Wednesday, April 30, 2025
17.2 C
Beni
17.2 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 833

राजनीतिक दलहरू सामुदायिक विद्यालय सुधार्न किन चाहँदैनन् ?

0

स्थानीय तहको चुनावको मत परिणाम आइसकेको छ । चुनावमा भाग लिएका सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूले आ-आफ्नो अपील, घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावमा भाग लिई निर्वाचित भएका छन् । सबैले आफ्ना घोषणापत्रमा विकासका अरू सवालहरूलाई जसरी शिक्षालाई पनि समेटेका छन् । जसमा पुरानै रटान छ- सामुदायिक विद्यालय सुधार, शिक्षामा लगानी दोब्बर वा २० प्रतिशतभन्दा बढी लगानी गर्ने र गुणस्तरीय शिक्षा आदि ।

तर, १०-११ प्रतिशत हाराहारीमा देखिने बजेटलाई २० प्रतिशत कसरी पुर्‍याउने भनेर खाका कसैले बनाएको पाइँदैन । घोषणापत्रमा लेखेका प्रतिबद्धतालाई कार्यान्वयन कसरी गर्ने भनेर पनि कसैले लेखेको पाइँदैन ।

जाजरकोट जिल्लाको एक विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थीले नाम नलेख्नुस् है भन्दै गुनासो सुनाए- ‘दुई वर्षदेखि अंग्रेजी विषय शिक्षक नभएकाले पढ्न पाइएको छैन । भवन छ तर चौरमा नै बसेर पढ्नु परेको छ । भित्र बसेर पढ्दा हामी हल्ला गर्छौं रे, त्यसले सरहरूको टाउको दुख्छ रे ! शौचालय त छ, प्रयोगमा छैन । दिसापिसाबका लागि जंगलमा जानुपर्दछ । प्रायः एक विषय भन्दा पढाइ नै हुँदैन ।’

विद्यालयस्तरमा भएका व्यावहारिक समस्यालाई सम्बोधन गर्ने साधारण प्रयास नगर्ने दलहरूले पुरानै कुरा कपी पेस्ट गरेर यसपालि पनि स्थानीय तहको निर्वाचनमा घोषणापत्रहरू सार्वजनिक गरे ।

नेपाली कांग्रेसको घोषणापत्रमा हेर्ने हो भने सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई नै प्राथमिकतामा राखेको छ । गुणस्तरीय शिक्षाका लागि ‘रट्ने र घोक्ने’ खालको शिक्षण सिकाइ परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्ने, विद्यालय छोड्ने दर घटाउने र टिकाउ दर बढाउने नीति र कार्यक्रमहरू अवलम्बन गर्ने प्रतिबद्धता घोषणापत्रमा राखेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सदेखि ‘मेकर स्पेस’ -मेकर स्पेस यस्तो प्रयोगशाला हो, जहाँ विद्यार्थीले पढेका कुरालाई व्यावहारिक रूपमा प्रयोग गर्छन्) सम्म बनाउने महत्वाकांक्षी योजना समावेश गरिएको छ । सिकाइकेन्द्रित विद्यालय, अपांगतामैत्री संरचनाहरूको व्यवस्था, उत्प्रेरित शिक्षक जन्माउने, विद्यालयमा सबल नेतृत्व र व्यवस्थापन गर्ने कुराहरू कांग्रेसको प्राथमिकतामा छन् ।

यसैगरी नेकपा एमालेले पनि बालबालिकालाई विद्यालयमा सहज पहुँच बनाउने, विद्यालय बीचमा छाड्ने समस्याको समाधान गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, सामुदायिक विद्यालयमा पुस्तकालय र खेलकुद मैदानका संरचना बनाउने, पुस्तकालय स्थापना गर्ने, प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, माध्यमिक शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य बनाउने कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा पनि एमालेले शिक्षाको हक सुनिश्चित गर्नका लागि २० प्रतिशत छुट्याउने प्रतिबद्धता गरेको थियो । तर, आफ्नो सरकार हुँदा पनि पुगनपुग ११ प्रतिशतभन्दा बजेट बढ्न सकेन । यसपटकको गठबन्धनको सरकारले पनि २०७९/८० को बजेटमा शिक्षामा १०.९५ प्रतिशत मात्रै बजेट छुट्याइएको छ । अझ संविधानले प्रत्याभूत गरेको भन्दा पनि उदार बनेर कक्षा १२ सम्म नै निःशुल्क शिक्षा प्रदान गर्ने लगायतका बाचा पनि एमालेले गरेको थियो । तिनीहरू किन कार्यान्वयन गर्न सकिएन भन्ने स्पष्टीकरण विना नै नयाँ घोषणापत्रमा पुरानै कुरा कपी पेस्ट गरिएको छ ।

कुनै पनि दलले हामीले गत निर्वाचनमा के प्रतिबद्धताहरू गरेका थियौं, के पूरा गर्‍यौं, बाँकी के कारणले गर्न सकेनौं भनेर समीक्षा गर्ने गरेको पाइँदैन । न त जनताले नै चुनावी घोषणापत्रहरूमा गरेका प्रतिबद्धताहरूका आधारमा प्रश्न गर्ने गर्दछन् । त्यसैले घोषणापत्रहरू झुटा कागजहरूमा मात्रै सीमित बनेका छन्

त्यस्तै प्रतिबद्धता सहितको घोषणापत्र जनता समाजवादी पार्टीले पनि सार्वजनिक गरेको छ । शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गर्नेदेखि माध्यमिक विद्यालय तहसम्मको शिक्षालाई व्यावहारिक रूपमा नै निःशुल्क र गुणस्तरीय बनाउने, ‘एक पालिका एक मोडल स्कुल’ बनाउने र टाढाका विद्यार्थीलाई सहज बनाउन होस्टल निर्माण गरिने जस्ता लोभलाग्दा नारा जसपाको प्रतिबद्धतामा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको घोषणापत्रमा पनि परम्परागत रटान नै पढ्न पाइन्छ । सामुदायिक विद्यालयलाई विद्यार्थी भर्नाको आकर्षणको केन्द्र बनाउने, माध्यमिक तहसम्मको शिक्षामा उच्च गुणस्तर कायम गर्दै निःशुल्क शिक्षा उपलब्ध गराउने । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणा अनुसार प्राविधिक शिक्षामा जोड दिइने जस्ता योजना उल्लेख गरेको छ ।

नेकपा माओवादी केन्द्रले त घोषणापत्र सार्वजनिक गर्ने टन्टा नै उठाएन । त्यसैले सबै दलहरूले यो गरिनेछ त्यो गरिनेछ भने पनि कसरी गरिनेछ, यसका लागि स्रोतहरूको व्यवस्थापन कसरी गरिनेछ, यसको कार्यान्वयनका कोसेढुंगाहरू के के हुनेछन् भन्ने कुरा कसैले उल्लेख गरेका छैनन् ।

हरेक पटक दलहरूले दोहोर्‍याइरहने नारा भनेको गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, व्यावहारिक शिक्षा र निःशुल्क एवं गुणस्तरीय शिक्षा नै हो । तर त्यो सवाल कसैले पनि कसरी कार्यान्वयन गर्ने भनेर उल्लेख गरेको पाइँदैन । विद्यालय शान्ति क्षेत्र भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि सबैभन्दा बढी राजनीतिक हस्तक्षेप हुने स्थान भनेको विद्यालय नै बनेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकै तथ्यांक हेर्दा पनि करीब ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्दछन् । त्यसैले जबसम्म सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरमा सुधार हुँदैन, तबसम्म समृद्धि, समाजवाद र बहुदलीय जनवादका नारा फोकट नारामा मात्रै सीमित हुने पक्का छ । विगतमा जसरी अहिले पनि सबै दलहरूले जनताको विश्वास जित्नका लागि फेरि आफ्न्ाो दलको घोषणापत्र, अपीलहरू सार्वजनिक गर्दै जनतालाई मिठा सपना बाँडिरहेका छन् । घोषणापत्र भनेको मैले वा मेरो दलले यी काम गर्छु वा गराउँछौं, त्यसैको आधारमा हामीलाई निर्वाचित गराउनुहोस् भन्ने संकल्प हो ।

२०४६ सालयता जति पनि चुनाव भए त्यसमा दलहरूले आफ्नो घोषणापत्रमा प्रतिबद्धताहरू गरे । प्रतिबद्धता अनुसार काम गरेको भए सायद आज विश्वले काम कसरी गर्नुपर्दछ भन्ने नेपाल र नेपालका दलहरूबाट सिक्ने थियो होला । तर, विडम्बना घोषणापत्रहरू कागजमा नै सीमित भए । झुटा आश्वासनमै विलिन भए । चुनाव सकिनासाथ चिहानमा पुगे ।

कुनै पनि दलले हामीले गत निर्वाचनमा के प्रतिबद्धताहरू गरेका थियौं, के पूरा गर्‍यौं, बाँकी के कारणले गर्न सकेनौं भनेर समीक्षा गर्ने गरेको पाइँदैन । न त जनताले नै चुनावी घोषणापत्रहरूमा गरेका प्रतिबद्धताहरूका आधारमा प्रश्न गर्ने गर्दछन् । त्यसैले घोषणापत्रहरू झुटा कागजहरूमा मात्रै सीमित बनेका छन् ।

संविधानतः विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मा स्थानीय सरकार अन्तर्गत छ । वितेका पाँच वर्ष अवधिमा केही स्थानीय तहले शिक्षा सुधारका लागि राम्रा प्रयास गरे पनि अधिकांश स्थानीय तहको अभ्यास आशा जगाउने हुन सकेनन् । केही पालिकाहरूले विद्यालयको भौतिक पूर्वाधार सुधार, शिक्षक दरबन्दी मिलान र नयाँ शिक्षक नियुक्ति गरे पनि यो कामले बहुसंख्यक पालिकाका आम अभिभावकको विश्वास जित्न सकेन ।

कैयौं पालिकाले शिक्षा सुधारका लागि सयौंको संख्यामा शिक्षक नियुक्ति गरेका छन् । अप्रत्यक्ष रूपमा जसले चुनाव जिताउनमा मद्दत गरे, उनीहरूलाई नै शिक्षकमा नियुक्ति दिइएको अभिभावक एवं विद्यार्थीको गुनासो रहेको छ । उनीहरूको शिक्षण सीप र क्षमतामा स्वयं विद्यार्थीले नै प्रश्न गरिरहेका छन् । जाजरकोट जिल्लाको शिवालय गाउँका अभिभावक कृष्णलाई नयाँ नियुक्त भएका शिक्षकको शिक्षण सीपमा कुनै पत्यार लागेन । उनको गुनासो छ- ‘सबैले हाम्रा शिक्षक नियुक्त गरे, राम्रालाई गरेनन् ।’

अबको आवश्यकता भनेको राजनीतिक दलहरूले सही अर्थमा सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राख्नुु हो । आवश्यक बजेट विनियोजन, शिक्षकलाई राजनीतिक संरक्षण नदिने, दलहरूले शिक्षामा राजनीति नगर्ने । यदि राजनीति नै गर्ने भए दलहरूले आफूले चुनाव जितेको ठाउँमा कांग्रेसले काम गरेको विद्यालयमा यति प्रगति गरायौं, एमालेले गरेकोमा यस्तो परिवर्तन गर्‍यौं, माओवादीले काम गरेकोमा बदल्नलाई यसरी सम्भव भयो भन्ने तथ्यांक प्रस्तुत गर्ने आँट गरून्

रोल्पाका एक जना बालविकास शिक्षकले आफ्नो जिम्मेवारी पूरा नगर्दा सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखले ‘तपाईंको सम्बन्धमा पालिका अध्यक्षसँग कुरा गर्नुपर्‍यो’ भन्दा उहाँको जवाफ थियो, ‘कुरा गरे हुन्छ, चुनाव कसले जिताएको हो भन्ने पनि त उहाँलाई थाहा छ नि !’

कालिकोट शुभकालिका गाउँपालिकाका प्रमुखले एउटा प्रसंगमा भन्नुभएको थियो- कुनै पनि दलले शिक्षकलाई चलायौं भने चुनाव जित्दैनौं, हाम्रो राजनीति सकिन्छ त्यसैले देखे पनि नदेखेको जस्तो गर्नुपर्ने विवशता छ । चुनावी अंकगणितका कारण धेरै अयोग्य शिक्षकलाई आफ्नो पेशाप्रति जिम्मेवार र बालबालिकाको सिकाइप्रति जवाफदेही बनाउन राजनीतिक दलहरू चुक्नु परेको छ ।
गाउँघरका विद्यालय पुग्दा धेरै विषयको कोर्स १५ देखि २५ प्रतिशत पनि नसकी विद्यार्थी अन्तिम परीक्षामा सामेल भए, कतिपय पालिकाको आँगनको विद्यालयमा नै दुई वर्षदेखि विषयगत शिक्षक नै छैनन् ।

अहिले विद्यालयमा अन्तिम परीक्षा सकिएपश्चात् भर्ना अभियानको समय सुरु भयो । तर अधिकांश विद्यालयका शिक्षक विद्यालयमा भर्ना अभियानमा संलग्न नभई चुनावी अभियानमा सक्रियतापूर्वक संलग्न भएको पाइयो । अधिकांश शिक्षक दलगत हिसाबले आफ्ना धारणा राख्ने, प्रतिक्रिया दिने र आलोचनाहरू राख्नमा नै सामाजिक सञ्जालहरूमा सक्रिय रहेको देखियो ।

तर कतै पनि शैक्षिक सत्रको सुरुवातमा ‘हाम्रा शैक्षिक सवालहरू यी हुन् । अब कसरी अगाडि बढ्ने ? बालबालिकाको सिकाइलाई कसरी प्रवर्द्धन गर्ने ? परीक्षा प्रणालीलाई कसरी व्यावहारिक बनाउने ? स्रोत व्यवस्थापन र परिचालन कसरी गर्ने ? सिकाइस्तर कसरी सुधार्ने ? शिक्षणसीप कसरी गुणस्तरीय बनाउने भन्ने छलफल भएको पाइँदैन । नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ तर पाठ्यपुस्तक आएको छैन भन्दै कतिपय विद्यालयमा पठनपाठन संचालन नै भएको छैन ।

बाग्लुङको जनपि्रय माध्यमिक विद्यालयका शिक्षक नइन्द्रबहादुर गुरुङ भन्छन्, ‘यसले के देखाउँछ भने अधिकांश शिक्षक आफूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् । जे नगर्दा हुने हो त्यही गर्दछन् ।’ गुरुङ अगाडि थप्छन्, ‘त्यसैले हामी शिक्षकहरू जो राम्रो गर्नका लागि प्रयासरत छौं, उहाँहरूले पनि गर्वका साथ हामी शिक्षक हौं भन्न सकेका छैनौं । शिक्षण पेशा मर्यादित बनाउन शिक्षकले नै सकिरहेका छैनौं ।’

बालबालिकाको सिकाइको स्तरलाई हेर्ने हो भने कालिकोट, जाजरकोट र दैलेख जिल्लाका केही विद्यालयका कक्षा २ र ३ मा गरेको सिकाइ जाँचमा करिब ८० प्रतिशत बालबालिकाले सामान्य वाक्य समेत शुद्धसँग पढ्न सकेनन् । गणितका सामान्य समस्या पनि समाधान गर्न सकेनन् । यसबाट देखिन्छ, विद्यार्थीले जान्नुपर्ने न्यूनतम कुराहरू पनि सिक्न सकिरहेका छैनन् ।

राजनीतिक दलहरूको सार्वजनिक शिक्षामा सुधार गर्ने दृढ इच्छाशक्ति हुने हो भने सुधार्न सम्भव छ । भारतको आम आदमी पार्टीले गरेको सुधारबाट हामी र हाम्रा दलहरूले पनि केही सिक्न सक्छन् । सन् २०१५ को चुनावमा आम आदमी पार्टीको एउटा मुख्य प्रतिबद्धता नै सरकारी विद्यालयहरूको रूपान्तरण गर्नु थियो । त्यसको लागि ‘शिक्षा पहिलो’ भन्ने मूल नारा ल्याइएको थियो । आफ्नो पार्टीको सरकार बनेपछि सबैभन्दा बढी लगानी शिक्षामा गर्‍यो । २०१५/१६ मा ६ हजार २०८ करोड लगानी गरेको सरकारले २०२० मा १५ हजार ८१५ करोड शिक्षामा लगानी गरेको छ जुन कुल बजेटको २४.३२ प्रतिशत हो ।

विनियोजन गरेको बजेट मूलतः भौतिक पूर्वाधार सुधार, शिक्षणका नयाँ तौरतरिकामा शिक्षकको क्षमता विकास, विद्यार्थीका लागि सिकाइ सामग्रीको व्यवस्थापन, आधुनिक ल्याब, स्मार्ट कक्षाकोठा, ई-मोडुल, हृयाप्पी करिकुलम निर्माण, विद्यालय पुस्तकालय, छात्र-छात्राका लागि छुट्टाछुट्टै शौचालय, विद्युत्, सबै विद्यालयमा कम्प्युटरको व्यवस्था आदि गर्‍यो ।

यसैगरी विश्वका टप शिक्षाका प्रशिक्षकबाट २०० जना शिक्षकलाई तालिम प्रदान गरी उनीहरूलाई मेन्टर शिक्षकको रूपमा एकजना शिक्षकलाई ५ देखि ६ वटा विद्यालयहरूको जिम्मेवारी दिइयो । यसबाट कक्षाकोठामा नै शिक्षकलाई शैक्षणिक सहयोगमा मद्दत पुग्यो । समर भ्याकेसनमा पाँच हप्ता भित्रमा ३६ हजार शिक्षकलाई तालिम प्रदान गरी दौंतरी सिकाइलाई प्रवर्द्धन गरियो । यसैगरी प्राथमिक तहमा बालबालिकाको पठन र गणितीय सीप विकास गर्न र बालबालिकालाई विद्यालय नियमित बनाउन चुनौती नामक परियोजना संचालनमा ल्याइयो । यसबाट छोटो समयमा शिक्षामा आमूल परिवर्तन सम्भव भयो ।

अबको आवश्यकता भनेको राजनीतिक दलहरूले सही अर्थमा सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राख्नुु हो । आवश्यक बजेट विनियोजन, शिक्षकलाई राजनीतिक संरक्षण नदिने, दलहरूले शिक्षामा राजनीति नगर्ने । यदि राजनीति नै गर्ने भए दलहरूले आफूले चुनाव जितेको ठाउँमा कांग्रेसले काम गरेको विद्यालयमा यति प्रगति गरायौं, एमालेले गरेकोमा यस्तो परिवर्तन गर्‍यौं, माओवादीले काम गरेकोमा बदल्नलाई यसरी सम्भव भयो’ भन्ने तथ्यांक प्रस्तुत गर्ने आँट गरून् । विद्यालयहरूलाई गुणस्तरीय सिकाइ केन्द्रको थलो बनाउन राजनीतिमुक्त र योग्य शिक्षकहरूको आपूर्ति अनिवार्य गर्ने प्रतिबद्धता होस् । Source: onlinekhabar

(प्रस्तुत विचार निजी हो । लेखक संलग्न संस्थासँग यसको कुनै सरोकार हुने छैन ।)

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु

0

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर जिसीले उद्घाटन गर्नुभयो ।

कार्यक्रम, बैठक, भेला र औपचारिक कार्यक्रम सञ्चालनका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप प्रदान गर्नुका साथै नेतृत्व र क्षमता विकास गर्न तालिम उपभोगी हुने वडा सदस्य जिसीले विश्वास व्यक्त गर्नुभयो ।

तीन दिन सम्म सञ्चालन हुने तालिमको नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम, म्याग्दी जेसिजका पुर्व अध्यक्ष विनय श्रेष्ठ, बागलुङ जेसिजका पुर्व अध्यक्ष सुदिप राजभण्डारी र सञ्चारकर्मी वादल शाहीले सहजिकरण गर्नुहुने जनाइएको छ ।

तालिममा साविक भकिम्ली गाविसको ९ वटै वडाका ३० जनाको सहभागिता रहेको मञ्चका अध्यक्ष रामबहादुर किसानले बताउनुभयो । मञ्च मार्फत भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।पूर्णकला जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति होम रोका, माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खिम पुन, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

१ सय बर्षमा प्रवेश गर्नुभएकी श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान

0

बेनी नगरपालिका-७,वडा कार्यालयले १ सय बर्षमा प्रवेश गर्नुभएकी भद्रकुमारी श्रेष्ठलाई जन्मोत्सवको अवसरमा दोसल्ला ओडाएर सम्मान गरेको छ । बिहिबार वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले सयौं जन्मदिनको अवसर पारेर सम्मान गदैं सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठले वडाभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सेवा दिने कार्यक्रमहरू रहेको बताउनुभयो । सबै एकदिन ज्येष्ठ नागरिक (वृद्ध) हुने भएकाले आ–आफ्ना क्षेत्रबाट मन, वचन र कर्मले ज्येष्ठ नागरिकका पक्षमा काम गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

महिला सदस्य सिर्जना श्रेष्ठ, दलित महिला सदस्य सुजाता किसान एबम सदस्यद्वय सोहन श्रेष्ठ र रमेश फगामीले शताब्दीमा प्रवेश गरेको उपलक्ष्यमा घरमै पुगेर आर्सिवाद ग्रहण गर्नुभएको थियो ।श्रेष्ठको जन्म बि सं १९८० जेष्ठ १९ गते शुक्रबारका दिन भएको थियो । वडा कार्यालयले श्रेष्ठ वडाको सबैभन्दा ज्येष्ठ नागरिक भएको जनाएको छ ।

यसैबीच १ सय बर्ष पुगेको उपलक्ष्यमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । बिरेन्द्रचोकस्थित निवासमै बालगृहमा आश्रीत बालकालिकाको उपस्थितिमा खाद्यान्न सहितको साम्रागी वितरण गरिएको हो ।

बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया

0

सामाजिक विकास कार्यालयको आयोजनामा बेनीमा बाल संजाल परिचालन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित गर्ने सिप विकास गराउने कार्यक्रमलाई नगरपालिकाले आगामी बजेटमा समावेश गर्ने बताउनुभयो ।

मेयर केसीले बालमैत्री स्थानीय शासन कायम गराउने सूचक कार्यान्वयनमा गर्नुपर्ने काम र ब्यवहारिक शिक्षाको विकास गर्न नगरबासीको सुझावअनुसार अघि बढ्ने बताउनुभयो ।

गाउँपालिका शिक्षा शाखाका कर्मचारी र विभिन्न विद्यालयका सहभागि विद्यार्थीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रममा प्रमुख सेनानी केशव शिलवालले बालबालिकाको नेतृत्व विकास सम्वन्धी, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाले लैङ्गिक विेभदमा बालबालिकाको भूमिका र बालमैत्री स्थानीय शासन सम्वन्धी प्रशिक्षण गराउनुभएको थियो ।

बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बालबालिकाको अधिकार तथा विद्यालय प्रशासन ब्यवस्थापन र शिक्षक राम पौडेलले सामाजिक कुरिती र न्यूनिकरण सम्वन्धी प्रशिक्षण गर्नुभएको थियो । विभिन्न विद्यालयबाट सहभागि विद्यार्थीहरुबिच जिल्ला स्तरीय बाल भेलाले पारित गरेको बालबालिकाको अधिकार सम्वन्धी ११ बुदे घोषणको जानकारी तथा कार्यान्वयन अवस्थाबारे अन्तरक्रियामा छलफल गरिएको थियो ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, रघुगंगाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, मालिकाका शिक्षा अधिकृत अशोक रिजाल, मंगला शिक्षा शाखा संयोजक राजेन्द्र आचार्य, अन्नपूर्णका प्राविधिक सहायक मेगबहादु खत्रीले पालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयन र उपलब्धी प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बाल संजालमा आवद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुले लागु औषधी सम्वन्धी जनचेतनामूलक नाटक लगायतको प्रतिभा अन्तरक्रियामा देखाउनुभएको थियो । सामाजिक विकास कार्यालयले बालमैत्री स्थानीय शासन सम्वन्धी न्युनतम ५१ सूचकको प्रभावकारी रुपमा कार्यान्वयनका लागि पालिकास्तर शिक्षक, विद्यार्थी कर्मचारी लगायतको उपस्थितमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

बावियाचौरमा खुल्यो मंगला लोकल मार्ट, पचास थरी अर्गानिक बस्तु पाइने

0

म्याग्दीको मंगला गाउँपालिका-२,मा अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले बावियाचौर बजारमा म ‘मंगला लोकल मार्ट’ सञ्चालनमा आएको छ ।

पश्चिम म्याग्दीका विभिन्न बस्तीमा उत्पादन हुने अर्गानिक बस्तु बिक्रीका साथै प्रर्बधनमा समेत स्थानीय कृषकलाई सघाउने गरी अर्गानिक मार्ट सुरू गरिएको हो। गाउँपालिकाको कार्यालय नजिकै रहेको पसलमा मंगला, मालिका र धवलागिरी गाउँपालिकामा उत्पादन हुने बस्तुहरू उपलब्ध रहेको सञ्चालक ममता थापाले बताउनुभयो ।

‘उत्पादन गर्ने किसानलाई प्रोत्साहनसँगै बजारीकरणमा सघाइरहेका छौ,‘अहिले बिक्री–वितरणबाट सन्तुष्ट छौ’ थापाले भन्नुभयो । मार्टमा थापासँगै जयन्ती पुन र योशुदा रोकाको करिब १० लाख लगानी रहेको छ । हाल सञ्चालनमा रहेको मार्टमा मंगला भित्रका उद्यमीलाई समेत जोड्ने र माटो अनुकुल अर्गानिक उत्पादनमा समेत सहकार्य गरिने मंगला लोकल मार्टले जनाएको छ ।

मार्टमा स्थानीय दाल, भटमास, भाँगो, टिम्मुर, मह, घ्यु, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, निगालो टुसाको सुकुटी लगायतका करिब पचास थरीका सामान रहेको छ । निकट भविस्यमा म्याग्दीका साथै बागलुङ, मुस्ताङ र पवर्तका गाउँघरमा उत्पादन भएका अर्गानिक बस्तुलाई आफ्नै ब्राण्डबाट बेच्ने तयारी भइरहेको अर्की सञ्चालक योसुदा रोकाले बताउनुभयो ।

कोसेली घरमा मंगलामा घुम्न आउने सहित अन्य कार्यक्रमहरुमा समेत मायाँको चिनो र मंगलाको कोशेली उपहार भन्ने अभियान समेत सञ्चालन गरिने जनाइएको छ । कोसेली घर चलाउन तत्कालीन मन्त्री नरदेवी पुनले सुझाउनुभएको थियो । पुनको सुझाव र सहयोगमा सदरकुकाम बेनीमा समेत धौलागिरी कोशेली घर सञ्चालनमा रहेको छ । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाभर एकदर्जन भन्दा बढी कोशेली घर रहेका छन् ।

दुर्गम चिमखोला र कुईनेमंगलेमा टेलिकमको टावर पुगेपछि स्थानीय हर्षित

0

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा सञ्चारको पहुँच पुगेको छ । विगतमा टेलिफोन र इन्टरनेटको पहुँचका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको छ ।

रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिमखडाले बताए ।‘अब प्राविधिक काम मात्रै बाँकी छ,‘छिटै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ’ कार्यालय प्रमुख सिमखडाले भने ।

समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ । तत्कालको लागि टुजी र थ्रिजी मार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा आउने टेलिकमले जनाएको छ ।

टेलिफोनको टावर विस्तार सहित महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिका मार्फत टावर परिसरमा भवन समेत निर्माण भएको चिमखोलाका वडा अध्यक्ष थक बहादुर पाईजा (रिम)ले बताए ।

टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामाुनी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानी लगायतका दुर्गम बस्तीहरुमा मोवाइल फोनको सहज पहुँच पुगेको छ ।

टेलिफोनको टावरका लागि कुईनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले विगतमा गरिएका प्रयास सफल भएको बताए । उनले चिमखोलाको टावरबाट पहुँचमा नपुग्ने बस्ती भेटिएमा थप प्रविधिको जडान समेत गरिने बताए ।

दुर्गम र विकट रहेको उक्त स्थानमा मोबाइल सेवा सुचारु भएसँगै पहिले डाँडातिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, इन्टरनेटको पहुँचबाहिर रहनुपर्ने बाध्यता हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तिमिरेले बताए ।

‘अब अग्लो रुख खोज्न जानुपदैन्,‘अब शैक्षिक गतिविधिमा पनि धेरै सहज हुन्छ’ उनले भने । विद्यालयमा इन्टरनेटको माध्यमबाट पठनपाठन सहजदेखि विदेशमा रहेका स्थानीयलाई समेत सामाजिक सञ्जालमार्फत नियमित सम्पर्कमा सहज भएको छ ।

मंगला क्याम्पसमा आइसिटी कक्षा सञ्चालन गर्न सम्भाब्यता अध्ययन सुरु

0

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न सम्भाब्यता अध्ययन सुरु भएको छ । पश्चिम म्याग्दीको एक मात्रै क्याम्पसलाई सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिने गरी अध्ययन सुरू गरेको हो ।

विश्वविद्यालयबाट सम्भाब्यता अध्ययन अनुगमन टोलीका संयोजक ज्ञयन्द्र कोइरालाको टोलीले भौतिक, शैक्षिक जनशक्ती, सेवा क्षेत्र लगायत विभिन्न मापदण्डको अनुगमन गरेको थियो । अनुगमन तथा छलफलमा विश्व विद्यालयका प्रतिनिधि कोइरालाले भौतिक सहित प्राविधिक शिक्षाका लागि क्याम्पस उपयुक्त भएकाले आवश्यक सहकार्य गरिने बताउनुभयो ।

‘प्रारम्भिक सम्भाब्यता अध्ययनमा सबै छलफल हुदैन,‘हामीले यहाँको अवस्थाका बारेमा थप छलफल गछौं, तपाईहरूसँग छिट्टै सहकार्यको अवसर प्राप्त हुन्छ’ कोइरालाले भन्नुभयो । सोही अवसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पश्चिम क्षेत्रबाट उच्च शिक्षाका लागि सदरमुकाम बेनी लगायत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसले आयमुलक शैक्षिक गतिविधि सहित नियमित विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

‘अब शैक्षिक गतिविधिमै क्याम्पस केन्द्रित हुन्छ,‘हामीलाई अनुमति मात्रै प्राप्त भएपछि बाँकी सबै सहज छ’ अध्यक्ष रोकाले भन्नुभयो । क्याम्पसले ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत गैरप्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ। गण्डकी विश्वविद्यालयको टोलीलाई क्याम्पसका प्रमुख पतिमबहादुर खत्री, आर्थिक पूर्वाधार समितिकी संयोजक यसुदा रोका, वडाका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । क्याम्पसले अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीका लागि आवश्यक प्रक्रिया समेत अगाडी बढाएको छ ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी विभिन्न जिल्लामा पुगेर अध्ययन अवलोकन भ्रमण सहितको अनुवभ लिने तयारी समेत गरेको छ । क्याम्पस सञ्चालनका लागि पूर्वाधार आर्थिक सङ्कलन समिति गठन गरी ५ करोडको अक्षय कोषका लागि जुटेको छ । यसअगाडी क्याम्पसको नाममा सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी धमाधम पूर्वाधार विस्तार गरिरहेको छ ।

 

ठेकेदार भागेपछि म्याग्दीको लाम्पाटा-दरबाङ सडक निर्माण अलपत्र

0

म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।

२०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ”, उहाँले भन्नुभयो “मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महिनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो ।

“दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,” उहाँले भन्नुभयो “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।” सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।

लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन् ।

अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि

0

इटालीलाई हराउँदै अर्जेन्टिनाले यस वर्षको फाइनलिसिमा फुटबलको उपाधि जितेको छ ।कोपा अमेरिका र युरोकप फुटबल च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्ने यो खेल बुधबार राति इंग्ल्याण्डको वेम्बली रंगशालामा भएको खेलमा इटालीलाई ३–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पावलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

अर्जेन्टिनाले फाइनलिसिमा फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि उसले सन् १९९३ मा डेनमार्कलाई हराउँदै तत्कालिन ‘आर्तेमियो–फ्रानची’ कप जितेको थियो ।युरोप र दक्षिण अमेरिकी फुटबल महासंघबीच हालै भएको नयाँ समझौता अनुसार २९ वर्षपछि फाइनलिसिमा नाममा सोही ढाँचाको खेल खेलाईएको हो ।

पुरुण्डीमा आयोजित शिविरबाट ३ सयभन्दा बढी लाभान्वित

0

म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका-५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज गाउँ पुलाचौरमा आयोजित निसुल्क आँखा शिविरमा ३०५ जनाले सेवा लिएको म्याग्दी जेसिजको कार्यकारी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए ।


नेत्र ज्योती संघ म्याग्दीका नेत्र अधिृकत एवम् आँखाका डाक्टर दिनेश बानियाँले निसुल्क आँखा परिक्षण गराउनुभएको थियो । शिविरमा आखाका विभिन्न रोगको पहिचानपछि विरामीलाई निशुल्क औषधी, १०५ जनालाई चस्मा वितरण र मोतियाविन्दु पत्ता लागेका १० जनाको निशुल्क अप्रेशन समेत गराउने तयारी भएको उपाध्यक्ष बाँनियाले बताउनुभयो ।


म्याग्दी जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाईटी पुलाचौर सह–आयोजनामा गाउँमै आँखा शिविर भएपछि बृद्धबृद्धा प्रौढ पुरुष र महिला, बालबालिकाले प्रभावकारी सेवा पाउँदा खुशी ब्यक्त गरेका थिए । जेसिजका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडानम्वर ५ का वडाअध्यक्ष गोविन्द बाँनियाले खेती किसानी ब्यस्त तथा आर्थिक अवस्था कमजोर परिवारका सदस्यलाई गाउँमै आयोजित शिविरले सहयोग पुगेको बताउदै आयोजक जेसिजलाई यस्तै कार्यक्रम निरन्तर गर्न आग्रह गर्नुभएको थियो ।

नेत्रज्योती संघका सभापति अमर बाँनियाले जेसीजले युवाहरुको नेतृत्व र क्षमता विकास संगै सामाजिक कार्यहरुमा गरेको योगदानप्रति प्रसंशा गर्नुभएको थियो । अध्यक्ष खत्रीले जेसिज गाउँ पुलाचौरमा आँखा शिविरसंगै अन्य शिविरहरु पनि आगामी दिन गर्ने प्रतिवद्धता जनाउदै जेसिज सप्ताह अन्तरगतको आयोजित शिविरमा सहयोग गर्नेलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रम संयोजक हरि भण्डारीको स्वागत, कोषाध्यक्ष सुमन बाँनियाको संचालनमा भएको कार्यक्रममा शिविरलाई सफल बनाउन जेसिजका सदस्य र स्थानीयले शिविरलाई ब्यवस्थापन गर्नुभएको थियो । जेसिज सप्ताह कार्यक्रम अन्तरगत पाँचौ दिन जेसिज सभाहलमा भाषणकला सम्वन्धी तालिम आयोजना गरिएको छ ।

error: Content is protected !!