एजेन्सी । घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ ।

बेसारको खाने
बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको समस्या समाधानमा सहयोग मिल्छ ।

जैतुनको तेलको प्रयोग 
जैतुनको तेलको प्रयोग भरपूरमात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले श्वासनतन्त्रको प्रक्रिया सुचारु बनाउन सहयोग गर्छ । साथै यसले दुखाईलाई पनि कम गर्छ । सानो चम्चाको आधा चम्चा ओलिभआयलमा समान रुपमा मह मिसाएर सुत्नुअघि नियमित सेवन गर्नुपर्छ । घाँटीमा कम्पन कम गर्न र घुराई रोक्नका लागि नियमित यो उपाय अपनाउनुपर्छ ।

अलैचीको सेवन 
अलैंचीले चिसोबाट लागेको खोकी निको पार्न सहयोग गर्छ । यसले श्वासनतन्त्र खोल्छ, जसबाट श्वास राम्रोसंग लिन सकिन्छ । राती सुत्नुअघि अलैंचीका केही दानामा मनतातो पानी मिलाएर पिउनाले समस्यामा राहत प्राप्त हुन्छ । सुत्नुअघि कम्तीमा पनि आधा घण्टा अघि यस्तो पानी पिउनुपर्छ ।

पुदिनाको तेल
पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।

(एजेन्सीको सहयोगमा)