म्याग्दीको मालिका गाउँपालिका–५देविस्थानमा रहेको प्राकृतिक संग्रहालय देउदाभीर गुफा ओझेलमा परेको छ । विभिन्न आकृतिका मुर्तीहरु देखीने र पाहिने यस गुफामा पुगरे पुजा गरेपछी आफुले मागेको कुरा पुरा हुने जनविश्वास रहीआएको छ। यस गुफा प्रचार प्रसारको कारणले ओझेलमा परेको हो ।

देवीस्थानको पुछारमा छ वेसी गाउँ। मगरदाङ पनि भनिने यस गाउँको फेदीमा कलकल गर्दै बगेको छ दाङखोला। मगरदाङबाट आधा घण्टा पैदल ओरालो झरेर दाङखोला तरेर करिब एकघण्टाको उकालो बाटो हिँडेपछि पुगिन्छ अनौठा प्राकृतिक कलाकृतिहरू एकीकृत गरेर कुशल कारिगरले निर्माण गरेजस्तो अनौठो संग्रहालय, देउताभीर गुफा,नाम नै अनौठो छ। मन्दिरमा बस्छन् देवता र सवैका लागि पाएक पर्ने स्थानामा बनाइन्छ मन्दिर।

तर देउताभीर गुफा भने कसैलाई पनि पाएक नपर्ने अजङको भीरको सवैभन्दा अप्ठ्यारो भागमा रहेको छ। मन जिरिङ्ग हुने अनकन्टार ठाउँमा रहेको यस गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिहरूले यहाँ पुग्ने मानिसहरुलाई गज्जबसँग आकर्षित गर्दछन् । गुफामा पुगेपछी भिविन्न आकृतिको सौर्दयताले आफसलाई आनन्द तुल्याएको स्थानीयले मान्दै आएको धार्मिक मान्नेतामा आफ्नो विश्वास बढेको आन्तरिक पर्यटक बताउछन् ।

गुफाको वाहिरपट्टि रहेका द्बारपाल (ढोके) का दुईवटा प्राकृतिक ढुंगे मूर्तिलाई पूजा गरी ढोके (द्धारपाल)लाई प्रशन्न गराएपछि गुफाभित्र प्रवेश गर्ने अनुमति पाइने यस अनुमति लिई पाँच पाइला अघि बढ्यो भने देउताको वासस्थान जस्तै लाग्ने अनौठो चट्टान भएको ठाउँमा पुगिन्छ। त्यहाँ भगवान गणेशको प्राकृतिक ढुंगे मूर्ति रहेको छ। मूर्तिको वरिपरि काला र पुराना चट्टान छन्।

तर, गणेशको मूर्ति, हात्तीको सुँड र शेषनागको मूर्ति असाध्यै सेतो र हिरा जस्तै चम्किलो चट्टानमा कुँदिएर प्रत्येक १४ सेकेण्डमा पहेलों वर्णमा परिवर्तन हुने गरेको छ। त्यसका साथै यहाँ पूजा गर्ने समयमा बत्ति वाल्नका लागि प्रयोग गरिने पाला(दियो) पनि प्राकृतिक रुपमा नै बनेका छन्। स्थानीयले यस गुफालाई ठूलो देउताको रुपमा मान्ने गरेका छन् ।

यहाँ पुजा गर्न अघिल्लो दिन घाम छदा नै चोखो भएर उपास बसेर गए मात्र गुफा भित्र छिर्न पाहिने पुजारीको भनाई छ ।
यस गुफा हजारौं वर्ष पहिला प्राकृतिक रुपमा नै बनेको गुफा हुनसक्ने स्थानीयको भनाइ छ। प्राकृतिक रुपमा रहेका यस्ता अनौठा र पर्यटकीय सम्भावना बोकेका स्थानहरुको बारेमा स्थानीय सरकार पनि सचेत छ। मालिका गाउँपालिकाले यस गुफाको प्रचार प्रसार र पूर्वाधार विकासका लागि विशेष पहल गरेको र यसलाई गाउँपालिकको प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

वडा कार्यालय र गाउँपालिकाले संगै प्रदेश सरकारको ५० लाखको लगतमा केही स्थानमा पदमार्ग निमार्ण गरिएको छ । तर पनी यस गुफामा पुग्नको लागी अझै जोखिम रहेको छ । गुफा सम्म पुग्ने सहज पदमार्ग र प्रचासप्रसार गर्न सकेमा यो गुफा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने देखीन्छ । यस्ता ठाउँहरुको स्थानीय सरकारले पनी चासोका साथ हेर्न आवश्यक देखीन्छ ।

Leave a Reply