Corona virus test kit - Swab sample for PCR DNA testing

म्याग्दीबाट मंगलबार भारतबाट आएका सहित २८ जनाको स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएका १५ जना, बेनी अस्पतालका ९ स्वास्थ्यकर्मी, क्वारेन्टाइनको १ सुरक्षाकर्मी, आइसोलेसनमा रहेका १ संक्रमितसँगै कोठामा बसेका २ जनाको स्बाब संकलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका ल्याव टेक्निसियन धुब्र गिरीले जानकारी दिनुभयो ।

रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि फर्किएकाहरुको स्बाब नेगेटिभ आएमा बेनी नगरपालिका बाहेक अन्य स्थानीय तहकालाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा पठाउने गरिएको छ ।

कोरोना भाइरसका जोखिमसँगै म्याग्दीबाट हालसम्म १ सय ३० जनाको स्बाब नमुना परीक्षण गरिएको छ । जसमा एकजनाको मात्रै पोजेटिभ आएको छ । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा आरडिटी ४ सय ५ जनाको गरिएको छ ।

स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको १५ जनाको रिर्पोट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले जानकारी दिए । हालसम्म नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएका कुल १ सय १८ जना, सीमा क्षेत्रबाट ल्याउन प्रयोग गरिएको बसका चालक र सहचालक सहित १२२ जनामा छन् ।

Leave a Reply