कोरोना भाइरस सङ्क्रमणको कारण ४९ दिनमा मृत्यु भएका शिशु जन्मिएको दोस्रो दिनमै बेनी अस्पतलाबाट रिफर गरिएको देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा धवलागिरी गाउँपालिका-५ मल्कवाङ भेरीखाल्टा
पुख्यौली घर भएकी सिमा पुनले बेनी अस्पतालमा बैशाख ३१ गते जन्मदिएपछि शिशुको शारीरिक समस्याले थप उपचारका लागि भोलिपल्टै मणिपाल अस्पताल पोखरामा रिफर गरिएको थियो ।

छिमेकी जलजला गाउँपालिका–४ घर भई लामाखेतमा बस्दै आएकी सुत्केरी पुनसँगै शिशुलाई मणिपाल अस्पतालमा जेठ ८ गते थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो ।  शिशु जन्मिदाँ ज्वरो थिएन्,‘आन्तरिक समस्या देखेर पोखरा रिफर गरिएको हो’ बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बेनीअनलाइनलाई भने ।

शिशु जन्मिएको मितिमा म्याग्दीमा कुनैपनि कोरोना संक्रमति थिएनन् । लामो समय आइसियूमा राखिएको शिशुमा कोरोना संक्रमण काठमाण्डौमा भएको अनुमान गरिएको छ । पुख्यौली घर म्याग्दी भएपनि कोरोनाबाट ज्यान गुमाएका शिशुको परिवार पर्वतको लामाखेत बस्दै आएका थिए ।

गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको उपचारको क्रममा बुधबार मृत्यु भएको थियो । यसैबीच शिशु जन्मिएपछि पोखराबाट पुनः लामाखेत फर्किएको वा अस्पतालमा भेट्न गएकाहरुको कन्ट्राक ट्रेसिङ समेत गरिने छ ।

Leave a Reply