नविन आनन्द योग केन्द्र नेपालको छैठौ साधारणसभा तथा चौथो अधिवेशन बाट हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष ओमकुमारी फगामी,सचिव सन्दिप खत्री, कोषाध्यक्ष कमलकुमारी पुन,सह–सचिव दिपेन्द्र कुमार विश्वकर्मा रहनुभएको छ।

अधिवेशनबाट कार्यसमिति सदस्यहरूमा पवित्रा बोगटी केसी,कुलराज पौडेल,दुर्गा शर्मा,प्रतिक्षा श्रेष्ठ,निरञ्जना श्रेष्ठ,सिता घले, इश्वरी सापकोटा र जमुना आचार्य रहनुभएको सचिव खत्रीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । छैठौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि सन्त सुभदासले स्वस्थ जीवनयापनको लागि योग अति आवश्यक रहेको बताउनुभयो ।

उहाँले मानव जीवन तथा दैनिक कार्यसम्पादनमा योग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा योगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । समयको पालना, अनुशासन र आहारविहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा योग गुरु नविन जुग्जालीले मानसिक र शारिरीक स्वास्थ्यका लागि नियमित रुपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, योग प्रशिक्षक दुर्गा शर्माले मन्तब्य राख्नुभएको थियो । योग केन्द्र स्थापनाका लागि हालसम्म १४ लाख संकलन भएकोमा स्थानीय तहमार्फत योगसाधना केन्द्र स्थापनाका लागि पहल गरिने जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालय तथा समुदायस्तरमा योगसाधना तथा संस्थागत विकासलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा नवीन आनन्द योग केन्द्रका निर्वतमान अध्यक्ष सुरेन्दराज शर्मा, स्वागत प्रशिक्षक दिपेन्द्र विश्वकर्मा र सञ्चालन हरिप्रसाद पौडेलले गर्नुभएको थियो । नियमित योगाभ्यास गर्नाले शरिरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले म्याग्दीका ग्रँमिण क्षेत्रमा समेत योग शिविर तथा कक्षाहरु सञ्चालन भैरहेका छन् ।








