---Advertisement---

‘कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य सधै जोखिममा हुन्छ’

On: June 10, 2026 11:18 PM
Follow Us:


हरिकृष्ण गौतम
धवलागिरी गाउँपालिका–२,की १५ बर्षिया बालिकाले प्रेम विवाह गरिन् । विवाह भएको गरेको साढे महिना नपुग्दै सुत्केरी व्यथा लाग्यो। समय अगाडी नै जन्मिएको शिशुको स्वास्थ्यमा जटिल समस्या देखियो । धवलागिरी–३ मुनाकी एक किशोरीको कोखबाट जन्मिएको शिशुको उपचारपछि ज्यान जोगिएपनि कुपोषणलगायत स्वास्थ्य समस्या देखिएको छ । माथि उल्लेखित अवस्थाहरू कलिलै उमेरमा बिहे गरेका किशोरीबाट कम तौलको बच्चा जन्मेका प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।


आर्थिक वर्ष २०८०÷०८१ मा २० बर्षमुनी विवाह गरेका किशोरीबाट २२ शिशु जन्मिएकोमा १ जना बच्चा कम तौलका जन्मिएको देखिन्छ । त्यसैगरी ०८१÷०८२ मा ३९ कुल बच्चामध्ये ५ शिशु र ०८२÷०८३ सालको जेठ दोस्रो सातासम्म २१ शिशु जन्मिएकोमा तौल नपुगेका ५ जना रहेको स्वास्थ्य शाखा प्रमुख सम्झना खत्रीले बताइन् । उमेर नपुगि विवाह गरेका किशोरीबाटै जन्मेका शिशुमा कम तौल देखिएको स्वास्थ्य शाखा प्रमुख खत्रीको भनाई छ ।

कलिलै उमेरमा विवाह गर्ने किशोरीमा पाठेघर खस्ने, पिसाब चुहिरहने, जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने,तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या देखिने गरेको खत्रीको भनाई छ । २.५ भन्दा माथि तौल भएका शिशुलाई सुरक्षित मानिन्छ ।


३७ हप्ताभन्दा कम समयमा शिशु जन्मनुलाई चिकित्सकीय भाषामा प्रिम्याचुअर बर्थ भनिन्छ ।कम तौलको जन्मदा शिशुहरूमा कुपोषणलगायत स्वास्थ्य समस्या देखिएका छन्, उमेर नपुगि विवाह गर्ने, बच्चा जन्माउँदा शिशु र आमा दुबैको ज्यान जाने जोखिम हुन्छ’ स्वास्थ्य शाखा प्रमुख खत्रीले भनिन् ।

धवलागिरी गाउँपालिका गर्भवती र परिवारमा सचेतनामुलक अभियानसहित स्वास्थ्य शाखामार्फत नियमित भेटघाटका कार्यक्रमहरुले प्रसुती सेवाका लागि स्वास्थ्य संस्थामा जान थालेपछि बालविवाह तथा मात्रृशिशुसम्बन्धि ज्ञान दिन सजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

नियमित गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै प्रसूतिका लागि सचेत भएपनि बालविवाह न्यूनिकरणका लागि गरेका प्रयासले सचेत भएपनि बार्षिक बालविवाह गर्नेको संख्यामा कमी नहुदाँ महिना नपुगी जन्मेको शिशुको ज्यान कै जोखिम रहेको प्रशासकीय अधिकृत शर्माले बताए ।


जिल्लाका ग्रामिण क्षेत्रमा प्रेम विवाह, परिवारकै सहमतिमा बालविवाह, भारतमा विवाह गरी नेपालमा आएर प्रसुती सेवा लिने समेत भेटिएको बेनी अस्पतालका प्रमुख डा.हेमन्त बास्तोलाले बताए । ‘सुत्केरी व्यथा लागेर अस्पताल आइपुग्दा १४ बर्षको उमेरका बालिका समेत भेटेको छु, निकै हृदयविदारक दृश्य देखिन्छ’ डा.बास्तोलाले भने ।


म्याग्दीमा कलिलै उमेरमा हुने विवाह न्यूनिकरणसहितको अभियानलाई बस्ती–बस्तीमा पु¥याउनुपर्ने बताए । अपरिपक्व उमेरमा गर्भवती हुँदा, एउटा बच्चा जन्मेको केही महिनामा गर्भवती हुँदा, गर्भावस्थामा धूम्रपान र मद्यपान, पर्याप्त पौष्टिक आहारको कमी लगायत हेल्चेक्राइले जन्मिएका शिशुको ज्यान नै खतरामा पर्ने बताए।

महिना नपुगी जन्मेका दुब्लो पातला शिशुलाई अक्सिजनसहित स्वास्थ्यकर्मीको निगरानीमा लामो समय उपचार गर्ने र अत्यन्तै झन्झटिलो र जटिल प्रक्रिया हुन्छ । म्याग्दीमा कलिलै उमेरमा विवाह गरेका किशोरीको सचेतनामुलक अभियानकै कारण सुरक्षित गर्भपतन सेवा समेत लिने गरेका छन् । प्रजनन स्वास्थ्य र परिवार नियोजनको प्रयोगका विषयमा गलत भ्रम, अन्धविश्वास समेत कायमै रहेको छ ।

Leave a Comment