेट र जर्सी नम्बर ७ विज्ञान भण्डारीले ६३ औं मिनेटमा १÷१ गोल गरका थिए । न्यू वेष्ट पोइन्टका जर्सी नम्बर १० का समन थापालाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस शेरपुञ्जा र उपेन्द्र गिरी रहेका थिए । न्यू वेष्ट पोइन्टका खेल शिक्षक दिपेन राई, टिम व्यवस्थापक ईश्वर सेन्चुरी र जनप्रिय मावि दरवाङका खेल शिक्षक आत्माराम सुवेदी, टिम व्यवस्थापक वकिल फगामी रहेका थिए ।
ञ) दशांै खेल
दशांै खेल प्रकाश मावि बेनी र बालमन्दिर आधारभुत वि. बेनी वीच भएको थियो । खेलमा प्रकाश मावि शुन्यका विरुद्द ३ गोलले विजयी भएको थियो । प्रकाश माविका जर्सी नम्बर ७ क्याप्टेन रिजन पुनले २८ औं मिनेटमा र जर्सी नम्बर ९० नविन परियारले ३३ औं मिनेटमा १÷१ गरेका थिए भने बालमन्रिका जर्सी नम्बर ८ पेन्नुरी शेर्पाले ६० औं मिनेटमा आत्माघाति गोल उपहार दिएका थिए । प्रकाश माविका जर्सी नम्बर ७ का सबिन राईलाई म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी नारायण कुमार बरालबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । प्रकाशका जर्सी नम्बर ११ उत्सव जि.सी.ले पहेलो कार्ड पाएका थिए । रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । प्रकाश मा. वि. बेनीका खेल शिक्षक स्वदेश श्रेष्ठ, टिम व्यवस्थापक सरोज जि. सी. र बालमन्दिर आवि बेनीका सिंगाका खेल शिक्षक विर्सना के. सी. चोखाल, टिम व्यवस्थापक जीवन लामिछाने रहेका थिए ।
३. क्वाटर फाइनलका खेलहरु
क) पहिलो खेल
क्वाटर फाइनलको पहिलो खेल केवि एकेडेमी दरवाङ र शारदा मावि छिस्वाङ वीच भएको थियो । निर्धारित समयमा गोल रहित बराबरी भए पछि पेनाल्टी सुटआउटमा ३ का विरुद्द ४ गोले शारदा मावि विजयी भएको थियो । शारदाका जर्सी नम्बर ४ कुमार दर्जी, जर्सी नम्बर १५ मिलन दर्जी, जर्सी नम्बर १० सिलन सिउथानी र जर्सी नम्बर २ क्याप्टेन सिमन सिउथानीले गोल गरेका थिए भने जर्सी नबर १२ झकविर रोका गोल गर्न असफल रहेका थिए । केविका जर्सी नम्बर ६ क्याप्टेन कुशल पुन, जर्सी नम्बर १२ निखिल रोका, जर्सी नम्बर ५ दिपेश रोकाले गोल गरेका थिए भने जर्सी नम्बर १० अबिन रोका र जर्सी नम्बर २१ नबिन पुर्जा गोल गर्न असफल रहेका थिए । शारदा माविका जर्सी नम्बर १६ गोलरक्षक देवेन्द्र पुर्जालाई बेनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णसिं बानियाँबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस शेरपुञ्जा र उपेन्द्र गिरी रहेका थिए । शारदा मा. वि. बेनीका खेल शिक्षक प्रशुराम फगामी, टिम व्यवस्थापक सुनिल पाइजा र केवि एकेडेमीका खेल शिक्षक टण्डिन लामा, टिम व्यवस्थापक हिरा बहादुर पुन रहेका थिए ।

ख) दोस्रो खेल
क्वाटर फाइनलको दोस्रो खेल माउण्ट एभरेष्ट आमावि बेनी र बेनी सामुदायिक मावि बेनी वीच भएको थियो । खेलमा बेनी सामुदायिक शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका जर्सी नम्बर ९ क्याप्टेन प्रदिप छिनालले सातौं मिनेटमा निर्णायक गोल गरेका थिए । बेनी सामुदायिक माविका जर्सी नम्बर ७ प्रजल बानियाँलाई म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी खम थापा मगरबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । बेनी सामुदायिक मा. वि. बेनीका खेल शिक्षक प्रविन श्रेष्ठ, टिम व्यवस्थापक सचिन शाक्य र माउण्ट एभरेष्ट आमावि बेनी खेल शिक्षक शिरिष हमाल, टिम व्यवस्थापक राजिव थापा रहेका थिए ।

ग) तेस्रो खेल
क्वाटर फाइनलको तेस्रो खेल न्यू वेष्ट प्वाइन्ट आमावि बेनी र चन्द्रकुन्ता किसानी मावि धारापानी वीच भएको थियो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा चन्द्रकुन्ता किसानी मावि धारापानी २ का विरुद्ध ४ गोलले विजयी भएको थियो । चन्द्रकुन्ता किसानी मावि धारापानीका जर्सी नम्वर ७७ अर्जुन सुनार, जर्सी नम्वर ३० मनिक खत्री, जर्सी नम्वर ५ रोजन सुनार र जर्सी नम्वर ७ क्याप्टेन आसिक हर्मेलले गोल गरेका थिए भने न्यू वेष्ट पाइन्टका जर्सी नम्बर ३ दिपेश पुर्जा र जर्सी नम्बर ६ समन थापाले गोल गरेका थिए भने जर्सी नम्बर ७ बिज्ञान भण्डारी र जर्सी नम्बर ९ क्याप्टेन प्रशान्त शेरपुञ्जा मगर गोल गर्न असफल भएका थिए । चन्द्रकुन्ता किसानी मावि धारापानीका जर्सी नम्बर ७ क्याप्टेन आसिक हर्मेल, जर्सी नम्बर ९ दिप्सन थापा, जर्सी नम्बर ३० मनिक खत्री, जर्सी नम्बर १५ भरत रसाइली, जर्सी नम्बर १३ लक्षुमान थापा, जर्सी नम्बर ४ रमेश रसाईली, जर्सी नम्बर ११ अभय थापा, जर्सी नम्बर १७ रोजेश रसाईली, जर्सी नम्बर १ रमित रसाईली र जर्सी नम्बर ९ दिप्सन थापाले पहेलो कार्ड पाएका थिए । चन्द्रकुन्ता किसानी मावि धारापानीका जर्सी नम्बर ९९ गोलरक्षक अमृत रसाईलीलाई म्याग्दी जेसीजका शाखा सम्पादक जेसी दिनेश विश्वकर्माबाट प्लेयर अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस शेरपुञ्जा र उपेन्द्र गिरी रहेका थिए । चन्द्रकुन्ता किसानी मावि धारापानीका खेल शिक्षक धु्रव बहादुर भण्डारी, टिम व्यवस्थापक करन थापा र न्यू वेष्ट प्वाइन्ट आमावि बेनीका खेल शिक्षक दिपेन राई, टिम व्यवस्थापक ईश्वर सेन्चुरी रहेका थिए ।

घ) चौंथो खेल
क्वाटर फाइनलको चौंथो खेल प्रकाश मावि बेनी र बेनी बोर्डिङ सेकण्डरी स्कुल बेनी वीच भएको थियो । खेलमा प्रकाश मावि बेनी शुन्यका विरुद्ध २ गोलले विजयी भएको थियो । प्रकाश मावि बेनीका जर्सी नम्बर १० सन्देश तामाङले २१ औं मिनेट र ६४ औं मिनेटमा गोल गरेका थिए । प्रकाश माविका जर्सी नम्बर ११ उत्सव जि. सी. ले पहेलो कार्ड पाएका थिए । प्रकाश माविका जर्सी नम्बर १० सन्देश तामाङलाई जेसीजकप फुटबलका मुल संयोजक जेसी दिनेश बानियाँबाट म्यान अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । प्रकाश मावि बेनीका खेल शिक्षक स्वदेश श्रेष्ठ, टिम व्यवस्थापक सरोज जि. सी. र बेनी बोर्डिङ बेनीका खेल शिक्षक विनोद घर्ती, टिम व्यवस्थापक फिरोज घिमिरे रहेका थिए ।

४. सेमीफाइनलका खेलहरु
क) पहिलो खेल
सेमीफाइनलको पहिलो खेल किसानी चन्द्रकुन्ता मावि धारापानी र शारदा मावि छिस्वाङ वीच भएको थियो । खेलमा शारदा मावि छिस्वाङ शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । शारदा मावि छिस्वाङका जर्सी नम्बर १५ मिलन दर्जीले ४० औं मिनेटमा निर्णायक गोल गरेका थिए । शारदा माविका जर्सी नम्बर १० सिलन सिउथानीले पहेलो कार्ड पाइका थिए । शारदा मावि छिस्वाङका जर्सी नम्बर २ क्याप्टेन सिमन सिउथानीलाई म्याग्दी जिल्ला प्रदेश सभा क का सदस्य तथा म्याग्दी जेसीजका ब.का.का.उ. माननीय जेसी हरि भण्डारीबाट म्यान अफ द म्याचको जर्सी प्रदान गरिएको थियो ।

खेल रेफ्रि तथा अफिसियलहरुमा पुरन छन्त्याल, साजन परियार, विकेस शेरपुञ्जा र उपेन्द्र गिरी रहेका थिए । शारदा मा. वि. बेनीका खेल शिक्षक प्रशुराम फगामी, टिम व्यवस्थापक सुनिल पाइजा र चन्द्रकुन्ता किसानी मावि धारापानीका खेल शिक्षक धु्रव बहादुर भण्डारी, टिम व्यवस्थापक करन थापा रहेका थिए ।

ख) दोस्रो खेल
सेमीफाइनलको दोस्रो खेल प्रकाश मावि बेनी र बेनी सामुदायिक मावि बेनी वीच भएको थियो । खेलमा प्रकाश मावि शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । प्रकाश माविका जर्सी नम्बर ७ क्याप्टेन रिजन पुनले १७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रकाश मावि बेनीका जर्सी नम्बर ७ क्याप्टेन रिजन पुनलाई टाइटल स्पोन्सर गौमती खत्री विकास कोषका अध्यक्ष सन्दिप खत्रीबाट म्यान अफ द म्याचको जर्सी प्रदान गरिएको थियो । रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, आशिष भुजेल, गणेश चोखाल र सुजन रेश्मी रहेका थिए । प्रकाश मावि बेनीका खेल शिक्षक स्वदेश श्रेष्ठ, टिम व्यवस्थापक सरोज जि. सी. र बेनी सामुदायिक मा. वि. बेनीका खेल शिक्षक प्रविन श्रेष्ठ, टिम व्यवस्थापक सचिन शाक्य रहेका थिए ।
५. सम्मान कार्यक्रम
फाइनल खेलकै क्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारी, अतिथि गण, संस्थापक तथा पूर्व अध्यक्ष, पूर्व राष्ट्रिय अध्यक्ष, टाइटल स्पोन्सर गौमति खत्री विकास कोषका अध्यक्ष सन्दिप खत्री लगायतको उपस्थितीमा मुल संयोजक जेसी दिनेश बानियाँको सञ्चालनमा २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट म्याग्दी जिल्ला प्रदेश क मा निर्वाचित म्याग्दी जेसीजका बरिष्ठ कार्यकारी उपाध्यक्ष जेसी हरि भण्डारी त्यस्तै आठौं जेसीज कप फुटबल प्रतियोगिता २००९ मा सहभागी भै प्रकाश मावि बेनीलाई विजेता बनाउन सफल उत्कृष्ट खेलाडी सन्तोष छन्याल, सर्वाधिक गोलकर्ता माउण्न्ट एभरेष्ट आमावि बेनीका विकास थापा र उत्कृष्ट गोलरक्षक न्यू वेष्ट पोइन्ट आमावि बेनीका लोकेन्द्र पुनलाई सम्मान गरिएको थियो ।
७. आर्थिक सहयोग संकलन
फाईनल खेलकै पूर्व सन्ध्यामा म्याग्दी जेसीजको आब्हानमा संस्थापक, पूर्व अध्यक्ष र जेसीज सदस्यहरु, उपस्थित प्रमुख अतिथी, अतिथीगण तथा दर्शकहरुबाट न्यानो कपडा वितरणका लागि आर्थिक सहयोग संकलन गरिएको थियो ।

८. फाइनल खेल
२० औं जेसीज कप फुटबल प्रतियोगिताको फाईनल खेल प्रकाश मावि बेनी र शारदा मावि छिस्वाङ वीच भएको थियो । खेलमा शारदा मावि १ गोलका विरुद्ध २ गोलले विजयी हुँदै पहिलो पटक जेसीज कप जित्ने सदरमुकाम बाहिरको विद्यालय बन्न सफल भएको थियो । छैटौं पटक उपाधि जितेर रेकर्ड बनाउन मैदानमा उत्रेको प्रकाश माविका तर्फबाट नर्सी नम्बर ७ क्याप्टेन रिजन पुनले २९ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । शारदा माविका जर्सी नम्बर ११ रुपक बुढाथोकीले ६५ औं मिनेटमा गोल गरी बराबरी गरेपछि खेल थप रोचक बनेको थियो । थप गरिएको अतिरिक्त समयको अन्तिम सेकेण्डमा शारदा माविका जर्सी नम्बर ८ निर्मल रोकाले निर्णायक गोल गर्दै शारदा माविलाई उपाधी दिलाएका थिए । प्रकाश माविका जर्सी नम्बर ६ विनोद तामाङले पहेलो कार्ड पाएका थिए । शारदा माविका जर्सी नम्बर २ क्याप्टेन सिमन सिउथानीलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश के. सी.बाट म्यान अफ द म्याचको जर्सी प्रदान गरिएको थियो ।

रेफ्रि तथा अफिसियलहरुमा सिद्धार्थ शाक्य, पुरन छत्याल, आशिष भुजेल र गणेश चोखाल, विकेश शेरपुञ्जा, सुजन रेश्मी र उपेन्द्र गिरी रहेका थिए । प्रकाश मावि बेनीका खेल शिक्षक स्वदेश श्रेष्ठ, टिम व्यवस्थापक सरोज जि. सी. र शारदा मा. वि. बेनीका खेल शिक्षक प्रशुराम फगामी, टिम व्यवस्थापक सुनिल पाइजा रहेका थिए । मुल संयोजक जेसी दिनेश बानियाँको सञ्चालनमा सामुहिक राष्ट्रिय गानको सम्मान, महासचिव जेसी बिष्मा श्रेष्ठबाट आस्था पाठ र सामुहिक रुपमा फिफा गानको सम्मानसँगै शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको स्वागत मन्तव्य र प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले प्रमुख आतित्थ्यताको मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीलाई शाखा अध्यक्ष जेसी सन्दिप खत्रीले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

९. पुरस्कार वितरण तथा समापन
फाइनल खेल लगत्तै विजेता शारदा मावि छिस्वाङलाई श्री लक्ष्मी प्रिन्ट्सले सौजन्य गरेको जेसीज कप, विजेता शारदा मावि छिस्वाङ र उप विजेता प्रकाश मावि बेनीलाई ट्रफि, चेक, नगद र मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै अनुशासित टिम केवि एकेडेमी दरबाङ्गलाई खगेश्वरी अवार्ड, उत्कृष्ट खेलाडी शारदा माविका जर्सी नम्बर २ क्याप्टेन सिमन सिउथानीलाई धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता प्रकाश मावि बेनीका जर्सी नम्बर ७ क्याप्टेन रिजन पुनलाई लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक शारदा मावि छिस्वाङका जर्सी नम्बर १६ देवेन्द्र पुर्जालाई ईन्द्र अवार्डसाथ नगद, मेडल र ट्रफि प्रदान गरिएको थियो ।

साथमा द राईजिङ केवि एकेडेमी दरबाङ्गका दिक्षित पुनलाई धन अवार्ड, उत्कृष्ट स्ट्राईकर प्रकाश मावि बेनीका जर्सी नम्बर १० सन्देश तामाङलार्ई रामजी अवार्ड, उत्कृष्ट डिफेन्डर प्रकाश मावि बेनीका जर्सी नम्बर ८ सुमन पुनलार्ई सरस्वती अवार्ड, उत्कृष्ट मिडफिल्डर प्रकाश मावि बेनीका जर्सी नम्बर ७ क्याप्टेन रिजन पुनलाई लालीगुराँस अवार्ड, उत्कृष्ट कोच बालमन्दिर आधारभुत विद्यालय बेनीका विर्सना चोखाल के.सी.लाई एककुमारी–कृष्णप्रसाद अवार्डका साथमा मेडल, ट्रफि, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । मुल संयोजक जेसी दिनेश बानियाँले सञ्चालन गर्नु भएको सो पुरस्कार वितरण समारोहमा टाइटल स्पान्सर गौमति खत्री विकास कोष, रेफ्री तथा अफिसियलहरु, सहयोगदाताहरु, कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।

अत्यमा, यस वर्ष २०७९ मंसिर २० देखि २४ गतेसम्म २० औं जेसीज कप बेनीबजारको खुल्ला मञ्चमा सम्पन्न भएको छ । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि विगतका वर्षहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था महानुभावहरु आभार व्यक्त गर्दछौं । सन २०२३ मा हुने २१ औं जेसीज कपमा सहभागी हुने सम्पूर्ण विद्यालयहरु र खेलाडीहरुलाई अग्रीम सफलताको शुभकामना !
जय जेसीज !