Thursday, May 15, 2025
27.3 C
Beni
27.3 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 844

मेलापातबाट फर्किदै..

0

म्याग्दीको रघुगंगा गाउँपालिका-५, झिँमा मेलापातबाट फर्किदै एक कृषक । यूवापुस्ता बैदेशिक रोजगारीमा जान थालेपछि खेतीपाती गर्ने जनशक्तीको अभावका कारण बृद्धबृद्धा समेत मेलापातमा जाने गरेका छन् ।

बुढेशकालैमा..

0

म्याग्दीको मंगला गाउँपालिका-२, सिमलचौरमा घासँ लिएर आउँदै गर्नुभएका एक अपाङ्ग । भारतीय सेनामा कार्यरत हुदाँ खुट्टा गुमाएपनि नियमित घरायसी काम गर्ने गर्नुहुन्छ । तस्वीर हरिकृष्ण गौतम

म्याग्दीमा प्रमुख पदमा तीन महिलाको उम्मेदवारी

0

स्थानीय तहको निर्वाचन–२०७९ मा म्याग्दीमा तीन पालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । जिल्लाका स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबारको मनोनयन दर्ता अवधिमा नेकपा एमालेको तर्फबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन,रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट मिना विक र बेनी नगरपालिका मेयर पदमा राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दर्ता गराएकी छन् । धवलागिरी गाउँपालिकाकी अध्यक्ष उम्मेदवार पुन अघिल्लो निर्वाचनमा समेत विजय भएकी थिईन् ।

नेकपा एमालेले पुनः अध्यक्षमा पुन मगरलाई दोहोराएको छ भने माओवादी केन्द्र र राप्रपाका दुबै उम्मेदवार स्थानीय तहको निर्वाचनमा नयाँ अनुहार हुन् ।बि.स २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरमा उपमेयर जितेको राप्रपाले यसपटक आफ्नै चिन्हबाट निर्वाचनमा सहभागी हुन मेयर र उपमेयर नै मैदानमा उतारेको छ ।

राप्रपाले मेयरमा महिलालाई अगाडी सारेपनि उपमेयरमा भने पूर्व अध्यक्ष, क्षेत्रीय सदस्य एकेन्द्र रावललाई बनाएको छ।त्यस्तै माओवादी केन्द्रले समेत वडा अध्यक्षबाट राजिनामा दिएका रिम कटुवाललाई रघुगंगाको उपाध्यक्ष बनाएर महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

राप्रपा र माओवादी केन्द्रले मेयर र उपाध्यक्षमा अगाडी सारेका उम्मेदवारलाई तालमेलको सम्भावनाले समेत हेर्ने गरिएको छ । आइतबार र सोमबार मनोनयन दर्ता गरेपछि फिर्ता अवधीसम्म सम्मानजक तालमेलका लागि माओवादीले समेत प्रयास गरेको छ भने राप्रपाले समेत आफ्नै चुनावी चिन्हमा निर्वाचनमा सहभागी हुन पाए तालमेलमा सकारात्मक छ ।

स्थानीयतहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पद अनिवार्य भनेपछि गठबन्धनमा सहभागी हुदाँ दुबै पुरुष हुने भएकाले पनि उपाध्यक्ष र उपमेयरमा पार्टीको हेबी वेटका नेताहरूलाई प्राथमिकता दिनु पदको मोह भएको महिला अधिकारकर्मीको भनाई छ ।

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

0

सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी  बनेका थिए । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढ्नुभएको हो भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।

विसं २०७४ को चुनावमा बानपामा एमाले–राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो चुनावमा कांग्रेससँग नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ ।

सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उम्मेदवारी परेको छ । विसं २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भएका थिए ।

सोही गठबन्धनले नगरका ११ वडामा जीत निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो । अहिले वडामा पनि गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दैछन् । जिल्लाका अरु स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुख–अध्यक्षलाई पुनः उम्मेदवारमा दोहो¥याएका छन् । विसं २०७४ को चुनावमा पराजित भएका पनि फेरि उम्मेदवार बनेका छन् ।

कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहेका भरत शर्मा गैरेलाई फेरि उम्मेदवार बनाएको छ । यस्तै तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन् । एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।

गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनी गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

जन्मदिनको खर्च बालगृहका बालबालिकालाई सहयोग

0

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाउनुभएको छ । तर, बेनी नगरपालिका-७, घर संगमचोक घर भएका सफल ब्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालीत बालगृहमा रहेका ११ जना बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष,म्याग्दी जेसीज,लायन्स कल्व अफ बेनी सिटीका पूर्व अध्यक्ष,नेपाल बाल संगठन म्याग्दीका पूर्व सचिव एवं बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय श्रेष्ठले नगद एघार हजार ५४१ रुपैयाँ आर्थिक सहयोग प्रदानगर्नु भएको बालगृहले जनाएको छ ।

नेपाल बाल संगठनमा तत्कालिन समयमा सचिव हुँदा देखिनै बालगृहमा रहेका बालबालिकाहरुको लागि लामो समय देखि नेपालीहरुको ठूलो चाड दशै र आफ्नो जन्मदिनमा बर्षै पिच्छे सधैं बालबालिकाहरुलाई हौसला प्रदान गर्दै नियमित सहयोग गदै आएको श्रेष्ठको भनाई छ ।

जन्मदिनका कुनै नयाँ योजना नबनाई बालगृहमा सहयोग गरेको बताउनुभयो । जिल्लाकै पुरानो र प्रतिष्ठिक व्यवसायी श्रेष्ठ परिवारले बिभिन्न समयमा बिद्यालय,बृद्धाश्रम र बिभिन्न सामाजिक संघ संस्थालाई सहयोग प्रदान गर्दै आईरहनु भएको छ।

 

स्थानीय तह निर्वाचन : म्याग्दीमा २३७ पदमा ७५१ को उमेद्वारी

0

आउँदो ३० गते हुन गइरहेको पालिका चुनावका लागि म्याग्दीको छ वटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरुले हिजो सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एक मात्र नगरपालिका रहेको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको प्रमुखमा विभिन्न दलहरु र स्वतन्त्र गरी ८ जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेनीको प्रमुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट सुरत केसी र उपप्रमुखमा पशुपति शाही, नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा र अमृतदेवी बानियाँ, माओवादी केन्द्रबाट धनलाल जैसी र ज्योती लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी नेकपा समाजवादीबाट कृष्णकुमार विश्वकर्मा र मुनाकुमारी बानियाँ, राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटा र एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट टीकाप्रसाद रानामगर र भोमकुमारी कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नरबहादुर थापामगर र विवा आले, स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गराउनुभएको छ । बेनी नगरपालिकाको कुल ५२ पदका लागि १ सय ७९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा कुल ३७ पदका लागि ८९ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट थमसरा पुन र प्रगति कार्की, कांग्रेस–माओवादीबाट प्रेमप्रसाद पुन र रेशम पुनगर, एकीकृत समाजवादीबाट बमबहादुर पाइजा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट शंकरबहादुर पुन र खममाया रोका तथा राप्रपाबाट होमबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताउनुभयो ।

कुल ३७ पदका लागि मालिकामा १ सय ४७ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट वेगप्रसाद गर्बुजा र लक्ष्मी पुन, कांग्रेसबाट श्रीप्रसाद रोका र पवित्रा पुन, माओवादी केन्द्रबाट रेशम जुग्जाली र गौरी सेन्च्युरी, मङ्गोलबाट खरबहादुर रोका र धनदेवी घर्ती रहनुभएको छ । मङ्गलामा २७ पदका लागि १ सय ५ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका सतप्रसाद रोका र प्रेमकुमारी क्षेत्री, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी र शर्मिला थापा, माओवादीबाट टेकबहादुर विक र सुकमाया रोका, राप्रपाबाट योगेन्द्रमान शेरचन र विन्दु मल्ल, समाजवादीबाट रुद्रबहादुर किसान र कल्पना सापकोटा तथा स्वतन्त्रतर्फ टङ्कप्रसाद बुढाथोकी रहनुभएको छ ।

रघुगङ्गामा ४२ पदका लागि कुल १ सय ४० जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा, कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन, माओवादीका मीना विक र रिमबहादुर कटुवाल, मङ्गोलका तुलप्रसाद थापा, स्वतन्त्रबाट सागर भण्डारी र अनुरोध रिजालको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा पनि ४२ पदका लागि कुल ९८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट भरतकुमार पुन र दिवाकुमारी तिलिजा पुन, कांग्रेसका बलबहादुर तिलिजा र ललिता तिलिजा, राप्रपाबाट तीर्थबहादुर खड्का, मङ्गोलबाट रामबहादुर गर्बुजा र एलिना पुर्जा शेरपुजाले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार बेनीमा बृहत मुटुरोग शिविर हुने

0

आगामी शुक्रबार र शनिबार म्याग्दीको सदरमुकाम बेनीमादुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आगामी बैशाख १६ र १७ गते बेनी अस्पतालमा हुने शिविरको प्रचारप्रसार तिब्र पारिएको छ ।

शिविरमा मुटु सम्बन्धी सबै सेवा सहित स्कुले विद्यार्थीलाई छुट्टै कक्षमा राखेर चेकजाँच गरिने छ । जिल्लाभित्र बालबालिकामा समेत मुटुको समस्या देखिने अवस्थालाई मध्यनजर गरी जिल्लाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा पत्र पठाइएको छ । शिविरमा अप्रेसन गर्न वा थप उपचारका लागि लैजानुपर्ने बिरामीलाई संस्थामार्फत सहयोग समेत गरिने छ ।

जनचेतनाको अभावका कारण आफ्नो मुटुको अवस्थाका बारेमा जानकारी पाउने तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी निशुल्क सेवा पाइने भएकाले पनि शिविर बारे गाउँ–गाउँमा पुगेर प्रचारप्रसार गरिएको शिविरका संयोजक हरिकृष्ण गौतमले बताउनुभयो। शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञको नेतृत्वमा करिब ४० जनाको टोली उपस्थित हुने जनाइएको छ ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीलाई आवश्यक औषधी सहितको सुविधा समेत निशुल्क रहेको बताउनुभयो । मुटु रोगको बारेमा सचेतना र रोगवारे जान्ने अवसर समेत हुनेभएकाले शिविरमा आएर चेकजाँच गर्न समेत अनुरोध गरिएको छ । शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिनेछ ।

साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्नुपर्छ

0

नेपालमा २५ प्रतिशत मानिस मुटुरोगसँग जुधिरहेको तथ्यांक छ । अघिल्लो वर्षमात्रै मुटुसँग सम्बन्धित रोगका कारण ३० हजार ५५९ को मृत्यु भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उक्त रक्तचाप, मधुमेह लगायत मुटुसँग सम्बन्धित रोगीको जनसंख्या बढेको छ । यो अवस्थामा सुधार नआउने हो भने मुटुरोगले महामारीको रूप लिनेछ । वंशाणुगत, अत्यधिक मदिरा सेवन, मानसिक तनाव, मोटोपना, अस्वस्थकर खानेकुरा र व्यायामको कमीले विश्वमा मुटुरोगी बढ्दै गएका छन् ।

प्रस्तुत छ, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी मुटु सर्जन डा. दीक्षा जोशीसँग आर्थिक अभियानका काशीराम बजगाईंले मुटुरोगको सेरोफेरोमा रहेर गरेको कुराकानीको सार: मुटुरोग के कति प्रकारको हुन्छ ? मुटुरोग धेरै प्रकारको हुन्छ । जन्मजात मुटुरोग साइनोटिक हार्ट डिजिज र असाइनोटिक हार्ट डिजिज गरी दुई प्रकारको हुन्छ । साइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुनुका साथै शरीरमा अक्सिजनको मात्राको कमी भई शरीर नीलो हुन्छ । असाइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुने र मुटुको बनावट प्रक्रियामा पनि खराबी हुन्छ, तर यसमा अक्सिजनको मात्रा कमी हुँदैन । त्यस्तै बाथ मुटुरोग, मुटुको धमनीमा रक्त सञ्चालन नहुँदा हुने लगायतका गरी  विभिन्न प्रकारका मुटुरोग हुन्छन्।

मुटुरोगका लक्षण के के हुन् ? मुटुरोगमा छाती दुख्ने, खुट्टाहरू सुन्निने, कफमा रगत देखिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, बेहोश हुने, थकाइ लाग्ने लगायत लक्षण देखिन सक्छन् । तर यस्ता लक्षण देखिनेबित्तिकै मुटुरोग नै भन्न सकिँदैन । विभिन्न चेकजाँच गरेर मुटुरोग पत्ता लगाउन सकिन्छ ।

कुन अवस्थामा मुटुको शल्यक्रिया गर्नुपर्छ ? मुटुरोगको प्रकारअनुसार कहिले शल्यक्रिया गर्ने भन्ने निर्भर हुन्छ । साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्दा राम्रो हुन्छ । तर असाइनोटिक हार्ट डिजिजमा फोक्सोको प्रेसर र मुटुको खुम्चने शक्ति ठीक छ भने केही समय कुर्न सकिन्छ । असाइनोटिक हार्ट डिजिजमा जन्मेको २ वर्षभित्र मुटुको बनावट ठीक हुने तथा मुटुको प्वाल आफै टालिने हुँदा पर्खिन सकिन्छ । तर २ वर्षपछि भने तुरुन्त यसको पनि शल्यक्रिया गर्नुपर्छ । त्यस्तै मुटुको बाथ रोगमा भल्भ, मुटुको खुम्चने शक्ति फोक्सोको प्रेसर हेरेर त्यसअनुसार शल्यक्रिया गर्नुपर्छ । कोरोनरी हार्ट डिजिजमा तीन तहमा उपचार गरिन्छ ।

शुरूमा मुटुमा ५० प्रतिशतभन्दा कम अवरोध छ भने औषधि उपचार गरिन्छ । अवरोध ५० प्रतिशतभन्दा बढी र दुई धमनीमा सीमित छ भने एन्जियाप्लास्टी वा स्टेन्टको सहायताले धमनी खोल्ने प्रयास गरिन्छ । तर रोग तीन वा तीनभन्दा बढी धमनीमा फैलिएको छ तथा रक्तसञ्चार हुने मुख्य धमनीमा रोग फैलिएको, मुटुको खुम्चने शक्ति कम भएको र मधुमेह, उच्च रक्तचाप लगायत अन्य रोग भएको अवस्थामा बाइपास शल्यक्रिया गरिन्छ ।

मुटुको शल्यक्रियाको क्रममा के कस्तो जोखिम आउन सक्छ ? मुटुको शल्यक्रिया भनेको ओपन हार्ट सर्जरी हो । ओपन हार्ट सर्जरी गर्दा हामी मुटुलाई बन्द गर्छौं । मुटु बन्द गर्दा मान्छे कसरी बाँच्छ भन्ने सवाल पनि आउन सक्छ । उक्त शल्यक्रिया गर्दा हार्ट लङ मेशिनको प्रयोग गरिन्छ । मुटु पूर्ण बन्द हुँदा पनि मुटु र फोक्सोले गर्ने सम्पूर्ण काम उक्त मेशिनले गर्दछ । यही बेला मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने, बाइपास शल्यक्रिया गर्ने लगायत काम हुन्छन् ।

त्यसपछि मुटुलाई चालमा ल्याएर मेशिन बन्द गरिन्छ । संसारमै सबैभन्दा गाह्रो शल्यक्रियाको रूपमा मुटुको शल्यक्रिया रहेको छ । यसरी मुटु बन्द गरेर मेशिनद्वारा मुटु र फोक्सोले गर्ने काम गराइने हुँदा ओपन हार्ट शल्यक्रियामा जोखिम त हुने नै भयो । यस्तै शल्यक्रियापछि रगत धेरै बग्ने, घाउ पाक्ने, प्यारालाइसिस हुने, मिर्गौलामा समस्या देखिन सक्ने, मुटुको चाल बिग्रिएर पेसमेकर राख्नुपर्ने र ज्यानै जान सक्ने सम्भावना पनि हुन सक्छ । तर चिकित्सकले वढो होशियारीका साथ शल्यक्रिया गरी विरामीलाई ठीक पार्ने काम गरिन्छ ।

शल्यक्रिया कति प्रतिशत सफल र कति असफल हुन्छ ? रोगअनुसार फरक पर्छ । रोग कति गम्भीर भइसकेको छ भन्ने कुरामा सफल र असफल निर्भर हुन्छ । सही समयमा बिरामी आउने हो र शल्यक्रिया हुने हो भने सामान्य शल्यक्रियामा १ प्रतिशतभन्दा कम मात्र मृत्यु हुने सम्भावना हुन्छ । रोग जटिल अवस्थामा पुगिसकेकोे छ र मुटु नै खराब भइसकेको छ भने चाहिँ असफल हुने सम्भावना उच्च हुन्छ । त्यसैले मुटुरोगको चेकजाँच र उपचार समयमै गर्नुपर्ने हुन्छ ।

नेपालमा सबैभन्दा बढी शल्यक्रिया हुने मुटुरोग कुन हो ? पछिल्लो समयमा मुटु बाथरोगका कारण मुटुको भल्भ मर्मत गर्ने र फेर्ने शल्यक्रिया सबैभन्दा बढी हुने गरेको देखिन्छ । विश्वव्यापी रूपमा झन्डै उन्मूलन भइसकेको यो रोग हाम्रो जस्तो देशमा चाहिँ अझै बाँकी छ । मुटुको बाथरोग विकट क्षेत्रहरूमा बढी देखिएको छ । डाक्टरको अभाव र सही समयमा सही उपचारको अभावले त्यस्ता ठाउँका मानिसमा यो रोग बढी पाइन्छ । ५ देखि १५ वर्षसम्मको बच्चामा देखिने घाँटीको संक्रमण (ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शन)को राम्रो उपचार भएन भने यो रोग लाग्न सक्छ ।

मुटुको शल्यक्रियापछि रिकभरीका लागि कति समय लाग्छ ? केही जटिलता नभएको अवस्थामा सामान्यतया छिट्टै रिकभरी हुन्छ । शल्यक्रिया गरेका बिरामीलाई २–३ दिनमा उठ्ने, हिँड्ने, छातीको कसरत गराउने काम गरिन्छ । बिरामी पुराना क्रियाकलापमा जति छिटो अभ्यस्त हुन्छ, त्यति छिटो रिकभरी हुन्छ । अन्य रोगमा जस्तो आराम गर्नुपर्ने यसमा हुँदैन । तर भारी सामान उठाउने, मोटरसाइकल चलाउने लगायत काम गर्नुहुँदैन । यस्तो क्रियाकलापले शल्यक्रिया गरिएको ठाउँमा असर पार्ने गर्छ । सामान्यतया यस्ता क्रियाकलाप ३ महीनापछि मात्र गर्नुपर्छ ।

मुटुरोगबाट कसरी बच्न सकिन्छ ? जन्मजात मुटुरोगबाट बच्न बच्चा गर्भावस्थामा हुँदा नै बच्चाको मुटुमा समस्या भए/नभएको जाँच गर्न सकिन्छ । परिवारमा अन्य कुनै व्यक्तिलाई अथवा अघिल्लो बच्चामा मुटुरोग देखिएको छ भने यस्तो किसिमको जाँच अनिवार्य गर्नुपर्छ । अर्को कुरा, धेरै कम उमेरमा र धेरै बढी उमेरमा नभई ठीक समयमा बच्चा जन्माउनुपर्छ । मुटु बाथरोगबाट बच्न चाहिँ ५ देखि १५ वर्ष उमेरको बच्चामा हुने ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शनको उपचार गर्नुपर्छ । त्यस्तै कोरोनरी आर्टी डिजिजबाट बच्न स्वस्थ खाना खाने, नियमित व्यायाम गर्नुका साथै धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थ लगायत स्वास्थ्यका लागि हानिकारक वस्तुको सेवन गर्नु हुँदैन । त्यस्तै मधुमेह, उच्च रक्तचाप जस्ता रोगको समयमै उपचार गराउनुपर्छ । आफ्नो जीवनशैलीमा ध्यान दिने हो भने यस किसिमको मुटुको रोगबाट बच्न सकिन्छ ।

मुटुको शल्यक्रियापछि जीवनयापनमा केही जटिलता पनि आउँछ ? सामान्य मुटुको प्वाल टाल्ने शल्यक्रियाले जीवनयापनमा खासै फरक पर्दैन । मुटुको भल्भ फेरिएको, कार्बन धातुको भल्भ राखिएको हो भने रगत पातलो गर्ने वार्पmरिन नामक औषधि जिन्दगीभर सेवन गर्नुपर्छ । उक्त औषधि बढी खाए नसा फुट्ने र रगत बग्ने तथा कम खाए भल्भ रोकिने तथा मुटु बन्द हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक महीना रगतको जाँच गरी सही मात्रामा औषधि सेवन गर्नुपर्दछ । यो औषधि सेवन गरिरहेको अवस्थामा पेटमा बच्चा रह्यो भने ५ देखि १५ प्रतिशतसम्म बच्चा अंगभंग हुन सक्ने, केही अंगविनै जन्मिन सक्ने हुँदा महिलाले विशेष ध्यान दिनुपर्दछ । बाइपास शल्यक्रिया गरेका व्यक्तिले चाहिँ खानपिन र जीवनस्तरमा ध्यान दिई औषधि नियमित सेवन गर्नुपर्दछ ।

मुटुको शल्यक्रिया कत्तिको महँगो हुन्छ ? मुटुको शल्यक्रिया संसारमै सबैभन्दा महँगो शल्यक्रिया मानिन्छ । नेपालमा भने सरकारले मुटुरोगीका लागि विशेष व्यवस्था गरेको छ । यस कारण नेपाल मुटुको शल्यक्रिया सबैभन्दा सस्तो र सजिलो हुने देशमध्ये पर्छ । नेपालमा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया पूर्ण निःशुल्क छ । यसबाहेक मुटुको अन्य शल्यक्रियाका लागि नेपाल सरकारले विपन्न वर्गलाई १ लाख अनुदान प्रदान गर्दै आएको छ । त्यसैले नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रिया नहुने अवस्थाबाट कोही पनि वञ्चित हुनुपर्दैन । Source: abhiyandaily.com

मुटु बिगार्ने पाँच बानी

0

पहिलो बानी :  मलाई लक्षण छैन, किन जाँच गर्ने?

अधिकांश मुटु रोगका लक्षण देखिँदैनन्। मुटुको समस्या गम्भीर र जटिल अवस्थामा पुगेपछि मात्र लक्षण देखिन सुरु गर्छ। त्यतिबेलासम्म उपचार गर्न महँगो र कठिनाइ हुने सम्भावना हुन्छ।

३० देखि ५० वर्षको उमेर भएका व्यक्तिहरूले मुटु रोगको जोखिमहरू छन् कि छैन भनेर अनिवार्य जाँच गनुपर्दछ। ५० वर्षभन्दा माथिका उमेरकाले पनि मुटुरोग परीक्षण गर्न आवश्यक छ।

यसको लागि हामीले केही समय र खर्च समेत गर्नुपर्छ।
तर, अधिकांश व्यक्तिहरूले म एकदमै व्यस्त छु, समय नै छैन भन्ने गरेका छन्। केही व्यक्तिमा त लक्षण नभएका कारण चेकजाँच गराउनु पर्दैन भन्ने मानसिकता रहेको हुन्छ।

हामीले खानपिन, रमाइलो लाखौँ पैसा खर्च गर्दै आएका हुन्छौ। तर, आफ्नौ स्वास्थ्यको चेकजाँच गराउनु पर्यो भने पैसा खेर गएको जस्तो अनुभव हुन्छ।

लक्षण नै छैन भनेर बेवास्ता गरिरहँदा रोग लागिसकेपछि समयका र खर्च पनि धेरै लाग्ने हुन्छ। त्यसका साथ साथै पहिलाको जस्तो स्वास्थ्य अवस्था राम्रो हुँदैन।

त्यसैले, आममानिसले लक्षण छैन भनेर चेक गर्न नजाने बानी आजै देखि परिवर्तन गर्न जरूरी छ। अनिवार्य रूपमा आफ्नो स्वास्थयको परीक्षण गरिरहनुहाेेेेस्।

दोस्रो बानी : चुरोट र मदिरा प्रयोगकाे बानी

४ जनामध्ये १ जनालाई वंशाणुगत गुण हुन्छ। यो कुरा धेरै जनालाई थाहा नहुन सक्छ। जसका कारण चुरोटले शरीरमाथि हुने नकारात्मक प्रभाव चार गुणा बढाइदिन्छ। अर्थात २ वटा चुरोट खानु भनेको ८ वटा चुरोट खानुपरेको हुनसक्छ। त्यो जिन कुन व्यक्तिलाई छ भने थाहा हुँदैन।

काेही व्यक्तिमा म त दिनमा एक दुई वटा चुरोट मात्र खान्छु। यसले त के बेफाइदा गर्छ भन्ने लागिरहेको हुन्छ।

यदि तपाईले एक-दुई वटा मात्रै चुरोट खानुहुन्छ भने पनि मुटु बिग्राने सबैभन्दा ठुलो जोखिम लिइरहनुभएको छ।

विगतका एक-दुई वर्षमा मदिरामा भएको अनुसन्धानले स्वास्थ्य र मुटुका लागि राम्रो होइन प्रमाणित भइसकेको छ। त्यसकारण यो बानीलाई तत्कालै छोड्नु नै राम्रो हुन्छ।

तेस्रो बानी : प्रेसर, सुगर र कोलेस्ट्राेलकाे बेवास्ता गर्ने

अधिकांंश व्यक्तिहरूमा प्रेसर, सुगर र कोलेेेेेेेेेेेेस्ट्राेलकाे लक्षण देखिँदैन। लक्षण नभएको कारणले मानिसले औषधि सेवन गर्न रुचाउँदैनन् वा ढिलो गर्छन्। औषधी सेवन गरे पनि बीचबीचमा आफैँले छोड्ने गर्छन्। त्यसका साथै नियमित जाँच पनि गर्दैनन्।

चिकित्सकहरूसँग परामर्श लिनुपर्ने जस्ता केही काम पनि गरेको पाइँदैनन्।

अधिकांंश मानिसले लक्षण नभएकाेेेे वा स्वास्थ्यमा केही समस्या नआएको कारण चेकजाँचमा ढिलाइ गरिहेको सुनाउँदै आएका छन्।

प्रेसर, सुगर र कोलेस्ट्रााेलकाे राम्रो उपचार नगर्दा त्यसले केही वर्षमै मुटुलाई बिग्रारिसकेको हुन्छ।

त्यसैले मुटुलाई जोगाउनका लागि प्रेसर, सुगर र कोलेस्ट्राेलकाे नियमित चेकजाँच, उपचार र औषधिको सेवन गर्नुपर्दछ।

चौथो बानी : निस्क्रिय जीवनशैली

म दिनभर काममा नै व्यस्त हुन्छु र हिँड्नका लागि समय हुँदैन। घरबाट बिहान निस्किएर साँझ मात्र आउँछु। फुर्सद नभएका कारण व्यायाम गर्न पाउँदिन भनेर केही व्यक्तिले आफ्नाेे समस्या सुनाउँदै आएका छन्।

केही व्यक्तिले घर वा अफिसमा काम गरिरहँदा त्यहीबाट व्यायाम हुने बताउँछन्। त्यसका साथैै व्यस्त छु वा अल्छी लाग्छ भन्ने विभिन्न कारण देखाउने गर्दछन्।

यदि तपाई दैनिक ३० मिनेट देखि १ घन्टा स्वास्थ्यका लागि व्यायाम गर्न छुटाइरहनु भएको छैन भने ठुलो जोखिम लिइरहनु भएको छ। यो बानीको कुरा हो। आजबाट सुरू गर्नु भएन भने वृद्ध अवस्थासम्म तपाईको त्यही बानी रहन्छ।

जो व्यक्ति युवा बेलादेखि हिँड्ने बानी बसालेका हुन्छन्। उनीहरू वृद्ध अवस्थासम्म हिँडिरहेका हुन्छन्।

एकै ठाउँमा धेरै बेर बस्ने र निकृष्य जीवनशैली विताउने मानिसहरूमा मुटु रोग, मधुमेह, क्यान्सर, मोटोपना र उच्च रक्तचाप जस्ता धेरै रोग देखिने सम्भावना हुन्छ।

यदि तपाई भोलिदेखि हिँड्छु भनेर सोच्नु भएको छ। त्यो बानी सुधार गरेर आजदेखि दैनिक १ घन्टा घर बाहिर हिँड्नु होस््।

पाँचौ बानी : अस्वस्थ आहारको सेवन

आजभोलि धेरै मानिसले अस्वस्थ्य आहारहरू सेवन गरिहेका हुन्छन्।ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ। त्यस्तो खानेकुराको प्रयोग दैनिक बढ्दै गएको देखिन्छ।

जस्तैः फास्टफुड, केक, आइसक्रिम, तयारी खानेकुरा सेवन गरिरहेका हुन्छन्। यस्ता खानेकुराको सेवनले पछि गएर मुटु रोग लाग्ने सम्भावना उच्च हुन्छ।यदि तपाई प्राकृतिक आहार तथा साहाकारी खानेकुरा बढी सेवन गर्नुहुन्छ भने मुटु बढी सुरक्षित हुन्छ। Source: healthpostnepal.com

मालिका गाउँपालिकामा १४७ जनाको उम्मेद्धारी दर्ता

0

म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,उपाध्यक्षमा निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष पिपला बुढा माओवादी केन्द्रबाट वडा नम्बर ७ निवर्तमान वडा अध्यक्ष रेशम बहादुर जुग्जाली, उपाध्यक्षमा गौरी सेन्चुरी, नेकपा एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा लक्ष्मीदेबी पुन, मंगोल नेशनल अर्गनाइजेसशनबाट अध्यक्षमा खम बहादुर रोका र उपाध्यक्षमा धनदेवि घर्ति पुनको उम्मेदवारी परेको छ ।

यही ३० बैशाखमा हुने मतदानबाट सात वटा रहेको मालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन् । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार२०३ जना मतदाता रहेका छन् ।