Thursday, May 15, 2025
29.4 C
Beni
29.4 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 845

मुटु बिगार्ने पाँच बानी

0

पहिलो बानी :  मलाई लक्षण छैन, किन जाँच गर्ने?

अधिकांश मुटु रोगका लक्षण देखिँदैनन्। मुटुको समस्या गम्भीर र जटिल अवस्थामा पुगेपछि मात्र लक्षण देखिन सुरु गर्छ। त्यतिबेलासम्म उपचार गर्न महँगो र कठिनाइ हुने सम्भावना हुन्छ।

३० देखि ५० वर्षको उमेर भएका व्यक्तिहरूले मुटु रोगको जोखिमहरू छन् कि छैन भनेर अनिवार्य जाँच गनुपर्दछ। ५० वर्षभन्दा माथिका उमेरकाले पनि मुटुरोग परीक्षण गर्न आवश्यक छ।

यसको लागि हामीले केही समय र खर्च समेत गर्नुपर्छ।
तर, अधिकांश व्यक्तिहरूले म एकदमै व्यस्त छु, समय नै छैन भन्ने गरेका छन्। केही व्यक्तिमा त लक्षण नभएका कारण चेकजाँच गराउनु पर्दैन भन्ने मानसिकता रहेको हुन्छ।

हामीले खानपिन, रमाइलो लाखौँ पैसा खर्च गर्दै आएका हुन्छौ। तर, आफ्नौ स्वास्थ्यको चेकजाँच गराउनु पर्यो भने पैसा खेर गएको जस्तो अनुभव हुन्छ।

लक्षण नै छैन भनेर बेवास्ता गरिरहँदा रोग लागिसकेपछि समयका र खर्च पनि धेरै लाग्ने हुन्छ। त्यसका साथ साथै पहिलाको जस्तो स्वास्थ्य अवस्था राम्रो हुँदैन।

त्यसैले, आममानिसले लक्षण छैन भनेर चेक गर्न नजाने बानी आजै देखि परिवर्तन गर्न जरूरी छ। अनिवार्य रूपमा आफ्नो स्वास्थयको परीक्षण गरिरहनुहाेेेेस्।

दोस्रो बानी : चुरोट र मदिरा प्रयोगकाे बानी

४ जनामध्ये १ जनालाई वंशाणुगत गुण हुन्छ। यो कुरा धेरै जनालाई थाहा नहुन सक्छ। जसका कारण चुरोटले शरीरमाथि हुने नकारात्मक प्रभाव चार गुणा बढाइदिन्छ। अर्थात २ वटा चुरोट खानु भनेको ८ वटा चुरोट खानुपरेको हुनसक्छ। त्यो जिन कुन व्यक्तिलाई छ भने थाहा हुँदैन।

काेही व्यक्तिमा म त दिनमा एक दुई वटा चुरोट मात्र खान्छु। यसले त के बेफाइदा गर्छ भन्ने लागिरहेको हुन्छ।

यदि तपाईले एक-दुई वटा मात्रै चुरोट खानुहुन्छ भने पनि मुटु बिग्राने सबैभन्दा ठुलो जोखिम लिइरहनुभएको छ।

विगतका एक-दुई वर्षमा मदिरामा भएको अनुसन्धानले स्वास्थ्य र मुटुका लागि राम्रो होइन प्रमाणित भइसकेको छ। त्यसकारण यो बानीलाई तत्कालै छोड्नु नै राम्रो हुन्छ।

तेस्रो बानी : प्रेसर, सुगर र कोलेस्ट्राेलकाे बेवास्ता गर्ने

अधिकांंश व्यक्तिहरूमा प्रेसर, सुगर र कोलेेेेेेेेेेेेस्ट्राेलकाे लक्षण देखिँदैन। लक्षण नभएको कारणले मानिसले औषधि सेवन गर्न रुचाउँदैनन् वा ढिलो गर्छन्। औषधी सेवन गरे पनि बीचबीचमा आफैँले छोड्ने गर्छन्। त्यसका साथै नियमित जाँच पनि गर्दैनन्।

चिकित्सकहरूसँग परामर्श लिनुपर्ने जस्ता केही काम पनि गरेको पाइँदैनन्।

अधिकांंश मानिसले लक्षण नभएकाेेेे वा स्वास्थ्यमा केही समस्या नआएको कारण चेकजाँचमा ढिलाइ गरिहेको सुनाउँदै आएका छन्।

प्रेसर, सुगर र कोलेस्ट्रााेलकाे राम्रो उपचार नगर्दा त्यसले केही वर्षमै मुटुलाई बिग्रारिसकेको हुन्छ।

त्यसैले मुटुलाई जोगाउनका लागि प्रेसर, सुगर र कोलेस्ट्राेलकाे नियमित चेकजाँच, उपचार र औषधिको सेवन गर्नुपर्दछ।

चौथो बानी : निस्क्रिय जीवनशैली

म दिनभर काममा नै व्यस्त हुन्छु र हिँड्नका लागि समय हुँदैन। घरबाट बिहान निस्किएर साँझ मात्र आउँछु। फुर्सद नभएका कारण व्यायाम गर्न पाउँदिन भनेर केही व्यक्तिले आफ्नाेे समस्या सुनाउँदै आएका छन्।

केही व्यक्तिले घर वा अफिसमा काम गरिरहँदा त्यहीबाट व्यायाम हुने बताउँछन्। त्यसका साथैै व्यस्त छु वा अल्छी लाग्छ भन्ने विभिन्न कारण देखाउने गर्दछन्।

यदि तपाई दैनिक ३० मिनेट देखि १ घन्टा स्वास्थ्यका लागि व्यायाम गर्न छुटाइरहनु भएको छैन भने ठुलो जोखिम लिइरहनु भएको छ। यो बानीको कुरा हो। आजबाट सुरू गर्नु भएन भने वृद्ध अवस्थासम्म तपाईको त्यही बानी रहन्छ।

जो व्यक्ति युवा बेलादेखि हिँड्ने बानी बसालेका हुन्छन्। उनीहरू वृद्ध अवस्थासम्म हिँडिरहेका हुन्छन्।

एकै ठाउँमा धेरै बेर बस्ने र निकृष्य जीवनशैली विताउने मानिसहरूमा मुटु रोग, मधुमेह, क्यान्सर, मोटोपना र उच्च रक्तचाप जस्ता धेरै रोग देखिने सम्भावना हुन्छ।

यदि तपाई भोलिदेखि हिँड्छु भनेर सोच्नु भएको छ। त्यो बानी सुधार गरेर आजदेखि दैनिक १ घन्टा घर बाहिर हिँड्नु होस््।

पाँचौ बानी : अस्वस्थ आहारको सेवन

आजभोलि धेरै मानिसले अस्वस्थ्य आहारहरू सेवन गरिहेका हुन्छन्।ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ। त्यस्तो खानेकुराको प्रयोग दैनिक बढ्दै गएको देखिन्छ।

जस्तैः फास्टफुड, केक, आइसक्रिम, तयारी खानेकुरा सेवन गरिरहेका हुन्छन्। यस्ता खानेकुराको सेवनले पछि गएर मुटु रोग लाग्ने सम्भावना उच्च हुन्छ।यदि तपाई प्राकृतिक आहार तथा साहाकारी खानेकुरा बढी सेवन गर्नुहुन्छ भने मुटु बढी सुरक्षित हुन्छ। Source: healthpostnepal.com

मालिका गाउँपालिकामा १४७ जनाको उम्मेद्धारी दर्ता

0

म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,उपाध्यक्षमा निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष पिपला बुढा माओवादी केन्द्रबाट वडा नम्बर ७ निवर्तमान वडा अध्यक्ष रेशम बहादुर जुग्जाली, उपाध्यक्षमा गौरी सेन्चुरी, नेकपा एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा लक्ष्मीदेबी पुन, मंगोल नेशनल अर्गनाइजेसशनबाट अध्यक्षमा खम बहादुर रोका र उपाध्यक्षमा धनदेवि घर्ति पुनको उम्मेदवारी परेको छ ।

यही ३० बैशाखमा हुने मतदानबाट सात वटा रहेको मालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन् । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार२०३ जना मतदाता रहेका छन् ।

मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता

0

स्थानीय तह निर्वाचन अन्तरगत बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता भएको छ ।निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्षमा ६ जना, उपाध्यक्षमा ७ जना, वडाअध्यक्षमा २० जना र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा एमालेबाट सतप्रसाद रोका, कांग्रेसबाट विरेन्द्र बुढाथोकी, माओवादी केन्द्रबाट टेकबहादुर बिक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मंगोल अर्गनाईजेशनका गिरु रोका र नेकपा एकीकृत समाजबादीका रुद्रबहादुर किसानले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।उपाध्यक्षमा एमालेबाट प्रेमकुमारी क्षेत्री, नेपाली कांग्रेसका शर्मिला थापा, माओवादी केन्द्रका सुकमाया रोका, नेकपा एकीकृत समाजबादीका कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाईजेशनका भूमि घर्तिमगर र स्वतन्त्र उम्मेदवार टंकप्रसाद बुढाथोकीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

टिकट नपाएपछि नेकपा एमाले छाडेर राप्रपाबाट उम्मेदवार

0

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै म्याग्दीको नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षले मनोनयन अगाडि दल परिवर्तन गर्नुभएको छ । पुराना कम्यूनिष्ट नेता होमबहादुर थापाले एका–एक पार्टी नै परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको हो ।

नेकपा एमालेका पुराना नेताको रुपमा चिनिने थापाले अन्य आकांक्षी भन्दा सहज रुपमा टिकट दिन सक्ने भएपनि नेतृत्वले अनुकूल व्यक्तिलाई उम्मेदवार छनोट गरेर आफ्नो योगदान भुलेको आरोप लगाउँदै गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाबाट पालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

मनोनयन दर्तामा जुटेका नेकपा एमालेका नेता, कार्यकर्ता समेत आफ्नै पालिका अध्यक्ष राजाबादी दलबाट उम्मेदवारी दिन आएपछि चकित परेका थिए ।‘मनोनयन दर्तामा सघाउन आउनुभएको जस्तो लागेको थियो,‘अर्को दलबाट उम्मेदवारी दिएर जानुभयो,‘नेतृत्वसँग असन्तुष्ट भएपनि सिद्धान्त नै नमिल्ने पार्टीमा जाँदा आश्चर्यमा परे’ मनोनयनदर्ता स्थलमा रहेका एक नेताले भन्नुभयो ।

‘पद्धतिअनुसार होइन, एक–दुई व्यक्तिको चाहना पुरा गर्ने काम भयो,‘अन्य पार्टीमा प्रवेश गरेर आफ्नो क्षमता देखाउनुपर्ने भयो’ नेता थापाको भनाई उद्धित गदैं एक यूवाले भने । पार्टीले टिकट वितरणमा पार्टीको मुल्याङ्कनमा ध्यान नदिएको आकांक्षी भएको जानकारी जिल्ला, प्रदेशमा हुदाँ समेत एक वचन नसोधिएको नेता थापाको गुनासो थियो ।

टिकटको आश्वासन दिएर पूरा नगरेपछि पार्टी परिवर्तन गर्न बाध्य भएका थापालाई राप्रपाबाट पालिकामा उठाउने निर्णय गरेर जिल्लाबाट आवश्यक साम्रागी पठाइएको थियो । यता पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले राप्रपामा सबै पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गरिने बताउनुभयो । उहाँले राप्रपाले अन्य दलसँग तालमेल गरेपनि आफ्नै चुनाव चिन्हबाट मात्रै निर्वाचनमा सहभागी हुने बताउनुभयो । आसन्न बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा समेत धमाधम पार्टी परिवर्तन भइरहेको छ।

बेनपा-२ लाई नमुना बनाउन यूवा नेता सम्राट सापकोटाको उम्मेदवारी घोषणा

0

बेनी नगरपालिका-२,आम्बोटका सम्राट सापकोटाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका सापकोटाले स्थानीय तहको नाममा अनियमितता, जनताको आवश्यकता भन्दा पहुँच, तलबी कर्मचारी मानसिकताका जनप्रतिनिधिबाट आजित भएर नमुना काम गर्ने गरी उम्मेवारी दिएको बताउनुभयो ।

सापकोटाले वडाभित्रका समस्याको पहिचान गरी नमुना वडा बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । ’अहिलेको भद्रगोललाई हटाउन चुनावी मैदानमा उत्रिएको छु,‘पहुँच होईन आवश्यकताको आधारमा बजेट विनियोजन सहितको योजना लिएर घरदैलोमा जान्छु’ सापकोटाले भन्नुभयो । सापकोटा अर्जून उच्च मावि भकुण्डेबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

’अब सडक होइन, रोजगारी चाहियो’

0

स्थानीय तहको निर्वाचन आउन १७ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ।राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकोले ग्रामीण भेगका मतदाताहरु बिहानैदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचन पछि लामो समयसम्म रिक्त रहेका स्थानीय तह (साविकका गाउँपालिका,नगरपालिका) ले आफूले चुनेका जनप्रतिनिधि पाएपछि धेरै ठूलो परिवर्तनको आशा गरेका थिए ।

स्थानीयको आशा अनुरुप विकासतर्फ सडक विस्तार भएर यातायातको सुविधा त प्राप्त भयो तर जनताको जीवन स्तरमा भने खासै ठूलो परिवर्तन हुन सकेन। स्थानीय उत्पादनको बृद्धि र गाउँमा रोजगारीको सृजना हुन नसक्दा गरिखाने उमेरका कैयौं युवाहरु विदेशीन वाध्य भए ।

कोरोना महामारीका कारण विगत दुईवर्षको अवधीमा विकसित देशहरुमा पनि आर्थिक अवस्थामा गिरावट आएपछि रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु अहिले कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि पुनः वैदेशिक रोजगारीका लागि विदेशजाने तयारीमा छन्।

१ नगरपालिका र ५ गाउँपालिका गरी ६ ओटा स्थानीय तह र ४५ ओटा वडा रहेको म्याग्दीमा धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक अरु ठाउँमा सडकको पहुँच पुगेको छ। विगतका पाँच वर्षमा जिल्लामा १ सय ६० वटा भन्दा बढी ग्रामीण सडक विस्तार भएका स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ।

सडक निर्माणका लागि मात्रै स्थानीय तहको ६८ प्रतिशत,प्रदेश र संघीय सरकारको ४२ प्रतिशत जिल्लामा आउने बजेट खर्च भएको देखिए पनि सडकले केही सुविधा त दिएको छ तर जनताको जीवन स्तरमा भने खासै परिवर्तन ल्याउन नसकेको स्थानीयहरुले बताएका छन्।

अबको पहिलो प्राथमिकता उत्पादमुखी काम र रोजगारी सृजना

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजाका ८९ वर्षिया कलीमाया गर्वुजा र उनका श्रीमान् ९१ वर्षिय मेख गर्बुजा घरमा श्रीमान श्रीमती मात्र छन्। दुई तले ढुङ्गे घरका दलिन र खाँवाहरु मक्किन लागेका छन्। आगन र पीडिमा झार उम्रेको छ। छोरा बुहारी,नाति नातिनी रोजगारका लागि विदेश छन् भने कोही अध्ययनका लागि सहरमा झरेका छन्।

गत साल मात्रै सडक सुविधा पुगेको दर्मिजामा धेरै जसो युवाहरु कामको खोजिमा विदेश गए पछि घरमा बूढाबूढी मात्र  छन्। गाउँमा बूढाबूढी, बुढ्यौलीले छुन लागेका र १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु मात्र बढी देखिन्छन्। आफ्नै वडामा ठूलो जलविद्युत आयोजना निर्माण भैरहेको छ। भारतीय र मधेसमूलका कामदारहरुले काम गरिरहेका छन्  तर स्थानीयले त्यहाँ काम नपाइए पछि झोला बोकर खाडी मुलुकमा जान बाध्य भएका स्थानीय रणबहादुर पुर्जा बताउँछन्।

‘बाटो खुल्यो,गाडी गुड्यो तर गाडीमा चड्ने पैसा हुँदैन,गाउँमा रोजगारी छैन,विदेशबाट छोरा,नातिले पठाइदिने पैसाले जीवन चलेको छ’ ६८ वर्षिय पुर्जाले भने ‘कहिले ७० वर्ष पुगिएला र सरकारी भत्ता खान पाइएला जस्तो भएको छ।’

म्याग्दीको ग्रामीण क्षेत्रमा ९२ प्रतिशत भन्दा बढी मतदाता छन्। प्रायः मतदाताहरुले अब बन्ने स्थानीय सरकारसंग आफ्नै गाउँमा रोजगारी र उत्पादनमूलक विकासको माग गरेका छन्।

पश्चिमी म्याग्दीको धवलागिरी गाउँपालिका ७ का सोमबहादुर विकले भोट माग्न गाउँमा आउने उम्मेदवारलाई रोजगारी दिन्छु भनेर वाचाकबुल गराएर मात्र भोट दिने बताउँछन्। ‘डोजर,स्काभेटर लगाएर अब सडक खन्ने होइन,जनता रोजगार हुने खालको कार्यक्रमहरु ल्याउनु पर्छ,उत्पादनमुखी र आयआर्जन मूलक कामका लागि सरकारी बजेट खर्च गर्नुपर्छ’ विकले भने।

दर्जन बढी जलविद्युत आयोजना,स्थानीयलाई रोजगारी छैन

म्याग्दीको अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकामा एक दर्जन बढी जलविद्युत आयोजनाहरु निर्माणाधिन छन्। निर्माणाधिन आयोजनाहरुमध्ये चारवटा आयोजनामा स्थानीयको साझेदारी लगानी पनि छ। तर स्थानीयले ती आयोजनाहरुमा रोजगारी भने प्राप्त गर्न सकेका छैनन् ।

स्थानीयलाई चलनचल्तीको ज्याला दिनुपर्ने तर बाहिरबाट कामदार ल्याएर काम गराउँदा कम ज्यालामा नै मजदुरहरु पाइनेहुँदा ठेकेदार कम्पनिहरुको रोजाइमा बाहिरका कामदारहरु नै पर्ने गरेका छन्।

नेकपा एमालेको तर्फबाट रघुगंगा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुरक कार्की (दीपक)ले भने ‘रघुगंगा गाउँपालिकामा मात्रै ६ वटा हाईड्रोपावर निर्माणाधिन छन्। जहाँ काम गर्ने स्थानीयहरू २ प्रतिशत पनि छैनन्। गाउँपालिका भित्र धेरै बेरोजार मानिसहरू हुनुहुन्छ। योग्यता क्षमता र सीप बमोजिम स्थानीयले पहिलो प्रथामितामा रोजगारी पाउनु पर्दछ हाम्रो जोडदार प्रयास यो हुनेछ।’

उनले भने ’सामाजिक उत्तरदायित्वको ठोस काम हाईड्रोपावरहरूले गरिरहेका छैनन, बिकासको साझेदारको रूपमा यिनीहरूलाई अनिवार्य दायित्वबोध गराईने छ ।’

यस्तै अवस्था अन्नपूर्ण गाउँपालिकाको पनि छ। अन्नपूर्णमा निर्मार्णाधिन ठूला जलविद्युत आयोजनाहरुमा भारतीय कामदारको नै रजगज छ । स्थानीयले ती आयोजनाहरुमा काम पाउन नसक्दा उनीहरु विदेशीन वाध्य भएका छन्।

खानी उत्खनन्जडिबुटी,पशुपालन र कृषिमा गर लगानी

म्याग्दीलाई अपार संभावनाहरुको जिल्ला भनेर पनि चिनिन्छ। यहाँ तामाखानी,स्लेट खानी,चुनढुंगा खानी,कर्जस्टोन लगाएत प्रशस्त खानीहरु रहेका छन्। तर ती खानीहरु उत्खनन् हुन नसक्दा राज्यले करोडौं रुपैयाँ राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारबाट वञ्चित भएका छन् ।

मालिका गाउँपालिकाको ओखरबोटमा विशाल तामाखानी छ। तर त्यो खानी २०२८ सालदेखि बन्द अवस्थामा छ। खानी उत्खनन्का लागि प्रशस्तै पहलहरु भएता पनि खानी संचालन सम्वन्धि संघीय सरकारको झण्झटिलो नीतिका कारण खानी उत्खनन् हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष तथा आगामी स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका श्रीप्रसाद रोकाले बताए।

त्यसैगरी मालिका गाउँपालिकाको वडा नं २ रुममा स्लेट र छाउनी ढुंगाका खानीहरु रहेका छन्। ती खानीहरु आंशिकरुपमा संचालनमा आएका भए पनि पूर्णरुपमा संचालन हुन नसक्दा स्थानीयले रोजगारी प्राप्त गर्न सकेका छैनन्। जडिबुटी र वनप्रदावर पनि यहाँको स्थानीय तहको गतिलो आम्दानीको माध्यम बन्न सक्ने देखिन्छ। तर,लगानी र प्रशोधनको अभावका कारण ती सम्पदाहरु त्यत्तिकै खेर गइरहेका स्थानी मतदाताहरुको भनाइरहेको छ।

पशुपालन र व्यवसायिक कृषिमा वास्तविक कृषकले राहत र अनुदान प्राप्त गर्न नसकेको गुनासो कृषकहरुको व्यापक छ। पहुँचवाला र गैह्रकृषकले सरकारबाट प्राप्त अनुदान र सहयोग पाइरहेका तर वास्तविक किसानसम्म राज्यले दिन अनुदान पुग्न नसकेको मालिकाका कृषक श्यामबहादुर विकले बताए।

पर्यटकीय जिल्लाको रुपमा समेत परिचित म्याग्दीमा पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय तहले  धेरै लगानी गर्न आवश्यक नरहेको यहाँका सरोकारवालाहरुको भनाइरहेको छ। ‘पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका नाममा धेरै अनियमितता भएको पाइएको छ, त्यो रोकिनुपर्छ’बेनी नगरपालिकाका राजु पौडेलले भने ‘हिमाललाई अग्लाउनु पर्दैन र सकिदैन पनि, गुराँसलाई रंग्याउनु पर्दैन, झरनालाई संगीत सुनाइरहनु पर्दैन, डाँडाँपाखामा टावर ठड्याउनु पर्दैन,बरु त्यहाँ गर्ने लगानी कृषीमा गरौं,उत्पादन बढाऔं’ पौडेलले भने।

चुनावकै मुखमा विदेशीदै युवा

मलिन अनुहार, शिरमा कालो छाते टोपी, निधारमा बिदाइको रातो अच्छेता र हातमा हरियो रङ्गको झोलासहित युएईमा मजदुरीको अन्तिम यात्रा साँधेर आइतवार विहान बेनीको कालीपुल वसपार्कमा  ४१ वर्षीय तीर्थबहादुर विक भेटिए।

जिल्लाको धवलागिरि गाउँपालिका ४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदा पनि रोजगारीको बाध्यताले आफू विदेशिन बाध्य भएको गुनासो गरे।

विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आउनुभएका विक आफू डेढ महिनाका लागि बिदामा घर आएको बताए। विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको परबाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेशलाई अन्तिम लक्ष्य बनाइ काठमाण्डौं पसिरहेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी माहोल तातिरहेका बेला आर्थिक अवस्थाले ग्रसित मतदाता रोजगारीका लागि विदेशिनु बाध्यता भएको बताउँछन्।

‘डेढ महिनाको बिदा लिएर घर  आएको थिएँ,’ विकले  भने– ‘ भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न।’ यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको बताउँदै उनले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताए।

घरमा गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नु भनेर सल्लाह दिएको विक बताउँछन्। यतिका चुनावमा मतदान गर्दा केही उन्नति भएजसो नलागेकोले मुलुकमा नयाँ व्यवस्था लागू भए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उनको आरोप छ।

बेनी नगरका ५ वडामा नेपाली कांग्रेस र माओवादी एउटै चिन्हमा चुनाव लड्ने

0

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच प्रमुख र उपप्रमुखमा तालमेल नगरी छुट्टा-छुट्टै उम्मेदवार दर्ता गरेपनि बेनी नगरपालिका भित्र ५ वडामा रुख र हसिया हथौडामा चिन्हमा भोट हाल्ने भएका छन्।

वडास्तरमा भएको तालमेलमा एउटै चुनाव चिन्हमा मतदान गर्ने सहमति अनुसार कांग्रेसले पाएको वडामा माओवादीका उम्मेदवारले रुख चिन्हमा भोट माग्ने र माओवादीले पाएको वडामा कांग्रेस उम्मेदवारले समेत हसिया हथौडामा चिन्हमा भोट माग्ने भएका हुन् । वडास्तरमा भएको तालमेलमा बेनपा–२ ज्यामरुककोटमा कांग्रेस, बेनपा–६ माओवादी केन्द्र, बेनपा–७ कांग्रेस, बेनपा–८ कांग्रेस, बेनपा–९ कांग्रेसको चुनाव चिन्हबाट संयुक्त रुपमा उम्मेदवारी दिइएको छ ।

सत्ता गठबन्धनको जिल्लाभरको गठबन्धन हुन नसकेपनि सहमति भएका वडामा अध्यक्ष पाएको पार्टीको नै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको बेनपा–२ का वडा अध्यक्षका उम्मेदवार यामबहादुर कार्कीले बताए । ‘उम्मेदवारको मत बदर रोक्न यो अभ्यास गरेका छौ,‘हाम्रो बिचार फरक छ, हामीले वडालाई एकताबद्ध रुपमा सञ्चालन गर्नेछौ’ अध्यक्ष कार्कीले भने । वडास्तरमा भएको तालमेललाई दुबै पार्टीले समेत सहमति जनाएको छ ।

नेपाली कांग्रेस र माओवादीले मनोनयन दर्ता नै गरेकाले वडास्तरको गठबन्धन नटुट्ने निश्चत भएको छ । यता धवलागिरी गाउँपालिकास्तरमा भएको सहमतिमा समेत चुनाव चिन्ह साझा रुपमा प्रयोग गर्ने सहमति भएको छ । धवलागिरीमा वडातहसम्मै सहमति भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशनले म्याग्दीका सबै पालिकामा उम्मेदवारी दर्ता

0

मंगोल नेशनल अर्गनाइजेशनले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको सबै स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य सहितका पदमा मनोनयन दर्ता गराएको हो ।

‘मुलवासी मंगोल जगाऔं । अस्तित्व बचाऔं’ भन्ने अभियानका साथ म्याग्दीमा पहिलोपटक चुनावमा होमिएको मंगोल नेशनलले बेनी नगरपालिकाको मेयरमा नरबहादुर थापा,उपमेयर बिवा आले, वडा नं १ रत्नेचौरमा बाल थापा, वडा नं ३ भकिम्ली दिपक पुनको सोमबार जिससको सभाहलमा उम्मेदवारी दर्ता गरेको छ ।

त्यस्तै मालिका गाउँपालिका प्रमुख खमबहादुर रोका,उपप्रमुख धनदेवी बुढा, वडा नं १ अध्यक्षमा कुशल पुन, वडा नं २ प्रेम रोका, वडा नं ३ ज्ञानबहादुर पुन, वडा नं ४ दलप्रसाद घर्ती, वडा नं ५ बुद्धिप्रसाद फगामी र वडा नं ६ बुलप्रसाद रोकाको उम्मेदवारी दर्ता भएको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताए ।

त्यस्तै धवलागिरी गाउँपालिका अध्यक्षमा सकबहादुर पुन, उपप्रमुख थममायाँ रोका, वडा नं ३ अध्यक्षमा प्रेमबहादुर पुन, सदस्यहरूमा लालप्रसाद सिर्पाली, युगलाल सुनार, महिला सदस्य बालकुमारी सिर्पाली, जसदेवी बिक रहेका छन् । मुनामा मंगोलले वडामा प्यानलै उम्मेदवारी दिएको अध्यक्ष पुनले बताए । त्यस्तै वडा नं ४ दलप्रसाद विक, वडा नं ७ बलबहादुर गर्बुजा रहेका छन् ।

मंगला गाउँपालिका अध्यक्षमा गिरीबहादुर रोकाको मनोनयन दर्ता भएको छ भने अन्नपूर्ण गाउँपालिका अध्यक्षमा रामबहादुर गर्बुजा,उपप्रमुख एलिना शेरपुञ्जालक्ष्मण पुर्जा, वडा नं ५ मा डमबहादुर पुन, वडा नं ६ प्रेमबहादुर पुर्जा र वडा नं ७ गेमबहादुर बुढाले उम्मेदवारी दर्ता गरेका छन् ।

रघुगंगा गाउँपालिकामो विभिन्न १० पदमा उम्मेदवारी दर्ता गराएका छन् ।गाउँपालिका अध्यक्षमा तुलप्रसाद गर्वुजा, वडा नम्बर १ को अध्यक्षमा भिमकुमार पुन, सदस्यहरूमा टकबहादुर पुर्जा, मनमायाँ विक, वडा नम्बर ४ मा अध्यक्षमा भरत गर्वुजा, सदस्यमा जालमायाँ विक, वडा नम्बर ५ झिँमा वडा अध्यक्षमा पदम शेरपुञ्जा, वडा नम्बर ६ पाखापानीमा वडा अध्यक्षमा प्रकाश पाईजा र वडा सदस्यमा पोविक विक,वडा नम्बर ७ चिमखोलामा वडा अध्यक्षमा गगन पुनको उम्मेदवारी दर्ता भएको छ।

 

बेनपा-२ मा स्वतन्त्रबाट चेतबहादुर खड्काद्धारा मनोनयन दर्ता

0

बेनी नगरपालिका-२,खवराका चेतबहादुर खड्काले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यसअगाडीको स्थानीय तहमा जनताको आवश्यकता भन्दा पहुँचमा रमाउने प्रयास भएको बताउँदै आफुँले वडाको विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

राप्रपाको मेयरमा मिनाकुमारी र उपमेयरमा रावलको उम्मेदवारी दर्ता

0

बेनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकल उम्मेदवारी दर्ता गराएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा मिनाकुमारी शर्मा सापकोटा, उपमेयरमा एकेन्द्र रावलले मनोनयन दर्ता गर्नुभएको छ । राप्रपाले नगरभित्रका केही वडामा समेत उम्मेदवारी दिएको छ ।

बेनपा–१ अध्यक्षमा नगेन्द्रबहादुर बोगटी, वडा नं २ कृष्णबहादुर बोगटी, बेनपा–४ मा वडा सदस्यमा विज्ञान हमाल, वडा नं ५ मा श्यामप्रसाद श्रेष्ठ, वडा नं ७ अध्यक्ष तोपबहादुर खत्री, वडा नं ८ झलप्रसाद गौचनले मनोनयन दर्ता गर्नुभएको राप्रपाका अध्यक्ष बिरबहादुर थापाले जानकारी दिनुभयो ।

‘यसपटक एकल उम्मेदवारीबाटै निर्वाचनमा जान्छौ,‘चुनाव चिन्ह फरक दलमा सहभागी हुन गरिएको प्रस्तावलार्इ हामीले अस्वीकार गरेका छौ’ अध्यक्ष थापाले भन्नुभयो । राप्रपालाई अन्य दलको चुनाव चिन्हमा सहभागी भएको जानकारी आएमा केन्द्रबाटै उम्मेदवारी रद्ध गर्ने निर्देशन आएको जनाइएको छ ।

यता राप्रपाले जिल्लाका अन्य स्थानीय तहमा समेत मनोनयन दर्ता भइरहेको जनाएको छ । म्याग्दीका नयाँ पुस्ताले राप्रपाले जिल्लामा विगतमा गरेका कामका बारेमा जानकारी मात्रै गराउन सकेमा लहर आउने भएकाले तालमेलमा आफ्नै चुनाव चिन्हबाट प्रतिस्वर्धा गर्न दिने वातावरण भए सहज हुने बताइएको छ ।